• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
ठूला लगानीकर्ताले होइन, अब संस्थागत लगानीकर्ताले बजार डोर्‍याउँछन् : भरत रानाभाट [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ आइतबार, फागुन ४, २०७६  १०:३०
1140x725

अर्थमन्त्रीमा डा युवराज खतिवडाको नियुक्तीसँगै पुँजीबजार शिथिल देखियो। सरकारले नीतिगत सुधारमार्फत् लगानीकर्तामैत्री वातावरण बनाउने कोशिश गरेको भए पनि बजारलाई त्यसले खासै प्रभाव पारेन। लगानीकर्ताको मनोबल खासै परिवर्तन गर्न सकेन।

तर अहिले बजार बढ्न थालेको छ। दैनिकरूपमा सेयर कारोबारको रकममा पनि सुधार भएको छ।

यही बीचमा नेपाल धितोपत्र बोर्डले हालै पुँजी बजारसँग सम्बन्धित सरोकारवालाई लक्षित गर्दै केही कानुनी परिवर्तन पनि गरेको छ।

नेपाल लाइभका अरुण सापकोटाले नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटसँग पुँजीबजारको पछिल्लो अवस्थालगायत विविध पक्षमा गरेको कुराकानीको सम्पादित अंश:

विगत दुई वर्षमा बजार बियरिस ट्रेन्ड (घट्दो क्रम)मा रह्यो। औसत कारोबार ३० करोड रूपैयाँ हाराहारीमा मात्र सीमित भयो। केही समयदेखि बजार सुधार भइरहेको छ। अहिले कारोबार २ अर्ब हाराहारीमा हुन थालेको छ। हाल आएर कारोबार रकम बढ्नुको कारण के हो?
यसमा मैले दुईवटा कारण देख्छु। एउटा जहिले पनि कारोबार बढ्ने भनेको बढ्दो बजारमै हो। घट्दो बजारमा 'भोलुम' हुँदैन। बढ्दो बजारमा भैरहेकाहरूले पनि आफ्नो लगानी बढाउँदै जान्छन् साथै बजारबाट टाढा भएका र आउन चाहिरहेकाले पनि प्रवेश गर्छन्। त्यो हिसाबले कारोबार बढेको हो। 

अर्को कारण अनलाइन कारोबार हो। पहिले पहिला ब्रोकरकोमा दुई तीन वटा युजरबाट मात्रै कारोबार हुन्थ्यो। पछि शाखासहित तीन-चार वटाबाट कारोबार हुन्थ्यो। आजका दिनमा अनलाइन युजर २० हजार पुगिसके। एउटा ब्रोकरको दुई चार वटा कम्प्युटरबाट हुने कारोबार अहिले सयौं कम्प्युटरबाट हुन्छ। त्यसैले गर्दा भोलुम बढाउन सहयोग गरेको हो। 

कस्ता लगानीकर्ताहरूले कारोबार बढाउन सहयोग गरिरहेका छन्?
हाम्रो मार्केटमा आजका दिनसम्म पनि संस्थागत भन्दा व्यक्तिगत लगानीकर्ता नै हाबी छन्। कारोबारलाई आधार मानेर हेर्दा व्यक्तिगत लगानीकर्ता नै धेरै छन्। नियमित कारोबार बढाउनेमा संस्थागत भन्दा व्यक्तिगत लगानीकर्ता नै हुन्। उसले एउटा घटिरहेको कम्पनी छ अथवा कुनै बढ्न लागेको छ भने सेयर खरिद गर्छ। एकछिन पछि आफूसँग अर्को कुनै सेयर छ भने त्यही कम्पनी अथवा अर्को कुनै कम्पनीको सेयर बेचिदिन्छ। यसले भोलुम क्रियट गर्‍यो। 

संस्थागत लगानीकर्ताहरूमा कारोबारको एउटा रेन्ज हुन्छ। यहाँसम्म आउँदा किन्ने, यति भोलुम किन्ने र यहाँसम्म गए पछि यति भोलुम बेच्ने भनेर पहिला नै फाइनल गरिसकेका हुन्छन्। व्यक्तिगत लगानीकर्ताले तुरून्तै निर्णय गर्न सक्छन्। त्यो हिसाबले हाम्रो बजारमा संस्थागत भन्दा व्यक्तिगत लगानीकर्ता नै हाबी छन्। त्यसैले भोलुम बढाएको हो। 

Ncell 2
Ncell 2

अझै पनि बैंकिङ क्षेत्रमा तरलता सहज भइसकेको छैन। बैंकमा लगानीयोग्य रकम अभाव छ भनिन्छ। तैपनि कारोबारको रकम चाहिँ यति धेरै देखिनुको कारण के हो?
यसमा जति पनि कारोबार भएको छ सबै कारोबारका लागि नयाँ पैसा आएको निश्चय नै होइन। जस्तो आज कसैले ५० लाखको सेयर खरिद गर्‍यो भने भोलि आफूसँग भएको अर्को सेयर बिक्री गर्छ। उसले ४० लाखको सेयर बिक्री गर्‍यो भने ४० लाखकै सेयर खरिद गर्ने भयो। हिजोका दिनमा उसको ५० लाख लगानी थियो भने बजारमा ९० लाख देखिने भयो। एउटा कारण यही हो। 

दोस्रो कारण, अन्य क्षेत्रका लगानीकर्ताले बैंकमा पैसा राखेर बसेका थिए, उनीहरूले अब बजार बढ्न थाल्यो, बरू सेयरबाट प्रतिफल लिन सक्छु भनेर त्यो पैसा बजारमा ल्याँउछन्। अर्को कारण नियमित कारोबार गर्ने अथवा बजारमा नियमित लागेका मान्छेहरूको 'कन्फिडेन्स लेभल' बढ्यो। अस्तिसम्म मेरो नेटवर्थ यति छ भन्नेहरूको आजका दिनमा धेरैले बढिसक्यो। अब उसको बैंकमा सेयर धितो राखेर पैसा ल्याउन सक्ने क्षमता बढ्यो। 

गएको वर्ष यही समयमा सेयर धितोमा राखेर पैसा लिन जाँदा पाउन सक्ने अवस्था थिएन। त्यतिबेला लगानीकर्ता जति पनि ब्याज तिर्न तयार थिए। तर आजका दिनमा तिनै बैंकहरूले ब्याजदर घटाएर कर्जा दिइरहेका छन्। बैंकहरूले एक महिनाको अवधिमा मात्रै सेयर कर्जा एक सय करोडको लगानी गर्‍यो भन्छन्। विकास बैंकसँगै कमर्सियल बैंकहरूले पनि दिएका छन्। 

सहकारीबाट सेयर धितोमा राखेर पैसा भित्रिएको भन्ने सुनिन्छ, खासमा के हो? 
यो एकदमै कम छ। सायद सहकारीमा सेयर धितो राखेर पैसा पाउँदैनन्। कसैको सम्पत्ति धितोमा राखेर पैसा नपाउने भन्ने त नहोला। तर सहकारीमा लगेर राखेर दोस्रो बजारमा पैसा ल्याउने धेरै कम होलान्। किनभने लगानीकर्ताहरूले विकास बैंक वाणिज्य बैंकबाटै सजिलै पाइरहेको छन्। विकास बैंक तथा वाणिज्य बैंकबाट नपाउँदा त्यता जानु स्वाभाविक हो। आजका दिनमा बैंकबाट सेयर कर्जा मजाले पाइरहेको छ। 

केही वर्ष अगाडि ठूला लगानीकर्ताहरूले बजारलाई प्रभावित पार्ने गरेको पाइन्थ्यो। आजका दिनमा ठूला लगानीकर्ताहरूको चलखेल कति हुन्छ?
कतिसम्मका लगानीकर्तालाई ठूला भन्ने र कति सम्मकालाई साना भन्ने विषय उसको क्षमतामा भर पर्छ। आजका दिनमा एक डेढ सय करोड कारोबार हुँदै गर्दा जति नै ठूलो लगानीकर्ता भए पनि उसले आफूसँग भएको सबै पैसा दोस्रो बजारमा लगानी गर्दैन। उसले कुनै एउटा कम्पनीमा मात्रै लगानी गर्दैन। उसले त्यस्तो जोखिम लिन पनि सक्दैन। यी सबै भन्ने कुराहरू हुन्। 

अक्सन मार्केट नआउँदासम्मका लागि सेटलमेन्ट हुने समय एक दिन थप्नुपर्छ। आजको 'टि प्लस थ्री'लाई बढाएर 'टि प्लस फोर' बनाउने हो भने भोलिपल्ट किनेर भए पनि सेयर दिन सक्छौं। यो अक्सन मार्केटको विकल्प हुन सक्छ।

कसैले बढाउनै सक्ने थियो भने ऊ निश्चय नै बजारमा आउँथ्यो होला। किनभने उसले चाहेको दरमा सेयर पुर्‍याउन सक्थ्यो र बिक्री गर्न सक्थ्यो। अहिले बजार पुँजीकरण धेरै नै बढिसकेको छ। त्यस हिसाबले ठूलै लगानीकर्ताले पनि एउटै कम्पनीमा सबै पैसा खन्याउँदै खन्याउँदैन। 

ठूला कम्पनीमा जतिसुकै ठूलो लगानीकर्ता भयो भने पनि उसको लगानी कमै हुन्छ। गएको केही दिन अगाडि ग्लोबल आइएमईको ६१/६२ करोडको काम भयो। एउटै कम्पनीमा ६१/६२ करोडको सेयर खरिद गर्न कोही आउँदै आउँदैन। आयो भने पनि बढाउन सक्दो रहेनछ नि। ६२ करोडको कारोबार हुँदा पनि ३२० रूपैयाँभन्दा माथि जान सकेन। त्यही भएर बजारमा ठूला लगानीकर्ताले यो गर्छन्, त्यो गर्छन् भन्ने छैन। अहिले ठूला लगानीकर्ताभन्दा संस्थागत लगानीकर्ता झन् ठूला भइसके। त्यही भएर त्यो अवस्था कम छ। 

संस्थागत लगानीकर्ताको प्रभाव कति पर्छ बजारमा? 
निश्चय नै छ। ठूला लगानीकर्ताले तलमाथि गर्छन् भन्ने नकारात्मक हेराइ संस्थागत लगानीकर्ताहरू प्रति कम छ। उनीहरूको विशेषता बजार प्रभावित पार्ने किसिमको हुँदैन। उनीहरूले लगानी गर्दा एउटैमा मात्रै केन्द्रित हुँदैनन्। पोर्टफोलियो व्यवस्थापन गर्छन्। बजार तल झर्दै गर्दा व्यक्तिगत लगानीकर्ताहरू जस्तो आत्तिएर बिक्री गर्दैनन्। माथि जाँदै गर्दा प्रोफिट बुक गर्दै जान्छन्। उनीहरूको लगानी एकदमै व्यवस्थित हुन्छ। 

लामो समयदेखि ब्रोकर आफैंले मार्जिन कारोबारका लागि लबिङ गर्दै आएका थिए। यसै आधारमा नियम पनि बन्यो। जुन हिसाबले लबिङ भएको थियो तर मार्जिन कारोबार गर्न सकेको देखिएन। के कारणले यो उपयोगी हुन सकेन? 
हामीले मार्जिन ल्यान्डिङको कार्यविधि बनाइरहेको अवस्थामा बैंकहरूले राम्रोसँग मार्जिन सुविधा दिन सक्ने अवस्था थिएन। नेपाल राष्ट्र बैंकले ५० प्रतिशत मात्रै मार्जिन सुविधा दिन सक्ने व्यवस्था गरेको थियो। त्यसैको आधारमा कार्यविधि बन्यो। अहिले बैंकहरूले मार्जिन सुविधा बढाएर ६५ प्रतिशत पुर्‍याइसके। तर हाम्रो कार्यविधिमा ५० प्रतिशत मात्रै छ। हामी यताउता जान सक्ने अवस्था छैन। 

दोस्रो यो नयाँ प्रोडक्ट हो। पहिला लन्च गरिहालौं। केही अप्ठ्याराहरू भए भने समाधान गर्दै जाउँला भन्ने भयो। काम नै नगरी थाहा हुँदैन, काम गरेपछि थाहा हुन्छ भनेर हामीले त्यतिबेला अलिकति छिटै ल्याउनलाई दबाब पनि दिएका हौं। यो कार्यान्वयनमा आउने बेलामा बैंकले ६५ प्रतिशत दिँदै गर्दा उनीहरू हाम्रोमा ५० प्रतिशतका लागि किन आउने? 
हामीले कर्जा प्रवाह गर्ने कम्पनी सेलेक्टेड छन्। सेलेक्टेड कम्पनीहरूमा अब्जेक्सन छैन। तर हाम्रो नियमले यी यी कम्पनी मध्ये कुनै एउटा कम्पनीमा १० प्रतिशत भन्दा बढि लगानी गर्न पाइँदैन भन्यो। एउटा लगानीकर्ताले म दुई तीन वटा कम्पनी मात्रै किन्छु भन्दा अप्ठारो बनायो। उसलाई एउटै कम्पनीमा १० प्रतिशत लगानी गर्नैपर्ने बाध्यता भयो। एउटा कम्पनीमा १० प्रतिशत भनेको १० वटा कम्पनी किन्नैपर्ने बाध्यता भयो। यसैले गर्दा कार्यान्वयनमा आउँदा अप्ठ्यारो भयो, व्यावहारिक भएन। अहिले हामीले नेप्सेलाई भनिसकेका छौं। नेप्सेले पनि त्यसलाई संसोधनसहित अनुमतिको लागि बोर्डमा पठाउनुपर्छ। सम्भवत यो बोर्डमा पठाइसक्या छ। 

के के विषयमा संसोधनका लागि पठाइएको छ? 
यसमा हामीले दुई तीन वटा कुरा राखेका छौं। एउटा मार्जिन लोनको सीमा ५० प्रतिशतलाई बढाइदिँउ। हाम्रोमा र बैंकमा बराबर सुविधा भयो भने उनीहरू यहीँ बस्छन् होइन भने उनीहरू निश्चयनै बढि पाउनका लागि बैंकमा गैहालन्छन। दोस्रो, नेप्सेले सर्ट लिस्ट गरिदिएका कम्पनीमध्येबाटै लगानीकर्ताहरूले चाहेको कम्पनी लिन पाउने व्यवस्थामा कुनै आपत्ति छैन। तर एउटा कम्पनीमा १० प्रतिशत मात्रै कर्जा लगानी गर्न पाउने व्यवस्थालाई हटाइदिनका लागि हामीले कुरा गरेका छौं। त्यति भैदियो भने लगानीकर्ताका लागि सजिलो हुन्छ। अरू ब्याजदरमा समस्या छैन। हामी पनि धेरै ब्याज लिनुपर्छ भन्नेमा छैनौं। हामीले नै मागेको मार्जिन कर्जा कार्यान्वयनमा नल्याउने भन्ने कुरै छैन।   

दोस्रो बजारमा हुने कारोबारको ४० प्रतिशत ब्रोकरहरू आफैंले गर्छन् भन्ने आरोप छ। आजका दिनसम्म ब्रोकरले नियम नहुँदै यति धेरै कारोबार गरिरहेका छन्। अब कानुनी रूपमै कारोबार गर्न पाउने बाटो खोलिएको छ। अब त झन् नियम संगत ढंगले बजार प्रभावित हुने गरी कारोबार गर्न पाउनु हुने भयो हैन? 
हैन, अबको बजारमा दिनकै एक डेड अर्ब रूपैयाँको कारोबार हुने भैसक्यो। बजार पुँजीकरण नै हेर्‍यो भने १७ खर्ब नाघिसक्यो। त्यसमा ब्रोकर समुदायको कति नै ठूलो लगानी रहला र? आजका दिनमा पनि ब्रोकरहरूले आफ्नोबाट किन्न नपाएको हो। अर्कोबाट किन्नलाई रोक्या छैन। किनबेच भइरहेको हो। र हुनु पनि पर्छ। बाहिर हेर्‍यो भने पनि भोलुम क्रियट गर्ने भनेको ब्रोकरले नै हो। भारतमै हेर्‍यो भने पनि सर्वसाधारणको भन्दा ब्रोकरको नै बढि कारोबार हुन्छ। 

ठूलो ठूलो कारोबार गर्नेहरू ब्रोकरकैमा आउँछन्। उनीहरूलाई धेरै संख्यामा सेयर आवश्यक पर्छ। जुन बजारमा नपाइन सक्छ। उसले ब्रोकरकै सहारा लिने हो। ब्रोकरलाई लगभग कसले सेयर खरिद गर्न खोज्यो र कसले बिक्री गर्न खोज्यो भन्ने थाहा हुन्छ।

अब आउदा दिनमा हाम्रो चुक्ता पुँजी २० करोड रूपैयाँ हुनु पर्ने भनिएको छ। कम्तिमा पनि २० करोड मध्ये १०/१५ करोड रूपैयाँ लगानी भयो भने पनि १०/१५ ब्रोकरले उक्त कारोबार गर्दा पनि एक डेड सय करोडको भोलुम क्रियट गर्न सक्ने भए। ब्रोकरले कम्तिमा पनि ५० देखि डेड अर्ब करोबार गरे भने दुई तीन अर्ब रूपैयाँको सजिलै कारोबार हुन्छ। 

बजारमा भोलुम बढाउनका लागि पनि यो नियम आवश्यक थियो। हामीले मागेकै हो। अब यो आएको छ। आउँदा दिनमा नियामक निकायलाई नियमन गर्न झन् सजिलो पर्छ। हामी १० औं अर्बको कारोबार गर्न सक्छौ भने किन एक डेड सय करोडमा अल्झिने? यसले सरकार, ब्रोकर, नेप्सेलगायत समग्रमा सबैलाई फाइदा हुन्छ। कसैले दुई करोडको सेयर बेच्छु भनेर आउँदा बिक्री नहुने बजारमा दुई अर्ब रूपैयाँको सेयर बेच्छु भनेर आयो भने पनि बिक्री होस्। हामीले खोजेको मार्केट त त्यो हो नि। 

बोर्डले ब्रोकरहरूलाई स्टक डिलरको बाटो खोलिदिएको छ। आजका दिनमा ब्रोकरहरू स्टक डिलर सक्षम छन्? 
आजकै दिनमा छैनौं। किनभने आजका दिनमा कसैको पनि २० करोड रूपैयाँ पुँजी छैन। यदि पुँजी कम भएको भए सबैले यस्तो सुविधा दिने थिए। यसले गर्दा थोरै मात्रै ब्रोकर कम्पनी स्टक डिलरका लागि जालान्। यदि स्टक डिलरबाट पैसा कामाउन सकिन्छ भन्ने लाग्यो भने उनीहरूले पुँजी बढाहाल्छन्। पहिलादेखिनै हामी यसका लागि सकारात्मक नै थियौं। 

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय अन्तिम चरणमा पुगे पछि ब्रोकरहरूले नै संसदिय समितिमा यो विषय पुर्याएर रोके भन्ने आरोप छ। आफ्नो बजार सकिन्छ भन्ने डरले तपाईहरू आत्तीनु भएको हो? 
हामीलाई धितोपत्र बोर्डले नै लाइसेन्स दिएको हो। यीनै संस्थाबाट आजका दिनमा एक डेड सय करोडको कारोबार हुन थालेको छ। अहिलेकै अवस्थामा ब्रोकरलाई सञ्चालन गर्न त्यति गाह्रो नहोला। गएका दुई तीन वर्षमा त २०/२५ करोड रूपैयाँको पनि कारोबार भएन नि। यी संस्थालाई हेर्ने दायीत्व र लाइसेन्स प्रदान गर्ने धितोपत्र बोर्ड नै हो। कुनै नयाँ संस्थाहरू आउदै गर्दा ति संस्था चल्न सक्छन् कि सक्दैनन् हेर्नुपर्छ। जुन संस्थाहरूलाई ल्याउन खोजिँदै छ, ति संस्थाहरू बजारमा आउँदा समग्र बजारलाई राम्रो हुन्छ कि हुँदैन। यस विषयमा प्रश्न उठ्न थालेको छ। इन्साडर ट्रेडिङका कुरा पनि उठेका छन्। सबै बैंकले मात्रै गर्नुपर्छ भन्ने पनि भएन। 

यी संस्थाहरूले पुगेन भन्दै गर्दा हामी जस्तै संस्था थप्दा के आपत्ती भयो र ? हामी प्रतिस्पर्धा गर्न तयार छौ। तर हामी दुई करोड पुँजी भएकाहरूलाई २० करोड पुँजी भएका संस्थाहरूसँग प्रतिस्पर्धा गर भन्दा त सकिदैन नि! 

हामीलाई मार्जिन ल्याण्डिङको काम गर भनियो। अहिले डिलर सिपको कुरा आइसक्यो। अनलाइनको उपयोगितासँगै बैंक मात्रै होइन जो आए पनि हामीलाई के फरक पर्छ र। 

त्यसो भए विरोध किन?
अहिले हेर्नुपर्ने कुरा के हो भने, अहिले भएका ५० वटा ब्रोकर कार्यालय प्रयाप्त छ कि छैन हेर्नु पर्‍यो। ५० वटाले पुगेन भने अहिलेका ब्रोकरले चाहे नचाहे पनि नेपाल सरकारले नथप्ने भन्ने हुँदै हुँदैन। तर अन्य क्षेत्रमा संस्था घटाउने कुरा चलिरहदा यता थप्ने भन्ने कुरा सान्दर्भिक हुदैन। भोलिका दिनमा बीमा तथा माइक्रोफाइनान्समा जस्तो आज लाइसेन्स दियो भोलिबाट मर्जरमा जाउ भन्या जस्तै स्थिति यहाँ पनि आउछ कि? चल्न सक्ने त हुनुपर्‍यो नि। यदि त्यस्तै हुने हो भने नल्याउँदै ठिक हुने हो कि। विचार गर्नु पर्‍यो। यही नै हाम्रो भनाइ हो। 

एकातिर नेपाल धितोपत्र बोर्डले तपाईहरूलाई शाखा कार्यालय खोल्न दिने भनिरहेको छ। अर्कोतर्फ क्षेत्रीय स्तरका ब्रोकर कम्पनी खोल्ने अवधारणा पनिसँगै ल्याएको छ। बोर्डले पुरानालाई विश्वास नगरेको हो? 
अनलाइन आइसकेपछि क्षेत्रीय ब्रोकर भन्ने नै हुँदैन। उनीहरूले गर्ने पनि अनलाइनबाटै हो र हामीले गर्ने पनि अनलाइनबाटै हो। उसले काठमाडौंको कुनै एक लगानीकर्तालाई युजरनेम दियो भने पनि यहीँ बसेर कारोबार गर्न सक्छ र हामीले बाहिरका मानिसहरूलाई दियौं भने पनि उनीहरूले त्यहि बसेर कारोबार गर्न सक्छन्। भैरहेका ब्रोकरलाई विस्तार गर्ने केही मोडल थिए। जुन वेलामा अनलाइन थिएन त्यतिबेला लगइनको समस्या थियो। जसले गर्दा शाखा खोल्ने बाहेकको विकल्प थिएन। शाखा लिएर जाँदा जुन किसिमका कडा मापदण्ड हुँदा पनि सकि-नसकी २२/२३ स्थानमा गैसकेका थियौं। 

शाखा खोल्नका लागि केही मापदण्ड घटाइदियो भने धेरै ठाउँमा जान सक्छौँ भनेका हौं। पछिल्लो विनियमावलीमा हामीले भनेका कुराहरू संबोधन भएका आएका छन्। कार्यालयको आकार, कर्मचारी संख्या घटाएर मापदण्ड आएको छ। अहिले त शाखा किन खोल्नुपर्‍यो सर्टिफाइड एजेन्टको कुरा आइरहेको छ। 

के हो सर्टिफाइड एजेन्ट भनेको? 
निश्चित व्यक्तीहरूलाई नेपाल धितोपत्र बोर्डले एजेन्ट भनेर प्रमाणित गरिदिन्छ। एजेन्ट बन्नका लागि बोर्डले केही मापदण्ड बनाउने छ। जस्तै ब्याचलर्स वा मास्टर्स डिग्री गरेको होला। उसको निश्चित योग्यता तोकिदिन सक्छ। त्यसका आधारमा बोर्डले परिक्षा लिन सक्छ। अथवा तालिम दिन सक्छ। तालिम प्राप्त उक्त सर्टिफाइड एजेन्ट पहिला सब-ब्रोकरकोमा जान्छ। उसको सम्पूर्ण जिम्मेवारी ब्रोकरले लिइदिन्छ। राफसाफका लागि नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएससी उसँग जोडिनु पर्दैन। ऊ ब्रोकरसँग मात्रै जोडिन्छ। सब-ब्रोकरले नै एजेन्टहरूसँग डिल गर्छ। 

ऊमार्फत भएका सम्पूर्ण कारोबारको लेनदेन सबै ब्रोकर आफैंले गरिदिन्छ। उक्त एजेन्टले लगानीकर्ताहरूलाई कारोबार गर्न सघाउने मात्रै हो। उ मार्फत कारोबार हुन्छ। तर पैसा र सेयरको लेनादेना ब्रोकर आफैले गरिदिन्छ। प्रमाणित एजेन्टले लगानीकर्तारूलाई कारोबार गर्न सिकाउछ। उसैले ब्रोकरको ग्राहक बनाउने काम गरिदिन्छ। यस बापत उक्त एजेन्टले निश्चित कमिसन वा पैसा पाउने व्यवस्था गरिन्छ। सबै ब्रोकर र सर्टिफाइड एजेन्ट भन्नु एउटै हो। उसले ल्याएको काम मध्ये केही पैसा पाउछ। सर्टिफाइड सब-ब्रोकरमार्फत भएको कारोबारले लगानीकर्ताहरूलाई कुनै पनि भार पर्दैन। 

आजका दिनमा कसैसँग पनि २० करोड रूपैयाँ पुँजी छैन। यदि पुँजी कम भएको भए सबैले यस्तो सुविधा दिने थिए। यसले गर्दा थोरै मात्रै ब्रोकर कम्पनी स्टक डिलरका लागि जालान्। यदि स्टक डिलरबाट पैसा कामाउन सकिन्छ भन्ने लाग्यो भने उनीहरूले पुँजी बढाहाल्छन्। पहिलादेखिनै हामी यसका लागि सकारात्मक नै थियौं। 

एस्ता एजेन्टले मार्केटिङको काम गर्छन्। उनीहरूले नै बजार खोज्दै जान्छन्। ठूला ठूला सहरहरूमा हामी पुगिसकेका छौ। ‍नयाँ तथा साना सहरहरूमा यस्ता एजेन्टको आवश्यकता छ। गाउँपालिकामा मैले शाखा खोलेर चलाउन सक्दिन त एउटा एजेन्टले मज्जाले कारोबार गराउन सक्छ। उसले लगानीकर्तालाई कारोबार गर्न सिकाउँछ। उसले केवाइसी भर्ने, डिम्याट खाता खोल्ने, ब्रोकर खाता खोल्ने लगातका काममा सहजीकरण गरिदिन्छ। केवाइसी भर्न लगानीकर्ता ब्रोकरकोमा आउनु परेन। यदि आज ५० वटा ब्रोकरले १०/१० जना मात्रै सर्टिफाइड एजेन्ट बनायो भने ५०० सय ठाउँबाट कारोबार हुन सक्छ। यसले बजार थप विस्तार हुन सक्छ।

बोर्डले डिलर खोल्ने, मार्जिन कारोबार गर्न पाउनेलगायतका काम गर्न तपाईंहरूको क्षेत्राधिकार झन बढाइदिएको छ। यसले गर्दा ब्रोकर अझ बलियो हुनु पर्ने देखिन्छ। त्यसैले अब बलियो ब्रोकरका हुनका लागि मर्जरको आवश्यकता देखिएको हो? 

संस्थाहरू भोलिका दिनमा चल्नै नसक्ने अबस्थामा पुगे भने उनीहरूले केही न केही उपाय निकाल्छन्। सबै एउटै तहमा पुग्दैनन्। आफ्नो क्षमतामा भर पर्ने कुरा हो। भोलिका दिनमा संस्थाले कामै गर्न सकेन भने र कम्तिमा पनि उक्त संस्था अर्कोमा गएर विलय भयो भने पनि कर्मचारीले जागिर पाउने भए। संस्था मरेन। यस हिसाबले हामीले मर्जर चाहिन्छ भन्या हो। भोलिका दिनमा कसैले म डिलर लिन्छु। तर म क्यापिटल पुर्याउन सक्दिन भन्यो भने उपाय के त? बोर्डले स्रोत नभएको पैसा ब्रोकरमा लगानी गर्न नपाउने भनेको छ। यसले गर्दा अब जो पायो त्यसले ब्रोकरमा लगानी गर्न सक्दैन। भोलिका दिनमा ब्रोकरको पुँजी २० करोड पुर्याउदै गर्दा आधाकारिक स्रोत चाहियो। स्रोत जुटाउन नसकिने अबस्थामा मर्ज हुनु पर्‍यो। 

सेयर किनबेचका लागि मात्रै यो पुँजी र संस्था पर्याप्त छ। मर्जर आवश्यक छैन। तर मार्जिन ल्येण्डिङ आइसक्यो, डिपी चलाइसक्यौं, भोलि डिलरसिपका फिचर थपिँदै गर्दा मर्जर आवश्यक हुन सक्छ। 

ब्रोकरहरू सधै क्यापिटल मार्केटमा मात्रै रम्ने हो कि अन्य उपकरण पनि खोज्दै जाने हो? 
जानु पर्ने आवश्यकता छ। क्यापिटल मार्केट भन्ने बित्तीकै इक्वीटीलाई मात्रै बुझ्दै आएका छौ। भोलिका दिनमा अहिले जारी भएका कर्पोरेट बन्ड, सरकारी बन्ड कारोबार हुन थाल्यो भने अहिलेको भन्दा कारोबार रकम बढ्छ। इक्विटी भन्दा अन्य कारोबार योग्य उपकरण रहेका छन्। अहिले पनि ऋणपत्र पुर्णरूपमा अनलाइन कारोबार भैरहेको छैन। हामी आफैंले ल्याएर म्याचिङ गर्दै कारोबार गरिरहेका छौ। जसरी सेयरको कारोबार हुन्छ त्यसरी नै ऋणपत्रको पनि कारोबार हुने मोडालिटीमा जाने हो भने कारोबारका हिसाबले धेरै माथि लैजान्छ। र यसले नेपालको क्यापिटल मार्केटलाई नै परिपक्व बनाइदिन्छ।

अनलाइन आइसकेपछि क्लोज आउटको समस्या झन् बढ्दै गएको छ। जसले गर्दा लगानीकर्ताहरूले ठूलो रकम जरिवानाको रूपमा तिरि रहनु परेको छ। यसको समाधान के हुन सक्छ? 
यसका लागि विदेशतिर अक्सन मार्केट हुन्छ। नेपालमा पनि अनलाइनसँगै अक्सन मार्केट आउनु पर्थ्यो। अक्सन मार्केट नियममा आएको एक डेड वर्षै भैसक्यो। कार्यविधिका कुरादेखि लिएर कसरी काम गर्ने भन्ने कुराहरू होलान्। तत्काल अक्सन मार्केट आउन सकेन भने पनि अहिले हामी जुन लेभलमा अनलाइन कारोबार गरिरहेका छौ। यसले ठूलो घाटा बनाइरहेको छ। यसमा मानविय त्रुटी हुन सक्छ। यसको समाधानको उपाय अक्सन मार्केट थियो। जतिसक्दा छिटो अक्सन मार्केट ल्याउनु पर्छ। 

बजार तल झरेको बेलामा अनलाइनबाट कारोबार गर्नेको संख्या धेरै कम थियो। अहिले धेरै बढेको छ। अनलाइन लिनेहरू आइरहेका छन्। अनलाइनबाट कारोबार पनि भैरहेको छ।

अक्सन मार्केट नआउदासम्मका लागि यदि आज गलत भयो भने सेटलमेन्ट हुने समय थप एक दिन थप्नु पर्छ। आजको टि प्लस थ्रिलाई बढाएर टि प्लस फोर बनाउने हो भने भोलिपल्ट किनेर भए पनि सेयरदिन सक्छौ। यो अक्सन मार्केटको विकल्प हुन सक्छ। यसका लागि हामीले नेप्सेसँग कुरा गरिरहेका छौं।  सधै हामी घाटा खाएर बस्न सक्दैनौं। अक्सन मार्केट नआउदासम्म सेटलमेन्ट डेट सार्ने पोलिसी अनिवार्य ल्याउनुपर्छ। 

लगानीकर्ताहरूले अनलाइन प्रणाली आउदा पनि किन ब्रोकर कार्यलयबाटै बढि कारोबार गरिरहेका छन्? अनलाइन प्रणालीमा अझै समस्या छ? 
बजार तल झरेको बेलामा अनलाइनबाट कारोबार गर्नेको संख्या धेरै कम थियो। अहिले धेरै बढेको छ। अनलाइन लिनेहरू आइरहेका छन्। अनलाइनबाट कारोबार पनि भैरहेको छ। कारोबार गर्ने दुई थरिका हुन्छन्। एउटा ब्रोकरकोमा नियमित आउनेहरू जसलाई यही आएर अर्डर दिने बानी परेको हुन्छ। अर्को अफिसमै बस्नु पर्ने साथै ब्रोकरकोमा आउन नसक्नेहरू जसले अनलाइनबाटै कारोबार गरिरहेका छन्। 

पछिल्लो एक महिना एता हेर्‍यो भने अनलाइन लिएर बसेका लगानीकर्ताहरूले विस्तारै आफैले कारोबार गरिरहेका छन्। साना लगानीकर्ताहरू आफैले कारोबार गरे पनि ठूलो ठूलो कारोबार गर्नेहरू भने ब्रोकरको मै आउछन्। उनीहरूलाई धेरै संख्यामा सेयर आवश्यक पर्छ। जुन बजारमा नपाइन सक्छ। उसले सहारा लिने ब्रोकरसँग नै हो। लगभग ब्रोकरलाई कसले सेयर खरिद गर्न खोज्यो र कसले बिक्री गर्न खोज्यो भन्ने थाहा हुन्छ। 

अर्को कुरा अहिले भैरहेको कारोबार ब्रोकर कार्यालयबाट मात्रै सम्भव छैन। कारोबार रकम अनलाइन प्रणालीबाट बढि देखिन्छ। 

बजार विस्तार गर्ने तथा लगानीकर्ताहरूलाई जनचेतना जगाउने काममा सधैं बोर्ड र नेप्सेलाई मात्रै ताक्ने कि आफूले पनि केही पहल गर्ने? 
पछिल्ला दिनहरूमा हामी धेरै वटा कार्यक्रममा सहभागी हुँदै आएका छौं। कतै तालिम भैरहेको छ भने हामी आफैं गएर तालिम दिइरहेका छौं। नेप्से सेबोनले दिएको तालिममा हामीले पनि सहभागी भएर काम गरिरहेका छौं। आउँदा दिनमा ब्रोकर एसोसिएसनकोतर्फबाट पनि जनचेतनाका कार्यक्रम गर्छौं। यसको अन्तिम फाइदा हामीलाई नै हो। हामीले जति धेरै लगानीकर्ताहरूलाई भित्र्याउन सक्छौं त्यसको फाइदा हामीलाई नै हुने हो। यो एउटा हामो काम नै हो र हामी गर्छौं। 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हाजिरी जमानीमा छुटे प्रमुख अध्यागमन अधिकृत भट्टराई
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
हाजिरी जमानीमा छुटे प्रमुख अध्यागमन अधिकृत भट्टराई बुधबार, जेठ ७, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
सेनेगलले सबै विदेशी सैनिकहरुलाई हटाउँदै बुधबार, जेठ ७, २०८२
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्