• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ३०, २०८२ Fri, Jun 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
सांसदहरूबाटै काठमाडौं असुरक्षित वैशाख २५ गतेसम्म पनि ५४ सांसद काठमाडौं बाहिरै
64x64
नारायण अधिकारी बिहीबार, जेठ १, २०७७  १६:४३
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा देखिएपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन लगायो। 

लकडाउन सुरु भएपछि जनजीवन कष्कटर बनेको भन्दै काठमाडौंमा रहेका सांसद तथा नेताहरु राहत वितरणको नाममा गृह जिल्ला गए। उपत्यका छाड्ने सांसद तथा नेताहरुको त्यसबेला लर्को नै लागेको थियो।

लकडाउनको केही समयपछि काठमाडौं उपत्यका कोरोना मुक्तसमेत भइसकेको थियो। सुरक्षाकर्मीले समेत विभिन्न बैठकहरुमा काठमाडौं उपत्यकामा प्रवेश कडाइ गरेर काठमाडौंभित्र मात्रै लकडाउन खोल्दा जोखिम नहुने सुझाव दिएका थिए। नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘काठमाडौंमा कोरोना कन्ट्रोलमा आइसकेको अवस्थामा लकडाउन जारी राखेर जनजीवन कष्टकर बनाउनु भन्दा आन्तरिक रुपमा खोल्दा उपयुक्त हुने हाम्रो सुझाव थियो।’

काठमाडौंमा आन्तरिक रुपमा लकडाउन केही खुकुलो पनि भएको थियो। तर काठमाडौं उपत्यकाबाट छिर्न कडाइ गरिरहेको भनेकै बेला उपत्यका बाहिरबाटै काठमाडौं भित्रिएका नागरिकहरुमा कोरोना देखिन थालेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पाँच जना पुगिसकेको छ।

सुरक्षित रहेको काठमाडौं एकाएक कोरोनाबाट असुरक्षित हुन पुग्नुको कारण मध्ये एक सांसदहरु पनि रहेको नेपाल प्रहरीको एक उच्च अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। ती अधिकारीले नेपाल लाइभसँग भने, ‘बाहिर गएका रहेक सांसदका गाडीमा फर्कंदा ५/६ जना अरु मान्छे पनि सँगै काठमाडौं भित्रिने गरेका छन्। सांसदकै गाडीमा त्यसरी मान्छे काठमाडौं भित्रिएको जानकारी आए पनि केही गर्न सक्ने अवस्था रहेन।’

राहतका नाममा सांसदहरु उपत्यका बाहिर भए पनि यता संघीय संसदको बर्खे अधिवेशन सुरु हुने समय नजिकिसकेको थियो। बर्खे अधिवेश सुरु गर्नुपूर्व प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण वैशाख २५ गते सुरु गर्ने तयारी भएपछि काठमाडौं उपत्यका बाहिर गएका सांसदहरु काठमाडौं भित्रन थालेका थिए।

यसरी काठमाडौं भित्रने हरेकजसो सांसदको गाडीमै अन्य व्यक्ति पनि काठमाडौं छिर्ने गरेको सुरक्षाकर्मीले बताएका छन्।

Ncell 2
Ncell 2

अझ सांसदको समेत स्वाब संकलन गर्ने बताएपछि सांसदहरु काठमाडौं भित्रिएका थिए। संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुन्छन्। उनीहरुमध्ये ५४ सांसद त काठमाडौं बाहिर भएकै कारण कोरोना परीक्षण समेत हुन सकेको थिएन। त्यसबेला छुटेका सांसदहरु समेत अहिले अधिकांश जसो काठमाडौं भित्रिसकेका छन्। उनीहरु हरेकसँग ५/७ जनाका दरले अन्य व्यक्ति समेत काठमाडौं प्रवेश गरेकाले जोखिम बढेको सुरक्षा निकायले चिन्ता व्यक्त गरेको छ। 

योसँगै काठमाडौं प्रवेश गराइदिन भन्दै अन्य भिआइपी व्यक्तिहरुको फोन पनि दिनहुँ जसो आउने गरेको सुरक्षा अधिकारीले गुनासो गरेका छन्। ‘हामी लकडाउन कडाइका साथ कार्यान्वयनमा छौं। यस्तो बेलामा सहयोग गर्नुपर्नेमा उल्टै भिआइपी व्यक्तिबाटै मेरो मान्छे काठमाडौं आउँदै छ भन्दै गाडी नम्बर टिपाउने गरेको पाइएको छ’ एक सुरक्षा अधिकारीले भने।

यसरी भिआइपीको आडमा काठमाडौं छिरेकासँगै लुकिछिपी जंगलको बाटो हुँदै काठमाडौं छिर्ने सर्वसाधरणका कारण पनि काठमाडौं उपत्यका जोखिम बन्दै गएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार लकडाउनकै समयमा दैनिक सरदर दुई हजार मान्छे काठमाडौं उपत्यका भित्रने गरेका छन्।

प्रहरीको यो भनाइलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले समेत साथ दिएका छन्। मन्त्री, सांसद र नेताले कोरोना महामारीको समयमा राहत बाँड्न गाउँगाउँ जाँदा कोरोना सारेको आरोप उनको थियो। 

राष्ट्रियसभामा बोल्दै उनले भने, ‘म नेता हुँ भनेर राहत बाँड्न ट्रयाक सुट, टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे।’

अझ नुवाकोटका प्रदेश सांसद केशवराज पाण्डेले बिना हस्ताक्षरको पासबाटै खचाखचको भरिएको गाडी बुधबार काठमाडौं भित्र्याएका थिए।

केही समय अघि पार्टी फुटाउने योजनासहित कोरोना संक्रिमित तराईका जिल्लामाहरु समेत काठमाडौंदेखि सांसदहरु गएका थिए। नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन), पूर्वआइजी सर्वेन्द्र खनालसहितको टोली धनुषा, महोत्तरीसम्म पुगेका काठमाडौं आएको थियो। यसरी काठमाडौं भित्रने सांसदहरुले न कोरोना जाँच नै भएको छ न उनीहरुसँग काठमाडौं भित्रन खोज्नेहरुलाई रोक्न सकिएको छ। अहिलेको मुख्य चुनौती नै यही देखिएको सुरक्षा निकायले बताएका छन्।

तस्बिरहरु : ऋग्वेद शर्मा/नेपाललाइभ

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पुन: पक्राउ पुर्जी जारी हुने शुक्रबार, जेठ ३०, २०८२
कांग्रेसले बोलायो ९ महिनापछि केन्द्रीय समिति बैठक शुक्रबार, जेठ ३०, २०८२
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार लगियो शुक्रबार, जेठ ३०, २०८२
प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने शुक्रबार, जेठ ३०, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो)
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो प्रहार बिहीबार, जेठ २९, २०८२
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्