• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
बैतडीमा चितुवा आतंक : स्थानीय भन्छन्- बेलुकाको खाना दिउँसै खान्छाैं ८ वर्षमा २५ जना मारिए
64x64
ललित बोहरा बुधबार, फागुन २८, २०७६  १३:११
1140x725

बैतडी- चितुवाले बैतडीको तल्लो स्वराडमा पछिल्ला ८ वर्षमा २५ जनाको ज्यान लिएको छ। मंगलबार बिहान ४ बजे मैलौलीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएपछि यो संख्या २५ पुगेको छ। 
जिल्लाको मेलौली नगरपालिका–९ असुरका रामबहादुर लुहारकी ८ वर्षीया छोरी सीताको चितुवाको आक्रमणबाट ज्यान गएको हो। ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले आक्रमण गरेर लगेको र घरदेखि ५०० मिटरकाे दूरीमा सीताकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पण्डेयले जानकारी दिए।

८ वर्षमा २५ जना मारिए
गत बुधबार राति पनि शिवनाथ गाउँपालिका– ४ खडितका १५ वर्षीय हर्कबहादुर साउदलाई चितुवाले आक्रमण गर्‍याे। साउदलाई चितुवाले आक्रमण गरेको थाहा पाएर स्थानीयले होहल्ला गरे। स्थानीयहरूले होहल्ला गरेपछि चितुवाले उनलाई घाइते बनाएर छाड्यो।

२०७४ भदौ महिनामा मेलौली नगरपालिका– ९ असुरकी ४० वर्षीया कुन्दादेवी भट्ट बिहान ९ बजेतिर घरनजिकै मकैबारीमा घाँस काटिरहेकी थिइन्। एक्कासि चितुवाले भट्टको नाक र बायाँ हातमा चिथोरेर घाइते बनायो। गत २० भदौकाे साँझमा शिवनाथ गाउँपालिका– २ टाडिखर्कका ७ वर्षीय सुदीप मडैको आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणबाट ज्यान गयाे। उनी मात्र होइन २०७३ भदौमा चितुवाले आक्रमण गरेर २ बालिकाको ज्यान लिएको थियो।

२०६८ सालयता बैतडीको तल्लो स्वराडमा चितुवाको आक्रमणबाट २५ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्। पछिल्लो समय फेरि तल्लो स्वराडका केही ठाउँहरूमा नरभक्षी चितुवाको त्रास फैलिएकाे छ। तल्लो स्वराडमा चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय डरले घरभित्रै दिसा पिसाब गर्न बाध्य भएकाे स्थानीय नारायण राम सार्कीले बताए।

चितुवाले यहाँका स्थानीयलाई पटक–पटक आक्रमण गर्ने गरेको भए पनि चितुवालाई कसैले नियन्त्रणमा लिन भने सकेका छैनन्। विगतमा चितुवालाई नियन्त्रणमा लिन हातहतीयारसहितका सुरक्षाकर्मी खटाए पनि नियन्त्रणमा लिन नसकिएको शिवनाथ गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले भने, ‘विगतमा म शिक्षक हुदाँ पनि स्थानीय र हातहतियारसहितको प्रहरी टोली खटेकाे थियो, चितुवा नियन्त्रण बाहिर नै छ।’

बैतडीका हरेक क्षेत्रमा अहिले चितुवाबाट समाधानलगाएतका सचेतनामुलक बोर्डहरु राखिएका छन्। घरकाे आँगनमा खेलिरहेका बच्चा र खेतमा काम गरिरहेकाहरुलाई चितुवाले कुन बेला आक्रमण गर्छ र ज्यान लिन्छ भन्ने चिन्ताले यहाँका स्थानीयलाई पिरोलिरहेको छ। मानिसलाई आक्रमण गर्ने चितुवाले स्थानीले पालेका भेडा–बाख्रासमेत खाने गरेकाे छ।

स्थानीय दीपकबहादुर चन्दले विदेशमा काम गर्नुभन्दा त आफ्नै ठाउँमा केही गरौँ भनेर बाख्रा पालन व्यवसाय गरे। उनले करिब डेढ सय बाख्रा पालेका थिए।५० जति बाख्रा चितुवाले खाएपछि उनले अहिले बाख्रापालन व्यावसाय छाडिसकेका छन्। सरकारले चितुवा नियन्त्रणमा पहल नगरेकाले आफ्नो साँझ-बिहानको छाँक टार्नसमेत समस्या भएको उनको भनाइ छ।

‘सरकारले चितुवा नियन्त्रण गर्न बासस्थान सर्च गर्नुपर्छ। चितुवा नियन्त्रण गर्नसक्ने व्यक्ति ल्याउनुपर्छ,’ उनले भने, ‘चितुवा नियन्त्रण गर्न भनेर आउँछन्। तर, नियन्त्रण गर्न सकेका छैनन्। चितुवा नियन्त्रण गर्ने निहुँमा चियापानी खाएर मात्र हुँदैन।'

Ncell 2
Ncell 2

चितुवा मार्ने अनुमति दिन माग
२५ जनाको चितुवाले ज्यान लिइसक्दा पनि सरकारले चितुवा नियन्त्रण गर्ने पहल नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन्। चितुवाले धेरैको ज्यान लिएपछि त्रसित नागरिकले चितुवा मार्न पटक–पटक स्थानीय प्रशासनसँग माग गर्दा प्रशासनले प्रहरी परिचालन गरे पनि नियन्त्रण नभएकाे भन्दै स्थानीय आक्रोशित भएका हुन्।

चितुवाले धेरैको कोख रित्याइसकेको छ भने धेरैको सिउँदो मेटाइसकेको छ। चितुवाका कारण आफूहरू त्रासमय वातावरणमा बाँच्न बाध्य भएको पञ्चेस्वर गाउँपालिका–३ का वडा सदस्य कालुसिंह जोशीले बताए। ‘सरकारले चितुवा नियन्त्रण गर्न सकेन। सरकारले सक्दैन भने हामी नियन्त्रण गछौ,’ उनले भने, ‘कि त सरकारले चितुवा मार्नुपर्छ, होइन भने हामीलाई मार्ने अनुमति दिनुपर्छ।’

बेलुकाको खाना दिउँसै
कतिबेला चितुवा आउँछ र आक्रमण गर्छ भन्ने त्रासमा यहाँका स्थानीय छन्। विगत १०/१२ वर्षदेखि नै पञ्चेस्वर, विशालपुर, शिवनाथलगायतका स्थानमा चितुवाको बिगबिगी रहेकाे कुलाउ माध्यमिक विद्यालय कुलाउका शिक्षक नरिदत्त भट्टले बताए।

‘कैयौँ बालबालिकाको चितुवाले ज्यान लिएकोले स्थानीयहरू काम छोड्न बाध्य छन्,’ उनले भने, ‘बेलुकाको खाना पनि चितुवाको डरले दिउँसै खान्छौँ। चितुवा आएर आक्रमण गर्छ कि भनेर कोठा बन्द गरेर सुत्छौँ। तर, सरकारको ध्यान गएको छैन।’

संसदमा चितुवा नियन्त्रणको माग
बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित संघीय सांसद तथा पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारीले तल्सो स्वराड क्षेत्रमा चितुवा आतंकको समस्या रहेकाले त्यस विषयमा आफूले संसदमा पटक–पटक कुरा उठाएको बताए। राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी आउँदासमेत आफूले चितुवा नियन्त्रणका बारेमा कुरा गरेको उनले बताए।

अहिले आफू कैलालीमा रहेको र काठमाडौं जाने बितिक्कै सम्बन्धित निकायमा यसबारे कुरा राख्ने उनको भनाइ छ। ‘भारतले आफ्नोतिर सडक बाटो, विद्युत्‌लगायतका संरचनाहरू निर्माण गरेको छ। भारततिर उज्यालो भयो। चितुवा अध्याँरोमा बस्छ,’ उनले भने, ‘नेपालतिर अध्याँरो भएकाले चितुवा नेपालतिर आएको अध्ययनले देखाएको छ। यसको नियन्त्रणका लागि हामी दीर्घकालीन उपाय के हुन सक्छन्? भनेर गम्भीरतापूर्वक राष्ट्रको ध्यान आकर्षण गराइरहेका छौँ।’

के गर्दै छ डिभिजन वन कार्यालय?
डिभिजन वन कार्यालय बैतडीलाई चितुवा नियन्त्रण गर्नका लागि आग्रह गरिसकेको जिल्ला प्रशासन कार्यालले बताएको छ। डिभिजन वन कार्यालयले बर्दिया राष्ट्रिय निकुञ्जलाई पत्राचार गरेको छ।

‘अहिले चितुवाबाट बच्नका लागि डिभिजन वन कार्यालय सचेतनामूलक कार्यक्रम गरिरहेको छ। जिल्लाका सुरक्षासम्बद्ध निकायहरूले त्यस क्षेत्रमा अनुगमन गरेका थिए’, प्रमुख जिल्ला अधिकारी आन्दत पौडेलले भने, ‘पीडितहरूलाई हामीले क्षतिपूर्ति पनि दिएका छौँ। स्थानीयले चितुवा मार्न पाउनुपर्छ भनेका छन्। हामीले मार्न दिनेभन्दा पनि वन कार्यालयले दिने हो।’

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडि... सोमबार, जेठ २६, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइर... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य (सुचनासहित) सोमबार, जेठ २६, २०८२
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने बजेट सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्