• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
लकडाउनमा बैंक सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको नयाँ मार्गदर्शन, कसले के गर्ने?
64x64
नेपाल लाइभ मंगलबार, जेठ ६, २०७७  ११:०८
1140x725

काठमाडौं- नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा जोखिम न्यूनिकरणका लागि लकडाउन गरेसँगै नेपाल राष्ट्र बैंक ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन, २०७७’ जारी गरेको छ।

कोरोना भाइरस (कोभिड १९) महामारीको समयमा समेत सुरक्षित तवरबाट बैंकले सम्पादन गर्नुपर्ने कार्यहरू सञ्चालन गरी बैंकको सेवालाई निरन्तरता दिने र नेपाल सरकारबाट समेत उक्त महामारीको जोखिम न्यूनीकरणका लागि गरेको बन्दाबन्दी (लकडाउन) को अवस्थालाई समेत मध्यनजर गरी राष्ट्र बैंकका कर्मचारी, सेवाग्राही तथा सरोकारवालाहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न यो मार्गदर्शन बनाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैंकका कर्मचारी, सेवाग्राही, बैंकलाई सरसामानको आपूर्ति गर्ने आपूर्तिकर्ता एवम् सेवा प्रदायक लगायत सरोकारवाला सबैमा संक्रमण फैलन सक्ने जोखिम न्यूनीकरण गर्ने गरी बैंकको अत्यावश्यक सेवा नियमित रूपमा सम्पादन गर्नु यस मार्गदर्शनको उद्देश्य रहेको छ। यो मार्गदर्शन अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने राष्ट्र बैंकले जनाएको छ।

Ncell 2
Ncell 2

जनशक्ति व्यवस्थापन सम्बन्धमा:
१. विभाग कार्यालय महाशाखा इकाईको कार्य सम्पादनलाई निरन्तरता दिने जिम्मेवारी विभाग कार्यालय महाशाखा इकाई प्रमुखको रहने।
२. कर्मचारीमा हुनसक्ने कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्नका लागि कामको प्रकृति बमोजिम घरमा बसी कार्यालयको कार्य सम्पादन गर्न सक्ने गरी वर्क फ्रम होमको व्यवस्थालाई निरन्तरता दिने सम्बन्धित विभाग कार्यालय महाशाखा इकाई प्रमुखले आवश्यकतानुसार कर्मचारीहरूलाई निर्देशन दिने। 
३. विभाग कार्यालय महाशाखा  इकाई अन्तर्गत सम्पादन गर्नुपर्ने कार्यहरूलाई बैंकभित्र कर्मचारी उपस्थित भई गर्नुपर्ने वा घरमा बसी कार्यालयको कार्य सम्पादन गर्न सकिने सम्बन्धमा विभाग कार्यालय महाशाखा इकाई प्रमुखले यकिन गर्ने। 
४. कर्मचारीहरूमा हुन सक्ने कोरोना संक्रमणलाई दृष्टिगत गरी बैंक परिसरबाटै प्रदान गर्नुपर्ने बैंकिङ सेवाका लागि सम्बन्धित विभाग/कार्यालयबाट सकेसम्म न्यूनतम कर्मचारीहरूको उपस्थितिमा (बढीमा एक तिहाई कर्मचारीबाट) आवश्यक सेवा प्रदान गर्ने। 
५. विभाग कार्यालय महाशाखा ईकाइहरूले नेपाल सरकारले समय समयमा तोके अनुसार वा एक तिहाइभन्दा बढी कर्मचारीहरूलाई कार्यालयमा उपस्थित गराउनु पर्ने भएमा सम्बन्धित विभाग कार्यालयहरूले अनिवार्य रूपमा जनशक्ति व्यवस्थापन विभागको स्वीकृति लिनुपर्ने।
६. विभाग/कार्यालय/महाशाखा/इकाईको कार्य सम्पादन गर्न आवश्यक न्यूनतम कर्मचारीहरू मात्र उपस्थिति रहने सम्बन्धमा सुनिश्चित हुने गरी विभाग/ कार्यालय/महाशाखा/इकाई प्रमुखले आलोपालोको आधारमा कर्मचारीहरूलाई कार्यमा खटाउने र सो कार्यको लागि कम्तीमा ६/६ दिनको रुटिन तालिका तयार गरी कर्मचारी उपस्थिति हुने व्यवस्था मिलाउने । एक भन्दा बढी निर्देशक कार्यरत विभाग/कार्यालयका निर्देशकहरूलाई पनि आलोपालोका आधारमा कार्यालयमा उपस्थिति हुने व्यवस्था मिलाउने। 
७. विभाग कार्यालय महाशाखा ईकाइहरुको कार्यस्थलमा कर्मचारीहरू बीच न्यूनतम भौतिक दुरी कायम राख्ने । यसको लागि WHO को मार्गनिर्देशन अनुसार यथासम्भव १ मिटरभन्दा बढीको दुरी कायम गर्ने,
८. विभाग/कार्यालय/महाशाखा/ईकाइहरुमा उपस्थित हुने सम्पूर्ण कर्मचारीहरूलाई मास्क अनिवार्य लगाउने व्यवस्था गर्ने र केन्द्रीय कार्यालयको हकमा मास्क उपलब्ध गराउने व्यवस्था सामान्य सेवा विभागमार्फत् गर्ने। 
९. कोभिड १९ को संक्रमण देखिएका जिल्लाहरूबाट फर्कि आउने कर्मचारीहरूले तत्कालै सम्बन्धित विभागीय कार्यालय प्रमुखलाई जानकारी गराउनु पर्ने र ती कर्मचारीहरू अनिवार्य रूपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने । सो अवधिका लागि बिना भत्ता काज प्रदान  गर्ने व्यवस्था सम्बन्धित विभाग कार्यालयको सिफारिसमा मनपात व्यवस्थापन विभागले मिलाउने। 

ख) बैंकिङ सेवा तथा अत्यावश्यक कार्य सञ्चालन सम्बन्धमा :
१०. बैंकिङ कार्यालय, मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालयहरूबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिने। 
११. कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने आइटी सपोर्ट सूचना प्रविधि विभागले अनिवार्य रूपमा गर्ने।
१२. सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने बैंकिङ तथा मुद्रा व्यवस्थापन सम्बन्धी कार्य सञ्चालन गर्दा न्यूनतम भौतिक दुरी कायम गर्नुपर्ने र अनिवार्य रूपमा ह्याण्ड ग्लोभ्स र माक्स लगाई सेवा प्रदान गर्नुपर्ने । नगद कारोवारमा समेत संक्रमण हुनसक्ने जोखिम न्यूनीकरण गर्न सम्बन्धित विभाग/कार्यालय अनिवार्य रूपमा उचित उपाय अवलम्बन गर्नुपर्ने।
१३. बैंक तथा वित्तीय संस्थाहरुबाट नगद दाखिला बुझिलिने सम्बन्धमा शुरुमा शिलबन्दी बाक्सा नै बुझि केही दिनपछि मात्र गणना गरि बुझिलिने व्यवस्था गर्ने।
१४. दाखिला प्राप्त हुने नोट गणना गर्नु अघि डिसइन्फेक्सन गराउन अनिवार्य रुपमा स्प्रे गर्ने गराउने। 
१५. विभाग/कार्यालय/महाशाखा/ईकाइहरूको कार्य सम्पादन गर्ने सिलसिलामा अति आवश्यक भएको अवस्थामा मात्र प्रत्यक्ष बैठक सञ्चालन गर्ने र यथासम्भव भर्चुअल मिटिङ गर्ने व्यवस्थालाई प्राथमिकता दिने।
१६. बैठकमा उपस्थित हुनका लागि डब्लुएचओ  को मापदण्डहरूको पालना गर्नुपर्ने व्यवस्था मिलाउने । जस्तैः बैठक कक्षको झ्याल खुला वा भेन्टिलेटेड गर्ने, कम्तीमा १ मिटरको भौतिक दुरी कायम गर्ने, बैठकमा सहभागीहरूको सूचना राख्ने, सहभागीहरू स्वस्थ्य रहेको यकिन गर्ने आदि ।' बैठकमा सहभागी हुने कसैमा कोभिड १९ को कुनै लक्षण देखिएमा सूचना दिने व्यवस्था अनिवार्य रूपमा मिलाउने। 
१७. अत्यावश्यकको काममा बाहेक कमायकेल एक आपसमा भेटघाट नगर्ने र सकेसम्म टेलिफोनबाट आवश्यक सहयोग कार्यालयको कार्य सम्पादन गर्ने व्यवस्था मिलाउने।
१८. सेवाग्राहीहरू बीच सामाजिक दुरी (एक आपसमा कम्तीमा १ मिटरभन्दा बढी) कायम राख्न लगाई भीडभाड नहुने सुनिश्चितताका साथ सेवा प्रवाह गर्ने।
१९. सबै काउण्टरहरू एवम् सेवाग्राहीसँग सम्पर्क हुने स्थानहरूमा न्यूनतम सामाजिक दुरी कायम हुने गरी रेखाङ्कन एवम् क्यू रड (Queue Rod) को व्यवस्थापन गर्ने। 
२०. केन्द्रीय कार्यालय अन्तर्गत यस बैंकको सामान्य सेवा विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा संस्थागत योजना विभागका निर्देशक र जनशक्ति व्यवस्थापन विभागका निर्देशक सदस्य रहने गरी गठित तीन सदस्यीय कार्यदल "कोभिड १९ सेफ्टी म्यानेजमेन्ट टिम" को निर्देशनमा कार्यालयको सुरक्षा व्यवस्थाका कार्यहरू सामान्य सेवा विभागमार्फत् गर्ने।
२१. कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गई कदमकदाचित यस बैंकका विभाग कार्यालय महाशाखा इकाईका प्रमुखहरूमा संक्रमण फैलिएको अवस्थामा त्यस्ता विभाग, कार्यालय, महाशाखा, ईकाइको न्यूनतम सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने सम्बन्धमा अनिवार्य रूपमा विजनेस कन्टिन्युटी प्लान (विसिपि) आन्तरिक रूपमा तयार गर्ने।
२२. जोखिम न्यूनीकरण गरी बैंकको अत्यावश्यक सेवा प्रवाह गर्ने सम्बन्धमा विद्यमान कार्यविधि, नीतिगत व्यवस्था आदिमा परिमार्जन गर्नुपर्ने आवश्यकता देखा परेमा सम्बन्धित विभाग/कार्यालय/महाशाखा/इकाई प्रमुखले तत्काल व्यवस्थापन समितिमा प्रस्ताव पेश गर्ने व्यवस्था मिलाउने ।

ग) कार्यालय एवम् स्वास्थ्य सुरक्षा सम्बन्धमा :
२३. यस बैंकका कर्मचारी, सेवाग्राही एवम् अन्य सरोकारवालाहरूको स्वास्थ्य सुरक्षा तथा कोरोना संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्नका लागि कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा इन्फ्रारेड थर्मोमिटरबाट शरीरको तापक्रम मापन गर्न लगाउने र सो कार्यको लागि सुरक्षा समूह (सर्भिलेन्स ग्रुप) का कर्मचारीहरूलाई खटाउने। 
२४. इन्फ्रारेड धर्मोमिटरबाट शरीरको तापक्रम मापन गर्ने क्रममा कर्मचारी, सेवाग्राही एवम् अन्य सरोकारवालाहरूको पक्षमा भन्दा कम रहेको अवस्थामा मात्र कार्यालयमा प्रवेश गराउने अन्यथा प्रवेशमा रोक लगाउने । कर्मचारीको हकमा उक्त विन्दुभन्दा बढी तापक्रम भएको अवस्थामा सम्बन्धित विभाग/कार्यालय प्रमुखलाई जानकारी दिने र होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने।
२५. कार्यालय प्रवेश गर्ने सेवाग्राही एवम् अन्य सरोकारवालाहरूले अनिवार्य रूपमा मास्क लगाएको हुनुपर्ने तथा कार्यालयभित्र रहुञ्जेलसम्म मास्क लगाई राख्नुपर्ने र सोको अनुगमन सुरक्षा समूह (सर्भिलेन्स ग्रुप) का कर्मचारीहरूबाट गराउने।
२६. कार्यालयभित्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरू अनिवार्य रूपमा अवलम्बन गर्ने । जस्तै: Standard Hand Sanitizer, Surgical Mask, Hand Gloves आदिको यथासम्भव कार्यालयको मूल विभिन्न कार्यस्थानमा व्यवस्था गर्ने र बैंकका सबै शौचालयहरूमा Liquid Soap को व्यवस्थापन सामान्य सेवा विभागमार्फत् गर्ने र प्रदेशस्थित कार्यालयको हकमा सम्बन्धित कार्यालयले गर्ने।
२७. बैंकको केन्द्रीय कार्यालय, उपत्यकास्थित विभाग/कार्यालय तथा प्रदेशस्थित कार्यालयहरूको मूल गेट, कार्यालय परिसर, कार्यस्थल, ढुकुटी, काउण्टरहरू, शौचालय तथा सवारी साधनहरूमा Disinfect गर्ने व्यवस्था मिलाउने । केन्द्रीय कार्यालय तथा उपत्यकास्थित विभाग कार्यालयको हकमा सामान्य सेवा विभागमार्फत् गर्ने र प्रदेशस्थित कार्यालयको हकमा सम्बन्धित कार्यालयले गर्ने ।
२८. कार्यस्थलमा रहेका टेबल, डेस्क, हेन्डल, टेलिफोन, किबोर्ड लगायतका कर्मचारी तथा सेवाग्राहीको प्रत्यक्ष सम्पर्कमा रहने वस्तु तथा स्थानहरूमा Disinfectant ले नियमित सफा गर्ने व्यवस्था मिलाइने । केन्द्रीय कार्यालय तथा उपत्यकास्थित विभाग/कार्यालय/महाशाखा/ईकाइहरूको हकमा सामान्य सेवा विभागमार्फत् गर्ने र प्रदेशस्थित कार्यालयको हकमा सम्बन्धित कार्यालयले गर्ने ।
२९. कार्यालयमा सेवाग्राहीहरूको भीडभाड हुन नदिने तथा सेवाग्राहीहरू बीच न्यूनतम सामाजिक दुरी कायम भए/नभए सम्बन्धमा सुरक्षा समूह (सर्भिलेन्स ग्रुप) का कर्मचारीहरूबाट सुपरिवेक्षण/अनुगमन गराउने,
३०. बैंकको प्रवेशद्वारमा खटिने सुरक्षा समूह (सर्भिलेन्स ग्रुप) का कर्मचारीहरूलाई सम्भव भएसम्म Personal Protective Equipment (PPE) को व्यवस्था गर्ने र उक्त व्यवस्था कार्यान्वयन नभएसम्मका लागि अनिवार्य रूपमा N95 Mask तथा Hand Gloves को व्यवस्था गर्ने र न्यूनतम सामाजिक दुरी कायम गरी सेवाग्राहीहरूको प्रवेशलाई नियन्त्रमें जान गाउने।
३१. काम विशेषले कार्यालय प्रवेश गर्ने सेवाग्राहीलाई प्रवेशदर्ताको लिष्ट अनुसारको नम्बर रहेको तथा सम्बन्धित विभाग, कार्यालय, महाशाखा तथा ईकाइहरूको नाम उल्लेख गरिएको प्रवेश कार्ड उपलब्ध गराउने सम्बन्धित विभाग कार्यालय महाशाखा ईकाइहरूमा जान दिइएको कार्डबाट अन्य विभाग कार्यालय महाशाखा ईकाइहरूमा प्रवेश गर्न नदिने व्यवस्था कडाईका साथ लागू गर्ने । साथै, उक्त कार्ड पुन प्रयोग गर्दा Disinfectant गरेर मात्र प्रयोग गराउने व्यवस्था मिलाउने।
३२. कार्यालय प्रवेश गर्ने प्रत्येक सेवाग्राहीको व्यक्तिगत विवरण, हालको ठेगाना र सम्पर्क नम्बर सहितको विवरण कार्यालय प्रवेश द्वारमा रहेको रजिष्टरमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने । साथै, कर्मचारीहरूले आफूसँग भेट भएका सेवाग्राहीको उक्त नम्बर र मिति नोट गर्ने गरी दैनिक भेटघाटको डायरी राख्नु पर्ने। 
३३. बैंकका सेवाग्राही र कर्मचारी बीच, कर्मचारी र कर्मचारी बीच तथा अन्य सेवा प्रदायक र कर्मचारी बीच कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम कम गर्ने गरी कार्य सञ्चालन गर्ने।
३४. बैंकका सेवाग्राही वा सरोकारवालाहरूको स्वास्थ्य सुरक्षाका लागि माथि उल्लिखित कार्यहरू सुरक्षा समूह (सभिलेन्स ग्रुप) बाट सतर्क भई, सहायोगी र विनम्रपूर्वक गर्न लगाउने व्यवस्था गर्ने।
३५. बैंकलाई सेवा प्रवाह गर्ने सरसफाईका कर्मचारी, कार्यालयका लागि आवश्यक वस्तु तथा पानी आपूर्तिकर्ता लगायतको टेलिफोन/मोबाइल नम्बर सहितको विवरण अनिवार्य रूपमा राख्ने व्यवस्था गर्ने र ती सेवा प्रदायले COVID-19 को मापदण्ड अनुसारको सुरक्षा एवम् सतर्कता अनिवार्य रूपमा अपनाइएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्ने।
३६. कुनै कर्मचारीहरूलाई ज्वरो (१००.४°F भन्दा बढी), रूघा, खोकी तथा श्वास फेर्न गाह्रो हुने अवस्था देखिएमा तुरून्त स्वास्थ्य केन्द्रमा सम्पर्क गरी RDT/PCR टेष्ट गराउनु पर्ने र RDT Positive भएको अवस्थामा सम्बन्धित विभाग/कार्यालय/महाशाखा/ईकाइ प्रमुखलाई जानकारी गराउने र प्राप्त निर्देशन पालना गर्ने ।

वर्क फ्रम होम सम्बन्धमा
३७. कोरोना संक्रमणप्रति सजगता अपनाई सोको जोखिम न्यूनीकरण गर्नेतर्फ कामको प्रकृति बमोजिम कर्मचारीलाई घरबाट कार्यालयको काम गर्न सम्बन्धित विभागीय कार्यालय प्रमुखबाट Work From Home को रूपमा स्वीकृति प्रदान गर्न सक्ने।
३८. घरबाट काम गर्ने स्वीकृति प्राप्त कर्मचारीहरूले निरन्तर रूपमा आफ्ना सुपरिवेक्षक एवम् विभाग/कार्यालय/महाशाखा/ ईकाइ प्रमुखसँग सम्पर्कमा रहनु पर्ने।
३९. सम्बन्धित सुपरिवेक्षक एवम् विभाग/कार्यालय/महाशाखा/ईकाइ प्रमुखबाट प्राप्त निर्देशनको पूर्ण पालना गर्नुपर्ने।
४०. कर्मचारीले आफ्ना टेलिफोन/मोबाइललाई तयारी अवस्थामा राख्नुपर्ने तथा इमेललाई अद्यावधिक रूपमा
राखी सम्बन्धित विभाग/कार्यालय/महाशाखा/ईकाइसँग निरन्तर सम्पर्कमा रहनुपर्ने।
४१. विभाग/कार्यालय/महाशाखा/ईकाइले सूचित गरेको समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने र इलाका छोडी जानुपर्ने अवस्थामा अनिवार्य रूपमा सम्बन्धित विभाग/कार्यालय/महाशाखा/ईकाइबाट पूर्व स्वीकृति लिनुपर्ने।
४२. SMS / Group Email / Viber / Whats App जस्ता प्रविधिमार्फत् कार्यालय सञ्चालनको लागि आवश्यक सूचना तथा जानकारी प्रदान गर्न सकिने । साथै, कर्मचारीले घरमा रहेको कम्प्युटर/ल्यापटपबाट समेत कार्यालयको Intranet को सूचना प्राप्त गर्न सक्ने व्यवस्था गर्ने ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ११:०८
  • #बैंक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबार दिन आज सेयर बजार ११ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६२९ विन्दुमा कायम भई बन्द भएको छ। आइतबार, जेठ २५, २०८२
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्