• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
लकडाउन सकिए लगत्तै सडक आन्दोलन गर्ने तयारीमा कांग्रेस
64x64
लिलु डुम्रे आइतबार, वैशाख १४, २०७७  १४:००
1140x725
फाइल फोटो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कुबेला’मा ल्याएर खारेज गरेको अध्यादेशको चर्चा सेलाइसकेको छैन। पार्टीभित्रै आलोचना भइरहेको सो विषयका विरुद्धमा कांग्रेसले पनि विरोधको रणनीति बनाइरहेको छ। उसले लकडाउन लगत्तै सो विषयलाई उठाउँदै आन्दोलन गर्ने भएको छ।

अध्यादेश फिर्ता लिएर मात्रै चित्त नबुझाएको कांग्रेसले अध्यादेशबाट सिर्जित गलत अभ्यासलाई मुख्य मुद्दा बनाउने भएको छ। कोरोना संक्रमणको बेला हतारहतार ल्याएर राष्ट्रपतिबाट जारी गराएको अध्यादेशले ‘राजनीतिक अपराध’ गरेको कांग्रेसको ठहर छ।

समाजवादी दलका नेता सांसद डा सुरेन्द्र यादवलाई काठमाडौं ल्याउने सरकारी प्रपञ्चलाई सामान्य घटनाका रुपमा नलिने कांग्रेसले जनाइसकेको छ। गत सोमबार अकस्मात अध्यादेश ल्याउनु, लगत्तै हतारहतारमा राष्ट्रपतिले जारी गर्नु र सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनुले सरकारको नियत उदांगो भएको कांग्रेसको ठहर छ। राष्ट्रपतिले दुबै अध्यादेश शुक्रबार फिर्ता लिए पनि कांग्रेसले उक्त प्रकरणमा संलग्नको छानबिन र कारबाहीको मुद्दालाई देशव्यापी बनाउने भएको हो।

केन्द्रीय सदस्य रमेश लेखक भन्छन्, ‘अपहरण प्रकरणमा संलग्नलाई छानबिन र कारबाही हुनुपर्ने माग सहित आन्दोलनमा जान्छौं। राजीनामाको मुद्दा पनि जोडिँदै जान्छ।’

लेखकसँग मिल्दोजुल्दो मत राख्ने केन्द्रीय सदस्य कांग्रेसमा धेरै छन्। संसदमा मात्रै बल नपुग्ने भएकाले सडकलाई पनि साथ लिनुपर्ने कतिपयको तर्क छ।

अध्यादेश जारी भइसकेपछि कांग्रेसको सक्रियता विगतको तुलनामा बढोत्तरी आएको थियो। विगतमा सरकारले चालेका कदमको ढिलो गरी प्रतिक्रिया जनाउने कांग्रेसले यसपटक भने तुरुन्तै जवाफ फर्काएको थियो। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘वर्तमान सरकार बनेपछि शेरबहादर देउवाले समयमै वक्तव्य निकालेको पहिलोपटक हो।’ 

बैशाख ८ मा आएको अध्यादेशको विरोधमा देउवाले तत्कालै विज्ञप्ति निकाले। इतिहासकै दुःखद घटना सरकारले सिर्जना गरेको उल्लेख गर्दै देउवाले भनेका थिए, ‘ यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो। यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो।’

कोरोना भाइरसको संक्रमणसँग जुध्ने बेलामा अध्यादेश आएकोप्रति तीव्र आपत्ति जनाए। प्राथमिकताको क्षेत्र पहिल्याउन नसकेको सरकारको विरोध जनाएर देउवाले सहानुभूति समेत बटुले।

Ncell 2
Ncell 2

कांग्रेस विज्ञप्ति प्रकाशित गरेर मात्रै रोकिएन। अध्यादेश आएकै भोलिपल्ट संसदमा रहेका दलहरुको आकस्मिक बैठक समेत कांग्रेसले डाक्यो। ‘मधेस केन्द्रित दल विभाजन’ गर्न ल्याइएको अध्यादेशको विरुद्धमा एकमत बनाउन कांग्रेसले ती दललाई बैठकमा बोलायो। शीर्ष तहका नेताहरु उपस्थित बैठकले सरकारका विरुद्ध मोर्चाबन्दीको आधार तयार गर्‍यो। सरकारका विरुद्ध आन्दोलनमा उत्रने समेत निर्णय गरे।

मधेस आफ्नो आधार क्षेत्र मान्दै आएको कांग्रेसको उक्त स्थानमा निरन्तर क्षयीकरण भइरहेको छ। दल विभाजित हुँदा मधेसमा कांग्रेसलाई प्रत्यक्ष/अप्रत्यक्ष लाभ नै हुने थियो। यद्यपि कांग्रेसले राजपा र समाजवादी दलको एकताप्रति खुसी व्यक्त गर्‍यो। मंगलबार मध्यरातमा भएको एकतामा पार्टी सभापति देउवाले खुसी जनाए। राजपा र समाजवादी दलको एकतापछि देउवाले भनेका छन्, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजबुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु।’

देउवाले मधेसवादी दलको एकतामा सबैभन्दा अघि सरेर खुसी व्यक्त गर्नुको कारण हो– ओली विरुद्ध उभिने पक्ष फैलिनु र बलियो बन्नु।

कांग्रेसलाई संसदमा अंकगणितले साथ दिदैन। अविश्वासको प्रस्ताव राख्न समेत कांग्रेसको हैसियत पुगेको छैन। संसदमा संख्याले साथ नदिएको कांग्रेसले अब सडकको साथ लिने भएको छ। नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग कांग्रेसले लकडाउन लगत्तै सडक मार्फत उठाउने भएको छ। कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत भन्छन्, ‘सरकार नालायक भएको विरोध त हाम्रो छँदै थियो। केन्द्रीय समितिको बैठकले सरकारका विरुद्धमा थप निर्णय गर्छ।’

अध्यादेश जारी भएपछि त्यसको कार्यान्वयनका क्रममा देखिएका अस्वभाविक खेलको छानबिन र कारबाहीको मागलाई कांग्रेसले थप उठाउने भएको छ। संसदीय प्रणालीमा भएको विकृत परम्पराको पुनरावृत्ति भएको कांग्रेसको बुझाई छ। यादवलाई काठमाडौं ल्याउने क्रममा खटिएका नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठसँगै उनीहरुलाई सक्रिय साथ दिएका पूर्व आइजीपी सर्वेन्द्र खनालमाथि छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको छ। ‘समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन’, कांग्रेसको माग छ। 

कांग्रेसका कतिपय नेताहरुले व्यक्तिगत रुपमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिइरहेका छन्। तथापि, पार्टीको तर्फबाट औपचारिक निर्णय गरी राजीनामा मागिएको भने छैन। केन्द्रीय सदस्य प्रदीप पौडेल प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गर्छन्। बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी नभएको उनले बताए। सांसद अपहरण प्रकरणको मुख्य भूमिकामा प्रधानमन्त्री भएकाले उनले जनतालाई जवाफ दिनुपर्ने उनको माग छ। प्रधानमन्त्रीलाई नेता पौडेलको प्रश्न छ, ‘सांसद अपहरण गर्ने मानवताविरोधी अपराध किन गर्नुभयो? तपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्। प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन, अविलम्ब राजीनामा दिनुस्।’

बैशाख १७ मा बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठकले औपचारिक निर्णय गरी सरकार विरुद्ध विरोधका कार्यक्रम अघि बढाउने बताइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १४:००
  • #कांग्रेस
  • #दल_फुटाउने_अध्यादेश
  • #अपहरण
  • #आन्दोलन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित आइतबार प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। आइतबार, जेठ २५, २०८२
७० वर्षे उमेरहदको विषय फेल भइसक्यो : ओली अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहका पहिलो वक्ता विश्वकान्त मैनालीले ७० काटेर राजनीतिबाट सन्यास लिएको भनेपछि ओलीले अब त्यो फेल... आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ: सभापति देउवा राधेश्याम जोन्छे जुझारु नेताको रुपमा परिचित रहेको उनले स्मरण गरे। उनले नेताहरुको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित आइतबार, जेठ २५, २०८२
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता आइतबार, जेठ २५, २०८२
७० वर्षे उमेरहदको विषय फेल भइसक्यो : ओली आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्