• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न हेडक्वाटरले गर्‍यो गृहलाई सिफारिस अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्नुपूर्व नै बर्खास्त गर्ने हेडक्वाटरको रणनीति
64x64
नारायण अधिकारी सोमबार, साउन ८, २०८०  १३:२८
1140x725

काठमाडौं- व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)ले गृह मन्त्रालयमा सिफारिस गरेको छ। हेडक्वाटरले गरेको आन्तरिक छानबिनका क्रममा गम्भीर गल्ती गरेको देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहलाई सिफारिस गरिएको हो। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले डीएसपी केसीलाई बर्खास्त गर्न गृहलाई परिपत्र गरिएको पुष्टि गरे। ‘सेवाबाट हटाउनुपर्ने रायसहित हामीले पत्र लेखेर गृह मन्त्रालयमा पठाइसकेका छौं। सायद केही बुझ्ने काम भइरहेको होला,’ नेपाल लाइभसँग प्रवक्ता कडायतले भने।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने राय दिएपछि सोही अनुसा बर्खास्तका लागि भन्दै गृह मन्त्रालयलाई प्रहरी हेडक्वाटरले पत्राचार गरेको हो। प्रहरी ऐन तथा नियमावली २०७१ विपरीत कार्य गरेको पाइएको भन्दै डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख गरिएको छ।

करिब एक साताअघि नै प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउन सिफारिस गरे पनि अहिलेसम्म केसीलाई बर्खास्त भने गरिसकिएको छैन।

आफूलाई बर्खास्त गर्नेबारेको पत्र प्रहरी हेडक्वाटरले गृह मन्त्रालयमा पठाएपछि डीएसपी केसी भने बर्खास्त नगर्न भन्दै गृह मन्त्रालयमा धाएका छन्। शक्तिकेन्द्रमार्फत उनी गृहमा पहुँच लगाएर बर्खास्त हुनबाट रोकिन चलखेल गरिहेको स्रोतले जनाएको छ। 

प्रहरी नियमावलीको दफा ११३ मा सेवाबाट हटाउने तथा बर्खास्त गर्न सकिनेबारे उल्लेख गरिएको छ। त्यसमा पनि भविष्यमा सरकारी सेवामा प्रवेश गर्न मिल्ने र नमिल्ने गरी हटाउन सकिने उल्लेख छ। भ्रष्टाचार प्रमाणित भएमा, नैतिक पतन देखिने फौजदारी अभियोग पुष्टि भएमा, कुनै देशको स्थायी आवासीय अनुमतिपत्र लिएमा वा लिनका लागि आवेदन दिएमा लगायतको अवस्थामा भने पुन: सरकारी सेवामा प्रवेश गर्न नमिल्ने गरी बर्खास्त गर्न सकिने नियमावलीले उल्लेख गरेको छ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्दै
बर्खास्त हुन लागेका डीएसपी केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ। अनुसन्धान अन्तिम चरणमा पुगेकाले अख्तियारले केही दिनमै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ।

डीएसपी केसी अख्तियारलाई नै देखाउँदै अहिले नै बर्खास्त नगर्न भन्दै गृह मन्त्रालय धाइरहेका छन्। आफूविरुद्ध अख्तियारले पनि अनुसन्धान गरिरहेकाले दोषी निर्दोष पत्ता लाग्न वा अदालत गएको अवस्थामा स्वत: फैसला नहुन्जेल निलम्बनमा पर्ने भएकाले अहिले नै बर्खास्त गर्नु आफूमाथि अन्याय हुने भन्दै उनी बर्खास्त नगर्न लविइङमा लागेको स्रोतको भनाइ छ।

Ncell 2
Ncell 2

यता प्रहरी प्रधान कार्यालय भने अख्तियारले मुद्दा दायर गरेपछि स्वत: निलम्बनमा हुने र बाँकी कुरा अदालतमा टुंगोमा पुर्‍याउने हुँदा हेडक्वाटरले संरक्षण गरेजस्तो देखिने भएकाले मुद्दा दायरअघि नै बर्खास्त गर्ने रणनीतिमा छ। सोही अनुसार बर्खास्तका लागि पत्राचार गरिएको हेडक्वाटरले स्रोतले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख डीएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए। बर्दीको आडमा व्यवसायीको ३५ तोला सुन ‘लुटेको’ आरोप लागेपछि डीएसपी केसीले सुन फिर्ताका लागि समेत रकम लिएका थिए। 

रकम दिँदा समेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी प्रधान कार्यालयसम्म पुगेको थियो। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो। 

लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनको क्वार्टरबाट बरामद भएको थियो। सुन, पैसा र चेकसहित पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। मन्त्रालयले पुस १४ गते नै उनलाई निलम्बन गरेको थियो। 

बर्दीको आडमा लुटिएको सुन र पैसा (प्रमाण तथा दसी) सहित पक्राउ परे पनि उनीमाथि भने प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया मात्रै अघि बढाएको थियो। तत्कालीन एसएसपी (हाल डीआईजी) चन्द्रकुवेर खापुङको नेतृत्वमा छानबिन समिति बनाइएको थियो। खापुङ नेतृत्वको समितिले डीएसपी केसीलाई फौजदारी कसुरमा मुद्दा चलाउनुपर्ने देखिएको भन्दै प्रतिवेदन बुझाएको थियो। 

खापुङ नेतृत्वको समितिले डीएसपी केसीले बदनियत राखेको भन्दै फौजदारी कसुरमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो। ‘व्यवसायीको सुन नियन्त्रणमा लिनु र सुन फिर्ता लिनका लागि रकम समेत लिएकाले भ्रष्टाचारअन्तर्गत कारबाही हुनुपर्ने’ खापुङ नेतृत्वको समितिले बताएपछि छानबिन गरी कारबाही गर्न भन्दै प्रहरी प्रधान कार्यालयले अख्तियारलाई सिफारिस गरेको थियो। 

करिब ३ महिना लामो अनुसन्धानका क्रममा डीएसपी केसीले भ्रष्टाचारजन्य काम गरेको प्रमाणहरु देखिएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। 

डीएसपी केसीको सम्पत्तिहरुको विवरण, बैंकिङ स्टेटमेन्टलगायत सबै विवरण अख्तियारले केलाइसकेको छ। सो क्रममा भ्रष्टाचारजन्य काम गरेको पुष्टि हुने आधारहरु भेटिएकाले उनीमाथि मुद्दा दर्ताको तयारी गरिएको हो। अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही दिनमै मुद्दा दर्ता हुने स्रोतले जानकारी दियो।

डीएसपी ठगबहादुरलाई फौजदारी कसुरमा कारबाही गर्न समितिको सिफारिस

डीएसपी ठगबहादुरमाथि छानबिन गर्न समिति गठन

‘कर्मकाण्ड’ गरेर डीएसपी ठगबहादुरलाई उन्मुक्ति?

बुटवलका डीएसपी ठगबहादुर केसी ३५ तोला सुनसहित पक्राउ

बर्दीको आडमा फौजदारी कसूर: सर्वोच्चले सुरक्षा निकायलाई भन्यो– विभागीय कारबाही गरेर मात्रै पुग्दैन

३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुरविरुद्ध अख्तियारले मुद्दा दायर गर्दै

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित आइतबार, जेठ २५, २०८२
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता आइतबार, जेठ २५, २०८२
७० वर्षे उमेरहदको विषय फेल भइसक्यो : ओली आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्