• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
सशस्त्र हवल्दारको मृत्युमा रक्षामन्त्री खड्काको जोडियो साइनो
64x64
नारायण अधिकारी शुक्रबार, जेठ १९, २०८०  १६:५५
1140x725

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शक्तिको दुरुपयोग गर्दा सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ। रक्षामन्त्री खड्काले शक्तिको दुरुपयोग गर्दै काममा लगाएका हवल्दारको मंगलबार राति दुर्घटनामा परेर मृत्यु भएको हो।

घटना गत मंगलबार रातिको हो। बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोला नजिकै कार र बस आपसमा ठोक्किएका थिए। नेपालगञ्जबाट झापाको काँकडभिट्टाका लागि छुटेको भे१ख ३३३५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा१३च ८२५३ नम्बरको कार ठोक्किएका थिए। 

बस र कार ठोक्किँदा कारमा सवार डा सञ्जु खाती खड्का र कारका चालक सुवास अधिकारीको मृत्यु भयो। डा सञ्जु कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत रहेको पाइयो भने चालक अधिकारी सशस्त्रका हवल्दार रहेको खुल्यो। 

यी दुईको मृत्यु भएपछि डा सञ्जुको निजी चालकमा सशस्त्रका हवल्दार कसरी प्रयोग भए भन्ने प्रश्न उठेको छ। अनुसन्धानको क्रममा ती हवल्दार डा सञ्जुको निजी चालक बन्नुमा उपप्रधान तथा रक्षामन्त्री खड्को भूमिका रहेको देखिएको छ। सशस्त्र प्रहरी हेडक्वाटरले डा सञ्जुको निजी चालक हवल्दार कसरी भए भन्नेबारे गरेको आन्तरिक छानबिनको क्रममा रक्षामन्त्री पूर्णबहादुर खड्काको भूमिका रहेको औंल्याएको छ। 

जस कारण सशस्त्र हवल्दारको मृत्यु हुने यो दुर्घटनाको साइनो रक्षामन्त्री खड्कासँग जोडिएको छ। दुर्घटनामा मृत्यु भएकी डा सञ्जु कांग्रेसका उपसभापति समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारी रहेको खुलेको छ।

Ncell 2
Ncell 2

रक्षामन्त्री खड्काका सहोदर भाइ डा डम्बरबहादुर खड्का कर्णाली प्रदेश अस्पतालका निर्देशक हुन्। दुर्घटनामा मृत्यु भएकी डा सञ्जु डम्बरबहादुरकी श्रीमती हुन्। जसकारण डा सञ्जु रक्षामन्त्री पूर्णबहादुरकी आफ्नै भाइबुहारी पर्छिन्। पूर्णबहादुरकै पहुँचका कारण निजी चालकको रुपमा अधिकारी खटिएको खुल्यो। 

घटनाबारे आन्तरिक अनुसन्धान गरिरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा एसएसपी राजेन्द्र खड्काले बताए। कसैको निजी गाडी चालकमा कसरी प्रहरीका कर्मचारी प्रयोग भए? भनेर सोधिएको प्रश्नमा एसएसपी खड्का भन्छन्, ‘यो विषयमा हामी पनि अनुसन्धान गरिरहेका छौं। कसैको निजी गाडी चालक बनाएर हामीले पठाउने कुरा हुँदैन।’

बहालवाल मन्त्री पूर्णबहादुरले चालक तथा सुरक्षाका लागि सुरक्षाकर्मी माग गरिएकोमा उहाँलाई पठाइएको र तिनै चालकलाई पूर्णबहादुरले भाइबुहारीको चालक बनाएर पठाइएको हुनसक्ने सशस्त्र हेडक्वाटरले जनाएको छ। चालक हवल्दार कामाडौंबाट नै कार लिएर डा सन्ञुलाई सुर्खेत पुर्‍याउन हिँडेको पाइएको छ। सोही क्रममा उनको मृत्यु भएको हो। गोरखाको आँपपिपल घर भएका ३७ वर्षीय चालक अधिकारीका श्रीमती र दुई छोरी छन्।

डा सञ्जुको निजी चालक बनेर जाँदा दुर्घटनामा परी ज्यान गुमाएका हवल्दार चालकको दरबन्दी तथा कार्यरत कहाँ थिए भन्ने समेत सशस्त्र प्रहरीले खुलाएको छैन। भीआईपी/भीभीआईपीहरुका लागि चालक तथा सुरक्षाकर्मीहरु राज्यले उपलब्ध गराउँदै आएको छ। 

तर, यसरी उपलब्ध हुने सुविधामा चरम दुरुपयोग हुँदै आएको छ। शक्तिको आडमा आवश्यकता तथा भीआईपी सुरक्षा कार्यविधिबेगर सुरक्षाकर्मी परिचालन हुने गरेका छन्। केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरित भीआईपी सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको दुरुपयोग भएको भन्दै फिर्ता गराएका थिए। 

अर्कोतर्फ भने शक्तिकेन्द्रको निकट बन्न तथा चाकडी बन्ने होडमा समेत उनीहरुलाई रिझाउनका लागि प्रहरी संगठन आफैंले समेत आवश्कताभन्दा बढी सुरक्षाकर्मी उपलब्ध गराउने गरेका छन्। जसकारण संगठनभित्रकै कर्मचारीको कारण पनि सुरक्षाकर्मीहरुको दुरुपयोग हुँदै आएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
कोशीमा बेपत्ता गोताखोरको शव भेटियो सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयमा कार्यरत डोटीका सुरज साउदको शव आज विहान ११ बजे कोशी ब्यारेजको ५५ नम्बरक... आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफल पछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आएप... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
विपक्षी दलहरूको बैठक नसकिएकाले डेढ घण्टा बित्दासम्म सुरू भएन सदन आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्