• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सशस्त्र द्वन्द्वमा विस्थापित विष्ट दम्पतीका चारै छोरी सरकारी जागिरे
64x64
महेश न्यौपाने मंगलबार, फागुन २०, २०७६  ०८:२०
1140x725

रोल्पा- छोराछोरीबीच विभेद रहेकाे सुनिदै आएपनि रोल्पाको एक दूर्गम गाउँका अभिभावकले भने यस्तो मान्यतालाई व्यवहारमै तोडेका छन्। पढाइमा मात्र हाेइन पढाइपछिको सरकारी जागिरका लागि समेत वातावरण सिर्जना गरेर सबै छोरीलाई सरकारी जागिरे बनाउन सफल अभिभावक हुन् लुंग्री गाउँपालिका ६ गुम्चालका केशरबहादुर विष्ट दम्पती।

४  छोरीसहित ६ सन्तानका अभिभावक विष्ट दम्पतीका सबै छोरी सरकारी जागिरे छन्। 

विष्टको जेठी छोरी बबिता विष्ट (३२) प्यूठान नगरपालिका कार्यालयमा नायव सुब्बा पदमा कार्यरत छिन्। घरको काममा आमालाई सघाउन भन्दै ४ वर्षसम्म पढाइ छाडेकी बबिताले विस्थापित भएर सदरमुकाम लिबाङ गएपछि पढाइलाई पुनः निरन्तरता दिएकी हुन्। २२ वर्षको उमेरमा एसएलसी गरेकी उनले चौथो पटकको लगातार  प्रयासपछि लोकसेवा आयोगबाट नाम निकाल्न सफल भएकी हुन्।

माइली छोरी कृष्णा विष्ट (२९) मालपोत कार्यालय दाङमा नायव सुब्बा पदमा कार्यरत छिन्। गाविस सचिवबाट सरकारी सेवा आरम्भ गरेकी उनले लोक सेवा आयोगमा परीक्षा दिएको पहिलो वर्षमै नाम निकाल्न सफल भएकी हुन्।

साइली छोरी तृष्णा विष्ट (२७) रोल्पाको लुंग्री गाउँपालिकामा खरिदार पदमा कार्यरत छिन्। उनले लोकसेवा आयोगमा दिएको परीक्षामा दोस्राे पटकको परीक्षामा नाम  निकालेकी हुन्। उनले अहिले आफ्नै गाउँपालिका कार्यालयमा सेवा गर्ने अवसर पाएकी छन्।

विष्टकी कान्छी छोरी चन्द्रीका विष्ट (२२) रोल्पा नगरपालिकामा सब-ईन्जिनियर पदमा कार्यरत छिन्। केही समयअघि प्रकाशित स्थानीय तहको लोकसेवा आयोगको परीक्षा पास गरेकी उनी विष्ट परिवारका चार छोरीमध्ये प्राविधिक क्षेत्रबाट जागिर खाने एकमात्र हुन्।

विष्टका २ छोरामध्ये जेठो छोरा माधव विष्ट (२५) अमेरिकाबाट सिभिल न्जिनियरिङमा स्नातक गरेका छन्। माधवले अमेरिकाको पेन्टील मेनिया स्टेटको लफायती कलेजमा अध्ययन गरेका हुन्। जुन कलेजमा वर्षेनी २ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने गरिन्छ।

Ncell 2
Ncell 2

उनले स्नातक अध्ययनमा फ्रान्स, भारत, जापानका विभिन्न कलेज तथा नेपालको पुल्चोकस्थित ईन्जिनियरिङ कलेजमा समेत नाम निकालेका थिए। स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा चेक रिपव्लीकन, नेदरल्याण्ड, जर्मनी र बेल्जीयमका विभिन्न विश्वविद्यालयमा नाम निकालेका उनले वातावरण ईन्जिनियर पढ्ने तयारीमा रहेको उनका आफन्त चोम बुढाथोकीले जानकारी दिए। कक्षा ११ र १२ काठमाडाैंस्थित सेन्टजेभियर्समा अध्ययन गरेका उनी ब्याच टपर हुन्।

विष्टका कान्छा सन्तान राधव विष्ट (२०) सूचना प्रविधि काठमाडाैंको एक कलेजमा इन्जिनियरिङ विषयमा स्नातक अध्ययनरत छन्। राधवले कक्षा ५ देखि १० सम्म बुढानीलकण्ठ स्कूलको पाल्पा शाखामा पढेका हुन्।

विष्टको  विगत भने सुखद  छैन। २०५४  सालमा  भएको स्थानीय निकाय निर्वाचनपछि माओवादीहरुले पुरानो सत्ता खाली गर्ने भन्दै गाविसमाथि आक्रमण गर्न थाले। गाविस सचिव रहेका उनी विस्थापित भई सदरमुकाम लिबाङ आए।

राजनीतिमा खासै  चासो  नराख्ने विष्टको २०५९ जेष्ठ ९ गते  माओवादीले घर कव्जा गरेको घोषणा गरे। बेलुकाको समय माओवादीले एक्कासी घर खाली गर्न उर्दी जारी गरेका थिए।

shivam cement

shivam cement

चार छोरी र दुई छोरासहित ८ जनाको परिवार थियो उनको। सानो छोरा ३ वर्षको थियो। अन्य  छोराछोरी पनि नाबालक थिए। 

माओवादीवाट बच्नका घर छोडेर तितरबितर भयो पारिवारिक व्यवस्थापन। सुरक्षित स्थानको खोजी गर्दै सुलिचौर झरेको उनको परिवार बिहान मात्रै एकठाउँमा जम्मा भई सदरमुकाम लिबाङतर्फ लागे।

'पुख्यौली सम्पत्तिसहित घर कब्जा भएपछि परिवार कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले कैयौं दिन सतायो विष्ट दम्पत्तिलाई। ५ वर्ष डेरामा बसेपछि सदरमुकाम लिबाङमै घर बनाएर परिवार व्यवस्थापन गरेँ,' केशरबहादुर विष्टले भने। 

इन्जिनियरिङ विषय अध्ययन  गरिरहेका दुई छोरा पनि नेपाल सरकारको कर्मचारी बनुन् भन्ने उनको चाहना छ।

000

गुम्चाल गाविसका सचिव विष्टको गाउँमा माओवादीको खासै प्रभाव नभए पनि हार्जङ, जैमाकसलाजस्ता छिमेकी गाविसमा भने माओवादीको बाेक्लो उपस्थिति थियो। विस्थापनसँगै विद्यालय पढ्दै गरेका ३ छोरीको पढाइसमेत अवरुद्ध भयाे। 

लिबाङ आएको केही दिनपछि उनले सदरमुकाममा रहेको बालकल्याण माविमा छोरीहरूलाई भर्ना गरे। घरायसी कामले जेठी छोरी बबिताले पढाइ छोडेको ४ वर्ष भएको थियो। विष्टले जेठी छोरीलाई समेत विद्यालय भर्ना गरे।

विष्टकी श्रीमती छर्मा भने निरक्षर छिन्। कक्षा १० सम्ममात्रै अध्ययन गरेका विष्टले गाउँकै शिक्षक भएर जागिरे जीवन प्रवेश गरेका थिए। गाउंँपञ्चायतको सचिवबाट निजामती सेवामा प्रवेश गरेका विष्ट अहिले सुनिल स्मृति गाउँपालिकामा नायव सुब्बा पदमा कार्यरत छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्