• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
अपांगमैत्री छैनन् सरकारी वेबसाईट
64x64
विनय बाह्रकोटी बुधबार, वैशाख २४, २०७७  ०८:३७
1140x725

इटहरी–सुनसरीकी राधा चौधरी स्नातकोत्तर प्रथम वर्षकी विद्यार्थी हुन्। दृष्टिविहीन उनी सरकारी जागीरको खोजमा छिन्। त्यसैले उनी प्रायः सरकारी वेबसाईट भिजिट गर्छिन्। तर उनले बुझ्ने गरी वेबसाइटमा सामग्रीहरु नभएपछि साथीको सहायताले मात्र उनले सूचना लिनुपर्छ।

‘केही दिन अगाडि इटहरी उपमहानगरपालिकाको कर्मचारी आवश्यकतासम्बन्धी सुचना हेर्न वेबसाईट खोलेकी थिएँ,’ उनी भन्छिन्, ‘तर हामीले बुझिने गरी नभएका कारण त्यत्तिकै छाडिदिएँ। पिडीएफ फाईल र स्क्यान गरेको फोटोमा सूचना हुन्छ त्यो हामीलाइ काम छैन। एनएल फाइलमा राखिदिए हामीले प्रयोग गर्ने सफ्टवेयरबाट बुझ्न सजिलो हुन्छ ।’

चौधरीले खोजेजस्तो फाइल वेबसाइटमा मात्र हैन प्राध्यापकसँग पनि उपलब्ध छैन। जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत उनी निर्वाचित स्ववियु सदस्य पनि हुन्। आफूजस्तै अपांग विद्यार्थीको हकहितका लागि काम गर्ने भन्दै निर्वाचित भएकी हुन्। तर अहिले आफ्नै समस्या समाधान गर्न नसक्ने भएपछि कलेज जान छाडेको उनी बताउँछिन्। 

प्राध्यापकले पिडीएफ फाईलमा दिने नोट पनि उनका लागि उपयुक्त हुँदैन। एनएल फाईलको नोट हुँदामात्र आफूले बुझ्न सक्ने कलेजमा जानकारी गराईन्। तर सुनुवाइ भएन। अहिले उनी घरमै स्वअध्ययन गरिरहेकी छिन्। 

चौधरीको जस्तै समस्या छ सीताराम ओझाको पनि। उनी सुन्न सक्दैनन्। भोजपुरका ओझा सरकारी वेबसाईटमा राखिएका भिडीयो बुझ्न सक्दैनन्। उनी अक्षरमैमात्र सीमित छन्।  

चौधरी र ओझाजस्ता लगभग ३ लाख नेपालीका लागी सरकारी तथा राजनैतिक पार्टीका वेबसाईट काम नलाग्ने अवस्थाका छन्,  जुन अन्तर्राष्ट्रिय मापदण्डविपरीत मानिन्छन्। डब्लुथ्री डट ओआरजीले वेबसाईटहरु मुख्यत ४ विषयमा प्रष्ट हुन जरुरी देखाएको छ। जसमा ग्रहण गर्नसक्ने, चलाउन सकिने, बुझ्न सकिने र छरितो वा प्रष्ट हुनुपर्ने उल्लेख गरिएको छ।

ग्रहण गर्न सकिने अर्थात् जुनसुकै अवस्थाका मानिसले पनि वेबसाईट भिजिट गर्नसक्नुपर्ने हुन्छ । कुनै इन्द्रीय प्रयोग गरेर भए पनि सूचना वा जानकारी लिन सक्ने खालको हुनुपर्छ। चलाउन सकिने भन्नाले वेबसाईटमा भएका सामग्री संकलन गर्न सक्ने किसिमको हुनु जरुरी छ। साथै भाषा र डिजाइन सबैले बुझ्ने गरी सरल र सहज हुनुपर्ने हुन्छ । सबैले बुझ्न सकिने भाषाको प्रयोग हुनुपर्ने उल्लेख गरिएको छ, अर्थात् सानोदेखि ठूलो सबै डिभाइसमा चल्न सक्ने छरितो वेबसाईट हुनुपर्ने भनिएको छ। 

तर नेपालका सरकारी कार्यालय वा राजनीतिक पार्टीका वेबसाईट पनि यो स्तरको बनेका छैनन्। कामचलाउ सूचना र विज्ञप्ति राख्ने र समाचार सेयर गर्ने माध्यमको रुपमा प्रयोग भइरहेका छन्। 

Ncell 2
Ncell 2

२०६८ को जनगणना अनुसार नेपालभर ९४ हजार ७ सय ६५ दृष्टिविहीन छन्। ७९ हजार ३ सय ७ कान सन्न नसक्ने र ९ हजार ४ सय ३६ जना कान सुन्न नसक्ने तथा दृष्टिविहीन दुवै छन्। तर राष्ट्रिय अपांग महासंघले भने सरकारी तथ्यांक गलत भएको बताउँदै आएको छ। हाल १ लाख ५० हजारभन्दा बढी दृष्टिविहीन रहेको उनीहरुको बुझाइ छ। यस्तै, कान सुन्न नसक्नेको संख्या त्यसैको हाराहारीमा रहेको उनीहरु दाबी छ।

नेपाल अपांग संघका सचिव गणेश केसी अपांगहरु अझै सरकारी वेवसाईटको पहुँचबाहिर रहेको बताउँछन्। सरकारी कार्यालयदेखि वेबसाइटसम्म अपांगमैत्री नभएको उनको भनाइ छ। यस विषयमा अहिलेसम्म कुनै पार्टी वा कुनै मन्त्रालयले समेत ठोस कदम चाल्न नसकेको उनले सुनाए। जसका कारण लाखौं नेपाली सूचनाको पहुँचबाट बाहिर रहेको उनी बताउँछन्। 

अपांगसम्बन्धी वेबसाईट डिजाइन गर्ने प्राविधिक सागर प्रसाइँ सरकारले थोरै मेहनत गर्दा सबै सरकारी कार्यालयका वेबसाईट अपांगमैत्री बनाउन सकिने बताउँछन् । ‘हालका वेबसाइटमा तस्बिरमा त्यससम्बन्धी विवरण राखिएका हुँदैनन्। तस्बिरले के भन्दैछ भन्नेबारे कन्टेन्ट भयो भने सफ्टवेयरको माध्यमबाट बुझ्न सहज हुन्छ,’ उनी भन्छन्, ‘भिडीयोहरु राख्दा साइटमा सांकेतिक भाषा प्रयोग गर्न सकिन्छ । एकपटक थोरै लगानी बढाउने हो भने सधैंभरका लागि अपांगमैत्री बनाउन सकिन्छ ।’  

सरकारी सूचनाहरु फोटो खिचेर वा स्क्यान गरेर राखेको हुनाले धेरैले पढ्नै नसक्ने उनको भनाइ छ। यस्ता वेबसाइट बनाउँदा वर्ड प्रेसबाट बनाउँदा राम्रो हुने उनले सुझाए ।  

shivam cement

shivam cement


 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८ औं सभा शुरु हुनुपूर्व आयोजित मन्त्रीस्तरीय गोलमेचमा सहभागी हुँदै मन्त्री पौडेल... आइतबार, जेठ ४, २०८२
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई संवादको समापनपछि आज आयोजित पत्रकार सम्मेलनमा उनले संवादबाट नेपालले विश्वमा आफ्नो छवि थप उचाइ पुर्‍याउन, जलवायु चुनौती र भइरहेका विषय... आइतबार, जेठ ४, २०८२
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो छविलाल विश्वकर्माको संयोजकत्वमा गठित समितिले शिक्षा समितिलाई विधेयकको प्रतिवेदन बुझाएको हो। आइतबार, जेठ ४, २०८२
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्