• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेविसंघको जम्बो तदर्थ समितिमा विदेशमा बस्नेदेखि अर्कै पार्टीका कार्यकर्तासम्म, के भन्छन् अध्यक्ष शेर्पा? 
64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, साउन २८, २०८०  २०:१२
1140x725

काठमाडौं– नेपाली कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीको रुपमा रहेको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा विदेशमा बस्नेदेखि अर्कै पार्टीका कार्यकर्तासम्म समेटिएको गुनासो आएको छ। यही साउन २२ गते पार्टी सभापति शेरबहादुर देउवाले ७१० जनाको नेविसंघको जम्बो तदर्थ समितिको विस्तार गर्दा विदेशमा बस्नेदेखि अर्कै पार्टीका कार्यकर्तासमेत मनोनित गरिएका छन्।

०७८ चेत्र ९ गते सभापति देउवाले नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेका थिए। तदर्थ समितिलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने ‘म्यान्डेड’ दिइएको थियो। तर पार्टी सभापति देउवाले नेविसंघ अध्यक्ष शेर्पाको अध्यक्षतामा ७१० जनाको तदर्थ समिति गठन गरे। नेविसंघमा क्रियाशील भएर काम गरेका विद्यार्थीहरुलाई नसमेटेको तर अर्कै पार्टीका कार्यकर्तालाई मनोनित गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।

विदेशमा भएकादेखि अर्को पार्टीसम्मका व्यक्तिहरु मनोनित
काभ्रेपलाञ्चोक जिल्लाबाट २९६ को सूचीमा रहेकी अस्मी तिमिल्सिना अर्कै पार्टीमा आबद्ध भएको भन्दै नेविसंघका कार्यकर्ताहरुले आलोचना गरेका छन्। स्थानीय तहको निर्वाचनमा लौरो चिह्न लिएर काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वार बनेका बालेन शाहको समर्थनसहित प्रचार गरेकी अस्मीले प्रतिनिधि सभा निर्वाचनमा भने गोकुल बाँस्कोटाको पक्षमा मत मागेकी थिइन्।

त्यसैगरी हाल अस्ट्रेलियामा रहेका रवीन ढुंगाना, विप्लव पंगेनी, रितेश चिमोरियालगायतका विदेशमा रहेका व्यक्तिहरुसमेत नेविसंघ केन्द्रीय सदस्यमा मनोनित भएका छन्। नेविसंघ केन्द्रीय सदस्य एवम् रामपुर कृषि क्याम्पसमा अध्यनरत विद्यार्थी नेता असिम देवकोटाले केन्द्रीय समितिमाथि नै प्रश्न उठाए। उनले आफू केन्द्रीय सदस्यमा मनोनित भए पनि तदर्थ समिति विधान विपरीत गठन भएको दाबी गरे।

नेपाल लाइभसँग कुरा गर्दै देवकोटाले भने, ‘तदर्थ समिति आयो ठीक छ। तर यसमा जो/जो आउनुपर्ने हो, उहाँहरु अटाउन सक्नु भएको छैन। टीके प्रथामा ७१० जनाको कमिटी बनेको छ। अब उहाँहरु सबैलाई जिल्लामा खटाएर अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नुपर्छ।’ उनले चिठ्ठी बाँडेर जिल्ला अध्यक्ष मनोनित नगर्न सुझाव दिए। उनले कतिपय कलेजमा नपढ्ने, व्यापार गरिरहेका र पदका लागि मरिहत्ते गर्नेहरु तदर्थ समितिमा आउनु दु:खद भएको बताए।

नेता देवकोटाले नेविसंघ देशकै ठूलो विद्यार्थी संगठन भए पनि शैक्षिक अजेण्डा बिर्सेको बताए। साथै उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, त्रिवि सेवा आयोगको अध्यक्षको रिक्तता, शैक्षिक बेथितिका विषयमा नेविसंघ चुकेको बताउँदै नेविसंघले आफ्नो सवाल र अजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयका पूर्व नेता गणेश भण्डारीले स्ववियु सभापतिदेखि नेविसंघका सक्रिय सदस्यहरुलाई मनोनित नगरेको भन्दै आलोचना गरे। उनले भने, ‘यो तदर्थ समितिप्रति मेरो विमति छ। स्ववियुमा निर्वाचित साथीहरु छुटेका छन्। जिल्ला, क्याम्पस र नेविसंघमा योगदान दिएकाहरु छुटेका छन्। मुद्दा लाग्यो भनेर हाम्रा साथीहरुलाई उपेक्षा गरिएको छ। उहाँहरुको लेबी चल्ने, पद नचल्ने? उहाँहरुले स्ववियु निर्वाचन जिताउनु भएको छ। उहाँहरुलाई उपेक्षा गर्न मिल्छ?’ उनले नेविसंघको चाडोभन्दा चाडो अधिवेशन हुनुपर्नेमा जोड दिए।

सबैभन्दा धेरै काठमाडौंबाट मनोनित 
नेविसंघमा सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट केन्द्रीय सदस्यहरुमा मनोनित भएका छन्। केन्द्रीय सदस्यमा काठमाडौंबाट ४३, कैलालीबाट २४, मोरङबाट २४, चितवनबाट २०, नुवाकोट, स्याङ्जा र रुपेन्दीहीबाट १६/१६ जना मनोनित भएका छन्।

Ncell 2
Ncell 2

सबैभन्दा कम मनोनित हुने जिल्लामा म्याग्दीबाट एक, मनाङबाट एक, संखुवासभाबाट २ जना, मनाङबाट २, डोल्पा २, तेह्रथुमबाट ३ जना रहेका छन्।

नेविसंघ आफूले नभई पार्टीले चयन गरेको हो : अध्यक्ष शेर्पा
नेविसंघको तदर्थ समिति सार्वजनिक भएपश्चात असन्तुष्ट पक्षले समानान्तर कमिटी सार्वजनिक गर्नेसम्मका धम्की दिइरहेका छन्। नेविसंघमा असन्तुष्ट समूहले तदर्थ समितिमाथि प्रश्न उठाउँदै डा शेखर कोइराला र कांग्रेस संसदीय दलका सचेतक रमेश लेखकलाई ज्ञापनपत्रसहित ध्यानाकर्षणपत्र बुझाएका छन्।

नेविसंघ तदर्थ समितिको विवाद र मापदण्डबारे नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले तदर्थ समिति आफूले नभई पार्टीले चयन गरेको बताए। उनले भने, ‘नेविसंघ मैले होइन, पार्टीले चयन गरेको हो। पार्टीको नेता, पार्टी पदाधिकारीहरु सबै जना बसेर नेविसंघको अधिवेशन नभएको ५/६ वर्ष भयो, धेरै साथीहरु जिम्मेवारविहीन छन्। धेरै साथीहरुले स्ववियुमा महत्वपूर्ण भूमिका खेल्नुभयो। तदर्थ समिति पनि ठूलो बनाउनुपर्छ भनेर निर्णय गर्नु भएको हो।’

उनले नेविसंघको तदर्थ आयोजक समिति यति नै सदस्यीय हुनुपर्ने नलेखेको बताए। ‘महाधिवेशन विधान अनुसार हुन्छ। तदर्थ समितिमा यति सदस्य, यति पदाधिकारी भनेर लेखिएको छैन,’ उनले भने, ‘पार्टीलाई आवश्यक लागेको कुरा पार्टीले नै निर्णय गर्ने हो।’ उनले नेपाल विद्यार्थी संघ देशको सबैभन्दा पूरानो र ठूलो विद्यार्थी संगठन भएको उल्लेख गर्दै, यसपालीको स्ववियु निर्वाचनमा त्रिविलगायत भ्यालीका महत्त्वपूर्ण क्याम्पस र देशका अन्य ठूला क्याम्पसमा जित निकालेर एक नम्बर भएको बताए। 

उनले नेविसंघमा एक हजार, दुई हजार जति बनाए पनि असन्तुष्टि रहिरहने दाबी गरे। उनले बढी आक्रामक भएकालाई त्रिविका उपप्रध्यापक प्रेम चलाउनेको केसको कारणले गर्दा समेट्न नसकिएको बताए। अध्यक्ष शेर्पाले अदालतमा विचाराधीन मुद्दा भएका कारणले उनीहरुलाई नसमेटेको बताए।

‘नैनसिंह महर दाई अध्यक्षमा निर्वाचित हुनुभयो। उहाँलाई अमेरिकामा रहेका विद्यार्थीले पनि भोट हालेको हो। उहाँलाई युके, चाइना, अस्ट्रेलिया, भारतबाटलगायतका ९ वटा देशका प्रतिनिधिहरु आएर पनि भोट हालेको हो,’ उनले भने, ‘विदेशमा रहेका विद्यार्थीहरु बस्नै पाउँदैनन् भन्ने होइन। विप्लव पंगेनी क्यामब्रिज विश्वविद्यालयको एमफील हो। डा रितेश चिमोरिया सिटी युनिर्भसिटीका पीएचडी हुन्।’

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। महाधिवेशन आगामी तीन दिनसम्म जारी र... आइतबार, जेठ २५, २०८२
विपक्षी दलहरूको बैठक नसकिएकाले डेढ घण्टा बित्दासम्म सुरू भएन सदन अवरुद्ध प्रतिनिधिसभा बैठक चल्न दिने/नदिने भन्ने विषयमा छलफल गर्न जारी विपक्षी दलहरूको बैठक नसकिएकाले सदन सुरु हुन ढिलाइ भइरहेको छ। आइतबार, जेठ २५, २०८२
प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने भिजिट भिसा प्रकरणमा संसद्को बजेट अधिवेशन प्रभावित भइरहेको बेला प्रचण्डले आज (आईतबार) पनि छलफलका लागि बैठक बोलाएका हुन् । आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
विपक्षी दलहरूको बैठक नसकिएकाले डेढ घण्टा बित्दासम्म सुरू भएन सदन आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्