• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
जब मन्त्री अनुगमनमा पुग्दा अनुदान लिएको अस्पतालमा ताला देखे! खाली भवनमा दुई करोड स्वाह
64x64
ललित बोहरा सोमबार, फागुन २६, २०७६  १०:०१
1140x725

डडेल्धुरा- स्वास्थ्य बीमा शुम्भाम्भ गर्न नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत एक दिन अगाडि डडेल्धुरा आए। स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गर्ने समय थियो शुक्रबार बिहान ११ बजे।
त्याेभन्दा अघि राज्यमन्त्री रावतले तत्काल योजना बनाए र योजनाअनुसार शुक्रबार बिहान ७ : १५ बजे पत्रकार सम्मेलन गरे। ८ : १५ बजेदेखि यस क्षेत्रका धार्मिक तथा पर्यकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने उनकाे याेजना बन्याे। याेजनाअनुसार उनले डडेल्धुरामा स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालहरुको अनुगमन तथा निरीक्षण गर्ने भए।

स्वास्थ्य राज्यमन्त्री रावतसहितको टोली सदुरमुकाम बसपार्क नजिकैको सरकारी अनुदानमा बनेको अपि अस्पताल अनुगमन गर्न पुग्याे। माथिबाट हेर्दा चिटिक परेको घरदेखें उनले भने, 'आहा! राम्रो बनेको रहेकाे छ।' कसैले जवाफ दिएनन्। टाेली अगाडी बढ्याे।

अस्पतालको मुल गेट खुलै थियो। भित्र प्रवेश गर्दा अमरगढी नगरपालिकाका मेयर र मन्त्रालयको टिम पनि थियो। गेट वरपरका जस्ता पाताले बनेका औषधी पसल बन्द थिए। अस्पतामा ताला लगाएकाे थियाे।

अनि राज्यमन्त्री रावतले सोधें 'यो के हो? यो अस्पताल सरकारी अनुदानको हो?' कसैले जवाफ दिएन्। उनकाे अनुहारमा रिस झल्किन्थ्याे।

अति आवश्यक कक्षबाहेक सबै खुला थिए। जसबाट राज्यमन्त्री रावतलाई जानकारी भयो, अस्पतालका लागि अनुदान लिएर पनि सञ्चालन नभएकाे रहेछ। उनको प्रक्रिया थियाे, 'अनुदान खाने अस्पताल नचलाउने? मन्त्रालय गएर फाइल खोजेर तुरुन्त कारवाही हुन्छ।'

खाली भवनमा दुई करोड स्वाह 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष सामुदायिक अस्पताललाई वितरण गर्दै आएको रकममा गम्भीर लापरवाही भएको पाइएको छ। जनताले सस्तो र गुणस्तरिय सेवा लिन टाढा जानु नपरोस् भनेर सामुदायिक अस्पतालहरुलाई सरकारले बर्षेनी करोडौं रकम वितरण गर्दै आएको छ। तर, राजनीतिको आडमा रहेर वितरण गरिने उक्त रकममा चरम लापरवाही भएको पाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०७३/०७४ को स्वीकृत कार्यक्रम अनुसार सामुदायिक अस्पतालहरुलाई दिएको रकमको दुरुपयोग भएको मन्त्रालयको अनुगमनले देखाएको थियो। तर, दुरुपयोग गर्ने माथि आवश्यक कारवाही भएको छैन।

Ncell 2
Ncell 2

सामुदायिक अस्पतालहरुलाई अनुदान दिने सम्बन्धी (दोस्राे संशोधन) निदेर्शिका २०७३ बमोजिम २७ सामुदायिक अस्पतालहरूलाई पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय भएको थियो।  डडेलधुराको अपि सामुदायिक अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड ४ लाख ६० हजार रुपैयाँ दियो। तर, एक वर्षपछि मन्त्रालयको टोली अनुगमनका क्रममा जाँदा अस्पतालमा सेवा लिन बिरामी आएको भेटिएन।

स्वास्थ्य मन्त्रालयका अनुसार सो अस्पतालमा एक महिनामा कम्तिमा दुई जना बिरामी सेवा लिन आएको देखिएको छ। तर, सेवा लिन आएका बिरामीहरु पनि स्वास्थ्यकर्मी नपाएर फर्किएका छन्। तर, अहिले यो अस्पताल पूर्ण रुपमा बन्द छ। भएका उपकारणहरु काम नलाग्ने भएका छन्। बनेका संरचनाहरु भत्किने अवस्थामा पुगेका छन्।

डडेल्धुराको अपि एक उदाहरण मात्रै हो। राज्यमन्त्री रावतको प्रमुख स्वकीय सचिव भिमराज सिंहले भने, 'सामुदायिक अस्पताललाई वितरण गरिएको अनुदान रकम अधिकांश यस्तै स्वास्थ्य संस्थामा गएको छ। नेताहरुको दरबाब र प्रभावमा परेर स्वास्थ्य मन्त्रालयले प्रत्यके वर्ष करोडौं रुपैयाँ आवश्यकताविहीन क्षेत्रमा खर्च गरेको देखिएको छ।' उनले आवश्यक कारवाही प्रक्रिया अगाडि बढने, अब अनुदानमा कडाइ समेत गर्ने दाबी गरे।

अपि अस्पतालले सेयरका नामसमेत रकम संकलन गरेको संकलनमा खटिएकी एक कर्मचारीले बताइन्। अहिले सेयरमार्फतको रकम पनि फिर्ता दिएको छैन् भने राखेका कर्मचारीलाई समेत तलब नदिएको स्वास्थ्यकर्मीले बताए।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्सलगायत चालकसमेत हटाउनु परेकामा रहेका छन्। नगरपालिकाले सूचना जारी... सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले च... सोमबार, जेठ २६, २०८२
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’ अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुप... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’ सोमबार, जेठ २६, २०८२
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ? सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्