• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
जब तुलसी घिमिरेलाई कसैले भनिदियो- प्रकाश थापा बित्नुभयो
64x64
समर्पण श्री शनिबार, साउन ६, २०८०  १९:५२
1140x725

विसं २०३५/०३६ सालसम्म नेपालका प्रसिद्ध चलचित्र निर्देशक तुलसी घिमिरे हिन्दी फिल्मको स्थापित सम्पादक थिए। उनी मुम्बईमा ‘ए’ ग्रेडका फिल्म सम्पादन गर्थे।

बलिउडमा नाम चलेका फिल्म सम्पादक अचानक नेपाल कसरी आए? 

यसबारे घिमिरेले थुप्रै पटक भनिसकेका छन्। उनलाई एकदिन गुरुले भनेका थिए, ‘तिम्रो भाषामा भर्खर फिल्म बन्दै छन्। १० वटा फिल्म बनाएर फर्कनु।’

यो गुरुआज्ञाको पछाडि नेपालका त्यतिबेलाका चर्चित निर्देशक प्रकाश थापाको हात जोडिन्छ। प्रकाश एकदिन नेपालबाट ‘सिन्दुर’ फिल्मको गीत सम्पादन गर्न एउटा स्टुडियो पुग्छन्। त्यही स्टुडियोमा तुलसी कार्यरत थिए। दुई नेपाली आपसमा भेटिएपछि नेपाली भाषामै बोल्छन्। तुलसी र प्रकाशले एकापसमा गरेको कुराकानी तुलसीको गुरुलाई अनौठो लागेछ। 

‘गुरुले हाम्रो संवाद सुनिरहनुभएको थियो। उहाँले यो कुन भाषा भनेर सोध्नुभयो। मैले बताएँ। त्यसपछि उहाँले नेपाली भाषामा बनेका फिल्मबारे चासो राख्नुभयो,’ उनी सम्झन्छन्। 

त्यतिबेला नेपालमा फिल्म नगण्य मात्रामा बन्थे। त्यो थाहा पाएपछि गुरुले गुरुआज्ञा दिए, नेपाली भाषाका १० फिल्म बनाउने। 

तुलसीले असमर्थता राख्न नपाउँदै गुरुले धाप मारे।

‘एक दुईदिनमा गुरुलाई गएर पैसा जुटाउन सकिँदैन। त्यसकारण सम्भव छैन भन्छु भनेर सोचेको थिएँ, ’ तुलसी सम्झन्छन्, ‘तर मैले भन्नै पाइनँ। मलाई आज्ञा दिएको एक सातामै गुरुको निधन भयो।’

Ncell 2
Ncell 2

तुलसीले अब गुरु आज्ञा पालना गर्नैपर्थ्यो। 

उनले पहिलो फिल्म ‘बाँसुरी’ बनाए। विवादका कारण नेपालमा रिलिज गर्नै पाएनन्।  त्यसपछि आफैं लगानी जुटाएर ‘कुसुमे रुमाल’ बनाए। फिल्म क्षेत्रमा यसले तहल्कै पिट्यो। त्यसपछि लगातार बनाएका फिल्महरूले नयाँ कलाकार जन्माए, नयाँ सम्भावनाको बाटो कोरे।१०औँ चलचित्रको रुपमा ‘दक्षिणा’ बनाए। 

यतिन्जेलसम्म तुलसी नेपालका चर्चित निर्देशक बनिसकेका थिए। 

१०औं चलचित्रलाई गुरुदक्षिणाको रुपमा अर्पँदै उनी मुम्बई फर्कने सोचमा थिए। 

तर उनलाई प्रकाश थापा लगायतका साथीहरूले रोके। प्रकाश तिनै थिए, जोसँग भेट नभएको भए गुरुले नेपाली भाषाबारे तुलसीलाई सोध्ने थिएनन्। तुलसीले भन्ने थिएनन्। त्यसपछि गुरुले तिम्रो भाषामा फिल्म बनाउनु भनेर आज्ञा दिने थिएनन्। तुलसी नेपाल फर्कने पनि थिएनन्।

आज म तिनै प्रकाश र तुलसीका केही किस्साबारे चर्चा गर्दैछु। एक भेटमा तुलसीले आफूले हुर्काएको नेपाली फिल्म क्षेत्रबारे लामै कुरा गरेका थिए। त्यही क्रममा उनले पटक–पटक निर्देशक प्रकाश थापाको नाम लिइरहे। प्रकाश ‘सिन्दुर’, ‘जीवनरेखा’, ‘सन्तान’, ‘कन्यादान’जस्ता प्रसिद्ध फिल्मका निर्देशक हुन्। 

प्रकाशले तुलसीलाई गरेको गाली पत्रिकामा छापियो

प्रकाश र तुलसीको भेट हुनासाथ झगडा सुरु भइहाल्थ्यो। तुलसी प्रकाशलाई उक्साउँथे, अनि प्रकाश झगडा गर्न तम्सिहाल्थे। एकपटक एकजना पत्रकारले प्रकाशलाई उक्साएर तुलसीबारे प्रश्न सोधेछन्। प्रकाशले तथानाम गाली गरेछन् तुलसीलाई। भोलिपल्ट त्यो गाली पत्रिकामा छापिएछ। 

ती पत्रकार गाली छापिएको पत्रिका बोकेर तुलसीकहाँ पुगेर भनेछन्, ‘दाइ, यो के भनेका प्रकाश थापाले। तपाईं पनि यसको जवाफ दिनुस् त।’
‘मैले गालीको जवाफ नम्र भएर दिएँ। मेरो दृष्टिमा प्रकाश दाइ महान मान्छे हुनुहुन्छ भनेर लामो व्याख्या पठाएँ,’ उनी सुनाउँछन्।

एक हप्तापछि उनको जवाफ पत्रिकामा छापियो। त्यो पढेपछि प्रकाश झन् मुर्मुरिएछन्।  प्रकाशलाई लागेछ, ‘त्यति धेरै गाली गर्दा पनि मेरो बारेमा यति राम्रो कुरा बोलेको छ।’ प्रकाश तुलसीकहाँ गएछन्। उनले रिसालु लवजमा तुलसीलाई सोधेछन्, ‘के छ।’

तुलसीले जवाफ दिएछन्, ‘ठिकै छ दाइ।’

त्यहाँ गीतकार चेतन कार्की पनि सँगै थिए। चेतनले प्रकाशतिर हेर्दै भनेछन्, ‘लात, थप्पड फर्काइ फर्काइ भेट्यौ हैन त!’ तिम्रो कुराको जवाफ पढ्यौ?’

त्यसपछि प्रकाशले मुर्मरिँदै भने, ‘मेरो कुराको जवाफ यसले यसरी दिने हो?’

तुलसीले मुसुक्क हाँस्दै भने, ‘मैले जानेकै यति नै हो दाइ।’

रिसले चुर भएका प्रकाशले तुलसीलाई ठूल्ठूलो स्वरमा भने, ‘जानेको होइन यसले, यो पोलिटिसियन हो, पोलिटिसियन।!

तुलसीलाई कसैले सुनायो– प्रकाश दाइ बित्नुभयो
प्रकाश बिरामी थिए। उनी काठमाडौंको एक अस्पतालमा उपचाररत थिए। त्यतिबेला तुलसीलाई कसैले आएर भनिदियो, ‘प्रकाश दाइ बित्नुभएछ।’

यो सुनेर तुलसी मर्माहत भए। तुलसीसँग एकजना रेकर्डिस्ट थिए। उनले भने, ‘बोर भयो भाइ। जाऊँ, खादा किन्न।’

खादा किनेर तुलसी र ती रेकर्डिस्ट हतार हतार प्रकाशलाई राखिएको अस्पताल पुगे। पुगेपछि प्रकाशको छोरालाई सोधे, ‘बुबा खै?’ 
छोराले भने, ‘माथि हुनुहुन्छ।’

अस्पतालको बेडमा प्रकाश सुतिरहेका थिए। तुलसीले कसैले आफूलाई झुटो खबर फैलाइएको थाहा पाइहाले।  प्रकाश देखेपछि उनी खुसी भए। तुलसी आएको थाहा पाउनेबित्तिकै प्रकाशले झट्ट आँखा उघारिहाले। तुलसीले प्रकाशलाई बोलाउँदै भने, ‘मरेको रैनछौ त।’

‘तँलाई अगाडि नलगाई म मर्छु। तेरो मलामीमा म अगाडिपट्टि हुन्छु,’ प्रकाशले  भने। 

केहीबेर उनीहरूको भनाभन पर्‍यो। त्यसपछि तुलसीले खादा देखाउँदै भने, ‘तिमी मर्यौ भनेको सुनेर खादा किनेर ल्याएको हामीले त।’

त्यसपछि त प्रकाश मुर्मुरिइहाले। ‘साला, म अस्पताल हुँदा मर्यो भनेर आउने? अब हेर। तँलाई खादा त म कसरी लगाउँछु।’ 

एकैछिनमा प्रकाश र तुलसी दुवै हाँस्न थाले। उनीहरू हाँसेको सुनेर भित्र डाक्टर आएर भने, ‘तुलसी जी, तपाईं बाहिर गइदिुनस्।’

तुलसी बाहिर जानासाथ डाक्टर पनि सँगसँगै निस्किए। त्यसपछि डाक्टरले सुटुक्क भने, ‘हँसाउनु हुँदैन उहाँलाई। तपाईंहरू अघिदेखि जोड जोडले हाँसिरहनुभएको छ।’

प्रकाशलाई जति हाँस्यो, उति गाह्रो हुने रहेछ। भित्रबाट उनी तुलसीलाई बोलाउँदै थिए,‘ओई। भागिस्।’

तुलसीले उसैगरी बाहिरबाट भने, ‘भागेको छैन। आउँदैछु।’

प्रकाशको अवस्था गम्भीर रहेको थाहा पाएपछि तुलसी चिन्तित देखिए। अब प्रकाशलाई बाँच्न उत्प्रेरित गराउनु थियो।

भोलिपल्ट प्रकाशकहाँ पुगेर तुलसीले भने, ‘दाइ, सुतिरहने अब? उठ्नु। एउटा राम्रो प्रपोजल आएको छ। कथा मेरो हो। निर्देशन तपाईंको। बजेट पनि राम्रो छ।’

‘कस्तो छ?’ प्रकाशले जोसिँदै भने। 

‘एकदम राम्रो छ भनेँ नि,’ तुलसीले भने।  

‘तैँले चाहिँ किन नगर्ने डाइरेक्सन?’ प्रकाशले सोधे।

‘गर्नु त मैले नै गर्नपर्ने। त्यो प्रोडुसरलाई प्रकाश थापा नै चाहियो नि त,’ तुलसीले भने। 

त्यसपछि प्रकाश हाँसे, ‘देखिस्, म भनेको मै हो नि।’

‘हो त, त्यही भएर छिटो गरी उठ्नू,’  तुलसीले भने। 

फिल्म ‘महामाया’ले नोक्सानी व्यहोरेपछि प्रकाशलाई ठूलो आघात परेको थियो। उनी पुनः नयाँ फिल्मबाट उभिन चाहन्थे। प्रकाशले खुसी हुँदै भने, ‘ल स्टोेरी यहीँ बसेर पढौँ।’

‘यहाँ बसेर हुन्न दाइ। को को आउँछन्। स्टोरी खुस्किन्छ। तपाईंको घर गएपछि घरमा सुनम्ला,’ तुलसीले भने, ‘एउटा रोल म गर्छु। अनि अब आउने मेरो फिल्ममा प्रकाश थापा हुन्छ। र प्रकाश थापाको फिल्ममा तुलसी घिमिरे हुन्छ।’

त्यो बसाइ दुवैको लागि उत्साहजनक थियो। प्रकाश काम गर्ने हुटहुटीमा थिए। तर उनलाई शरीरले साथ दिएन। 

त्यसको केही समयपछि त प्रकाशले जीवनबाट विश्राम लिए। उनको निधनले तुलसीलाई निकै दिनसम्म विक्षिप्त बनायो। ‘म १० वटा फिल्म बनाएर जान्छु भन्दा उनले भनेका थिए –मभन्दा धेरै पपुलर भइसक्यौ तिमी। त्यसकारण नजाऊ, बस,’ तुलसी सम्झन्छन्, ‘यसरी बस भनेर रोक्ने मान्छे गइसके। जानुपर्ने मान्छे चाहिँ बसिरहेको छु।’

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्