काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने भएको हो ।
सरकारले आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (हिजो) संघिय दुवै सदनको संयुक्त बैठक मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।