• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
नेपालमा रेल ल्याउन चीन र भारतबीच पनि छलफल आवश्यक छ
64x64
नेपाल लाइभ शनिबार, असोज २५, २०७६  १५:४४
1140x725

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाल र चीनबीचको घनिष्ठता, प्रेम, विश्वास र एक अर्का बीचको सम्बन्धलाई बढाउँछ। साढे २ दशकको अन्तरालमा हुन लागेको यो भ्रमणले सद्भावना वृद्धि गराउँछ। लामो अन्तरालमा विश्वकै प्रतिष्ठित व्यक्तित्वको नेपालमा भ्रमण हुन लागिरहेको छ। चीन अहिले विश्वमा आर्थिक हैसियतमा बलियो अवस्थामा रहेकाले पनि त्यहाँका राष्ट्रपति नेपाल आउनु स्वागतयोग्य र सकारात्मक हो। यसले सद्भावना र घनिष्ठता बढाउँछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको अवधिमा जे-जे कुराहरुमा सहमति तथा सम्झौता हुन्छन्, ती विषयमा धेरै लामो गृहकार्य भएको हुन्छ। दुई देशका बीचमा त्यस्ता विषयमा लामो छलफलपछि तयारी गरिन्छ। प्रशस्त पूर्वतयारी भएपछि मात्रै सम्झौतामा जाँदा भविष्यमा त्यसलाई सहज कार्यान्वयन गर्न सकिन्छ। द्विपक्षीय वार्ताका क्रममा पनि कतिपय कार्यक्रम अघि बढाउन सकिन्छ। तर, त्योभन्दा पनि धेरै यस भ्रमणलाई हामीले दुई देशबीच सद्भावना वृद्धि गर्ने कोषेढुंगाकै रुपमा लिन सक्नुपर्छ।

यो भ्रमणसँग जोडिएका केही पक्षहरु छन्। नेपालले चीनबाट केही कुरा आशा गरेको छ। निश्चय पनि यो भ्रमणका क्रममा ती कुराकानी भइहाल्छन्। पहिलो कुरा त चीनको आर्थिक सहायता नै हो। आर्थिक सहायता अनुदान र ऋण दुवैमा हुनसक्छ। नेपालले चीनसँगको छलफलका क्रममा योजनाहरु प्रस्तुत गर्दा हाम्रो आवश्यकता के हो, हाम्रो प्राथमिकता के हो, त्यो प्रष्टसँग राख्न सक्नुपर्छ।

खुला प्रतिस्पर्धाबाट खरिद गर्नसक्ने गरी ऋण लिइनुपर्छ
अहिले नेपालको प्राथमिकता पूर्वधारको विकास हो। नेपालमा जलस्रोतको धेरै सम्भावना छ। ऊर्जा क्षेत्रका धेरै आयोजनाको अध्ययन पनि भइसकेका छन्। ती आयोजना चीनको सहयोगमा निर्माण गर्न सकिन्छ। नेपालले चीनको सहायतामा आयोजना अघि बढाउने तयारी गर्दा अनुदानकै रुपमा बनाउन सक्ने गरी कुरा गर्न सक्नुपर्छ। चीनको अनुदान वृद्धि हुनेगरी छलफल गर्न सकिन्छ।

कुनै-कुनै आयोजना ऋणमा पनि अघि बढाउन सकिन्छ। सबै कुरा अनुदानमा मात्रै प्राप्त नहुने भएकाले ऋण लिएर काम गर्नुपर्ने हुन्छ। ऋण लिँदा सुविधायुक्त र सहुलियतपूर्ण विकल्पहरु हेर्नुपर्छ। खुला प्रतिस्पर्धाबाट आयोजना कार्यान्वयन गर्न सकिने गरी सहुलियतपूर्ण ऋण लिइनुपर्छ। स्रोत निश्चित भएको (सोर्स टाइड) ऋण लिँदा दाताले भनेकै ठेकेदार छनोट गर्नुपर्ने, सामान खरिद गर्दा तोकिएकैसँग किन्नुपर्ने बाध्यता आउँछ।

अहिले ऋण दिँदा इन्जिनियरिङ, खरिद (प्रोक्योरमेन्ट), निर्माण (कन्सट्रक्सन) र लगानी (फाइनान्सिङ) मोडलिटीको कुरा आउँछ, त्यो महँगो पर्न जान्छ। त्यसकारण खुला प्रतिस्पर्धाबाट खरिद गर्नसक्ने गरी ऋण लिइनुपर्छ।

चीनसँग कस्ता आयोजना प्रस्ताव गर्ने?
नेपालले सहयोग लिँदा राम्रो प्रतिफल दिनसक्ने आयोजना छानेर चीनसँग प्रस्ताव गर्नुपर्दछ। त्यसमा खासगरी जलविद्युत उत्पादन तथा प्रसारण हुनसक्छ। नेपालको रसुवागढीदेखि चीनको केरुङसम्मको विद्युत प्रसारण लाइनको कुरा आएको छ, त्यसलाई अघि बढाउन सकिन्छ। जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन सकिन्छ, जुन हाम्रो आवश्यकता हो।

अर्को चीनसँग जोड्ने सडक यातायातलाई राम्रो बनाउनेतर्फ ध्यान दिनुपर्छ। मुस्ताङ, हुम्ला, संखुवासभा, रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने सडक राम्रो बनाउन चिनियाँ सहयोग लिन सकिन्छ। यी सडक सुधारका लागि चिनियाँ सहयोग आवश्यक पर्छ। नेपालको तत्कालको प्राथिमकता यी आयोजना हुनुपर्छ। अर्कोतर्फ नेपालभित्रकै सडक आयोजना अघि बढाउन पनि प्राथमिकता तोकेर चिनियाँ सहयोग लिन सकिन्छ।

Ncell 2
Ncell 2

नेपालमा रेल ल्याउन चीन र भारतबीच पनि छलफल आवश्यक
चीनसँगको सम्बन्ध र पूर्वाधार भन्ने बित्तिकै अहिले रेललाई पहिलो नम्बरमा राख्ने गरिएको छ। रेलको भनेको दीर्घकालीन कुरा हो। यो तुरुन्त हुने होइन। यसमा आर्थिक र प्राविधिक अध्ययन जरुरी हुन्छ। यो भनेको हाम्रो तत्कालको प्राथमिकता होइन। पछिसम्म गर्दै जान सकिन्छ।

अर्को कुरा चीन र हिन्दूस्तानबीच पनि यो विषयमा छलफल हुन आवश्यक छ। उनीहरु दुई देशका रेल काठमाडौं आउने भनेको के हो भने यसले ती देशकै व्यापार बढाउने हो। नेपालको भन्दा उनीहरुको व्यापारको आकार ठूलो भएकाले उनीहरुलाई यसले राम्रो गर्छ।

त्यसकारण नेपालले रेलको विकासको कुरा गर्दा चीन र भारत दुवै छिमेकीसँग कुराकानी गर्नुपर्दछ। त्रिपक्षीय समझदारी भयो भने यसले नेपालका साथसाथै उनीहरुलाई पनि फाइदा हुन्छ। दुवै देश सहमतिमा आएर काम गर्न सकियो भने नेपालले त्यसमा लगानी गर्न नपर्ने अवस्था पनि आउनसक्छ।

व्यापार घाटा घटाउन चिनियाँ लगानीको हात कति?
चीनसँग छलफल गर्दा आर्थिक सहायता र पूर्वाधार विकासपछिको क्षेत्र भनेको चिनियाँ लगानी वृद्धि हो। चिनियाँ लगानी नेपालमा बढाउने गरी हामीले काम गर्नुपर्छ। चीनसँग नेपालको २ सय अर्ब रुपैयाँभन्दा धेरैको व्यापार घाटा छ। गत आर्थिक वर्षमा हाम्रो १ हजार ४ सय अर्बको व्यापार घाटामा चीनसँगको हिस्सा पनि ठूलो छ।

व्यापार घाटा कम गर्नका लागि चिनियाँ लगानी भित्र्याएर यहाँ औद्योगिक विकास गर्न सकिन्छ। नेपालमा उपलब्ध हुने कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्नसक्ने किसिमका उद्योग नेपालमा आउनेगरी चिनियाँ लगानी ल्याउन सकिन्छ।

चीनको बजारमा निर्यात गर्नसक्ने वस्तु नेपालमा उत्पादन गरेर त्यहाँ बिक्री गर्न सकिन्छ। चीनबाहेक दक्षिण एसियाका ७ वटा मुलुक पनि नेपालका लागि बजार हुन्। ती बजारको मागअनुसारका वस्तु उत्पादन गरेर निर्यात गर्न सके नेपालको व्यापार घाटा न्यूनीकरण र औद्योगीकरण दुवैमा त्यसले सहयोग गर्छ। दक्षिण एसिया र चीनबाहेक अन्य देशमा पनि निर्यात गर्न सकिन्छ। त्यसमा काम गर्नुपर्छ।

नेपालमै उपभोग हुने औद्योगिक उत्पादन बढाउन पनि चिनियाँ लगानी ल्याउन सकिन्छ। अहिले हाम्रो आवश्यकता आयात प्रतिस्थापन र निर्यात वृद्धि हुनुपर्छ। व्यापार घाटा घटाउने र औद्योगीकरण बढाउने गरी चिनियाँ लगानी भित्र्याउन जोड दिइनुपर्छ।

चीनियाँ निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न सचेत गराउनुपर्छ
नेपालले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ। नेपालमा चिनियाँ पर्यटकको आवागमन बढाउने गरी छलफल गर्न सकिन्छ। अर्को पक्ष भनेको नेपालमा धेरै चिनियाँ निर्माण व्यवसायीले काम गरिरहेका छन्। नेपालमा आउने विदेशी ठेकेदारमध्ये चिनियाँको हिस्सा पनि अहिले ठूलो छ। तर, उनीहरुको काम समयमै सम्पन्न हुनुका साथसाथै गुणस्तरीय हुनु पनि जरुरी छ। त्यसमा नेपालले जोड दिनुपर्छ।

कतिपय चिनियाँ कम्पनी कालोसूचीमा पनि परेका छन्। कतिपय आयोजना समयमै सम्पन्न भएका छैनन्। चीन सरकारले त्यस्ता कम्पनीलाई निर्देशित गर्ने र सतर्क गराउने गरी नेपालले कुरा गर्नुपर्दछ। उनीहरुलाई एउटा आचारसंहितामा बसेर काम गर्न लगाउने वातावरण तयार गर्न सक्नुपर्छ।

सहयोग माग्ने नाममा लामो 'सपिङ लिस्ट' देखाएर हुँदैन
अर्कोकुरा नेपालले सहयता माग गर्दा अध्ययन सम्पन्न भएका र तयारी भइसकेका आयोजना मात्रै प्रस्ताव गर्नुपर्छ। जुन आयोजना तुरुन्त कार्यान्वयनमा जान सक्छन्, तिनैलाई अघि बढाउनुपर्छ। सहयोग माग गर्ने नाममा लामो 'सपिङ लिस्ट' मात्रै देखाएर हुँदैन।

अघिल्लोपटक नेपाली प्रधानमन्त्रीको चीन भ्रमणका समयमा बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत कार्यान्वयन हुने भनेर ३५ वटा आयोजना अघि सारिएको थियो। तर, उनीहरुले प्राथमिकता निर्धारण गरेर मात्रै आयोजनाको सूची देऊ भनेपछि त्यसलाई घटाइयो।

कुन आयोजना प्रस्ताव गर्ने भन्ने कुरा प्राथमिकता र आवश्यकताका साथ अध्ययन गरेर प्रस्तुत गर्नुपर्छ। जुन आयोजनाले नेपालको अर्थव्यवस्थामा सबैभन्दा धेरै प्रतिफल दिनसक्छ, त्यस्ता आयोजना प्रस्तुत गर्नुपर्छ। जनतालाई फाइदा हुने र देशलाई आर्थिकरुपमा फाइदा हुने आयोजना प्रस्तुत गरेर तिनीहरुको कार्यान्वयन गर्नुपर्छ।

लगानी भित्र्याउन सडकको स्तरोन्नति जरुरी
नेपालमा लगानी भित्र्याउन गाह्रो हुनुको एउटा कारण कमजोर सडक सञ्जाल पनि हो। हाम्रो पूर्वाधार गतिलो हुन सकेन। सडकहरु स्तरोन्नति गर्नुपर्नेछ। कतिपय ठाउँमा सडक पुगेको छैन। सडक पुगेको ठाउँमा पनि बाह्रै महिना गाडी चल्न सक्दैनन्। त्यसकारण यस्ता क्षेत्र हेर्नुपर्छ।

जलविद्युत र सिँचाइका क्षेत्रहरुलाई द्विपक्षीय छलफलको विषय बनाउन सकिन्छ।

(पूर्व अर्थ एवं परराष्ट्रमन्त्री डा रामशरण महतसँग नेपाल लाइभका सविन मिश्रले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  १५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ?
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति बिहीबार, जेठ ८, २०८२
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो बिहीबार, जेठ ८, २०८२
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्