• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
जब आनन्दले पुरानो गीत ‘भाइरल’ भएको थाहा पाए [भिडिओ]
64x64
समर्पण श्री शनिबार, असोज २०, २०८०  ०६:५६
1140x725

काठमाडौं– केही महिनाअघि गायक आनन्द कार्की कतारमा सांगीतिक प्रस्तुतिको क्रममा व्यस्त थिए।

एकदिन फेसबुक खोलेर हेर्छन् त गायिका प्राश्ना शाक्यको गुनासो र आग्रह भरिएको स्टाटस आँखाअगाडि आयो। स्टाटसमको आशय थियो, ‘अहिले टिकटकमा बादल, वर्षा, बिजुली’ गीत सर्वाधिक हिट भइरहेको छ। टिकटकमा गीतको फिमेल सिंगरको नाम गलत प्रचार भएको छ।’

त्यो गीत १८ वर्षअगाडि आनन्द कार्की र प्राश्ना शाक्यले गाएका थिए। 

त्यसपछि टिकटक र सामाजिक सञ्जालमा उनले गीत भाइरल भइरहेको पाए। केही साथीहरूले पनि भने, ‘यो गीत तपाईंले गाउनुभएको रहेछ। अहिले नेपाल भारत दुवै देशमा चर्चित छ।’

त्यसलगत्तै नेपाल आएपछि गीतलाई रिमेक गरेर युट्युवमा राखे। ‘१८ वर्षअघिको गीतले मलाई कमब्याक गरायो,’ उनले हाँस्दै सुनाए। यो गीत त्यतिबेला ‘कर्तब्य’ फिल्ममा समावेश थियो।

गीतले पुनर्चर्चा पाएपछि उनलाई आशा छ, ‘पछिल्लो समय चलचित्रमा मेरो स्वर लिन बन्द गर्नुभएको थियो। अब फेरि संगीत निर्देशकले मौका दिनुहोला कि।’

०००

४० को दशकमा आनन्दले पहिलो गीत ‘जीवनमा धेरै खोला तर्नु छ’ रेकर्डिङ गराए। त्यसपछि ६०को दशकको मध्यतिरसम्म उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन। ‘जनम जनम जिउँला सँगै, भरे आउँछु सपनीमा, यी हल्लाहरू हुन्, लाग्छ मन हेरिरहुँ, वनमा फूल्यो फूल’ लगायत दर्जनौँ गीत हिट दिएका थिए आनन्दले।

Ncell 2
Ncell 2

५० को दशकपछि उनको व्यस्तता झन् चुलियो। कतिपयका राम्रा गीतका प्रस्तावमा पनि उनले समय निकाल्न सकेनन्। ‘यहाँ देशको छ चिन्ता’ गीत म एकदमै व्यस्त भएकाले समय दिन सकिनँ। ‘कहिले तिम्रो पछ्यौरीमा अल्झें’ गीत पनि समय दिन नसकेरै मेरो हातबाट छुट्यो,’ उनी सम्झिन्छन्।’

ती गीत हिट भएको सुनेपछि आनन्द पछुताए। त्यतिबेलै उनले बेलायत, कतार, हङकङ लगायत थुप्रै देशमा सांगीतिक प्रस्तुतिका लागि पुगिसकेका थिए। ‘मेरो लागि यस्तो गोल्डेन समय थियो, संगीतकारलाई एउटा गीत आनन्द कार्कीले गाइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। सबैको प्यारो गायक थिएँ,’ उनी भन्छन्।

तर समय सधैं कहाँ एकैनाश चल्दो रहेछ र। आनन्दलाई सम्झिँदा यस्तै लाग्छ। 

०६३/०६४ पछि अवस्था बदलियो। दिनमा निकै व्यस्त हुने गायक पनि महिनौँसम्म कामबिहीन हुनुपर्यो। ‘०६४पछि अवस्था उति राम्रो थिएन। चलचित्र बनाउन कम भयो। सबै पलायन हुन थाले। फ्रस्टेसन जस्तो भयो। त्यतिबेला कामहरू बन्द भए। रेकर्डिङ ठप्प भयो। कार्यक्रम कम भयो,’ उनी सुनाउँछन्।

त्यहीबेला आनन्दलाई सांगीतिक प्रस्तुतिका लागि सिंगापुरबाट निम्तो आयो। उनी सिंगापुर गए। तत्काल नेपाल फर्किएर कामहरू पाउने माहोल थिएन। डेढ वर्ष उतै बिताए।

जब उनी नेपाल फर्किए। नयाँ गायकहरूको आगमन भइसकेको थियो।  काम गर्ने शैलीमा परिवर्तन भइसकेको थियो। फिल्ममा पहिलेजस्तो गीतहरू समावेश थिएनन्। हिरोकै मानक पनि बदलिसकेको थियो। गीतमा स्वाद बदलिसकेका थिए। म्युजिक डाइरेक्टर आफैंले गीत गाउन थालेका थिए। ‘मेरो अन्तिम सुपरहिट गीत ‘म तिमी विना मरिहाल्छु’ भयो। त्यसपछि हातबाट अवसरहरू छुटे,’ उनी सुनाउँछन्।

०००

केही वर्षअघि मात्र आनन्दले आफ्नो युट्युव च्यानल खोले। उनले आफ्ना पुराना गीत युट्युवमा हाल्न थाले। एउटा कार्यक्रममा गाएको ‘जनम जनम’ गीत च्यानलमा राखे।

त्यो गीतले उनको च्यानललाई उठाइदियो। उनको पुनरागमन गराइदियो। 

यसपालि ‘बादल, वर्षा, बिजुली’ले  उनलाई नेपालमा मात्र हैन, भारत लगायत अन्य देशमा पनि चिनायो।

अहिले आनन्द आफ्ना पुराना गीतहरूलाई रिमेक गर्ने योजनामा छन्। जसले अहिलेको पुस्तामाझ पुन: उनलाई परिचित गराउनेछ। 

भिडिओ

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक (भिडिओ) भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैल... शुक्रबार, जेठ २३, २०८२
परित्याग बोलको गीत सार्बजनिक ( भिडियोसहित) सफल केसीको निर्देशन रहेको उक्त गीतमा कलाकार बिपिन कार्कीको बेजोड अभिनय देख्न सकिन्छ। बुधबार, जेठ १४, २०८२
डा भोला रिजालको अंगदान सम्बन्धी सन्देशमुलक गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक यस शन्देशमुलक गीतमा न्ह्यु बजाचार्यले संगीत भरेका छन् भने प्रविण बेदवालले स्वर दिएका छन् । म्युजिक भिडियोमा भने डा रिजालसंगै, डा भगव... आइतबार, जेठ ११, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्