• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
हिरासतमा योजना बनाएर काठमाडौंमा स्न्याचिङ आतंक, टार्गेटमा मर्निङ वाकमा निस्केका महिला लुट्नलाई चोरीको मोटरसाइकल प्रयोग, हरेक पटक नम्बर परिर्वतन
64x64
नारायण अधिकारी आइतबार, असार २४, २०८०  १६:३५
1140x725

काठमाडौं- असार १ गते काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने ४६ वर्षीया रमा पाण्डे मर्निङवाकमा निस्किन्। बिहान ४ बजेर ४० मिनेटमा पाण्डे पाण्डेको १ तोलाको गलाको सिक्री एक युवकले थुतेर दौडिँदै नजिकैको मोटरसाइकलमा चढे अनि फरार भए। मोटसाइकलको नम्बर प्लेट खुलेन।

यो घटनाको उजुरी प्रहरीकहाँ पुग्यो। प्रहरीले उक्त क्षेत्रको सीसीटीभी फुटेज हेर्दा हरियो रङको हेल्मेट लगाएको, पछाडि बस्नेले कालो हुडी लगाएको केटीएम डुक मोटरसाइकल देखियो। उनीहरु त्यहाँबाट सामाखुसीतर्फ गएको देखियो।

पाण्डे लुटिएको केही घण्टापछि नै ५ बजेर ५५ मिनेटमा फेरि अर्की महिला लुटिइन्। टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल नजिकै मर्निङ वाकमा निस्केकी ४५ वर्षीया सरस्वती खतिवडाको पनि एक तोलाको सिक्री लुटियो। घटना लुट्ने शैली पाण्डेसँगै मेल खायो। 

सीसीटभी फुटेजमा हेर्दा उस्तै हुलिया देखियो। कालो रङको हुडी, कालो ट्राउजर र कालो रङको फित्ता भएको चप्पल लगाएको पुरुष व्यक्ति र हरियो रङको हेल्मेट, कालो ज्याकेट, खरानी रङको पाइन्ट र सेतो जुत्ता लगाएको व्यक्ति केटीएम डुक मोटरसाइकल चलाई पिछा गरेर लुटपाट गरी फरार भएको देखियो।

घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेकै थियो। भोलिपल्ट असार २ गते यो प्रकृतिको स्न्याचिङ भएन। फेरि ३ गते भने उही प्रकृतिको घटना नागार्जुनमा देखियो। नागार्जुन नगरपालिका-५ बुद्धचोकस्थित मर्निङ वाकमा निस्केकी ५५ वर्षीया रेखा घिमिरेको १.७५ तोलाका सुनको सिक्री लुटेर उसैगरी मोटरसाइकलमा दुई युवा फरार भए। यो घटनाको सीसीटीभी फुटेजमा पनि देखियो उही हुलिया।

यी सबै घटनाको प्रकृति हेर्दा उस्तै र हुलिया तथा मोटरसाइकल पनि उही प्रयोग भएको देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकै समूहबाट स्न्याचिङ भएको हुन सक्ने भन्दै अनुमानलाई तिव्रता दियो। पुराना पटके चोरहरुदेखि आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको निगरानी गरिरहे पनि केही सुराक प्रहरीले पत्ता लगाउन सकेको थिएन।

‘मोटरसाइकलमा नम्बर प्लेट नखुल्ने र कुनैमा खुलेको देखिए पनि उक्त नम्बर प्लेट नै नक्कली हालेको पाइएपछि अनुसन्धानमा झन् असहज भएको थियो,’ अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी डा मनोज केसीले भने।

असार ३ गतेपछि ९ दिनसम्म असार १२ गतेसम्म यस्तो स्न्याचिङ भएको भन्दै प्रहरीमा कुनै जानकारी तथा उजुरी आएन। प्रहरीले अनुसन्धानलाई पनि तीव्र पारेको विषय लुटेराहरुले जानकारी पाएको हुनाले घटना नदोहोरिएको हुनसक्ने आकलन प्रहरीले गरिरहेकै बेला असार १३ गते फेरि यस्तै घटना दोहोरियो।

Ncell 2
Ncell 2

टोखा नगरपालिका–३ विष्णुमति पुल नजिकै करिब ७० वर्षीया मंगलीमाया डंगोलको गलाको सुनको सिक्री लुटियो। सीसीटीभमा देखियो उस्तै दृश्य–उही हुडी, उही हेल्मेट, उही मोटरसाइकल उस्तै हुलियाका दुई युवा। लुटेर बिहान ५:५० मा दुई युवा मोटरसाइकलमा फरार भएको देखियो।

मर्निङ वाकमा निस्केका महिलालाई लक्षित गर्दै स्न्याचिङ गरेपछि प्रहरीलाई यो गिरोह पक्राउ गर्न निकै चुनौतीपूर्ण देखियो भने मर्निङ वाकमा निस्कने महिलाहरु पनि असुरक्षित हुन थाले। सीसीटीभी फुटेजमा समेत लुटपाट भएको भिडियो देखिँदा समेत पहिचान गरेर पक्राउ गर्न नसकेपछि अपराध अनुसन्धान कार्यालयको टोली लुटपाट हुनसक्ने सम्भावित ठाउँमा बिहानै रेकी गर्न निस्कियो। ताकी स्न्याचिङ गिरोहलाई रंगेहात पक्राउ गर्न सकियोस्। 

स्न्याचिङको अनुसन्धान गरिरहेकै बेला फेरि टोखामा असार १९ गते अर्की महिला लुटिइन्। बिहान ४ बजेर ५० मिनेटमा टोखा नगरपालिका–४ कृष्ण मन्दिर नजिकै मर्निङ वाकमा निस्केका बेला ३४ वर्षीया गंगा रानामगर लुटिइन्। अन्दाजी १ तोलाको सुनको सिक्री लुटेरा दुई युवा मोटरसाइकलमा फरार भए। यो घटनाको हुलिया र प्रकृति पनि अन्य घटनासँग मेल खायो।

यसको आधा घण्टापछि ५ बजेर ३७ मिनेटमा महाराजगञ्ज चक्रपथ बंगलामुखी मन्दिर नजिकै मर्निङ वाकमा निस्केकी अर्की महिला ६० वर्षीया कान्छी श्रेष्ठ लुटिइन्। उनको गलाको आधा तोलाको सुनको सिक्री लुटेर मोटरसाइकलमा दुई युवा फरार भए। यो घटनाको प्रकृति पनि अन्य घटनासँग मेल खायो।

यसको भोलिपल्ट असार २० गते टोखा–३ शेर्पा पेट्रोल पम्प नजिकै मर्निङ वाकमा निस्केकी अर्की महिला ४३ वर्षीया रिता श्रेष्ठको गलाको सिक्री पनि लुटपाट भयो। करिब पौन तोलाको सुनको सिक्री लुटेर गिरोह पहिलाकै जसरी मोटरसाइकलमा फरार भयो। 

सोही दिन बिहान पौन ६ बजे काठमाडौं–१५ चागलमा पनि मर्निङ वाकमा निस्केकी अर्की महिला ६५ वर्षीया सरस्वती डंगोल लुटिइन्। सवा तोलाको सुनको सिक्री लुटेरो दुई युवा मोटरसाइकलमा देखियो फुटेज देखियो। यो घटनाको हुलिया र प्रकृति पनि अन्य ७ वटा स्न्याचिङ घटनासँग मेल खायो।

प्रहरीले विभिन्न कोणबाट गरेको अनुसन्धान, सीसीटभी फुटेजमा देखिएको हुलियाका आधारमा अन्तत: स्न्याचिङमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गर्न सफल भयो।

पक्राउ पर्नेहरुमा रामेछापको लिखु गाउँपालिका–१ स्थायी घर भई काठमाडौंको हाँडीगाउँ बस्ने ३२ वर्षीय रवीन दमाई, सुनसरीको धरान उपमहानगरपालिका–८ घर भइ काठमाडौंको चाबहिल बस्ने १८ वर्षीय रवि विश्वकर्मा, काभ्रेको पाँचखाल नगरपालिका–७ घर भई काठमाडौं बानेश्वर बस्ने २६ वर्षीय उमेश क्षेत्री, धनकुटाको लेगुवा गाउँपालिका–७ घर भई काठमाडौं रामन्दिर बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बंगाल घर भई काठमाडौं, न्युरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती छन्।

लुटिएको सुन उनीहरुले न्युरोडका सुनचाँदी व्यवसायी श्रीकान्ता माइतीलाई बेच्ने गरेको पाइएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो। उनीहरुले पहिला सुन गाल्ने अनि मात्रै बेच्ने गरेको पाइएको छ। पक्राउ परेकाहरु यसअघि पनि लुटपाट तथा चोरीमा पक्राउ परेर मुद्दा चलेका व्यक्तिहरु रहेको पाइएको छ। 

उनीहरुबाट ११.२ ग्रामको सुनको ढिक्का १ थान, सिक्री लुटपाट गर्न प्रयोग भएको मोटरसाइकल २ वटा, मोबाइल ६ थान र ४७ ग्रामको सुनको नेक्लेस बरामद गरेको छ। त्यसैगरी लुटपाट गर्दा प्रयोग भएका कपडाहरु, हेल्मेट चप्पल, जुत्ता पनि प्रहरीले बरामद गरेको छ। 

लुट्नलाई चोरीको मोटरसाइकल प्रयोग, हरेक पटक नम्बर परिर्वतन
यी सबै ८ वटै स्न्याचिङको घटनामा एउटा मात्रै डुक मोटरसाइकलको प्रयोग भएको छ। उक्त मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। प्रहरी अनुसन्धानको क्रममा लुट्न प्रयोग गरिएको उक्त डुक मोडरसाइकल नै चोरीको भएको पाइएको छ। 

उनीहरुले हरेक घटनामा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गर्दै लुटपाटमा प्रयोग गर्ने गरेको खुलेको छ। त्यसैगरी यो गिरोहबाट अर्को एउटा पल्सर एनएस मोटरसाइकल पनि बरामद गरेको छ। उक्त मोटरसाइकल पनि चोरीकै भएको पाइएको एसएसपी केसीले बताए। 

उनीहरुबाट बरामद भएको एनएस मोटरसाइकल गत कात्तिक २७ गते घट्टेकुलोबाट चोरी भएको खुल्न आएको छ भने अर्को डुक मोटरसाइकल रवि विक र रविन दमाई भएर असार असार १३ गते कालिमाटीबाट चोरी गरेर नम्बर प्लेट परिवर्तन गर्दै लुटपाटमा प्रयोग भएको खुलेको एसएसपी केसीले जानकारी दिए।

बरामद भएको डुक मोटरसाइकलभन्दा पहिलो स्न्याचिङ गर्न प्रयोग भएको अर्को डुक मोटरसाइकल भने अहिले काठमाडौं बाहिर पुर्‍याइएको पाइएको छ। त्यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

हिरासतमा योजना, छुटेपछि शृंखलाबद्ध लुटपाट
यो स्न्याचिङको कथा भने हिरासतबाट सुरु भएको पाइएको छ। गत वैशाखमा रविन दमाई पेप्सीकोलामा भएको ४ तोलाको सुनको रानिहार लुटपाट घटनामा पक्राउ परेर प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा पुगेका थिए। 

उक्त हिरासतमा पहिल्यै पुगेका थिए अर्का व्यक्ति उमेश क्षेत्री। उनी मोटरसाइकल चोरीको आरोपमा हिरासत पुगेका थिए। यी दुवैको भेट प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा भयो। हिरासत बस्दा नै चिनजान भएका उनीहरुले त्यही स्न्याचिङको योजना बनाए। अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरु बाहिर निस्किए। 

त्यसपछि उनीहरुले आफूसँग चिनजान भएका रवि र उमेशलाई आफ्नो योजना सुनाए र शृंखलाबद्ध रुपमा स्न्याचिङको घटना गराएको अनुसन्धानबाट खुलेको छ। 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित आइतबार, जेठ २५, २०८२
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता आइतबार, जेठ २५, २०८२
७० वर्षे उमेरहदको विषय फेल भइसक्यो : ओली आइतबार, जेठ २५, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्