• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३१, २०८२ Sat, Jun 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
घुसमा लिप्त प्रहरी : दुई किलो नुन ल्याउनेलाई पनि छाडेनन्
64x64
नारायण अधिकारी शुक्रबार, फागुन १६, २०७६  १८:१८
1140x725

काठमाडौं–सीमा नाकाको सुरक्षामा खटिएका प्रहरी अतिरिक्त रकम जोहो गर्न कतिसम्म गिर्न सक्छन् भन्ने सीमा नाकाको एक घुस काण्डले खुलाएको छ। सीमा नाकामा बस्ने प्रहरीले दुई किलो नुन, तेल, र चिनी ल्याउनेसँग पनि पोकैपिच्छे घुस लिँदै आएका छन्। केही अहिले फन्दामा परिसकेका छन्, केही बाँकी छन्।

घटना हो सिरहाको। इलाका प्रहरी कार्यालय सुखिपुरका प्रहरीले भारतबाट घरायसी सामान बोकेर ल्याउनेसँग पनि घुस लिने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली खटिएको थियो। नाकामा बसेर निगरानी गर्दा सूचना सत्य देखियो र माघ ८ मा दुई किलो नुन, तेल, र चिनी बोकेका व्यक्तिबाट घुस लिएको आरोपमा प्रहरी जवान राजकुमार यादव पक्राउ परे। 

इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत यादवले दक्षिण सीमा नाकाबाट सामान ल्याउँदा आफूले सहजीकरण गर्ने भन्दै ती व्यक्तिबाट १ हजार  रुपैयाँ घुस लिएका थिए। 
केही दिनअघि मात्रै पर्सामा कार्यरत प्रमुख असई पूर्णबहादुर तमाङ, प्रहरी हवल्दार विष्णुदयाल चौधरी र सिपाही राजकुमार गुरुङ पनि घुसमै तानिएका प्रहरी कर्मचारी हुन्। उनीहरुले हुण्डी कारोबार गर्न लागिएको २० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेपछि १० लाख लिएर हुण्डी कारोबारीलाई छाडेको खुलेपछि जिल्ला प्रहरी कार्यालय पर्साले अख्तियारको जिम्मा लगाएको थियो। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ठाउँ अनुसार फरक–फरक शैलीले घुस लिने प्रवृत्ति देखिन्छ। राजमार्गतिर गाडी सप्लाइका लागि, सीमा नाकामा भन्सार छलीका लागि घुस लिने गरेको देखिएको उनले बताए।

सामूहिक रुपमै लिन्छन् घुस

प्रहरीमा पछिल्लो समय त अझ सामूहिक रुपमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदो छ। गत वर्षको भदौमा महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका प्रहरीले संयुक्त रुपमा घुस लिएका थिए। एक्लै घुस लिँदा सार्वजनिक हुने डरले सामूहिक रुपमा लाइन लागेर घुस लिएको पाइएपछि अख्तियारले त्यसबेला ९ जना प्रहरीलाई पक्राउ गरेको थियो।

असई गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना, हवल्दार दीपक भारती, उमेश यादव, अमन चौधरी र पजवानरत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पट्टेललाई पक्राउ गरेको थियो। त्यसपछि फाट्टफुट्ट रुपमा एक–दुई जना प्रहरी अख्तियारको फन्दामा परे पनि अहिले फेरि ठूलो संख्यामा एउटै घटनामा ठूलो संख्यामा प्रहरी मुछिएका छन्।

झापा घर भएका प्रहरी निरीक्षक खेम नेपाल शक्तिकेन्द्रको पहुँचमार्फत् आकर्षक मानिएको सीमा प्रहरी चौकी टिमुरे रसुवामा काज मिलाएर खटिएका थिए। अन्ततः उनै नेपालसहितको टिमुरेका १६ प्रहरी मिलेर गत पुस ११ गते ४ सय २२ ग्राम किलो सुन नै गायब बनाएका थिए।

Ncell 2
Ncell 2

केरुङबाट नेपाल आउँदै गरेको ना ६ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्दा ४ सय २२ ग्राम सुन फेला परेको थियो। त्यसबेला नेपालकै आदेशमा तस्करी गरेर सुन ल्याएका चालक फुर्वा तामाङ छाडिए। बरामद सुन राजस्व अनुसन्धान विभाग पठाउनु पर्नेमा १६ भाइ प्रहरी मिलेर बाँडीचुँडी खाए। 

तर उक्त घटना प्रहरीले भने गुपचुप नै राखेको थियो। यस विषयमा छानबिन गर्न भन्दै प्रदेश ३ का एसएसपी किशोरकुमार दाहाल नेतृत्वको टोलीले छानबिन गरेर प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पठाए पनि उनीहरुमाथि कुनै कारबाहीको संकेत देखिएको थिएन। अन्ततः अख्तियारले सुन गायब बनाउने काममा संलग्न रहेका प्रहरी निरीक्षक नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएपछि यो घटना सार्वजनिक भएको थियो।

यसरी सामूहिक रुपमा इन्चार्ज नै संलग्न भएर संस्थागत भ्रष्टाचारका घटना प्रहरीमा देखिनु डरलाग्दो रुप भएको पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्।

अझ जिल्ला इन्चार्जकै संलग्नतामा हुँदै नभएका प्रहरीलाई समेत देखाएर भ्रष्टाचारसमेत भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख डिएसपी त्रिलोकबहादुर चन्दसमेत ५ जना प्रहरी मिलेर हुँदै नभएको प्रहरीको समेत दरबन्दी देखाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले फागुन १३ गते विशेष अदालतमा मुद्दा नै दायर गरेको थियो।

शव ओसार्दा लागेको खर्च, नक्कली सिपाही खडा गरेर त्यसबापतको तलबको भ्रष्टाचार गरेर उनीहरुले ३१ लाख ५९ हजार ५ सय ६० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। 

सुपरीवेक्षणको अभावमा मौलाउँदो घुस

पूर्व डिआइजी मल्लका अनुसार मुख्य गरी तीन वटा कारण प्रहरीमा घुस लिने प्रवत्ति बढेको छ। ती हुन्, सुपरीवेक्षण, सरुवा। 

आफू मातहतका निकायमा राम्रोसँग सुपरीवेक्षण तथा निगरानी नहुँदा घुस दिने प्रवृत्ति बढ्छ। ‘निगरानी गर्ने निकायले बारम्बार निगरानी गर्ने र आचरणसम्बन्धी क्लास दिने हो भने पनि घुस लिने प्रवृत्ति घट्छ,’ मल्ल भन्छन्।

त्यस्तै ‘राइट म्यान राइट प्लेस’ को नीति राम्रोसँग कार्यान्वयन नहुँदा पनि घुसको समस्या आउने गरको छ। राम्रो आचरण भएको व्यक्तिलाई त्यही अनुसारको पोष्टिङ दिने हो भने ती व्यक्ति मातहतका प्रहरी अधिकारीको आचरण पनि सुधार हुने गर्छ। 

अख्तियारका प्रवक्ता कोइराला पनि मल्लको भनाइमा सहमत छन्। प्रहरीमात्र नभएर अन्य निकायका अधिकारीमा पनि यो प्रवृत्ति रोग झैं भइसकेको उनले बताए। 

‘प्रहरीमा मात्रै होइन, इन्जिनियर, शिक्षकदेखि मालपोत लगायतमा घुसले जरा गाडेको छ’ कोइरालाले भने, ‘सूचना आएसम्म र हामीले जानकारी पाएसम्म कारबाही गरिरहेका छौं।’

७ महिनामा ७४ प्रहरी अख्तियारको फन्दामा

चालु आर्थिक वर्षको अहिलेसम्म ७४ प्रहरी अख्तियारको फन्दामा परेका छन्। गत साउनबाट अहिलेसम्म सिपाहीदेखि डिएसपीसम्मका ७४ प्रहरीविरुद्ध अख्तियारले कारबाही थालेको छ। उनीहरुमध्ये अधिकांश घुससहित पक्राउ परेका छन् भने केही प्रहरी नक्कली शैक्षिक प्रमाणपत्रमा तानिएका छन्।

शव ओसार्दा र नक्कली सिपाही खडा गरेर भ्रष्टाचार  गरेको अभियोगमा मुद्दा दायर भएका प्रहरीहरुमा डिएसपी त्रिलोकबहादुर चन्द, सई माधव चन्द ठकुरी, हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्री छन्।

आधा किलो सुन गायव बनाएको आधारमा निलम्बनमा पर्नेमा प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, सई भोजबहादुर सेन वली, असई रामशरण कुमाल, हवल्दार रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपीबहादुर लो तामाङ, जवान शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा, कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ छन्।

घुस काण्डमा पर्ने प्रहरी जवानहरुमा गमहिरा साह तेली, तेजप्रसाद भट्टराई, देवेन्द्र बलायर, भरत कटुवाल, बलराम यादव, आकाश खनाल, निरज भण्डारी र हिटलर साउद, ज्ञानबहादुर लामा, हरिचन्द्र बाँनिया, छविलाल पोख्रेल, राजकुमार यादव, लोगबहादुर खड्का, सरोजकुमार यादव, मनोज कुर्मा यादव, सूचक– धर्मेन्द्रकुमार झा, रतिराम चौधरी, दीपक चौधरी छन्।

त्यसैगरी असई शमबहादुर माझी, अनुसन्धान सहायक– वीरेन्द्रप्रसाद पाण्डे र वीरेन्द्र बर्मा, प्रेमबहादुर थापा, उमेश केशी, सूर्यबहादुर अधिकारी छन्। 

यस्तै, सई रमेशबहादुर पाण्डे, राजु स्वर्णकार, कालिचरण पञ्जियार, खिमबहादुर जिसी, हेमन्त केसी, राजेशकुमार सिंह, जटाशंकरप्रसाद कलवार, बृजेशप्रसाद चौधरी, विपिनचन्द्र पन्त घुस काण्डमा परेका छन्। 

हवल्दारमा रामहरी मानन्धर, भक्तबहादुर हायु, रामहरि मानन्धर, सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी, राजु श्रेष्ठ, ज्ञानेन्द्र मौर्य, ज्ञानबहादुर चौधरी छन्। यस्तै, रवीन्द्र श्रेष्ठ, जयनेपाल थापा, रामकिशोर साह तथा सशस्त्र इन्सपेक्टर तेजबहादुर जोरा पनि घुसमा मुछिएका हुन्। 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
विपद् प्रतिकार्य योजना स्वीकृत जिल्लामा हुन सक्ने सबै प्रकारका विपद्, विपद्का सम्भावित क्षेत्र, जोखिम न्यूनीकरण गर्न गर्न सकिने उपाय, विपद् घटेमा सम्बोधन गर्न परिच... शनिबार, जेठ ३१, २०८२
आजको मौसमः बागमती, गण्डकी प्रदेश सहित पश्चिम नेपालमा वर्षाको सम्भावना आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी... शनिबार, जेठ ३१, २०८२
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु... शुक्रबार, जेठ ३०, २०८२
ताजा समाचारसबै
रुसले फिर्ता गर्यो १२ सय १२ युक्रेनी सैनिकको शव शनिबार, जेठ ३१, २०८२
म्याग्दीमा भिरमह उत्पादन ७५ प्रतिशतले घट्यो शनिबार, जेठ ३१, २०८२
ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते शनिबार, जेठ ३१, २०८२
विपद् प्रतिकार्य योजना स्वीकृत शनिबार, जेठ ३१, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्