एजेन्सी – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हो ।
इरान–इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण भएको हो । इजरायलको पक्षमा उभिँदै अमेरिकाले पनि इरानका महत्वपूर्ण आणविक केन्द्रहरूलाई निसाना बनाउँदै हमला शुरु गरेपछि इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हो ।
अल उदीद एयर बेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जसले क्षेत्रीय सुरक्षा तथा अमेरिकी सेनाको रणनीतिक तैनाथीका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । कतारले आफ्नो आकाशमा उडान रद्द गरेको छ भने अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेको समाचारमा उल्लेख छ । कतारमा झण्डै ४ लाख भन्दा बढि नेपालीहरु बसोबास गर्दछन । उनीहरु रोजगारीको शिलशिलामा त्यहाँ पुगेका हुन । यधपी इरानको आक्रमणलाई कुनै क्षति नहुने गरी आकाशमै निस्कृय गरिएको कतारले बताइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।