एजेन्सी–भारतको मणिपुरमा आज भूकम्पका दुई झट्का महसुस गरिएको छ।
भूकम्पको तीव्रता रेक्टर स्केलमा २ दशमलव ५ र ५ दशमलव २ मापन गरिएको थियो। भूकम्पको झट्का महसुस गरेपछि मानिसहरू आत्तिँदै घरबाट बाहिर निस्किएका थिए।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार मे २८ मा भारतीय समयअनुसार बिहान १ः५४ बजे मणिपुरको चुराचन्दपुर जिल्लामा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो। यस भूकम्पको केन्द्रबिन्दु २४ दशमलव ४६ उत्तर अक्षांश र ९३ दशमलव ७० पूर्वी देशान्तरमा ४० किलोमिटर गहिराइमा थियो। यसको केही समयपछि, मणिपुरमा दोस्रो पटक भूकम्पका झट्का महसुस गरियो।
एनसीएसका अनुसार, मणिपुरको नोनी जिल्लामा बिहान २ः२६ बजे २ दशमलव ५ म्याग्निच्युडको अर्को हल्का भूकम्प गएको थियो। यस भूकम्पको केन्द्र नोनी जिल्लामा २४ दशमलव ५३ उत्तर अक्षांश र ९३ दशमलव ५० पूर्वी देशान्तरमा थियो, जसको गहिराइ २५ किलोमिटर थियो।
यद्यपि, यस भूकम्पबाट जनधनको क्षतिको कुनै समाचार आएको छैन। तर, लगातार दुई भूकम्पका कारण मणिपुरका मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किएका चाहिँ थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।