• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
जनयुद्धमा खट्दा जीवनभर ह्विल चेयर
64x64
नेपाल लाइभ बुधबार, पुस २३, २०७६  ०६:०७
1140x725

इटहरी- ८ कात्तिक २०७६, शुक्रबार दिउँसो ह्विल चेयरमा एक हुल युवा इटहरी उपमहानगरपालिका भित्र प्रवेश गरिरहेको थिए।

कार्यलयको गेटबाट केही पर पुगेपछि उनीहरू अलमलमा परे। कुनै पनि कार्यकक्षमा ह्विल चेयर छिर्न अवस्था थिएन। कार्यलयको प्राङ्गणमै लाइन लागे। त्यही लाइनको बिचमा थिए राजन बराइली। 

भोजपुरको अरुण गाउँपालिका (साविक याकु गाविस)का उनी हाल इटहरीमा बस्छन्। जातीय र वर्गीय विभेद विरुद्धमा आन्दोलन गर्नुपर्ने लागेर उनी माओवादी युद्धमा सामेल भए। २०५७ साल देखि माओवादी युद्धमा होमिएका उनी युद्धको अग्रमोर्चामा थिए। 

सामाजीक विभेद सहेर लामो समय बस्न हुन्न भन्ने लागेको थियो उनलाई। माओवादीले पनि 'मान्छे मान्छे एउटै हो, फरक केही छैन' भन्दै प्रशिक्षित गराउँदै थियो। सामूहिक भोजद्वारा ब्राह्मण र दलितबीचमा समानता देखाउने धेरै अभ्यास भइरहेका थिए। त्यसको प्रत्यक्ष अनुभव गरिरहेका थिए बराइली। छुवाछुतको अन्त्य हुने र दलित पनि राज्यको उपल्लो तहमा पुग्छन् भन्ने बुझेका थिए उनले। 

घटना ०६० माघको हो। भिडन्तका लागि तयारी भइरहेको थियो। कसलाई अगाडि बढाउने भन्नेमा कमान्डरले निर्णय गर्थे। भोजपुरको रिपिटर टावर आक्रमण गर्ने योजना बनिरहेको थियो। त्यही बेला बराइलीले म अग्रस्थानमा हुन्छु भनेर प्रस्ताव गरे। भयो पनि त्यस्तै। टावर आक्रमण भयो। दुवैतर्फ गोली हानाहान भयो। उनको दुवै खुट्टामा गोली लाग्यो। आक्रमण सफल भयो। त्यसपछि उनी झनै सफल योद्धाको रुपमा परिचित भए। 

पछि सिराहको बन्दीपुर आक्रमणमा उनको नाम अगाडी आयो। कुशल योद्धाका रूपमा परिचित भइसकेका उनी आक्रमणमा सहभागी भए। लामो समय युद्ध चल्यो। उनको ढाडमा गोली लाग्यो। घाइते भए पनि मैदान छाडेनन्। 

Ncell 2
Ncell 2

पछि उपचारको क्रममा उनको जिउमा निकै गहिरोसंग गोली भासिएको भेटियो। त्यो बेला खासै समस्या नभएको कारण थप गोली निकाल्न जरुरी ठानेनन् उनले। तत्काल निकाल्न खर्च र समय पनि मिलेन। जिउमै गोली बोकेर काममा लागे उनी। केही समयपछि गोली अड्किएको ठाँउ पोल्न र दुख्न थाल्यो। उपचारको लागी उनी काठमाडौं नै जानुपर्ने भयो। 

त्यो बेलासम्म गणतन्त्र आइसकेको थियो। उपचार गराउने र निको भएर थप उद्यम गर्ने सुरमा थिए उनी। सोचे जस्तो हुन्न जीवन। तारादेवीको गीत जस्तै भइदियो। उनी सवार गाडी धादिङको कृष्ण भिरमा दुर्घटनामा पर्‍यो। उनको सम्झनाअनुसार घटना २०६९ साउन १ गतेको हो। बसमा सवार ३६ जनाको मृत्यु भयो। ६ जना बेपत्ता भए। संयोगबस उनीसहित ५ जना सकुशल रहे। युद्धदेखि दुर्घटनासम्ममा उनी मृत्युको मुखबाट बचेका छन्। 

उपचारकै लागि गएकाले उनी सिधै अस्पताल पुगे। वीर अस्पतालमा अपरेसनको समय फिक्स भयो। नभन्दै अपरेसन पनि सफल भयो। ८ वर्षपछि जिउको गोली निकालेकोमा खुसी थिए बराइली। तर उनको खुसी एक रातभन्दा बढी टिक्न सकेन। किन त?

'जिउबाट गोली त निस्कियो। गोलीसंगै आत्मविश्वास पनि निस्कियो। गोली निकालेको भोलिपल्टैदेखि आधा शरीर चल्न छाड्यो,' बराइली दुःखी भएको बुझ्न सकिन्थ्यो। पुन: उनी अस्पताल गए। डाक्टरले स्पाइनल कर्ड इन्जुरी भएको बताए। यसको एक मात्र उपचार ह्विल चेयर थियो। त्यस दिनदेखि उनको साथी ह्विल चेयर अहिलेसम्म साथमा छ। 

shivam cement

shivam cement

उनलाई जनयुद्धसम्म पुर्‍याउने पार्टी अहिले सरकारमा छ। दुई पार्टी मिलेर ठूलो भएको छ। पार्टीजस्तै उनको समस्या पनि ठूलो हुँदै गएको छ। युद्धमा होमिएका धेरै राजनहरू राहतको पर्खाइमै छन्। पार्टी सरकारमा भएपनि आफूहरु अल्पमतमा परेको उनको बुझाइ छ। ‘जसका लागि युद्धको अग्रमोर्चामा लडियो तिनीहरू अहिले मन्त्री भएका छन्,’ उनी भन्छन् , ‘तर तिनीहरूकै लागि लडेको हो भन्दा पनि अहिले चाँहि आत्मग्लानी हुन्छ।’ 

हिजो गणतन्त्रका लागि लडेको र अहिले गणतन्त्र आएको छ भनेर चित्त बुझाएर बसेको उनी सुनाउँछन्। 'आम्दानीका लागी केही उद्यम गरौं' भन्दा पनि ह्विल चेयरसँग उद्यम गर्न समस्या भएको उनी बताउँछन्। सीप सिक्नको लागि जिउ कन्ट्रोल नभएर समस्या हुने गरेको उनको भनाइ छ। 

‘हिजो मृत्युको दस्तावेजमा हस्ताक्षर गरेर हिडेको मान्छे हौं। युद्धमा जाँदा फस्ट एसल्टमा (सबैभन्दा अगाडि) परिएन भने ग्वाँग्वाँ रुन्थ्यौं। किनकी सबैलाई पहिलो सहिद हुने रहर हुन्थ्यो,’ बराइली दुख मान्दै भन्छन्, ‘तर अहिले पनि समाजको चेतना परिवर्तन भा छैन। अहिले पनि महिला हिंसा छ। बलात्कार बढेको छ। जातीय विभेद जारी छ। देशभन्दा पनि नेताको दैनिकी मात्रै बढी परिवर्तन भएको छ।’ 

राजनका हरदुःखमा साथ दिएकी छन् श्रीमतीले। सकारात्मक सोच छ उनमा। अरूलाई भन्दा पनि आफैलाई विश्वाश गर्न सुझाउँछिन् उनी राजनलाई। श्रीमती सञ्चिता श्रेष्ठ कति पनि निराश छैनन्।

जनयुद्धमै अन्तर्जातीय जनवादी विवाह गरेका उनीहरूको युद्धकै क्रममा छोरा जन्मियो। अहिले छोरो १२ कक्षामा पढिरहेको छ। सञ्चिता भने राजनको हेरचाहमा व्यस्त छिन्। हिँडडुल दिसापिसाबका लागि पनि साथी चाहिने भए पछि श्रीमानकै साथमा हुन्छिन् उनी। 

पार्टीले धेरैलाई हेर्नुपर्ने भएकोले आफुहरूलाई नभ्याएको हुन सक्ने उनको बुझाइ छ। भन्छिन्, ‘पार्टीमा हामीजस्ता धेरै छन्। अहिले हामी छुट्यौं होला। हाम्रो पनि पालो आउला। एउटै घरमा पनि सबैलाई मिलाएर राख्न सकिँदैन भने पार्टीभित्र झन् धेरै योद्धा हुन्छन्। मिलाउँदै जाँदा हामी छुटेको हुन सक्छौं। मिलाउन खोज्दा खोज्दै नमिलेर होला।’

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्