• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बीपीमाथि विज्ञहरुको टिप्पणी- बीपीको जस्तो चेतना भएको व्यक्ति नेपाली राजनीतिमै छैन
64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, भदौ २४, २०८०  १७:३५
1140x725

काठमाडौं- कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ११०औं जन्म जयन्तीको अवसरमा आइतबारदेखि पार्टी मुख्यालय सानेपामा बीपी महोत्सव आयोजना गरिएको छ। पहिलो पटक महोत्सव आयोजना गरेको कांग्रेसले विभिन्न विधाका विज्ञहरुलाई बोलाएर बीपी जीवन, दर्शन, साहित्यक र राजनीतिक लगायतका विषयमा विचार विमर्श गरिरहेको छ। 

कांग्रेसलाई बीपीको विचार आत्मसात गर्न नसकेको आरोप लागिरहँदा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा पार्टी मुख्यालयमै बीपी महोत्सव आयोजना गरिएको हो।

पार्टी सभापति शेरबहादुर देउवाले ११० वटा बेलुन उडाएर उद्घाटन गरेको उक्त महोत्सवमा पार्टीका शुभचिन्तक, शुभेच्छुक मात्रै नभई बीपीका अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको छ। 

महोत्सवमा आइतबार ‘बीपीका दृष्टिमा बीपी’ नामक कार्यक्रम सञ्चालन गरियो। महामन्त्री विश्वप्रकाश शर्माले सञ्चालन गरे‍को उक्त कार्यक्रममा भुवन ढुंगाना, कृष्ण खनाल र सीके लाल वक्ताका रुपमा रहेका थिए।

बीपी एक प्रतिभा अनेक
साहित्यकार भुवन ढुंगानाले भोटो र कात्रोको विषय उठाउँदै लोकतन्त्रसँग यसको सम्बन्धका बारेमा प्रष्ट पारिन्। उनले भनिन्, ‘भोटो र कात्रोको विषय बीपीले आफ्नो आत्मकथामा उल्लेख गर्नुभएको छ। आफ्ना बुबा र महात्मा गान्धी बीपीका रोल मोडेल हुनुहुन्थ्यो। १२/१३ वर्षकै उमेरमा बीपीका बुबाले पठाएका लुगाहरुमध्ये भोटोको विषय बीपीको आत्मकथामा समेटिएको छ।’ 

कात्रोबारे प्रष्ट पार्दै उनले भनिन्, ‘मोहन शमशेरको चाहना बीपीले जेल मुक्त हुनका लागि माफी माग्नु पर्ने थियो। तर उहाँकी आमा दिव्या कोइरालाले माफी होइन, मरेपछि म कात्रो चाहिँ पठाउँछु भन्ने ठूलो साहस सहितको सन्देश दिनुभएको थियो।’

साहित्यकार ढुंगानाले बीपी एक, प्रतिभा अनेक भएका व्यक्ति भएको उल्लेख गरिन्। बीपीको भनाइ उदृत गर्दै उनले भनिन्, ‘बीपीको साहित्यमा निकै लगाव थियो। उहाँ आफैंले राजनीतिबाट छुट्टी पाएँ भने साहित्यमा लाग्ने प्रण गर्नुभएको थियो।’

उनले बीपीका अधिकांश साहित्यक सिर्जना जेल भित्र भएको बताइन्। ढुंगानाले आफूले बीपी जेलमा रहँदा दुई पटक भेट्ने अवसर प्राप्त गरेको स्मरण गर्दै भनिन्, ‘बीपीलाई मैले सुन्दरीजलको जेलमा दुई पटक भेटेकी थिएँ। एउटा सानो कोठामा चारैतिर आर्मीहरुले घेरेर राखिएको थियो।’

Ncell 2
Ncell 2

बीपीले जेलमा लेखेका उपन्यासहरु सबै उहाँको स्मरण शक्तिमा आधारित रहेको टिप्पणी समेत ढुंगानाले गरिन्। उनले थपिन्, ‘बीपीको स्मरण शक्ति बेजोडको थियो। १२/१३ वर्षकै उमेरमा उहाँ भारतको टेडी भन्ने ठाउँमा निर्वासित हुनुपर्‍यो। उहाँले त्यहाँ नरेन्द्र दाइ उपन्यास लेख्नुभयो। उहाँका उपन्यासका ती सबै सजीव पात्रहरु हुन्। ती सबै पात्रहरु त्यहाँ थिए। मेरो आमाले उनीहरुलाई चिनेर भन्नुहुन्थ्यो- त्यो मुनरिया पनि थिई। गौरी पनि थिई। उनीहरु कुनै काल्पनिक पात्र होइनन।’ उनले बीपी साहित्य र राजनीति दुवै पक्षमा उत्तिकै अब्बल रहेको बताइन्। 

बीपीको जस्तो चेतना भएको व्यक्ति नेपाली राजनीतिमै छैन
प्रा कृष्ण खनालले बीपी एक असल सोच र चरित्र भएको व्यक्तित्व भएको टिप्पणी गरे। ठूलो होइन, असल बन्नु भन्ने प्रेरणा बीपीमा सानैदेखि रहेको स्मरण गर्दै उनले भने, ‘बीपीको एउटा सोच बनिरहेको थियो, असल बन्नुपर्छ भन्ने कुरा उहाँले बाल्यकालमै बुझ्नु भयो।’

बीपीले २०१७ साल पुस १ गतेको घटनालाई महाभारतको रुपमा लिएको बताउँदै खनालले बीपी मौलिकता भएको लेखक रहेको बताए।

बीपीले ‘मोदी आइन’को कल्पना गरेर त्यसमा आफूले भोगिराखेको कथामा ठूलो होइन, बिम्वको प्रयोग गरेर कसरी मानिस असल बन्न सक्छ भन्ने कुरा प्रष्ट पारेको बताए। उनले बीपी आफैंले प्रथम विश्वयुद्धमा जन्मेकाले उहाँ युद्धका साक्षी व्यक्तिको रुपमा रहेको टिप्पणी गरे। 

बीपीले आफू प्रधानमन्त्री हुँदा पत्रकारहरुलाई निवासमै बोलाएर आफ्नो कमजोरी केलाउन आग्रह गरेको विषयलाई इंगित गर्दै खनालले अहिलेको नेपाली राजनीति प्रश्नबाट डराएको टिप्पणी गरे। उनले भने, ‘बीपीले भनेका कुरा के नेपाली कांग्रेसमा लागू हुन्छ? कांग्रेसका नेताहरु त्यसलाई सुन्न चाहन्छन्? मलाई लाग्दैन। कांग्रेस सहित राजनीति गर्नेहरुमा मैले जति कसैले जानेको छैन, तिमीले त मेरो फलो गर्ने हो, मैले भनेको नमान्ने? भन्ने जस्तो अहंकार छ।’

के हो बीपीको चेत जसले बीपीलाई बीपी बनायो? यस विषयको धरातल कसैले बुझ्न नसकेके टिप्पणी गर्दै खनालले थपे, ‘आज मैले त्यो चेतना भएको मान्छे नेपालको राजनीतिमा देखेको छैन। म त प्रधानमन्त्री भएँ, पार्टीको सभापति भएँ, म ठूलो नेता भएँ, यत्रा मान्छे मेरो पछि आउँछन्, ताली पिट्छन् भन्ने दम्भ नेपालको राजनीति चलिरहेको छ।’

खनालले बीपी आफैंमा चेतना र चरित्र भएको बताउँदै उनले अहिलेका चरित्र गुमाएका पात्रहरुसँग बीपीको कुरा गर्नुको कुनै औचित्य नभएको उल्लेख गरे।

राजनीति गर्नेहरुसँग प्रश्नको सामना गर्ने भय 
राजनीतिक विश्लेषक सीके लालले बीपी बहु प्रतिभा भएको व्यक्तित्व रहेको बताए।  काम गर, फलको आस नगर भन्ने बीपी कोइराला आफैं जटिल पात्रको रुपमा रहेको टिप्पणी उनको थियो। लालले भने, ‘बीपी आफैंमा एक जटिल पात्र हुन्। उनले आफ्नो आत्मकथामा भनेका छन्, अध्यात्मवादमा म रहस्यवाद हुँ। साहित्यमा म छायावादी रोमान्टिक हुँ। राजनीतिमा गान्धीको म आनन्दवादी हुँ। उहाँको रहस्यवाद, रोमाञ्चकवाद र आनन्दवादले जीवनलाई तीन रुपमा बुझ्न सकिन्छ।’

बीपी आर्दश र उद्देश्यका लागि लड्ने व्यक्ति भएको उल्लेख गर्दै उनले आफू केही गर्नका लागि जन्मिएको भन्ने ज्ञान भएको व्यक्तिको रुपमा अर्थ्याए। साथै उनका रचनामा फ्रायडवाद झल्किने भएकाले हरेक प्रेमी क्रान्तिकारी हो, हरेक क्रान्तिकारी प्रेमी हुन् भन्ने कुरा देखिने गरेको उल्लेख गरे। 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने भिजिट भिसा प्रकरणमा संसद्को बजेट अधिवेशन प्रभावित भइरहेको बेला प्रचण्डले आज (आईतबार) पनि छलफलका लागि बैठक बोलाएका हुन् । आइतबार, जेठ २५, २०८२
विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दै विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलोसंशोधन) विधेयक, २०७९ को मस्यौदा... आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु आइतबार, जेठ २५, २०८२
‘दुई सयको बचत, दस हजारको सहारा’ आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्