• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
क्यानडा हिँडेका विद्यार्थीहरूलाई विमानस्थल पुगेपछि थाहा भयो– टिकट त नक्कली रैछ! अग्रिम पैसा लिएर नक्कली टिकट दिएको भन्दै ट्राभल एजेन्सीमा पीडितको धर्ना
64x64
समर्पण श्री बुधबार, भदौ ६, २०८०  १३:५७
1140x725

काठमाडौं– नयाँ बानेश्वरस्थित ट्राभल एजेन्सी रुड अफ डेस्टिनेसनले क्यानडाको भिसा लागेका ६० भन्दा बढी विद्यार्थीलाई ठगी गरेको पाइएको छ। 

क्यानडाको टिकट काटिदिने भन्दै पैसा असुलेको उक्त एजेन्सीले ठगी गरेको पाइएपछि पीडित विद्यार्थीहरूले यतिबेला कार्यालय घेराउ गरिरहेका छन्। 

एजेन्सीका सञ्चालक अनिल रिजाललाई पीडितहरूले घेरिरहेका छन्। ‘घरबाट बिदाइ भएर हिँडेकाहरू एअरपोर्टमा पुगेपछि अलपत्र परे। कसैको जाने दिन आज (बुधबार) थियो, कसैको भोलि (बिहीबार) छ,’ पीडित विद्यार्थी विशालप्रसाद शर्माले भने , ‘न टिकट मिलाइदिन्छ। न पैसा फिर्ता दिन्छ। हामी त अलपत्र पर्‍यौँ।’

विशाल आफ्नो क्यानडाको भिसा लागेपछि नबिल बैंकको डेढ लाखको जागिर छाडेर उड्ने तयारीमा थिए। तर नक्कली टिकट परेपछि उनीसँग न उड्नका लागि टिकट छ, न पैसा। ‘मेरो आज पौने १२ बजेको फ्लाइट थियो। अब बिजोग भयो,’ उनले भने।

पीडितहरू भन्छन्– हाम्रो जिन्दगी बर्बाद भयो

४७ वर्षीय घनश्याम रेग्मीले छोरी सन्ध्या रेग्मीलाई क्यानडामा पढ्न पठाउन ३२ लाख खर्च गरे। उनले बैंकमा जग्गा धितो राखे, सहकारी र आफन्तबाट ऋण लिए। छोरीको भिसा लाग्यो। भिसा लागेपछि इण्डियन आर्मीको जागिर छाडेर उनी घर फर्किए। 

सन्ध्याले चार महिनाअघि टिकट काट्नका लागि रुड अफ डेस्टिनेसनलाई १ लाख ८५ हजार रुपैयाँ अग्रिम दिएकी थिइन्। ‘उसले उतिबेलै फेक टिकट जारी गरेको रहेछ। इन्टरनेटमा टिकट छ कि छैन भनेर खोज्दा कहीँ पनि देखिएन। जाने बेला भयो भनेर हतारिएर घरबाट बिदाइ भएर छोरी आइन्। आउँदा टिकट नै बनेको रहेनछ,’ घनश्यामले सुनाए। उनकी छोरी ३० अगस्टसम्म क्यानडा पुगिनन् भने भिसाको म्याद सकिन्छ।  ‘अर्को टिकट काट्ने पैसा छैन। हाम्रो जिन्दगी नै बर्बाद हुने भयो,’ घनश्यामले पीडा पोखे। 

Ncell 2
Ncell 2

दगिरी शेर्पाकी छोरी कृष्णरु शेर्पा १४ अगस्टमा क्यानडा जान घरबाट बिदा भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइन्। विमानस्थल आइपुगेपछि थाहा पाइन्, टिकट त नक्कली परेछ। ‘भएभरको जायजेथा बेचेर छोरीलाई क्यानडा पठाउन लागियो। भिसा लागेपछि हामीले २ लाखमा गत वैशाखमा टिकट बुक गरेका थियौँ। तर टिकट नक्कली भएपछि हामी बिचल्लीमा छौँ,’ दगिरी  शेर्पाले भने, ‘छोरीको होस्टेल छुट्यो, ओरेन्टेसन कक्षा पनि छुट्ने भयो। उनका साथीहरू जागिरमा सेटल्ड भइसके। छोरीको भिसा क्यान्सिल हुने अवस्थामा पुगिसक्यो।’

तत्काल टिकट काट्नुपर्‍यो भने ४ लाखभन्दा बढी लाग्ने उनले बताए। ‘न टिकटको ग्यारेन्टी छ, न पैसा फिर्ता गर्छ। तत्काल ५ लाख खोज्न सक्दिनँ म। हर्टअट्याक नै होला जस्तो भइसक्यो,’ उनले रुँदै भने।

अर्का पीडित अभिशेष श्रेष्ठकी दिदी रोमिता पनि यतिबेला रुड अफ डेस्टिनेशनको कार्यालय घेराउ गरिरहेकी छन्। ‘३ महिनाअगाडि टिकट बुक गरेका थियौँ। भाइ बुझ्न आइरहेको थियो। १ हप्तादेखि बा नै आएर बुझ्न थाल्नुभयो। भोलि आउँछ भन्दाभन्दै टिकट आएन,’ रोमिताले भनिन्।

झापाका प्रवेश घिमिरेको फ्लाइट २४ अगस्टमा थियो। उनले जुन टिकट पाएका थिए, शंका लागेर बुझ्दै जाँदा त्यो नक्कली टिकट रहेछ। उनले एजेन्सीको अनिल रिजाललाई यसबारे भने। अनिलले भने, ‘नक्कली टिकट हैन। हामी विश्वासिलो कम्पनी हौँ। अहिले अनलाइनमा टिकट नदेखाएको मात्र हो।’

२४ अगस्टमा भनिएको फ्लाइट क्यान्सिल भएर २६ मा पुगेको उनै अनिलले बताए। ‘म जान भनी ठीक्क परेर घरबाट आएँ। अफिस आउँदा फ्लाइट रिजेक्ट भएर ५०/६० जना पीडित अफिस घेराउ गरिरहेका रहेछन्,’ उनले भने।

एजेन्ट भन्छन्– केही दिन कुर्नुस्, ब्याजसहित जोडेर दिन्छु
एजेन्सीका अनिल रिजाल यतिबेला आफ्नै कार्यालयमा पीडितहरूको घेराबन्दीमा छन्। उनलाई र पीडितलाई सँगै राखेर प्रहरी पनि छलफलमा जुटिरहेका छन्। पीडित विद्यार्थीहरूको आग्रह छ, ‘कि टिकट काटिदेऊ। कि हाम्रो पैसा फिर्ता देऊ। नत्र भविष्य बर्बाद हुन्छ।’

रिजाल न उनीहरूको टिकट काट्न सक्छन्, न पैसा फिर्ता दिन नै। उनी आश्वासन दिँदै भन्छन्, ‘केही दिन पर्खनुस्। म तपाईंहरूलाई सावाको ब्याजसहित जोडेर दिन्छु।’

छलफलमा जुटिरहेको छ प्रहरी
रिजालको कार्यालयमा प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी निशान श्रीवास्तव सहितको टोली खटिएको छ।

प्रहरीका अनुसार पीडितहरूले अहिलेसम्म मुद्दा दर्ता गरेका छैनन्। ‘हामीले पीडित र एजेन्टसँग छलफल गरिररहेका छौँ। पीडितहरूले मुद्दा दर्ता गर्नुभएको छैन। उहाँहरू कतिको आजभोलि नै क्यानडा उडने मिति रहेछ। थुनामा लग्यो भने न टिकट हुन्छ न पैसा। उहाँहरू छलफलमा नै जुटिरहनुभएको छ। हामी समाधानको कोसिस गरिरहेका छौँ,’ डिएसपी श्रीवास्तवले भने।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्