• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
विज्ञहरुको सुझाब– सीमा विवाद सुल्झाउन प्रमाण जुटाउन लागौं
64x64
वीरेन्द्र ओली बुधबार, जेठ ७, २०७७  १५:००
1140x725

काठमाडौं– नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवाद सुल्झाउन यथेष्ट प्रमाण जुटाउन लाग्नुपर्ने सीमा विदहरुले सुझाव दिएका छन्। भारतले नेपालको के कति सीमा मिचेको छ भन्ने यकिन गरेर त्यो भूमि हाम्रो हो भन्ने स्वदेश तथा विदेशमा भएका प्रमाण संकलन गर्नतर्फ लाग्नु पर्ने बताएका हुन्।

नापी विभागका पूर्व महानिर्देशक पुण्यप्रसाद ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्र समेट्ने गरी पूरा नक्सा जारी भएपछि संवाद गर्न प्रमाणहरु संकलन गर्न लाग्नु पर्ने बताए। ‘भारतले कब्जा गरेको भूमि नेपालको हो भन्ने तथ्य प्रमाणहरु धेरै छन्। सबै निकायबाट प्रमाणपत्रहरु संकलन गर्नु पर्यो’, ओलीले भने, ‘सबै प्रमणपत्र संकलन भएपछि संवादमा कुन कुन निकायबाट को को जाने व्यक्ति र संस्था छनोट गर्नु पर्छ। स्वच्छ पारदर्शी र क्षमतावान व्यक्ति छनोट गरेर पठाउनु पर्छ।’ 

नेपालको भूमी भारतले कब्जा गर्नुमा काठमाडौंसँग सञ्चार सम्बन्ध नहुनु नै मुख्य कारण भएको ओलीले बताए। ‘त्यो ठाउँमा आफै धेरै पटक हिँडेको छु। घुमेको छु । यातायातका लागि सडक भएन । अरु थुप्रै पूर्वाधार छैन । राज्यको उपस्थिति नै नहुँदा भारतले फकाएर त्यहाँ जनता आफ्ना पक्षमा पारेको हो’, ओलीले भने, ‘भारतले कब्जा गरेको भूगोल नेपालमा आइसकेपछि राज्यले त्यहाँका जनताको सेवा सुविधामा ध्यान दिनुपर्छ ।’ 

यस्तै त्रिभुवन विश्वविद्यालयका भूगोल विभाग पूर्वविभागीय प्रमुख प्रध्यापक नरेन्द्रराज खनालले भारतसँग संवाद गर्न प्रमाणहरु संकलनमा लाग्नु पर्ने बताए। ‘भारतले लामो समयसम्म नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई मिचेको थियो । सरकारले ठूलो साहस देखाएर नक्सा जारी गरेको छ’, खनालले भने, ‘अब नेपालले आफ्नो भूगोल फिर्ता लिन भारतसँग संवाद गर्नुपर्ने हुन्छ । त्यो बेला नेपालले आफू कमजोर हुने गरी उपस्थित हुनु हुँदैन । बलियो हुनेगरी प्रमाण संकलन गर्न लाग्नु पर्यो।’ नेपालले आफ्नो भूमि फिर्ता लिन संवादबाहेक दोस्रो विकल्प नभएको खनालले स्पष्ट पारे ।

‘आफ्नो भूमि फिर्ता लिन अरु दबाबका कार्यक्रम संघर्षका कार्यक्रम गर्नु पर्यो भन्दै छन्, त्यो बाटो त्यति उचित होइन’, खनालले भने, ‘हामीले भएका सबै प्रमाणहरु संकलन गरेर हाम्रा यी प्रमाणहरु छन् । यस कारण त्यो भूमि हाम्रो भन्नु पर्छ । भारतले पनि आफ्ना तथ्य र प्रमाण ल्याउन संवाद हुन्छ त्यहीँबाट नेपालले आफ्नो भूमि प्राप्त गर्न सक्छ ।’ 

Ncell 2
Ncell 2

नेपालले केन्द्रीय तथ्याङक विभाग, नापी विभाग, नेपाल आर्मी र परराष्ट्र मन्त्रालय लगायत सरकारी कार्यालयबाट आफ्ना प्रमाणहरु जुटाउन सक्ने खनालले बताए ।  ब्रिटिस लाइब्रेरी लगायत अन्तराष्ट्रिय संघ संस्थाबाट समेत नेपालको भूमि हो भन्ने प्रमाण जुटाउन सक्ने उनको बुझाइ छ । ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि मिचेपछि सामाजिक सञ्जालबाट कतिपय बौद्धिक व्यक्तित्वहरुले पनि प्रमाण सार्वजनिक गरेका छन्’, खनालले भने, ‘ती सामाजिक सञ्जालबाट आएका सत्य तथ्य प्रमाणपत्र भएमा संकलन गर्ने आधार बन्न सक्छ ।’

तर, सरकारले आफ्नो तर्फबाट प्रमाण जुटाउने काम कति गरेको छ भन्ने विषयमा सार्वजनिक नगरेको खनालले बताए । ‘हामीले भारतसँग संवाद गर्न के कति प्रमाण तयार छन् भनेर सोधेका थियौँ’, खनालले भने, ‘सरकारी निकायले राख्नुपर्ने यथेष्ट प्रमाण छन्, गोप्य राख्नु पर्ने भएकाले सार्वजनिक गर्न मिल्दैन भनेका छन् ।’

कालापानी, लिपुलेक र लिम्पियाधुराको जनसंख्या कति
बिस २०१८ सालमा स्थलगत रुपमा जनगणना गर्न गएका भैरव रिसालका अनुसार कालापनी, लिपुलेक र लिम्पियाधुरामा १४ सयदेखि २ हजारको संख्यामा नेपाली भएको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा जाडो हुने भएकाले ६ महिना दार्चुला खलङ्गा बस्दा रहेछन्’, रिसालले भने, ‘हामी संयोगबस असार महिनामा जनगणना गर्न गएका थियौँ । ठ्याक्कै संख्या बिर्सें, ठूलो गाउँको रुपमा रहेको गुञ्जी, नापी र कुटीमा १४ सयदेखि २ हजारको संख्यामा बसोबास थियो ।’ 

प्रधानमन्त्री ओलीले तीन वर्षभित्र आफ्नो भूमि फिर्ता ल्याउने भने पनि तत्काल प्रक्रिया चाल्नु पर्ने रिसालले बताए । ‘अहिले महोल तातेको छ । मुद्दा उठेको बेला सरकार जाग्नु पर्छ’, रिसालले भने, ‘ढिलायो त बिलायो तत्काल भारतसँग संवाद गरेर प्रक्रिया थालनी गर्नु पर्छ ।’ 

यस्तै भूगोलविद नरेन्द्रराज खनालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा बसोबास गर्ने जनसंख्या ल्याउन नसके पनि घरधुरी संख्या स्टेलाइटबाट लिन सकिने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १५:००
  • #सीमा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्