• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोनाको सकारात्मक पाटो : पारिवारिक मिलनले घरमा खुसीयाली
64x64
महेश न्यौपाने सोमबार, वैशाख १५, २०७७  ०८:२६
1140x725

रोल्पा- पुरुषहरु घर बाहिर हुँदा रोल्पाका कैयौं महिलाहरुले एक्लै खेती स्याहार्न बाध्य हुन्थे। कामका लागि घरका पुरुष सदस्यहरु घरगाउँभन्दा टाढा पुग्थे। उनीहरु दसैं तिहार जस्ता ठूला चाडपर्वमा मात्रै घर आउँथे। पारिवारिक मिलन त्यस्तै अवसरमा मात्रै सम्भव हुन्थ्यो।

यस वर्ष भने खेती किसानीको काममा महिलाहरुलाई घरका पुरुष सदस्यको पनि साथ मिलेको छ। कोरोना कहरले पुरुषहरु घर आएसँगै खेती किसानी र मेलापातमा महिला र पुरुष सँगसँगै देखिन थालेका हुन्।

रोल्पाका गाउँहरुमा अहिले गहुँ भित्र्याउने चटारो छ। साथै, मल बोक्ने र खनजोत गर्ने काम चलिरहेको छ।

खेतमा धानको ब्याड राख्नेदेखि मल पुर्ने सबै काम एकैचोटी परे पनि यहाँका महिलाहरुमा अघिल्लो वर्ष जस्तो कामको चाप भने छैन। तिनै मध्येकी एक हुन्, रोल्पा नगरपालिका ४ की रिता परियार। खेत नभएकाले ब्याड राख्ने चटारो नभए पनि पाखो बारी खनजोत गर्ने र मल बोक्ने काममा श्रीमानबाट सहयोग पाउने कुराले हौस्याएको छ, उनलाई। ‘अघिल्लो वर्ष सबै काम एक्लै भ्याउनुपर्थ्यो। यसपालि श्रीमान घर आएकाले काम गर्न सहज भएको छ’, उनले भनिन्, ‘धेरै वर्षपछि श्रीमानसँगै खेतबारीमा काम गर्न पाएका छौ।’

रोजगारीका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताले रोल्पाका गाउँहरु पुरुषविहीन मात्र होइन, कतिपय घर त बालबालिका र जेष्ठ नागरिकका भरमा चलेका छन्। श्रम गर्न सक्ने जनशक्ति रोजगारीमा जिल्लाबाहिर जाँदा रोल्पाका धेरै घरको दैनिकी महिला, बालबालिका र जेष्ठ  नागरिकको भरमा चलेको बताउँछिन्, महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य। 

‘ग्रामीण भेगका रोल्पाली महिला हलो जोत्न बाध्य थिए। घरमा काम गर्ने छोरानाती रोजगारीका लागि बाहिर गएसँगै आराम गर्ने उमेरका जेष्ठ नागरिकहरु मेलापात देखिन्थे’, आचार्य भन्छिन्, ‘कोरोनाको त्राससँगै जिल्ला भित्रिएका युवायुवतीका कारण यस वर्षको खेतीपातीमा सहजता भएको छ।‘

आधिकारिक  तथ्यांक नभए पनि १० हजारभन्दा बढी रोल्पाली युवायुवती रोजगारीका लागि काठमाडौं, ललितपुर र भक्तपुरका इँटाभट्टामा रहेको बताइन्छ। भारत जानेहरुको पनि आधिकारिक तथ्यांक छैन। त्यहाँ पनि दसौं हजार रोल्पाली रोजगारीका लागि गएको हुन सक्ने बताइन्छ। खाडी तथा तेस्रो मुलुक जाने रोल्पाली युवायुवतीको संख्या झण्डै ४० हजार रहेको बताइन्छ। जिल्ला प्रशासन कार्यालय रोल्पाबाट ५० हजार बढीले राहादानी लिएका छन्।

गत वैशाख ५ देखि ११ गतेसम्म उद्धार गरिएका तथा आफैं आएका समेत तीन हजार ८ सय ८ जना रहेको जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। त्यसयता समेत जोड्दा जिल्ला भित्रनेको संख्या ५ हजार बढी हुन सक्ने बताइन्छ। शनिबार बेलुकासम्म  रोल्पाको रुन्टीगढी गाउँपालिकामा मात्रै १ हजार २ सय २४ जना भित्रिएको गाउँपालिकाका नासु दीपक डिसीले जानकारी दिए। उनीहरुलाई ४० वटा विद्यालय, २ वटा स्वास्थ्य संस्था र ८ वटा सामुदायिक भवन समेत गरी ५० वटा क्वारेनटाइनमा राखिएको बताइएको छ। त्यसरी बसेकामध्ये अधिकांश दिउँसोको समयमा आफ्नो खेती किसानीमा सहयोग गर्न जाने गरेको बताइन्छ।

Ncell 2
Ncell 2

जिल्लामा हालसम्म ६ सय ८८ जना भारत तथा तेश्रो मुलुकबाट आएको देखिएको छ। देशबाहिरबाट यसरी जिल्ला भित्रिनेमा सबभन्दा धेरै गंगादेव गाउँपालिकामा २ सय ६७ जना छन्। 

यसैगरी सुनिल स्मृति गाउँपालिकामा २१८, रोल्पा नगरपालिकामा २०, त्रिवेणी गाउँपालिकामा ४०, परिवर्तन गाउँपालिकामा २६, रुन्टीगढी गाउँपालिकामा १८, माडी गाउँपालिकामा १२, लुग्री गाउँपालिकामा ५४, थवाङ गाउँपालिकामा २३, सुनछहरी गाउँपालिकामा १२ जना रहेको नेपाली सेनाको खड्क दल गण रोल्पाले जानकारी दिएको छ।

महिनावारी व्यवस्थापनमा समस्या
क्वारेनटाइन बस्दाको समयमा महिनावारी हुने महिलालाई थप समस्या हुने गरेको छ। महिनाबारी  व्यवस्थापनका लागि सेनेटरी प्याडको व्यवस्था नहुँदा महिलाहरुले त्यस्तो समस्या भोग्ने गरेको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष आचार्यको भनाइ छ।

‘महिनावारीको वेला महिलालाई सुरक्षित ठाउँ चाहिने भए पनि रोल्पाका अधिकांश क्वारेनटाइनमा त्यस्तो व्यवस्था र संरचना छैन’, आचार्यले भनिन्।

shivam cement

shivam cement

विपदको समयमा पनि मानव अधिकार संरक्षण सबैको सरोकारको विषय हुनुपर्ने आचार्यको भनाई छ। तर, रोल्पाका कुनै पनि क्वारेनटाइन महिलामैत्री नदेखिएको उनको भनाइ छ। ‘क्वारेनटाइमा बस्नेहरुका लागि खाना नास्ता र बसाइँको जस्तै महिलाहरुका लागि महिनावारी  व्यवस्थापनमा ध्यान दिनुपर्छ’, आचार्यले भनिन्।

महिनावारी मात्रै होइन, गर्भवती महिलाहरुले समेत समस्या भोगिरहेको आफूले सुनेको आचार्यको भनाई छ। बच्चा जन्माउने मिति नजिकिएकी एक महिलालाई रोल्पाको त्रिवेणी गाउँपालिकाको बुढागाउँ सिम्पानीमा राखिएको उनले जानकारी दिइन्। गर्भवती महिलाहरुको कोरोना संक्रमण परीक्षण गरी होम क्वारेनटाइनमा पठाउनुपर्ने उनको सुझाब छ।

क्वारेनटाइनमा रहेका गर्भवती महिलाको आरडिटी परीक्षण गरेर होम क्वारेनटाइनमा पठाइने त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए। ‘आरडिटी परीक्षणमा यस्ता महिलालाई प्राथमिकतामा राखेका छौं’, अध्यक्ष वलीले भने।

रोल्पाका विभिन्न क्वारेनटाइनमा १ हजार ५ सयभन्दा बढी महिला छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ०८:२६
  • #कोरोना_अपडेट
  • #पारिवारिक_मिलन
  • #खुसियाली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो आइतबार, जेठ ४, २०८२
सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्