• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
प्रकाश सपूतको ‘सकम्बरी’ : महिलाद्वेषी शब्द र स्वतन्त्रतामाथि सन्देह
64x64
समर्पण श्री सोमबार, वैशाख ४, २०८०  १९:१२
1140x725

साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्र हुन् सकम्बरी। त्यही पात्रको नाममा गायक प्रकाश सपूतले  बैशाख १ गते नयाँ गीति भिडियो सार्वजनिक गरे। 

यतिबेला युट्युबको ट्रेन्डिङमा देखिएको यो गीति भिडियोले बहस सिर्जना गरिरहेको छ। गाउँकी फूलमाया सहरमा कसरी ‘सकम्बरी’ बनिन्? मुख्य कथा यही हो। 

तर सपूतले फूलमाया सकम्बरीमा रुपान्तरण हुँदाको जुन भाष्य स्थापित गर्न खोजे, त्यो आलोचित छ। समाजको चेतना बदल्न वा सामाजिक परिवर्तनका लागि मानिसलाई डोहोर्‍याउने सशक्त माध्यम सिर्जना हो। उसो त गीत संगीतले मानिसलाई छिटो प्रभाव पार्छ। 

महत्वपूर्ण आन्दोलनमा जनवादी गीत सुनेरै जनताहरू जागेका दृष्टान्त हामीसँग थुप्रै छन्। यदि गीत संगीतलाई गलत हतियारका रुपमा प्रयोग गरियो भने के हुन्छ? कलाको बाहनामा मुद्दा वा विषयलाई गलत व्याख्या गरियो भने के हुन्छ? प्रकाश सपूतको श्रव्यदृश्य सामग्री ‘सकम्बरी’ हेर्दा यो भान भइरह्यो।

दृश्य कथामा गाउँकी फूलमाया सहर आएकी छन्। उनी मोडल बन्न र पैसा कमाउन चाहन्छिन्। रेस्टुराँमा वेटरको रुपमा काम गर्ने क्रममा धनी मानिसहरूसँग उनको सामिप्यता बढ्छ। उनले पैसाका लागि उनीहरूलाई शरीर सुम्पन्छिन्।

कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो
नाकमा बुलाकी तिम्लाई कल्ले किन्दियो
पाउमा लाको पाउजु, हातमा सुनको चुरा
तिम्लाई कल्ले किन्दियो?
फूलमाया फूलमाया...
 

गीतको स्थायी र कथाको तात्पर्य हो कि– मोडल बन्न र पैसा कमाउन गाउँबाट सहर आउने युवतीहरूले यही नियती व्यहोर्नुपर्छ। 

कानमा झुम्का, नाकमा बुलाकी कसले किन्दियो भनेर प्रश्न गर्ने सपूतले समाजको संकुचित दायराबाट महिला चरित्र नियाँलेका छन्।

Ncell 2
Ncell 2

एउटी युवतीले नाकमा झुम्का, कानमा बुलाकी, हातमा चुरा, खुट्टामा पाउजु लगाउनु वा स्कुटर चढेर हिँड्नु समाजको लागि प्रश्न र सन्देहको विषय हो? रेस्टुराँमा काम गर्ने महिला कति छन्? मोडलिङ वा अन्य क्षेत्रमा काम गर्ने महिलाको संख्या कति छ? सपूतको गीतले उनीहरूको मिहिनेत, क्षमता र परिश्रमको कमाइको धज्जी सजिलै उडाइदिएको छ।

हाम्रो समाजको संरचना नै पितृसत्तात्मक छ। जस्तो कि एउटा पुरुष छोटो समयमै आर्थिक रुपमा सबल हुन्छ, उसको आम्दानी राम्रो हुन्छ भने उसले उन्नति गरेको ठहरिन्छ। क्षमताको प्रशंसा हुन्छ। तर महिलाको हकमा त्यो लागू हुन्न। उसले छोटो समयमै आत्मनर्भिर भएर राम्रो कमाइ गर्दा सन्देहकै विषय हुन्छ। चरित्रमाथि टिकाटिप्पणी हुन थाल्छ। संकुचित समाजको यो स्वभावलाई सपूतको गीतले प्रशय दिएको छ।

गीतका शब्दहरू महिलाद्वेषी छन्। जसले उनीहरूको चरित्रमाथि प्रहारमात्र गरेका छन्। समाजको पितृसत्तालाई सपूतले सोच्न दिएका छन्, ‘रातमा अबेर महिलाहरू घर आउनु शंकास्पद हो।’ 

महिलाको वैयक्तिक स्वतन्त्रतामाथि अंकुश लगाउन उनले हौसला बाँडिरहेका छन्। 

भिडियोमा ‘सकम्बरी’लाई परिबन्धमा पारिएको छ। उनी सजिलै त्यो परिबन्धलाई स्वीकार गरिरहेकी छन्। उनको उच्च महत्वाकांक्षाले गलत बाटोलाई स्वीकार गरिरहेको छ। उनले ‘रंगिन रंगिन रहर सजाउन धर्म मास्ने जहर’ पिइरहेकी छन्।  कथाको भाव यही हो।

समाजमा लैंगिक विभेदको पर्खालले महिलाहरूले पुरुषको तुलनामा बढ्ता संघर्ष गर्नुपर्ने कुरा यथार्थ हो। ‘एन्टागोनिस्ट’ चरित्रका पुरुष हरेक क्षेत्रमा हुन्छन्। तर सपूतले गीतमा महिलालाई कमजोर पात्रका रुपमा बेचेका छन्। सब घटनाको  जिम्मेवार युवतीको जवानीमाथि बोकाइरहेका छन्।

सरकारी तथ्यांकअनुसार नेपालमा ५० हजार भन्दा बढी महिला यौनकर्ममा सहभागी छन्। अन्य पेसासरह यो पेसामा सहभागी महिलाहरू पनि सम्मानित हुनुपर्छ। गीतमा प्रकाश सपूतले यौनकर्ममा संलग्न महिलालाई ‘अपराधी’ करार गरिदिएका छन्। 

अन्तरा छ–

रस गालैको सुकिजानेछ
आफ्नै आत्माले थुकिजानेछ

भिडियोमा एउटा पात्रको डाइलग छ, ‘बाध्यता पर्‍यो भनेर जे पनि गर्ने, इज्जतै फाल्ने। पाप लाग्ला।’ यौनकर्मलाई पाप र अपराधसँग जोड्ने सपूतको गीतले यो कर्ममा सहभागी महिलाहरूको आनत्मसम्मानमा चोट पुर्‍याएको छ। भिडियोमा ‘सकम्बरीको ‘सबैलाई पाप लाग्छ’ भन्ने क्रममा स्वीकारोक्ति छ, ‘सायद पाप मलाई पनि लाग्छ।’  

पाप र धर्मको निसाफ बोल्दै सपूत गीतमा गायक भन्दा बढी ‘चाणक्य’ सुनिन्छन्। कला पक्ष फितलो छ गीतको। मानिसका आग्रह पूर्वाग्रह थुपारेर राम्रो सिर्जना कसरी बन्ला? 

फूलमायालाई ‘शिरिषको फूल’को विम्बका रुपमा टिप्न खोजेका छन्। तर बरीको मनोविज्ञान अध्ययन गरेको देखिन्न। ‘सकम्बरी’को अस्तित्व नजिक पुगेको देखिन्न। 

नाममात्र ‘सकम्बरी’ राखेर कथित आदर्श गीतमा भट्याउँदैमा कहाँ सिर्जना बलियो बन्छ र? त्यसमाथि उनी हिन्दी फिल्म ‘डर्टी पिक्चर’ र ‘डर्टी पोलिटिक्स’को ह्याङओभरबाट बाहिर निस्केका छैनन् झैं लाग्छन्। 

‘सकम्बरी’को राजनीतिक करिअरलाई सस्पेन्स राखेर नयाँ सामग्री पनि ल्याउने धुनमा छन् प्रकाश सपूत। अब दोस्रो भागमा ‘सकम्बरी’लाई सुधार्ने हुन् कि आफूलाई? त्यो भने  हेर्न बाँकी छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक (भिडिओ) भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैल... शुक्रबार, जेठ २३, २०८२
परित्याग बोलको गीत सार्बजनिक ( भिडियोसहित) सफल केसीको निर्देशन रहेको उक्त गीतमा कलाकार बिपिन कार्कीको बेजोड अभिनय देख्न सकिन्छ। बुधबार, जेठ १४, २०८२
डा भोला रिजालको अंगदान सम्बन्धी सन्देशमुलक गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक यस शन्देशमुलक गीतमा न्ह्यु बजाचार्यले संगीत भरेका छन् भने प्रविण बेदवालले स्वर दिएका छन् । म्युजिक भिडियोमा भने डा रिजालसंगै, डा भगव... आइतबार, जेठ ११, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्