बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज (सोमबार) ल्याउने भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो ।
यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ । सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरूलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ती योजनाहरूलाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन वृद्धि गर्ने, अर्ग्यानिक खेती प्रणालीको विकास गर्ने लगायतका विषयहरूलाई प्राथमिकतामा राखिएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।