काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले झण्डै ८० लाख नेपाली युवा श्रमका लागि बाहिर रहेको दाबी प्रस्तुत गर्दै उनीहरुको हितका लागि श्रम मन्त्रालयले कुनै काम नगरेको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘झण्डै ८० लाख युवा अहिले अर्काको देशमा काम गर्न बाध्य छन् । तर सरकारको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएर बसेको छ । आज नेपालीहरु बन्दक हुँदा पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको छैन । अहिले मात्रै पनि मुलुकमा १४ खर्ब, ४४ अर्ब ३२ करोडको रिमेट्यान्स विदेशमा रहेका मान्छेले पठाएको छ ।’
दलालका कारण धेरै घरबारबिहीन हुँदा पनि श्रम मन्त्रालयले कुनै काम नगरेको उनको आरोप छ । ‘श्रम मन्त्रालयको काम आज कति नेपाली ठगीमा परेका छन्, लाखौँ मान्छे दलालले ठगेर घरबारबिहीन भएका छन्,’ शाहीले भने, ‘श्रम मन्त्रीले गाडी चढेर बस्ने हो कि जनताका लागि काम गर्ने हो ? यदि जनताका लागि काम हुँदैन भने त्यसको काम छैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।