• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
फुली लगाएको १ साता बित्न लाग्दा समेत हुन सकेन डीआईजीको पदस्थापन  एसएसपीले खोसिदिए डीआईजीको सरुवा
64x64
नारायण अधिकारी सोमबार, वैशाख ११, २०८०  १३:२१
1140x725

काठमाडौं– दर्ज्यानी चिह्न (फुली) लगाएको एक साता बित्न लाग्दा समेत प्रहरी नायव महानिरीक्षक (डीआईजी)को पदस्थापन हुन सकेको छैन। पदस्थापन हुन नसक्दा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा बढुवा भएका १३ अधिकृत एक सातासम्म जिम्मेवार विहीन बनेका छन्।

बढुवा सिफारिस समितिले गत चैत २९ गते १३ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। मन्त्रीस्तरीय निर्णयबाट उक्त सिफारिस सदर भएपछि वैशाख ६ गते बढुवा भएका १३ प्रहरी अधिकृतले डीआईजीको दर्ज्यानी चिह्न लगाएका थिए। 

प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गर्दै प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले व्यवसायिक भएर जिम्मेवारी पूरा गर्न भन्दै निर्देशन समेत दिएका थिए। 

बढुवा भएर फुली लगाइदिँदै व्यवसायिक भएर काम गर्न निर्देशन दिएको एक साता बित्न लाग्दा पनि डीआईजीहरुको पदस्थापन भने अहिलेसम्म हुन सकेको छैन। सामान्यतया प्रहरीमा बढुवा भएर दर्ज्यानी चिह्न लगाएकै दिन पदस्थापन समेत गरिँदै आइएको थियो। अर्थात् एकै दिन दर्ज्यानी चिह्न र पदस्थापन हुने चलन थियो। तर यसपटक भने १३ डीआईजी बढुवा भएर फुली लगाएको एक साता बित्न लाग्दा पनि पदस्थापन हुन सकेको छैन। 

प्रहरी प्रधान कार्यालय भने डीआईजीको पदस्थापन तथा सरुवाको जिम्मेवारी आफ्नो नभइ गृह मन्त्रालयको भन्दै पन्छिने गरेको छ। प्रहरी नियमावलीअनुसार डीआईजीको पदस्थापन तथा सरुवा गृहमन्त्रीको मन्त्रीयस्तरीय निर्णयबाट हुने गर्छ।

बढुवा भएका प्रहरी अधिकारीहरु आकर्षक ठाउँमा जान शक्ति केन्द्रमार्फत् लबिइङमा लाग्दा पदस्थापन हुन नसकेको विषय ‘ओपन सेक्रेट’ नै छ । ‘बढुवा भएकाहरु सबैलाई प्रदेश चाहिएको छ । त्यो पनि रोजेर। प्रदेश इञ्चार्ज तथा आकर्षक पोस्टिङ जान दबाब दिएकाले पदस्थापन हुन नसकेको हो,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन्।

डीआईजीको नेतृत्वमा चल्नुपर्ने कार्यालयहरु अहिले एसपीको भरमा चल्नुपर्ने अवस्था छ। तर, बढुवा भएर फुली लगाइसकेका डीआईजीले जिम्मेवारी पाएका छैनन्।  डीआईजीले कमाण्ड गर्ने कार्यालयमा एसपीको भरमा चलेको एक साता बित्न लाग्दा पनि प्रहरी प्रधान कार्यालयले पदस्थापनका लागि तदारुकता नदेखाएको आरोप लागेको छ । 

प्रहरी महानिरीक्षक भएपछि पहिलो सम्बोधनमै कुँवरले आन्तरिक सुद्धीकरण गर्ने, बाहिर चलखेल र भनसुन तथा दबाब दिएमा कारबाहीसम्म गर्ने चेतावनी दिएका थिए । तर डीआईजीहरुको चलखेलकै कारण अहिलेसम्म पदस्थापन हुन नसक्दा आईजी कुँवरको उक्त भनाइ प्रभावकारी भएको देखिएन। 

Ncell 2
Ncell 2

एआईजीमा पनि भएको थियो उस्तै ताल 
डीआईजीमा मात्रै होइन, यसअघि अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापनमा पनि यस्तै भएको थियो। बढुवा भएको एक साता बितिसक्दा समेत एआईजीको पदस्थापन हुन सकेको थिएन। सिफारिस पछि बढुवाको निर्णय गर्दा नै पदस्थापन समेत तोकिने गरिए पनि एआईजीको पदस्थापन पनि १ सातासम्म हुन सकेको थिएन।

गत चैत ८ गते एआईजीको दर्ज्यानी चिह्न लगाएका ५ जनामध्ये चैत १० गते वसन्त कुँवर आईजीमा बढुवा भएका थिए। तर बाँकी चार एआईजीहरु श्यामलाल ज्ञवाली, दीपक थापा, टेकप्रसाद राई र किरण बज्राचार्यको एक सातापछि चैत १५ गते मात्रै पदस्थापन भएको थियो। 

एक सातासम्म उनीहरु जिम्मेवार विहीन भएका थिए। त्यतिबेला उनीहरु प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा हाजिर गर्दै दिन कटाउँथे। अहिले फेरि डीआईजीको उस्तै नियति दोहोरिएको छ। 

सरुवामा ‘हाइज्याक’, बढुवाविरुद्ध उजुरी
अझ कतिसम्म भने अघिल्लो दिनसम्म प्रदेश प्रमुखको कमाण्ड सम्हाल्न भनेर ठिक्क परेका व्यक्तिको सरुवा नै ‘हाइज्याक’ समेत भएको थियो। 

मधेस प्रदेश प्रहरीका तत्कालीन प्रमुख वसन्तबहादुर कुँवर एआईजी हुँदै आईजी बनेपछि त्यहाँको कमाण्ड खाली थियो। मधेस प्रदेश प्रमुखकको जिम्मेवारी डीआईजी किरण राणाले पाएकी थिइन्। संगठन प्रमुख आईजी कुँवरले राणालाई निर्देशन समेत दिँदै चुनौतीपूर्ण प्रदेश २ को राम्रो कमाण्ड गर्न निर्देशन दिएका थिए। 

डीआईजी राणा आईजीको निर्देशनपछि मधेस जाने तयारीमा थिइन्। तर रातारात डीआईजीको सरुवा एसएसपीले नै ‘हाइज्याक’ गरिदिएका थिए। डीआईजीकै सरुवा हाइज्याक गरेर डीआईजी बस्ने ठाउँमा पुगेका शक्तिशाली एसएसपी हुन् जनक भट्टराई। 

डीआईजी प्रमुख हुने ठाउँमा डीआईजीकै सरुवा गरेर एसएसपी प्रमुख बनेर गएका शक्तिशाली भट्टराई भने प्रहरीमा सधैंजसो इन्चार्ज पाइरहने प्रहरी अधिकृत हुन्। उनै एसएसपी भट्टराई डीआईजी बढुवा हुँदा पनि अहिले अग्रस्थानमै छन्।

अहिले पनि भट्टराईजस्तै प्रहरी अधिकारीहरुले आकर्षक पोस्टिङका लागि दवाब दिइरहेकाले १३ डीआईजीको पदस्थापन हुन सकेको छैन। 

अर्कोतर्फ अहिले पदस्थापन हुन नसकेका टोलीहरुको बढुवा पनि विवाररहित भने हुन सकेन। बढुवा सिफारिसविरुद्ध एसएसपीद्वय चक्रबहादुर सिंह र अनुरागकुमार द्विवेद्वीले उजुरी नै हालेका थिए। 

लोकसेवा आयोगको उजुरी सुन्ने समितिमा बढुवा सिफारिसविरुद्ध उजुरी हालिएको थियो। यद्यपि उजुरी सुन्ने समितिलाई अंक जोड्ने बाहेकको जिम्मेवारी भने दिइएको छैन। उजुरी सुन्ने समितिले पनि सिफारिस समितिकै निर्णयलाई सदर गरेपछि बढुवा भएकाहरुले दर्ज्यानी चिह्न लगाएका थिए। 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्