• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
कोरोना भाइरसबाट जोगिन सुदूरपश्चिममा के छ तयारी? ११ हेल्थ डेस्क, ४७ वटा आइसोलेन बेड स्थापना
64x64
ललित बोहरा शनिबार, चैत १, २०७६  ०९:३०
1140x725

डडेल्धुरा- चीनको वुहानबाट फैलिएको काेराेना भाइरस (कोभिड– १९)बाट विश्वभर ५ हजार बढी मानिसकाे मत्यु भइसकेको छ। अहिलेसम्म एक लाख ३४ बढी मानिस भाइरसबाट संक्रमित भएकोमा ७० हजार तीन सय ९६ संक्रमितलाई निको भइसकेको वल्डोमिटरको तथ्याकं रहेको छ।
नेपालमा भने हालसम्म एक जनामा मात्र कोराना देखिएको थियो। उनी पनि ठीक भएर घर फर्किसकेका छन्। नेपालले भाइरसबाट जोगिन विभिन्न सर्तकता अपनाइरहेको छ। सीमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गर्नेदेखि विभिन्न अस्पतालहरुमा आइसोलेसन वार्ड स्थापना गरिएको सुदूपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए।

सुदूरपश्चिम प्रदेश सरकार र यस प्रदेशका विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसबाट जोगिन र फैलिहाले नियन्त्रण गर्न विभिन्न निर्णयहरू गरेक छन्। हालसम्म सुदूरपश्चिममा कोरोना भाइरसका बिरामी नदेखिए पनि पूर्व तयारीलाई मजबुत बनाउने निर्णय प्रदेश सरकारले गरेकाे जनाएको छ। संम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय प्रदेश सरकारले गरेको छ। यस्तै जिल्लाका सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय पनि भएकाे छ।

११ हेल्थ डेस्क, ४७ वटा आइसोलेन बेड स्थापना
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा ११ वटै नाकामा हेल्थ डेस्क स्थापना भएका छन्। जसमध्ये कैलाली र दार्चुलामा तीन/तीन, कञ्चनपुर र डडेल्धुरामा दुई/दुई, बैतडीमा एउटा हेल्थ डेस्क स्थापना गरिएकाे छ। ती सबै हेल्थ डेस्कमध्ये ठूला नाकामा चारजना कर्मचारी र साना नाकामा दुईजना कर्मचारी खटाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै प्रदेशभरका १८ वटा अस्पतालमा ४७ वटा आइसोलेसन बेड स्थापना गरिएको छ। जहाँ कोरोनाको आशंका लागेका बिरामीलाई राखेर निगरानी गरिनेछ। स्वास्थ्य निर्देशनालयले कारोनाको जोखिमबारे जनस्तरमा चेतनाका लागि सञ्चारमाध्यमबाट विभिन्न सचेतनामुलक सन्देश प्रसारण तथा प्रकाशित गरेको र सन्देशमुलक पम्पेलटहरु बाडेको बताएको छ।

साना नाकामा छैन तयारी
सुदूरपश्चिमसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा एक महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। धनगढीबाट ६ घण्टाको दुरीमा रहेको उक्त स्थानमा कोरोना भेटिए पनि प्रदेशका साना नाका तथा घाटमा भने हेल्थ डेस्क स्थापना भएका छैनन् र पूर्वसतर्कता पनि अपनाइएको छैन।

Ncell 2
Ncell 2

ती नाकाहरुबाट दिनहुँ आवतजावत हुने भएकोले कोरोना भाइरसका संक्रमित भित्रिने सम्भावना बढी छ। भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा अवैध नाकासमेत छन्। ती स्थानबाट नेपालीहरु भारत ओहारदोहोर गर्ने गर्दछन्। वैध नाकामा विभिन्न सावधानी अपनाइए पनि अवैध नाकामा भने आवातजावत बन्द गराउन वेवास्ता गरिएको छ। यद्यपि बैतडी जिल्लाका साना नाका भने बन्द गरिएको छ।

क्वारेन्टाइन स्थापना लागि भवनकाे खोजी
सामान्यतया क्वारेन्टाइन शब्द सरुवारोग नियन्त्रणसँग सम्बन्धित छ। सरुवा रोग संक्रमण र त्यो फैलने जोखिमबाट मुक्त नभएसम्म बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ।

कोरोना भाइरसकाे आशंका लागेका बिरामीलाई सुरुमा आइसोलेन वार्ड अथवा बेडमा राखेर निगरानी गरिन्छ जहाँ तिनीहरुको चेकजाँच हुन्छ। ती व्यक्तिलाई कोरोना लागेको पुष्टि भएमा अलग्गै क्वारेन्टाइनमा राखेर उपचार गर्नुपर्ने हुन्छ। तर, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेटिएको खण्डमा अलग्गै राखेर उपचार गर्ने क्वारेन्टाइन स्थापना भएको छैन। प्रदेश सरकारले जग्गाको खोजी भइरहेको बताएकाे छ।

यता, केही स्थानीय तहहरुले सार्वजनिक भवनहरु क्वारेन्टाइनका लागि खाली गरिसकेको जनाएका छन्। डडेल्धुराको भित्र मधेसमा पर्ने र भारतसँग दुई स्थानमा सीमा जोडिएको परशुराम नगरपालिकाले क्वारेन्टाइनकाे व्यवस्था गरिसकेको जनाएकाे छ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको... सोमबार, जेठ २६, २०८२
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य (सुचनासहित) वैदेशिक रोजगार विभागले मेनपावरहरूको नवीकरणका लागि संस्था रहेको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड अनिवार्य गरेको हो। सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्सलगायत चालकसमेत हटाउनु परेकामा रहेका छन्। नगरपालिकाले सूचना जारी... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र सोमबार, जेठ २६, २०८२
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य (सुचनासहित) सोमबार, जेठ २६, २०८२
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने बजेट सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्