• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ३०, २०८२ Fri, Jun 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सांसद अपहरण प्रकरण : मुद्दा तामेलीमा राख्न दबाब, डा यादवको घर पुगेर मुचुल्का उठाउँदै प्रहरी
64x64
नारायण अधिकारी शनिबार, वैशाख २७, २०७७  १२:१६
1140x725

काठमाडौं- पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टी (राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी बनाउने घोषणा भइसकेको)का सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान गर्न काठमाडौंबाट महोत्तरी गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउने काम सुरु गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका प्रहरी निरीक्षक देवी पौडेलको कमान्डमा शुक्रबार अपराह्न काठमाडौंबाट महोत्तरी प्रस्थान गरेको टोलीले शनिबार बिहान सांसद यादवको महोत्तरीको सम्सीस्थित घर पुगेर मुचुल्का उठाउन सुरु गरेको हो।

अपहरण प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाकै सांसद कृष्णकुमार श्रेष्ठ (किसन) र गुन्डा नाइके नवीन बस्नेत सांसद डा यादवको घर पुग्दाको अवस्था, त्यहाँको विवरणलगायतका विषय समावेश गरी मुचुल्का उठाउने काम भइरहेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। 

यो पनि पढ्नुहोस्

सांसद अपहरण प्रकरण : अनुसन्धानका लागि काठमाडौंबाट प्रहरी टोली महोत्तरी गयोशुक्रबार, वैशाख २६, २०७७

मुचुल्कामा कसुर भएको समयसहितको मिति, कसुर भएको स्थानको विवरण, चार किल्ला र रेखाचित्र, सम्बन्धित ठाउँको वस्तुस्थिति, कसुर वा कसुरदारसँगको सम्बन्ध, त्यस वरपर देखिएका प्रमाण र कसुरसँग सम्बन्धित विषय मुचुल्कामा समावेश गरिनेछ। 

सांसद यादवको घरमा मुचुल्का उठाइसकेपछि उनीहरू बसेको तथा खाना खाएको भनिएको बर्दिबासस्थित गौतम होटलमा पुगेर पनि मुचुल्का उठाइने प्रहरीले जानकारी दिएको छ। उक्त होटलमा उनीहरुले खाएका खानेकुराको विवरणदेखि, सिसीटिभी फुटेज भएमा त्योसमेत प्रहरी टोलीले संकलन गर्नेछ। 

Ncell 2
Ncell 2

महोत्तरीको मुचुल्का उठाइसकेपछि सिन्धुलीस्थित उनीहरूले खाना खाएको भनिएको होटल, काभ्रेमा खाजा खाएको होटलको पनि मुचुल्का उठाइनेछ।

यो पनि पढ्नुहोस्

महेश बस्नेत, पूर्वआइजिपी सर्वेन्द्र खनालसहित ४ विरुद्ध सांसद यादवद्वारा अपहरणको उजुरी दर्तासोमबार, वैशाख २२, २०७७

यता सांसद यादवलाई राखिएको काठमाडौंको नक्सालस्थित मेरियट होटलमा समेत प्रहरीले मुचुल्का उठाइसकेको छ। ‘अनुसन्धानको प्रारम्भिक चरण सुरु भएको छ। हाम्रो टोलीले घटनाको सुरुवात बिन्दु महोत्तरीस्थित सांसदको घरबाट मुचुल्का उठाउने काम सुरु गरिसकेको छ,’स्रोतले नेपाल लाइभसँग भन्यो। आवश्यकता अनुसार अपहरण अभियोग लागेका व्यक्तिहरुमाथि बयान लिने कामसम्म हुने बताइएको छ। 

विश्वस्त स्रोतका अनुसार अभियोग लागेका व्यक्तिहरूलाई ‘क्लिन चिट’दिने उदेश्यसहित काठमाडौंको प्रहरी टोली महोत्तरी पुगेको हो। अभियोग लागेका व्यक्तिहरूले प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई भेट गरेर जतिसक्दो छिटो कानूनी प्रक्रियामार्फत् क्लिन चिट दिँदा राम्रो हुने बताउँदै तत्कालै प्रक्रिया अघि बढाउन लगाइदिन आग्रह गरेका थियो। सोहीअनुसार प्रधानमन्त्री र गृह मन्त्रालयको निर्देशनमा प्रहरी टोली घटनास्थल गएको हो।

यो पनि पढ्नुहोस्

डा यादव अपहरण प्रकरण : सरकारी वकिल कार्यालयमा उजुरी दर्तासोमबार, वैशाख २२, २०७७

अर्को तर्फ काठमाडौं प्रहरीले जाहेरी नलिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमार्फत् जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गर्नैपर्ने बाध्यता हुन्छ। जसकारण पनि उक्त मुद्दा टुंग्याउन भन्दै आरोपितहरू शक्तिकेन्द्र धाउँदै छिटो क्लिन चिट पाउन लागिपरेको स्रोतले नेपाल लाइभसँग बताएको छ।

जाहेरी दर्ता भइसकेपछि मुद्दा तामेली राख्ने वा अदालतमा पेस गर्ने भन्ने दुई वटा मात्रै विकल्प रहन्छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११ मा भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक सूचना तथा जाहेरीलाई तामेलीमा राख्न सकिने प्रावधान छ। सोहीअनुसार प्रहरीलाई दबाब भएकाले तामेलीमा राख्ने तयारीका साथ प्रक्रिया अघि बढाइएको स्रोतको भनाइ छ।

समाजवादी पार्टी फुटाउने उद्देश्यले वैशाख १० गते सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका थिए।

यो पनि पढ्नुहोस्

पूर्वआइजी खनाल प्रहरीको ‘लेन्स’मासोमबार, वैशाख १५, २०७७

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार लगियो काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश गरेका... शुक्रबार, जेठ ३०, २०८२
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन बन्दीपुर गाउँपालिका–२ कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीको सहभागितामा टोली परिचालन भएको हो । शुक्रबार, जेठ ३०, २०८२
अहमदाबाद विमान दुर्घटनाः २४१ जनाको मृत्यु भएको पुष्टि लण्डन ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ बिहिबार दिउँसो दुर्घटना हुँदा २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ... शुक्रबार, जेठ ३०, २०८२
ताजा समाचारसबै
कांग्रेसले बोलायो ९ महिनापछि केन्द्रीय समिति बैठक शुक्रबार, जेठ ३०, २०८२
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार लगियो शुक्रबार, जेठ ३०, २०८२
प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने शुक्रबार, जेठ ३०, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो)
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो प्रहार बिहीबार, जेठ २९, २०८२
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्