• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
डडेल्धुरा : ७ स्थानीय तहमा यस्तो छ कोरोना नियन्त्रणको तयारी अमरगढीमा टोकनमार्फत राहत, आलितालमा मेक्सीका माक्स!
64x64
ललित बोहरा शुक्रबार, चैत २८, २०७६  १६:४५
1140x725

डडेल्धुरा–सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका चार जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएपछि डडेल्धुरा स्थानीय तहले उच्च सतर्कता अपनाएका छन्। भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना भाइरस संक्रमण देखिएपछि सतर्कता अपनाइएको हो। 

कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि डडेल्धुराका सात वटै स्थानीय तहले आफ्नै तरिकाले काम गरिरहेका छन्। 

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा भारतबाट पछिल्लो १४ दिनमा आएका ३ सय१७ जनामध्ये ७ जनालाई विद्यालयमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ। 

नगरले सम्भवित जोखिम न्यूनीकरणका लागि सार्वजनिक स्थलहरुमा कीटनाशक औषधि छर्किएको जनाएको छ। कोरोना नियन्त्रण तथा रोकथाम गर्न दमकल प्रयोग गरेर नगरमा कीटनाशक औषधि छर्कन थालेको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए।  

संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालको क्षेत्रमा रहेको अमरगढीको आफ्नै अस्पताल नभए पनि प्रत्येक वडामा स्वास्थ्य चौकी भने छन्। यो नगरले ११ वडामा १ सय १९ क्वारेन्टाईनका लागि बेड तयारी अवस्थामा राखेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। उनका अनुसार जोखिममा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई जोखिम भत्ताको व्यवस्था गरिएको छ भने २० लाखको रोकथाम कोष छ। 

नगरले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाभित्रका १० र ११ वडालाई सील गरेको छ। यससँगै त्यस वडाभित्रका नागरिकहरुले एउटा घरबाट अर्को घर जान नपाउने अमरगढी नगरपालिकाका नगरप्रमुख ओझाले बताए। 

सील गरुन्जेल टोल–टोलमा प्रहरी खटाइने उनको भनाइ छ। कोरोनाबारे सचेतना जगाउन भारतलगायत अन्य ठाउँबाट आएका मानिसहरुको अवस्थाबारे जानकारी लिन स्वास्थ्यकर्मीहरु घरदैलो कार्यक्रममा जुटिरहेका छन्।

सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुभ्mनुका साथै सचेतना जगाउन स्वास्थ्यकर्मी घरदैलोमा पुगेका अमरगढी स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताए। 

Ncell 2
Ncell 2

आफूखुसी राहत संकलन गर्न नपाइने 
डडेल्धुरामा आफूखुसी राहत संकलन तथा वितरण गर्न नपाइने भएको छ। संघसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो त कसैले नपाउने सम्भावना भएकाले सम्बन्धित स्थानीय तहको र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न भनिएको छ। 

टोकन प्रणालीमार्फत् राहत वितरण 
नगरपालिकाले ‘टोकन प्रणाली’मार्फत् राहत वितरण सुरु गरेको छ। नगरपालिकामा रहेका निम्न वर्गका व्यक्तिहरुको तथ्यांक संकलनपश्चात वडा नं ५ मा सोमबारदेखि राहत वितरण सुरु गरिएको छ। वडाध्यक्षको हस्ताक्षरपछि मात्र टोकनमार्फत् राहत दिइने जनाइएको छ। खाद्यान्न सामाग्री बिक्री गर्ने पसलसँग सम्झौता गरि वडा कार्यालयले सबैको पायक पर्ने पसलका नाममा टोकन उपलब्ध गराएर राहत वितरणको नयाँ अभ्यास सुरु गरिएको हो। 

नगरपालिका–३ मै डोटी खोलानजिकै रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटालथानमा लाग्ने बिसुजाँत (मेला) यसवर्ष स्थगित गरिएको छ। नेपाल सरकारले देशभर लागू गरेको लकडाउनलाई मध्यनजर गर्दै बुधबार घटाल क्षेत्र विकास समाज र घटाल देवताका चारथरि कारिन्दाहरूले मेला स्थगित गर्ने निर्णय गरेका हुन्।

परशुराम नगरपालिकामा अर्को मुलकबाट आउने ७ सय  जनामध्ये ६४ जनालाई क्वारेन्टाइनमा राखिएको छ। पछिल्लो १६ दिन यता आएकामध्ये नगरले ३९ जनालाई ३ दिन क्वारेन्टाइन राखेर स्वास्थ्य परीक्षण गरि छाडेको छ। 

भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले एक गाउँबाट अर्को गाउँमा जान पूर्ण रूपमा रोक लगाएको छ।

 नगरपालिकाका हरेक गाउँ सिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गरिएको नगरपालिकाले जनाएको छ।  यो नगरमा पर्ने २ वटा साना नाकामा थप सशस्त्र प्रहरी परिचालन गरिएको नगर प्रमुख भीमबाहादुर साउँदले बताए । जोगबुडा अस्पतालमा ३ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको साउँदले बताए।  ‘२ वटा एम्बुलृस तयारी अवस्थामा छन्, नगरले अहिले पनि मास्क तथा सरसफाइलाई विशेष ध्यान दिएको छ,’ उनले भने, ‘म अहिले पनि गाउँमा मास्क वितरण तथा जनचेतनामा लागेको छु, स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छु।’

अनुगमन तथा रोकथामका लागि परशुरामले २० लाखको राहत कोष निर्माण गरेको छ भने फिल्डमा काम गर्ने नगरप्रमुखको अध्यक्षतामा कार्यदल बनाएको छ। नगरप्रमुखले गाउँमा आफैं पुगेर मानिसलाई मास्क लगाइदिएका छन्। राहत वितरण पनि भइरहेको नगरको दाबी छ । 

 नगरपालिकामा मास्क वितरणका लागि नगरप्रमुखले पार्टी कार्यकर्तालाई जिम्मा लगाएपछि आफूहरुसँग समन्वय नगरेको गुनासो वडा अध्यक्षहरुले गरेका छन्। आफ्नै वडामा मास्क वितरण भईरहँदा आफूहरु अनभिज्ञ रहेको वडा अध्यक्षहरुको भनाइ छ। 

हरेक क्षेत्रबाट प्राप्त राहत सामग्री जनप्रतिनिधिमार्फत् वितरण गरिने नीतिगत व्यवस्था भए पनि नगरप्रमुखले कार्यकर्ता परिचालन गर्नु गैरजिम्मेवारी भएको वडा नम्बर ९ का अध्यक्ष रमेश बोहराले बताए। 

कोरोनाको संक्रमण फैलिन नदिन र जनसचेतीकरण गर्न एकद्वार प्रणालीमार्फत् राहत तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिनुपर्ने भए पनि परशुराम नगरपालिकाका प्रमुखले नै हरेक वडामा पार्टी कार्यकर्ता परिचालन गरेको अध्यक्ष बोहराको आरोप छ । 

 वडा नम्बर ४ मा नरेन्द्रबहादुर चन्द, ७ मा लक्ष्मण भट्ट,  ८ मा मनोज कार्की र  ९ मा मन्दीरसिंह बोहराले मास्क वितरण गरिरहेको स्थानीयले जानकारी दिएका छन्। मास्क वितरण गर्दा पार्टीका कार्यकर्ता र त्यसमा पनि वैचारिकधारसँग आवद्ध व्यक्तिलाई मात्रै वितरण गरिरहेको भन्दै सामाजिक संञ्जालमा समेत आलोचना भएको छ ।

संघीय सरकारले कार्यविधि निर्माण गरि व्यक्तिगत रुपमा राहत तथा अन्य सामग्री वितरणमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले चैत १८ गते सार्वजनिक रुपमा अपिल गर्दै व्यक्तिगत रुपमा राहत तथा अन्य सामग्री वितरण नगर्न र कसैले दिन चाहेमा स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन समेत दिएको छ । 

यस्तै, भित्रमधेसमै पर्ने आलिताल गाउँपालिकामा पनि लकडाउनयता २०७ जना भित्रिएका छन्। जसमध्ये  गाउँपालिकाले ७ जनालाई क्वारेन्टाइनमा राखेका छ भने अरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेका गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए । यहाँ १० बेडको क्वारेन्टाईन छ। ‘अस्पताल हाम्रो गाउँपालिकामा छैन, त्यसैले राहत कोष स्थापना गरिएको छ,’ उनले भने। तर उनले कोषको रकम उल्लेख गरेनन्।
गाउँपालिकाले लकडाउनका कारण दैनिक ज्यालादारी गर्नेलाई खाद्यान्न वितरण गर्न सुरु गरेका छ ।

राहतमा १५ किलो चामल, २ किलो दाल, एक लिटर तेल र नुन वितरण भइराखेको छ । 

गाउँपालिकाले अहिले एउटा घरबाट अर्को घर जान रोक लगाएको छ। गाउँमै बनाइएको मास्क गाउँ–गाउँमा वितरण गरेको छ। महिलाले लगाउने मेक्सीको कपडा प्रयोग भएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा बिरोध गरेका छन्। 

यस्तै, गन्यापधुरा गाउँपालिकामा लकडाउन यता अर्को देशबाट आउनेको संख्या २०४ रहेकोमा ७ जना क्वारेन्टाइनमा छन् । चैत ११ गते कैलालीका कोरोना संक्रमितसँगै आएका १४ जनालाई होम क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ। ५ स्वास्थ्य चौकी रहेको गन्यापधुरामा अस्पताल नभए पनि एम्बुलेन्स एउटा रहेको गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए। गाउँपालिकाले जोखिम व्यवस्थापनका लागि  विपद् व्यवस्थापन कोषमा  १० लाख जम्मा गरेको जनाएको छ। स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीए सेटको अभाव भएको अध्यक्ष मल्लले बताए । 

यता नवदुर्गा गाउँपालिकामा अर्को मुलकबाट ४४८ जना आएका छन्। जसमध्ये १३ जना अनिवार्य क्वारेन्टाईनमा बसेका छन्। अन्यलाई स्वास्थ्यकर्मी तथा गाउँपालिका अध्यक्षले नियमित रुपमा अनुगमन गर्ने गरेको जनाएका छन्। विगतमा स्वास्थ्यकर्मीसमेत रहेका गाउँपालिका अध्यक्ष कविद्र विष्टले भने, ‘हामी जोखिम न्यूनीकरणका लागी हाई अलर्टमै छौं। १०० बेडको क्वारेन्टाइन बनाएका छौ, दुई एम्बुलेस तयारी अवस्थामा छन्। ४ स्वास्थ्य चौकीमा आवश्यक औषधि खरिद गरेर राखेका छौं,’उनले भने, ‘हाम्रो गाउँपालिका लकडाउन भएपछि आएकालाई सकेसम्म अनिवार्य क्वारेन्टाईनमा राखेका छौ, कार्यदल बनाएर काम गरिरहेका छौँ, ५ लाखको विपद व्यवस्थापन कोष राखिएको छ।’

अजयमेरु गाउँपालिकाले भारतबाट आएका २५५ जनामध्ये ११ जनालाई खाना, नास्ता व्यवस्थापनसहित क्वारेन्टाइनमा राखेको छ। ६ वडा रहेको गाउँपालिकामा ५ वटै वडामा स्वास्थ्य चौकी छन् भने ६ वटै वडाका केन्द्रमा विद्यालयमा क्वारेन्टाइन बनाएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।  अन्यलाई स्वास्थ्यकर्मीले निगरानीमा राखेको उल्लेख गर्दै अध्यक्ष भट्टले भने, ‘हामीले अनुगमन समिति तथा प्रेत्यक वडामा युवा स्वयंसेवक पनि तयारी अवस्थामा राखेका छौं।’  गाउँपालिकामा आफ्नै एक एम्बुलेस तथा दुुई सार्वजनिक गाडी रहेकाले आवश्यक परे तिनलाई प्रयोग गर्न सक्ने उनले बताए। 

अस्पताल नरहेका गाउँपालिकाले २ घण्टा दूरीमा रहेको डडेल्धुरा अस्पतालकै मुख ताक्नु पर्छ । आफूलाई आवश्यक पर्ने पीपीए सेट तथा औषधि खरिद गरेर राखेका अध्यक्ष भट्टले बताए । 

यस्तै, बजार मूल्यभन्दा १० प्रतिशत छुटमा खाद्यसामग्री घरदैलोमै पुर्‍याउने गरेको उनले बताए। जोखिम व्यवस्थापन कोषमा अहिले रकम उल्लेख नगरे पनि आवश्यक परे जति पनि राख्न सक्ने निर्णय गाउँकार्यपालिकाले गरिसकेको अध्यक्ष भट्टले बताएका छन् । 

नवदुर्गाले गरिब तथा दैनिक मजदूरी गर्नेहरुको तथ्याङक संकलन गरि राहत सामग्री पनि घर–घरमै गाडीमा पु¥याउने काम गरिराखेको बताएको छ। 
सीमावर्ती क्षेत्रका थप ३ वटा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन्। परशुराम नगरपालिकाको तातापानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी बल खटिएका हुन्। 

भागेश्वर गाउँपालिकामा लकडाउनपछि भारतबाट आएका २१५ जनामध्ये ८ जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन्।  

हाल भागेश्वर गाउपालिका ३ बोगटामा एकजना र भागेश्वर ४ बगरकोटमा सातजना क्वारेन्टाइनमा रहेका र उनीहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको अध्यक्ष भट्टले बताईन्। उनले भनिन्, ‘सुरुमै आएकालाई राख्न खोजे पनि सकिएन, अहिले ८ जना राखेका छौं, खाना व्यबस्था सबै गाउँपालिकाले गरिरहेका छन्।’ 

भागेश्वर गाउँपालिकाले एक सूचना जारी गर्दै कोरोनाका आउन सक्ने आपत्तिमा सहजता अपनाउनका लागि सहयोग गर्न अपिल  गरेको छ। बजेट भने गाउँपालिकाले छुट्टै विनियोजन नगरेको भट्टले बताइन्। भागेश्वर गाउँपालिकामा एम्बुलेन्स रहेको छ भने कार्यदल बनाएर काम गरिराखेको जनाएको छ। डडेल्धुरामा १ सय ७ जना क्वारेन्टाइन रहेकासहित १९० जनाको नमुना संकलन गरिँदैछ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’ सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्