• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
यौन दुर्व्यवहार आरोप लागेका लेखापाल कुटिएपछि शिक्षकहरू आन्दोलित, ३ दिनदेखि कञ्चनपुरका विद्यालय ठप्प
64x64
ललित बोहरा मंगलबार, भदौ १२, २०८०  १८:४०
1140x725

बैतडी- शिक्षक तथा लेखापालमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै तीन दिनदेखि कञ्चनपुरका शिक्षक कर्मचारीहरूले विद्यालयहरू ठप्प पारेका छन्। गत आइतबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहेका हुन्।

आइतबारको दिन भीमदत्त नगरपालिका भित्रका सामुदायिक विद्यालय मात्रै बन्द आह्वान गरिएको थियो। तर, मागप्रति स्थानीय प्रशासन मौन बसेको भन्दै सोमबारदेखि जिल्लाभरकै सामुदायिक र निजी विद्यालय बन्द आह्वान गरिएको हो।

विद्यालय बन्द आह्वान गर्दै शिक्षक कर्मचारीहरू तीन दिनदेखि सडकमा आन्दोलन गर्दै आएका छन्। भदौ ३ गते यौन दुर्व्यवहार आरोप लागेका शिक्षक विरेन्द्र प्रसाद जोशीमाथि विद्यालय प्राङ्गणमै कुटपिट भएको थियो। प्रहरी नियन्त्रणमा रहेका जोशीमाथि सामूहिक रूपमा ढुंगामुढा प्रहार हुनुका साथै कुटपिट गरिएको थियो।

भीमदत्त नगरपालिका १० जिमुवामा रहेको शिद्धनाथ माविका शिक्षक जोशीमाथि कक्षा १० मा अध्ययनरत छात्राले आफ्नो संवेदनशील अंग समातेको आरोप लगाएकी थिइन्। उक्त आरोपपछि शिक्षक जोशीमाथि कारबाहीको माग गर्दै भदौ ३ गते विद्यालयमा विद्यार्थी, अभिभावक तथा स्थानीयले विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकै क्रममा प्रहरीको टोलीले शिक्षक जोशीलाई नियन्त्रणमा लिएको थियो। अफिसबाटै हतकडी लगाएर प्रहरीले आफ्नो भ्यानमा लैजाने क्रममा उनीमाथि निर्घात कुटपिट भएको थियो।

Ncell 2
Ncell 2

विद्यालय तथा शिक्षक कर्मचारीहरूले जिल्लास्तरको आन्दोलन परिचालन समिति बनाएर आन्दोलन गर्दै आएका छन्। शिक्षकमाथि कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने, शिक्षकमाथि लागेको आरोपको छानबिन हुनुपर्ने, लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन्। उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्नुका साथै धर्ना दिएका छन्।

जिल्ला प्रशासन कार्यालयले भने आन्दोलनरत शिक्षकहरूलाई वार्ताको लागि बोलाएको छ। वार्ता र आन्दोलनका कार्यक्रम सँगसँगै अघि बढिरहेको उनीहरूको भनाइ छ। शिक्षक कर्मचारीहरूले थालेको आन्दोलनमा निजी विद्यालय सञ्चालकहरूले समेत ऐक्यबद्धता जनाएका छन्। उनीहरूले समेत सम्पूर्ण संस्थागत विद्यालय बन्द आह्वान गरेका हुन् ।

नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिमार्फत् आन्दोलन हुँदै आएको हो। आरोपपछि विद्यालयमा नाराजुलुस र ढुंगामुढा प्रहार गर्न लागेपछि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षार्थ प्रहरी टोली खटाइएको थियो। जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक सीताराम विष्टको कमाण्डमा प्रहरी खटाएको हो ।

उनको सुरक्षामा आरोपित शिक्षक जोशीलाई कार्यकक्षबाटै हतकडी लगाई २०० मिटरको दुरीमा रहेको प्रहरी भ्यानमा लगिएको थियो। त्यही बेला जोशीमाथि ढुङ्गामुढा, ईट र धारिलो हतियार प्रहार भएको हो। गम्भीर घाइते भएका जोशीको हाल धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै आएपछि प्रशासन मौन बसेको समितिको भनाइ छ।

उनीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै भदौ १० गते भीमदत्त नगरपालिका भित्रका र ११ गतेदेखि जिल्लाभरका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरिएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भने ६ जनालाई पक्राउ गरेको छ। त्यस्तै आरोपित शिक्षक जोशीको समेत प्रहरी सुरक्षा घेरामा उपचार भइरहेको हो। घटनामा संलग्न रहेका ८ जना मध्ये २ जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख एसपी कमल थापाले घटनाबारे किटानी जाहेरी लिएर अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइर... आइतबार, जेठ २५, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्