• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
अरुको हस्ताक्षर नक्कल गरी विभिन्न बैंकबाट लाखौं रुपैयाँ निकाल्ने ६ जना पक्राउ ३ सय २८ थान चेक, ९० थान एटिएम, र ८ सय २५ बैंक खाताको विवरण बरामद
64x64
नारायण अधिकारी बुधबार, मंसिर ११, २०७६  १२:११
1140x725

काठमाडौं- विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरेर लाखौं रुपैयाँ निकाल्ने ६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले काभ्रेपलाञ्चाेककाे पाँचखाल नगरपालिका वडा नंम्बर १३ घर भइ काठमाडौंको कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, वर्ष १९ कै कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे र २१ वर्षका अन्जन बराललाई पक्राउ गरेकाे हो।

गिरोहमा रहेका बागलुङ गलकोट नगरपालिका वडा नंम्बर ३ घर भइ काठमाडौं बुद्धनगर बस्ने २५ वर्षका सुमन पौडेल र सिन्धुपाल्चोककाे साविक ज्यामिरे गाविस वडा नंम्बर ९ घर भइ काठमाडौंको सुविधानगर बस्ने वर्ष ३० का गोविन्द घिमिरे पनि पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरुबाट बरामद गरिएका विभिन्न बैंकका चेक, खाता खोल्न तयार पारिएका फारम, एटिएमलगायतकाे विवरण हेर्दा उनीहरुले बैंकबाट ठूलो रकम लुट्ने योजना बनाइरहेको देखिएको छ।

उक्त गिरोहबाट प्रहरीले नगद १८ लाख ५० हजार रुपैयाँ, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २ सय ९० पाना, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको २६ थान रजिस्टर, विभिन्न प्रकारका हस्ताक्षर नमुना र नाम उल्लेख गरिएको २ थान डायरी बरामत गरेको छ। विभिन्न व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको सय थान तयारी फारम, १ सय ९५ जनाको बैंक स्टेटमेन्ट, जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक १६ थान र काटिएको अवस्थाको चेकबुक ४१ थान बरामत भएको छ।

त्यस्तै एभरेष्ट बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको २० थान र काटिएको अवस्थाको ३ थान, माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिका नाममा जारी भएको नकाटिएको अवस्थाको १७ थान र काटिएको अवस्थाको २ थान, मुक्तिनाथ विकास बैंकबाट विभिन्न व्यक्तिका नाममा जारी भएको नकाटिएको चेक ४१ थान र काटिएको चेक २ थान, एनआइसी एसिया बैंकको विभिन्न व्यक्तिका नाममा जारी भएको ६८ थान चेक बरामद भएको छ।

एनआइसी एसिया बैंकको ८२ थान एटिएम र अन्य बैंकको ७ थान एटिएमसमेत बरामत गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। सो गिरोहले विभिन्न व्यक्तिका नाममा खाता खोल्न संकलन गरेका ८ सय २५ वटा फोटो र बैंकसँग सम्बन्धित विभिन्न डकुमेन्टहरु २ बोरा भन्दा बढी बरामद गरेको छ।

कसरी पक्राउ परे?

Ncell 2
Ncell 2

मंसिर ८ गते राती साढे २ बजे जनता बैंकमा खाता रहेका गोपालमान राजबाहकको खाताबाट पटक-पटक गरी १९ लाख ९ हजार रुपैयाँ निकालेको मोबाइलमा म्यासेज आयो। उनले आफैले कुनै चेक कसैलाई नदिएको, आफूले चेक नसाटेको तर अरु कसैले आफ्नो खाताबाट रकम झिकेको भन्ने सूचना प्रहरीलाई दिए।

यस्तो सूचना आएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले जनता बैंक तथा नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गर्‍याे र अनुसन्धान अगाडि बढायो। अनुसन्धानका क्रममा पीडितलाई दिइएको चेकबुकबाट नयाँ चेकबुक लिएर पैसा निकालेको देखिएको थियो।

गोपालमान राजबाहकको खाताबाट पैसा झिक्ने तिनै व्यक्ति मंसिर ९ गते फेरी त्यस्तै चेक बोकेर जनता बैंकको न्युरोड शाखा पुगे। बैंकले उक्त सूचना तत्काल प्रहरीलाई दियो। प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा अरु ६ जना व्यक्तिले सोही दिन विभिन्न स्थानबाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकको ठूलो परिमाणमा चेकबुक, खाता खोल्न तयार पारिएका फारमहरु, एनआइसी एसिया बैंकको भिसाकार्ड, विभिन्न व्यक्तिको नामका नागरिकताका फोटोकपी बरामद गर्‍याे। 

ती व्यक्तिहरुले बैंक खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी, सोही व्यक्तिका नाममा चेक हराएको निवेदनसमेत दिई नयाँ चेकबुक निकाल्ने र हस्ताक्षर मिलाई लाखौं रकम निकाल्ने गरिएको देखिएको छ। महानगरीय प्रहरी परिसरले पक्राउ परेका व्यक्तिलाई बैंकिङ कसुर सम्बन्धि मुद्दा अगाडि बढाउन उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बागलुङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगर... शनिबार, जेठ ३१, २०८२
ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते दुर्घटनामा गम्भीर घाइते विनोद र १९ वर्षीय जयबहादुर परियारलाई उद्धार गरी उपचारका लागि प्रहरीले नगर अस्पताल दल्ली पठाएको थियो । दल्लीम... शनिबार, जेठ ३१, २०८२
रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पुन: पक्राउ पुर्जी जारी हुने उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो। शुक्रबार, जेठ ३०, २०८२
ताजा समाचारसबै
पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ मजदुर घाइते, तीन जनाको अवस्था गम्भीर शनिबार, जेठ ३१, २०८२
प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु शनिबार, जेठ ३१, २०८२
इमेज सहकारीका पीडितले लगाए संस्थापक अध्यक्ष तथा मेयर नेपालीको घरमा ताला शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
दुई बुँदे सहमतिबारे प्रचण्डले - एक महिनाभित्र छानबिन समिति नबने फेरि आन्दोलन गर्छौं शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्