• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ३०, २०८२ Fri, Jun 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोनाबाट जोगिने पर्याप्त सामग्री छैन, तैपनि उच्च मनोबलका साथ खटिएका छौं : एसएसपी उमेशराज जोशी [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ आइतबार, चैत १६, २०७६  ०८:१६
1140x725

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) नेपालमा थप फैलन नदिन सरकारले लकडाउन गराएको छ। सर्वसाधारणलाई घरबाट निस्कन नदिन सडकमा छन्, सुरक्षाकर्मी। अहिलेसम्म नेपालमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जना निको भइसकेका छन्। विश्वका धेरै देशमा सुरक्षाकर्मी उच्च जोखिममा देखिएका छन्। 

अमेरिकाको न्युयोर्कमा पाँच सय प्रहरी संक्रमित भइसके। नेपालका सुरक्षाकर्मी भाइरसबाट जोगाउने सुरक्षा सामग्रीबिनै ड्युटीमा छन्। व्यक्तिगत सुरक्षा कवच (पर्सनल प्रोटेक्ट इक्विपमेन्ट-पिपिई) को त कुरा अलि परै राखौं, कतिपय स्थानमा मास्कसमेत उपलब्ध नहुँदा प्रहरी आफैंले मास्क उत्पादन गरेर लगाउनुपरेको छ। उच्च जोखिमलाई व्यस्थापन गर्दै आम नागरिकलाई संक्रमणबाट जोगाउन प्रहरीले कसरी काम गरिरहेको छ? यिनै प्रश्नको उत्तर खोज्न नेपाल लाइभकर्मी नारायण अधिकारीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उमेशराज जोशीसँग कुराकानी गरेका छन्।

लकडाउन चलिरहेको छ। आम नागरिक कोरोनाको त्रासमा छन्। घरबाट बाहिर निस्कने अवस्था छैन। यस्तो बेला प्रहरी कसरी खटिएको छ?
लकडाउन सर्वसाधारणलाई मात्रै होइन, प्रहरीका लागि पनि नौलो हो। अहिले ‘राउन्ड द क्लक’मा २४सैं घण्टा प्रहरी खटिरहेको अवस्था छ। सुरुमा आम मानिसलाई लकडाउन भनकै थाहा थिएन। त्योला माइकिङ गर्दै यसबारे बताउने र सम्झाउने काम भयो। यस बीचमा अटेर गर्ने, लकडाउन उल्लंघन गर्ने सवारी साधन, नागरिकलाई नियन्त्रणमा लिने सम्झाइबुझाई गर्ने काम भएको छ।

लकडाउन आम नागरिकले पालना गरेका छन्? प्रहरीलाई त्यस्तो हैरानी छैन भन्न खोज्नु भएको हो?
अहिलेको अवस्थामा केही मानिस सडकमा निस्किए पनि अधिकांशले लकडाउन पालना गरेका छन्। यसको खतरा महसुस गरेका छन्। पहिलाजस्तो बाहिर निस्कन धेरै कम भएको छ। तर केही मान्छेमा भने दिनभरी घरमा बसेपछि नेपाल बन्दमा जस्तो साँझमा खुल्ला भन्ठानेर बाहिर/चोकतिर निस्कने चलन देखिएको छ। यसरी बेलुका निस्कनेलाई पनि प्रहरीले रोकेको छ।

लकडाउनमा यसरी खटिने प्रहरी आफैं जोखिममा पर्ने सम्भावना पनि छ। के छ तयारी?
अहिले नेपाल प्रहरी दोहोरो भूमिकामा छ। पहिलो, आफू सुरक्षित हुनुपरेको छ। दोस्रो, नागरिकको सुरक्षा गर्नुपरेको छ। त्यसकारण अहिले हामी दोहोरो चुनौतीमा छौं। यस्तो बेला प्रहरीले भनेको कुरा नागरिकले मान्दिनुपर्छ। निकै संवेदनशील भएर काम गर्नुपर्ने अवस्था छ। त्यहीअनुसार प्रहरी हेडक्वार्टरले निर्देशन पनि दिएको छ। 

प्रहरीलाई स्वास्थ्यकर्मीलाई जस्तो थप भत्ता अहिलेसम्म छैन। अब उहाँहरुले गुनोसो गर्नु स्वाभाविक हो। यो हामीले भन्दा पनि सरकारले बुझ्ने कुरा हो। 

विदेशतिर प्रहरी पनि कोरोना भाइरसबाट संक्रमित भइरहेका समाचार आइरहेका छन्। ड्युटीमा खटिएको प्रहरीलाई कसरी सुरक्षित बनाउनुभएको छ?
क्वारेनटाइन भनेको घरमै बस्न मिल्ने हो। तर प्रहरी त ब्यारेक सिस्टममा बस्छ। घर छैन। मानौं कोही प्रहरीको घर रुकुममा छ। काम काठमाडौंमा गरेको छ। अब ऊ क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आयो भने त्यस्तो अवस्थामा पनि नेपाल प्रहरीले प्रहरी हेडक्वार्टरमा क्वारेन्टाइनको व्यवस्था गरेको छ। त्यस्तो अवस्थामा ब्यारेकबाट झिकेर हामी हेडक्वार्टरमा रहेको क्वारेन्टाइनमा राख्छौं।

उपचार नै गर्नुपरेको अवस्थामा नेपाल प्रहरी अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ। प्रादेशिक क्षेत्रीय अस्पतालमा पनि आइसोलेन वार्डको व्यवस्था गरेका छौं। 

Ncell 2
Ncell 2

लकडाउनमा खटिने  प्रहरी आफैं पनि जोखिममा छन्। पछि ब्यारेकमा फर्केर आउँदा ब्यारेकमा पनि त्यति नै जोखिम हुन्छ। यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ?
सीमित स्रोतसाधनबारेमा तपाईं र म दुवैलाई थाहा छ। कोराना भाइरसबारे जानकारी पनि त इनडेप्थ नभइकन पनि हामी खटिरहेका छौं। हामीले जानेको भनेको पर्सनल सरसफाइका कुरा हुन्। हामी धेरै ठाउँमा पुग्नुपर्ने, टच गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा हात बारम्बार धुन लगाएका छौं।

प्रहरीका स्वाथ्यकर्मीले उपचार गर्दा लगाउन खाँचो चाहिँ छैन। तर जोखिममा रहेका अन्य प्रहरीका लागि पर्याप्त भने छैन।

मान्छेलाई पक्राउ गर्दा सकेसम्म मेसिनमार्फत समात्न थालेका छौं। हात धुनका लागि महानगरीय प्रहरी कार्यालयलगायत उपत्यकाका धेरै ठाउँमा हात धुने व्यवस्था मिलाएका छौं। कार्यालयमा पनि स्यानिटाइजर, मास्कको व्यवस्था गरिएको छ। पाएसम्म पञ्जाको पनि व्यवस्था मिलाएका छौं। अहिले अत्यावश्यक नभइकन धरपकड पक्राउ पनि नगर्न भनेका छौं।

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहँदारहँदै पनि उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले ७५ प्रतिशतसम्म भत्ता दिने भनेर निर्णय गरेको छ। तपाईंहरु पनि उच्च जोखिम मोल्दै खटिरहनुभएको छ। फिल्डमा खटिने सुरक्षाकर्मीहरु भने स्वास्थ्यकर्मीलाई चाहिँ जाखिम भत्ता हामीलाई किन नहुने भनेर गुनासो गर्छन् नि!
प्रहरीलाई स्वास्थ्यकर्मीलाई जस्तो थप भत्ता अहिलेसम्म छैन। अब उहाँहरुले गुनासो गर्नु स्वाभाविक हो। यो हामीले भन्दा पनि सरकारले बुझ्ने कुरा हो। 

पर्सनल प्रोटेक्ट इक्विपमेन्ट (पिपिई) प्रहरीलाई त्यति नै मात्रामा आवश्यक छ। सबैतिर पिपिई अभाव भएको सुनिन्छ। प्रहरीलाई पर्याप्त छ?
पिपिई एकदमै न्यून छ। हिजोमात्रै सनराइज बैंकले ६५ थान दिएको छ। पिपिई त परिस्थतिजन्य आवश्यकता भयो। त्यो हुनाले तत्कालै पर्याप्त नहुनु स्वभाविक पनि हो। विस्तारै उपलब्ध पनि होला। प्रहरीका स्वाथ्यकर्मीले उपचार गर्दा लगाउन खाँचोचाहिँ छैन। तर जोखिममा रहेका अन्य प्रहरीका लागि पर्याप्त भने छैन। 

अहिले आम मानिस घरभित्रै बस्ने भएकाले चोरीलगायत अन्य घटना एकदमै कम हुने सम्भावना छ। लकडाउनको यो बेलासम्म आइपुग्दा अहिलेसम्म यस्ता ठूला अपराधका घटना भएका छैनन्।

प्रहरी भनेको फस्ट रेस्पोन्डर पनि हो। यो बेला त तपाईंहरूलाई १०० मा निकै फोन आउला। अहिले कस्तो गुनासो आउँछन्?
पहिला चोरी भयो, झगडा भयो, कुटपिट भयो भन्ने सूचना आउँथ्यो। अहिले आउने अधिकांश कल कोराना भाइरससँग सम्बन्धित छन्। घरमा बसिरहेका बेला विभिन्न कुरा मनमा खेल्दा पनि हुन्। अनि सानोसानो कुराका बारेमा पनि यस्तो समस्या देखियो। कहाँ सम्पर्क गर्ने भन्दै १०० मा फोन आइरहेको हुन्छ। 

तपाईंहरु लकडाउनमा खटिँरहँदा अन्य अपराधका घटना पनि हुने उत्तिनै जोखिम छ। त्यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ?
त्यसका लागि हाम्रो छुट्टै टोली खटिएको छ। अर्को कुरा अहिले आम मानिस घरभित्रै बस्ने भएकाले चोरीलगायत अन्य घटना एकदमै कम हुने सम्भावना छ। लकडाउनको यो बेलासम्म आइपुग्दा अहिलेसम्म यस्ता ठूला अपराधका घटना भएका छैनन्।

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ०८:१६
  • ##nepalpolice
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पुन: पक्राउ पुर्जी जारी हुने
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री शुक्रबार, जेठ ३०, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पुन: पक्राउ पुर्जी जारी हुने शुक्रबार, जेठ ३०, २०८२
कांग्रेसले बोलायो ९ महिनापछि केन्द्रीय समिति बैठक शुक्रबार, जेठ ३०, २०८२
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार लगियो शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो प्रहार बिहीबार, जेठ २९, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्