काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक र सुन्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई रूलिङ गरेका छन्।
सभाको आजको बैठकमा अध्यक्ष दाहालले नियमावलीले तोकेको समयभित्र सभामा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन्।
‘आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले उठाउनुभएका कतिपय गम्भीर विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आइ जवाफ दिन सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँदछु,’ आजको बैठकमा अध्यक्ष दाहालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।