काठमाडौँ–नेकपा एमाले सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताएका छन्।
बिहीबारको प्रतिनिधि सभामा बोल्दै नेम्वाङले कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्ने माग गरेका हुन्।
भौतिक पूर्वाधारमा प्राथमिकता दिई सुधार गर्न जरुरी रहेको उनको भनाई थियो।
उनले भने, ‘राष्ट्रको महत्त्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशीलता सुनिश्चित गर्ने मेरुदण्ड हो। हामी सबैलाई थाहा छ, हवाई सेवा नाजुक र भरपर्दो अवस्थामा नहुँदा पनि विपद् वा महामारीको घडीमा खाद्यान्न, औषधि, महामारीका सामग्रीदेखि कृषि उपजसम्म देशका कुनाकुनामा पुर्याउने काम यिनै व्यवसायीहरूले गरेका हुन्।’
उनले थपे, ‘तर यति महत्त्वपूर्ण क्षेत्र अहिले कानुनी अस्पष्टता, नीति, कार्यान्वयनमा अलमल, दोहोरो करको बोझ, अनुमति बीमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरूले ग्रस्त छ। स्पष्ट ढुवानीमैत्री नीति आवश्यक छ। कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्छ। साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिई सुधार गर्न जरुरी छ। यो केबल आर्थिक गतिविधिको कुरा होइन, राष्ट्र चलायमान राख्ने प्रश्न पनि हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।