• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
मिर्गौलाको उपचारमा परिवर्तन ल्याउने डाक्टर
64x64
समर्पण श्री शनिबार, मंसिर ९, २०८०  १४:३०
1140x725

काठमाडौं– ‘बाबु, तिमी कहाँ छौ?,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेलाई पाँच वर्षअघि स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक नर्वदालाल मास्केले फोनबाट सोधे।

डा ऋषिले आफू राष्ट्रिय मिर्गौला उपचार केन्द्रमै भएको बताएपछि डा मास्के बनस्थली पुगे। ८० वर्ष पार गरेका डा मास्केले ऋषिलाई भेटेर भने, ‘मलाई मधुमेहले दुःख दिइरहेको छ। मेरो मिर्गौला कस्तो छ, जाँच गर्नुपर्‍‍यो।’

यति सुन्नासाथ डा ऋषिको आँखामा ४ दशकअघिको दृश्य नाच्न थाल्यो। विसं २०३८ सालमा उनी रसियाबाट मिर्गौला रोग (नेफ्रोलोजी)मा विशेषज्ञता हासिल गरेर नेपाल फर्किएका थिए। त्यतिबेला जागिरका लागि उनी स्वास्थ्य विभागका तत्कालीन महानिर्देश मास्केकहाँ पुगे। 

मास्केले सोधे, ‘के पढेर आएको?’

डा ऋषिले जवाफ दिए, ‘नेफ्रोलोजीमा पिजी गरेको।’

त्यसपछि डा मास्केले भनेका थिए, ‘किन पढेको नेफ्रोलोजी ? मिर्गौला रोगी नै छैनन्। जागिर पनि छैन।’

त्यसको झण्डै चार दशकपछि उनै मास्के मिर्गौलाको समस्या लिएर आफूकहाँ आइपुगे। ‘तिमीले नेफ्रोलोजी किन पढ्यौ भन्ने महानिर्देशकले मेरो मिर्गौला एक पटक हेरिदेऊ न भन्न आउँदा यो जतिको खुसी कहिल्यै नहुने रहेछ,’ ऋषि सुनाउँछन्। 

ऋषि ती दिन सम्झन्छन्, जुन दिन उनी मिर्गौलाको हैन, क्षयरोगका बिरामी जाँच गर्न बाध्य थिए। 

Ncell 2
Ncell 2

नेफ्रोलोजीमा जागिर नपाएपछि उनलाई महानिर्देशकले सेन्ट्रल चेस्ट क्लिनिकमा पठाए। उनले त्यहाँ दैनिक ज्यालादारीमा काम गर्नुपथ्र्यो। एक पटक एक जना डाक्टरले एउटा अन्तर्वार्तामा भनेछन्, ‘हाम्रा महानिर्देशकलाई कुन डाक्टर कहाँ राख्नुपर्छ भन्ने पनि थाहा छैन। मिर्गौला रोग पढेर आएको डाक्टरलाई क्षयरोगमा काम गर्न लगाएका छन्।’

भोलिपल्ट ऋषिको जागिर गयो। त्यसपछि तीन महिना बेरोजगार भए।

रसियामा उनलाई गैयानाका नागरिकले भनेका थिए, ‘मेरो देशमा डाक्टर छान्न मलाई जिम्मेवारी दिइएको छ। हिँड, उतै गएर पढौं र काम गरौँ। त्यसपछि अमेरिका जाउँला।’

ऋषिले अस्वीकार गर्दै भनेका थिए, ‘म आफ्नै देशमा केही गर्छु।’

तीन महिना जागिर नपाएर भौंतारिँदा ऋषि साथीको प्रस्ताव अस्वीकार गरेकोमा पछुताएका थिए। उनी हरेक दिनजसो घुम्दै–फिर्दै स्वास्थ्य सेवा विभागको ढोकासम्म पुग्थे। अनि महानिर्देशकलाई सोध्थे, ‘डा साब, जागिर छ ?’

महानिर्देशकले भन्थे, ‘छैन।’

यसरी नियमित धाउँदा–धाउँदै २०३९ सालमा लहानमा एउटा अस्पताल खुलेको उनले थाहा पाएछन्। महानिर्देशकले भने, ‘तिमी लहान जानुपर्‍यो।’

बल्लबल्ल जागिर पाइएको, उनले अवसर फुत्काउन चाहेनन्। ऋषि लहान झरे। तर अस्पतालमा आवश्यक उपकरण नै पर्याप्त छैन। पटक–पटक उनी सामान लिन काठमाडौं आउँथे। तर रित्तो हात फर्कन्थे।

एक पटक सामान लिन आएको बेला महानिर्देककले भने, ‘तिम्रो सरुवा भयो। कान्ति बाल अस्पताल जाऊ।’ त्यहाँ पनि उनले पढेको विषयको काम गर्न पाएनन्। 

अन्त्यमा राजनीतिक व्यक्तिहरूको ढोका ढक्ढक्याउन बाध्य भए। निकै जोडबलपछि उनको सरुवा वीर अस्पतालमा भयो। 

त्यही क्रममा लोकसेवामा नाम निस्कियो। उनको पदस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भयो। उनको लोकसेवामा मेडिकल अफिसर पदमा नाम निस्के पनि अस्पतालमा फिजिसियन थिएनन्। उनले मेडिकल अफिसर र फिजिसियन दुवैको ड्युटी निर्वाह गर्नुपर्‍यो।

No description available.

वीर अस्पतालमा भारत सरकारले नयाँ भवन बनायो। ओपीडी भवन बनाएपछि मिर्गौलाको डायलाइसिस गर्ने मेसिन राख्यो। उपकरण राखे पनि चलाउने मान्छे औंलामा गन्न पनि नपुग्ने थिए। सरकारलाई अब मिर्गौला रोग विशेषज्ञको आवश्यक पर्‍‍यो। वीर अस्पतालमा कार्यरत डा पुष्करराज सत्यालले भने, ‘डा ऋषिलाई बोलाउनुपर्‍‍यो।’

२०४३ सालमा उनी पुनः वीर अस्पताल पुगे। पहिलो पटक उनले आफ्नो विशेषज्ञता अनुसारको काम गर्न पाए। वीरमा डा ऋषि, डा सत्याल, डा सुधा खकुरेल गरी तीन जना डायलाइसिस गर्ने थिए। उनीहरूलाई सरकारले अल इन्डिया इन्स्टिच्युटमा डायलाइसिसको तालिममा ६ महिनाका लागि पठायो। त्यहाँबाट फर्केपछि २०४५ सालबाट तीन जना डाक्टरले डायलाइसिस सेवा दिए। 

२०४६ सालको आन्दोलनपछि मेडिकल क्षेत्रमा एउटा उपलब्धि भयो। डाक्टरहरूले विशेषज्ञता अनुसार काम गर्ने अवसार पाए। डा ऋषिले आफ्नो विशेषज्ञताकै काम ढुक्कले गर्न पाए।

ऋषिले वीर अस्पतालको नेफ्रोलोजी विभागमा काम गरेको पनि १० वर्ष बितेछ। २०५३ सालतिर एक दशकपछि उनको प्रोमोसन भयो। तर हरेक दिन अस्पताल आउँदा अस्पतालको अस्तव्यस्तताले दिक्क बन्थे उनी। ‘बिरामीको संख्या बढिरहेको छ। उनीहरूलाई डायलाइसिस सेवा दिन सकिरहेका छैनौं। त्यतिबेला के पढिएछ यस्तो भनेर थक्थकाएँ,’ उनी सम्झिन्छन्। 

हस्पिटलमा बिरामीले डायलाइसिसका लागि पाँच लिटर पानी बोकेर ल्याउनुपथ्र्यो। एक दिन उनी सिँढी उक्लिरहेको बेला डायलाइसिस गराउन आएकी ५५ वर्षीया महिलासँग भेट भयो। उनले खिन्न भएर भनिन्, ‘डा साब तपाईंलाई माया लाग्दैन ?, म बुढी मान्छे यो पानी बोकेर आउनुपर्ने। यति बन्दोबस्त तपाईंहरु गर्न सक्नुहुन्न ?’

महिलाको त्यो भनाइले ऋषिलाई नराम्ररी पोल्यो। उनले त्यसै दिन एउटा निर्णय गरे– म डायलाइसिस सेवा आफैं सुरु गर्छु।

सोच्न त सोचे। तर काम गर्न सानो रकमले नपुग्ने। उनले वीरमा डायलाइसिसको सामान ल्याउने एक जना जर्मन नागरिकलाई डायलाइसिस बाहिर खोल्न मद्दतका लागि गुहारे। 

‘के म धनी छु र ? कुनै सहयोग गर्न सक्दिनँ,’ जर्मन नागरिकले जवाफ दिइन्। तर उनले लगातार आग्रह गर्न छाडेनन्। भनिरहे, ‘तपाईंले मेसिन ल्याउनूस्। चलाउने जिम्मा मेरो भयो।’

जर्मन नागरिकले भनिन्, ‘तिमी जागिर वीरमा खाने, चलाउने बाहिर। मैले किन तिमीलाई सहयोग गर्ने ? मैले तिमीलाई सहयोग गरेँ भने पनि त्यो चल्दैन।’

त्यसपछि ऋषिले उनकै अगाडि वाचा गरे, ‘म मिर्गौला सेन्टर खोलेपछि वीरबाट राजीनामा दिन्छु।’

उनी तयार भइन्। त्यसपछि साथीहरूको सहयोगमा डा ऋषिले हेल्थ केयर फाउन्डेसन नामको गैरसरकारी संस्था खोले। त्यही संस्थाबाट राष्ट्रिय मिर्गौला उपचार केन्द्र चलाउने निर्णय गरे। सुरुमा उनीहरूले नक्सालमा रहेको मेडिकेयर अस्पतालको एक तला लिएर राष्ट्रिय मिर्गौला उपचार केन्द्रको सुरुवात गरे।

अरुले भन्थे, ‘मान्छेसँग पैसा छैन। यो चल्दैन।’ 

उनले धैर्य गरे। ६ महिनापछि बिरामीहरू आउन थाले। तर त्यतिबेलासम्म मेसिनहरू बिग्रिसकेका थिए।

बिरामीको संख्या बढेसँगै मेसिनको व्यवस्थापन गरे। 

अहिले बनस्थलीमा रहेको उक्त मिर्गौला केन्द्रमा ४२ वटा मेसिन छन्। डा ऋषि आफ्नै देशमा आफूले नयाँ कुराको सुरुवात गर्न सकेकोमा खुसी छन्।

उनी विसं २०६६ सालअघिको कुनै एउटा दिन सम्झन्छन्। डा ऋषि सखारै अस्पताल पुगेका थिए। उनको अस्पतालमा चार जना भारतीय आएका रहेछन्। उनीहरू दिल्लीको अपोलो अस्पतालका सञ्चालकहरू रहेछन्। 

‘हामीले राष्ट्रिय मिर्गौला उपचार केन्द्रको बारेमा खुब सुन्यौं। नेसनल किड्नी सेन्टरबाट आएका हरेक बिरामीले भन्छन्, डायलाइसिस कस्तो हुनुपर्छ, तिमीहरू काठमाडौंमा हेरर आऊ। यहाँको डायलाइसिस कस्तो रैछ भनेर हेर्न आएको,’ उनीहरूले भने। 

उनले अस्पताल घुमाइदिएपछि उनीहरूले बधाई दिँदै भने, ‘हाम्रो पनि डायलाइसिस यति राम्रो छैन। जति स्ट्यान्डर्ड यहाँबाट दिइएको छ।’

डा ऋषि अर्को पनि एउटा घटना सम्झन्छन्। पूर्वराजा ज्ञानेन्द्र शाहका एक नातेदारको मिर्गौला फेल भएको थियो। उनी बनस्थलीमा डायलाइसिस गराउँथिन्। एक बिहान ऋषि अस्पताल मिर्गौला सेन्टर पुग्दा उनी स्टाफहरूलाई कोसेली बाँडिरहेकी थिइन्।

डा ऋषिले सोधे, ‘किन बाँड्नुभएको?’

उनले खुसीसाथ जवाफ दिइन्, ‘डा साब, अरु बिरामीलाई तपाईंले यति स्ट्यान्डर्ड डायलाइसिस सेवा दिनुभएको छ भन्ने कसरी थाहा हुनु। म त अमेरिका, बेलायत थुप्रै देशका अस्पताल पुगेर आएको छु। यति स्ट्यान्डर्ड डायलाइसिस दिनुभएको छ। सेवा दिएवापत् के दिनसक्छु र ? सम्झनावापत यो सानो उपहार।’

०००

आफूले सेवा दिएका बिरामीहरू हरेक डाक्टरका स्मृतिमा नाचिरहन्छन्। डा ऋषिको स्मृतिमा नाचिरहने नाम हो स्वर्गीय गायक नारायण गोपाल। नारायण गोपालको मिर्गौला बिग्रिएपछि २०४७ सालतिर उनले वीर अस्पतालमा डायलाइसिस गराएका थिए। उनको डायलाइसिस डा ऋषिकै टिमले गरेको थियो। डायलाइसिसको बेला उनले नारायण गोपाललाई भन्थे, ‘डायलाइसिस गर्दा नआत्तिनुहोला। नचिच्याउनु होला। हामीलाई बोलाउनुहोला है।’ नारायण गोपालले  त्यतिबेला भनेका थिए, ‘म गाना गाइदिउँला नि !’ नारायण गोपालको यी शब्द उनका कानमा अहिले पनि गुन्जिरहन्छन्।

थुप्रै बिरामीहरू छन्, जो उनलाई परिवारजस्ता लाग्थे। काम गर्दागर्दै उनलाई भोक लागिरहेको हुन्थ्यो। बिरामीहरू डायलाइसिसको बेला खाजा लिएर आउँथे। त्यसरी खाजा लिएर आउने बिरामीको अनुहार पनि उनी सम्झिरहन्छन्। 

०००

डा ऋषि विसं २०११ सालमा रामेछापमा जन्मिए। त्यतिबेला गाउँमा सन्तान पढाउनुपर्छ भन्ने भावना अभिभावकमा जागृत भइसकेको थिएन। एक पटक उनको घरमा दिउँसै सन्दुक भित्रको पैसा चोरी भयो। चोरी भएपछि हजुरबाले भनेछन्, ‘पैसा हिजोसम्म मसँग थियो। आज चोरले लिएर गयो। विद्या चाहिँदो रहेछ। कसैले चोर्न सक्दैन। त्यसैले सन्तान पढाउनू।’ 

त्यसपछि बा–आमाले छोराछोरीको पढाइमा जोड दिन थाले।

No description available.

काठमाडौंको पद्मोदय हाइस्कुलबाट ऋषिले २०२५ सालमा एसएलसी दिए। त्यसपछि त्रिचन्द्र कलेजमा आईएससी बायोलोजीमा भर्ना भए। आईएससीपछि तत्कालीन सोभियत संघबाट आउने स्कलरसिपमा उनको नाम निस्कियो। त्यसपछि एमबीबीएस पढ्न रसिया गए। 

रसियामा सुरुका वर्ष उनका लागि कठिन थिए। एक वर्ष रसियन भाषा पढ्नुपथ्र्यो। त्यही एक वर्ष पढेको भाषाले सिंगो एमबीबीएसको कोर्स पढ्नुपथ्र्यो। तर शिक्षक निकै सहृदयी हुन्थे। उनीहरूले सहयोग गर्थे।

एमबीबीएस सकेपछि उनी घर जाने तरखरमा थिए। त्यतिबेला सिनियर डाक्टरहरूले सुझाए, ‘अब विशेषज्ञ बनेर फर्कनू।’

उनलाई सुझाव सही लाग्यो। तर के पढ्ने ? अलमलमा थिए ऋषि। एक जना साथीले भने, ‘नेपालमा मिर्गौला रोग विशेषज्ञ एक जना मात्र हुनुहुन्छ। तिमी नेफ्रोलोजी पढ।’

उनले नेफ्रोलोजी पढे। नेफ्रोलोजी पढेर पास गरेपछि प्रोफेसरले फेरि सुझाए, ‘अब पीएचडी गरेर फर्कनू।’

उनी रसिया उडेको १० वर्ष बितिसकेको थियो। अब जसरी पनि फर्कनु थियो घर। उनी बसेनन्। नेपालमै नेफ्रोलोजीमा योगदान गर्ने सपना बोकेर स्वदेश फर्किए।

त्यतिबेला न अहिलेजस्तो प्रविधि, न टेलिफोन। एक दशकपछि देश फर्कंदा सबै कुरा बदलिएझैं लाग्यो ऋषिलाई। रसियामा गाडीको लेन दायाँतर्फ हुन्थ्यो। जब विमानस्थलमा ओर्लिएर उनी गाडी चढे। गाडी त बायाँतिर पो लाग्छ। ‘म गाडी लेफ्टतिर गयो। ठोक्किने भयो भनेर आत्तिएँ। पछि पो थाहा पाएँ, नेपालमा गाडीको साइड बायाँ हो भनेर,’ उनी सम्झन्छन्। 

घर आउँदा उनलाई अनौठो लाग्यो। ‘पाँच वर्षको उमेरका छाडेर गएको भाइ १५ वर्षको भइसकेको थियो। सुरुमा चिनिनँ। उसको बाल्यकालको अनुहार मात्र मलाई याद थियो,’ उनी सुनाउँछन्, ‘बुबा–आमा, काका–काकी बुढा भएछन्। गाला चाउरी परेछन्।’

त्यसपछि अस्पतालमा आफ्नो विशेषज्ञता अनुसारको काम नपाउँदाको पीडा, वीरमा डायलाइसिस गर्दाको सकस उनका लागि कम संघर्षमयी थिएनन्। २०५३ पछि आफैंले डायलाइसिस सेवा सुरु गरेका डा ऋषि काफ्ले अहिले स्वास्थ्य क्षेत्रमा सम्मानित नाम हुन्। 

विसं २०६५ सालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत सरकारले जेष्ठ नागरिकको डायलाइसिस निःशुल्क गर्ने निर्णय गर्‍‍यो। त्यसपछि निःशुल्क डायलाइसिसको बाटो खुलेको उनी सम्झन्छन्।

०००

उपचारमा मिर्गौला उपचार केन्द्रमार्फत छुट्टै पहिचान बनाएका डा ऋषिको मन भने पूर्ण रुपमा खुसी हुन सकेको थिएन। कारण, दिनानुदिन मिर्गौला रोगीको संख्या बढ्दैछ। उनले सोचे, ‘अब मिर्गौला बचाऔं अभियानमा लाग्नुपर्छ।’

अहिले उनी मिर्गौला स्वस्थ राख्ने अभियानमा तादरुकताका साथ लागिरहेका छन्। ‘नेपालमा ३० लाख मिर्गौला रोगी छन्। ३० लाखमध्ये ३ लाखको मिर्गौला बिग्रन थालेको छ। ३० हजार व्यक्ति मिर्गौला नराम्ररी बिग्रेर बसेका छन्। प्रत्येक वर्ष ३ हजार थपिन्छ। जसले बाँच्नका लागि डायलाइसिस र मिर्गौला प्रत्यारोपण गर्नुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो देशमा डायलाइसिस ८ हजारले मात्र गराउँछन्। अरुको मृत्यु हुन्छ।’

उनको हिसाबमा नेपालमा उपचारमा मात्र एक अर्बभन्दा बढी डायलाइसिसमा खर्च हुन्छ। ‘बिरामी बढ्दै जाने हो भने अझ बढ्छ। त्यसैले अब हामीले रोग लाग्न नै दिनुभएन,’ उनी भन्छन्।

मिर्गौलाको जाँच खर्चिलो छ, हामीलाई यस्तै लाग्न सक्ला। उनी जाँच खर्चिलो नहुने बताउँछन्। ‘पिसाबको जाँच गरौँ। पिसाबमा प्रोटिन बगेको छ भने मिर्गौलामा रोग छ। बगेको छैन भने स्वस्थ छ,’ उनी भन्छन्। 

केही समयअघि मिर्गौला बचाउ अभियानले ललितपुर महानगरपालिका र मेडिसिटी अस्पतालसँग सहकार्य गरेर ४ हजार जेष्ठ नागरिकको पिसाब जाँच गरेको थियो। त्यसमा सय जनाको रिपोर्ट पोजेटिभ आएको थियो।  

मिर्गौला बचाउ अभियानलाई तीव्रताका साथ अघि बढाइरहेका डा ऋषिले विभिन्न ठाउँमा जाँच गराइरहेका छन्। जनतालाई मिर्गौलाबारे सुसूचित गराउन सकिए बिरामीको संख्या घट्ने उनी बताउँछन्। ‘हामी त्यही रोकथामको चरणमा छौँ,’ उनी भन्छन्।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्