• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
‘ब्वाइफ्रेन्ड नभएको’ सिफारिस खोजिरहेकी रेखा : चाहना थियो बैंकर, गायनमा बन्यो करिअर
64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, भदौ ९, २०८०  ०७:३०
1140x725

काठमाडौं- कसैले पत्याउन्नन् लभ परेको हैन भनेर
मलाई एउटा सिफारिस बनाइदेऊ मेयरसाब
यसको ब्वाइफ्रेन्ड छैन भनेर...

हिजोआज टिकटकमा अविवाहित युवतीले यो गीतमा आफूलाई प्रस्तुत गर्ने होडबाजी चलेको छ। सार्वजनिक भएदेखि नै चर्चामा रहेको गीत युट्युबको ११ नम्बर ट्रेन्डिङमा छ। 'मेरा लागि मर्ने केटो' नामक यस गीतकी गायिका हुन् रेखा जोशी। भगिरथ चलाउनेले पुरुष स्वर भरेको गीतको सिर्जना पनि उनले नै गरेका हुन्।

देउडा गीतका क्षेत्रमा रेखा नयाँ नाम होइन। देउडा गीतमा चलेका गायिकाहरुको पहिलो नम्बरमै उनी छिन्। तर यो गीतले उनको सांगीतिक आकाश थप फराकिलो बनाएको छ। आम लोकगीत पारखीमाझ पनि रेखा फैलिएकी छिन्। 

गीतले बजार लिइरहेको समयमा भेटिएकी गायिका रेखाले सुरुमै ठट्टा गरिन्,  'यो गीत मेरै लागि लेखिएको जस्तो लागिरहेको छ। तर अरुले पनि आफ्नो जीवनसँग मिल्ने भन्दै रमाइलो गरिरहेका छन्!'

कोकिलकन्ठी स्वर र सुन्दर रुपरङकी गायिका रेखाको 'ब्वाइफ्रेन्ड' भएको/नभएको कुरा उनकै निजी मामिला भयो। त्यसैले सोधिएन। सोधिहेर्‍यो भने पनि सेलिब्रिटीबाट सही उत्तर आउने सम्भवना कम रहन्छ।

गायिका जोशीको स्वरमा अघिल्लो हप्ता मात्रै देउडा गीत 'लाउँकि मायाजाल' बजारमा आएको थियो। त्यसअघि 'झुलुक्क झुल्किजापन' आएको थियो। दुवै गीत देउडाप्रेमीले रुचाए। उनका अनेक भाका छन्, जो संगीतप्रेमीलाई जँचेका छन्। 

367612123_1705680056537825_6895825199948033391_n1692943106.jpg

२०७१ सालदेखि  निरन्तर  गायन क्षेत्रमा रहेकी उनलाई यही क्षेत्रले नाम र दाम दिइरहेको छ। छुट्टै पहिचान बनाएको छ। गायन रुचि भए पनि यही क्षेत्रमा करिअर बनाउने कुरामा उनी सुरुमा त्यति सकारात्मक थिइनन्। उनलाई बन्नु थियो- बैंकर। प्लस टु सकाएर ब्याचलर भर्ना भएकी रेखाले फुर्सदको समयमा कञ्चनपुरको एक रेडियोमा बिताउन थालिन्।

Ncell 2
Ncell 2

उनी रेडियोमा कार्यक्रम चलाउने र समाचार पढ्ने काम गर्थिन्। त्‍यहीँ एक दिन घटेको घटनाले उनको जीवनले अर्कै मोड लिएर उनी यो घुम्तीमा आइपुगेकी हुन्।

देउडा गायक गोपाल दयाल एक दिन उनी काम गर्ने रेडियोको स्टुडियोमा आइपुगे। उनीसँगै पढेकी दीपिका नामकी अर्की युवती थिइन्। उनी पनि राम्रो गीत गाउँथिन्। 

‘मैले एउटा गीत लेखेको थिएँ। एक जना तपाईंसँगै पढ्ने विद्यार्थी छिन्, उनको स्वर सुनेको थिएँ। उनलाई गाउन दिने होला कि?,’ गोपालको भने। रेडियोमै रहेका रेखाका सहकर्मी, जसलाई उनी दाइ भन्थिन्। उनले रेखातर्फ संकेत गर्दै गोपाललाई भने, ‘हाम्री बहिनी नि राम्रो गीत गाउँछिन्।’

उनले स्वर सुन्ने इच्छा राखे। स्कुल र कलेजमा गीत गाइसकेकी उनले त्यहीँ एक टुक्का गीत सुनाइदिइन्। गोपाललाई उनको स्वर मन पर्‍यो। त्यसपछि २०७१ साल वैशाख १३ गते उनको पहिलो गीत रेकर्ड भयो, ‘घुटुक्क बाडुली लाया’।

उक्त गीतले राम्रै चर्चा पायो। त्यसपछि धेरैले उनलाई गीत-संगीतमै लाग्न सुझाए। देउडा गीतका लागि उपयुक्त स्वर रहेको बताउन थाले। त्यही सुझाव र प्रेरणाले उनी आफूलाई यही क्षेत्रमा सक्रिय बनाउन थालिन्। त्‍यसपछि उच्च शिक्षाका साथै गायनमा भविष्य खोज्न काठमाडौं आइपुगिन्। गएको ९ वर्षमा उनको स्वरमा एक हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। 

367550276_644946680947853_2587049582947488949_n1692943106.jpg

उनले देउडा गीतका सबै विधामा स्वर भरेकी छिन्। सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा देउडामार्फत हुने सवाल जवाफ हुने, एकान्तमा बसेर विरह पोख्ने ठाडी भाका वा छमछम नाच्ने सबै गीतमा उनले आफूलाई प्रमाणित गरेकी छिन्। 

रेखाले स्वर भरेका थुप्रै गीत चर्चित छन्। जसमध्ये 'घुटुक्क बाडुली लाया', 'मैना-१', मैना-२', 'साँचो साइका हात', 'रुबसकी खानी', 'डोटीका बैकान', 'लैलै' लगायतका गीतले उनको चर्चा चुलियो। 

उनलाई देउडा क्षेत्रमा आउँदै गर्दा उनलाई परिवारको राम्रो सहयोग रह्यो, जसले उनलाई यो क्षेत्रमा रम्न र जम्न सहज भयो। 

गायनसँगै रेखाले पढाइलाई समेत निरन्तरता दिँदै आएकी छिन्। आफ्नो ब्याचमा उनी कहिल्यै दोस्रो भइनन्। व्यवस्थापन पढेकी उनले मास्टर्स गरेकी छिन्। उनलाई बैंकको कर्मचारी बन्ने ठूलो रहर थियो, त्यसैले व्यवस्थापन रोजेकी हुन्। तर देउडामा करिअर बन्न थालेपछि त्यतातिर लागेकी छैनन्। 
उनीसँगै पढेका थुप्रै साथीहरु बैंकमा छन्। देउडामा पहिचान नबनेको अवस्था थियो भने आफू पनि त्यहीँ हुने उनी बताउँछिन्।

रेखा रमाइलोका लागि मात्रै गाउँदिनन्। चेतनाका लागि पनि आफूलाई अग्रभागमा उभ्याइरहेकी छिन्। सुदूर तथा कर्णालीमा व्याप्त छाउपडी प्रथाका विरुद्ध उनले थुप्रै गीत गाएकी छिन्। थुप्रै ठाउँ पुगेर जनचेतना फैलाएकी छिन्।

खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले उनलाई सद्भावना दूत नै बनाएको छ। मर्यादित महिनावारी दूतको रुपमा नियुक्त रेखाले सुदूरपश्चिम प्रदेशमा रहेको महिनावारी व्यवस्थापन सम्बन्धी कुसंस्कार र अन्धविश्वासका विरुद्ध जनचेतना जागरण गर्न सांगीतिक अभियान सञ्चालन गर्ने र महिनावारीलाई मर्यादित बनाउन अभियान चलाउने काम यही परियोजनामार्फत गरिरहेकी हुन्।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक (भिडिओ) भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैल... शुक्रबार, जेठ २३, २०८२
परित्याग बोलको गीत सार्बजनिक ( भिडियोसहित) सफल केसीको निर्देशन रहेको उक्त गीतमा कलाकार बिपिन कार्कीको बेजोड अभिनय देख्न सकिन्छ। बुधबार, जेठ १४, २०८२
डा भोला रिजालको अंगदान सम्बन्धी सन्देशमुलक गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक यस शन्देशमुलक गीतमा न्ह्यु बजाचार्यले संगीत भरेका छन् भने प्रविण बेदवालले स्वर दिएका छन् । म्युजिक भिडियोमा भने डा रिजालसंगै, डा भगव... आइतबार, जेठ ११, २०८२
ताजा समाचारसबै
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु आइतबार, जेठ २५, २०८२
‘दुई सयको बचत, दस हजारको सहारा’ आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्