• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
हरवाचरवाका दु:ख जमिन्दारको मिलले काटिएका चलितरका औँला
64x64
समर्पण श्री शनिबार, वैशाख २, २०८०  ०८:३९
1140x725

जनकपुर– ‘तपाईंको औँलामा के भएको?’

सोध्नासाथ चलितर खतवे मण्डलले देव्रे हात उठाए। हातका चार औँला काटिएका छन्। ‘गिरहतको मिलमा...,’ चलितरले पूरा वाक्य नबोल्दै रोके। 

गणेशमान चारनाथ नगरपालिकाबाट मंगलबार ‘हरवाचवरा’को अधिकार यात्रा जनकपुरधामतर्फ अगाडि बढ्दै थियो। मधेशमा ओर्लिएको चर्को घाम छिचोल्दै उनीहरू ट्र्याक्टरमा यात्रा गरिरहेका थिए। 

अडेस लगाएर बसिरहेका चलितरले टाउकोमा फेटा बाँधेका थिए। सेतो सर्टमाथि निलो रङको ज्याकेट पहिरिएका थिए। ट्र्याक्टरले बेलाबेला उफार्थ्यो, चलितर दायाँ हातको भरथेग लिन खोज्थे। त्यही क्रममा उनको देव्रे हातका काटिएका औँलातिर नजर परेको थियो।

चलितरसँग औँलाबारे जिज्ञासा राख्दा आक्रोशमिश्रित भावमा भने, ‘हामी हरवाचरवाको औँला, हात काटिनु भनेको त गिरहतको लागि जनावर काटिएजस्तो हो नि।’

सिरहाको लक्ष्मीपुर पतारीमा बस्छन् चलितर। अहिले ६२ वर्षका भए, उनी।

टुटफुट नेपाली बोल्न सक्ने चलितर मैथलीमै आफ्नो कुरा सुनाउन चाहन्थे। घरी नेपाली र घरी मैथली मिसाएर उनले पुराना दिन स्मरण गरे, जतिबेल उनीसँग काम गर्ने बल र उमेर थियो। 

Ncell 2
Ncell 2

घटना करिब २० वर्षअघिको हो। उनी गिरहत रासलाल बंगालीको खेतबारीमा काम गर्थे। एकदिन गिरहतले ठूलो सेलर मिल ल्याए। त्यसपछि उनले मिलमा पनि काम गर्नुपर्ने भयो।

एकदिन मिलले देव्रे हातको चार औँला काटियो। औँला काटिएपछि गिरहतले नै उनलाई धरानस्थित घोपा अस्पतालमा लगेर उपचार गरे। करिब एक महिनाको उपचारमा एक लाख खर्च भयो। यति खर्च व्यहोरेपछि जमिन्दारले उनलाई कामबाटै निकालिदिए। ‘क्षतिपूर्ति दिएन। बरु कामबाटै हटायो। मैले गरेको दुःखको कुनै मूल्य देखेन,’ चलितरले सुनाए।

उनको आफ्नो जग्गा थिएन। ऐलानीमा सानो छाप्रो थियो। ५ छोराछोरीसहित चलितर दम्पतीले त्यही छाप्रोमा दिन गुजारेका थिए। चलितर काम गर्न सक्ने अवस्थामा थिएनन्। कति रात उनीहरूले भोकभोकै कटाए। ‘खानाका लागि अन्न थिएन, पानी खाएर पनि दिन कटाएका छौँ,’ चलितर भन्छन्। 

श्रीमती पसलादेवी खतवे मण्डल अरु जमिन्दारको खेतबारीमा गएर काम गर्न थालिन्। जमिन्दारले दिएको चामलले छाक टार्नै मुस्किल हुन्थ्यो। ‘त्यसपछि उनीहरूसँग ऋण लिइयो। त्यही ऋणको बदलामा धेरै वर्ष काम लगाइरहे,’ चलितर भन्छन्। 

औँला काटिएपछिका दिन पहिलाका जस्ता रहेनन् चलितरका। उनी बिरामी भइरहन्थे। काम गर्ने सामर्थ्य पनि घट्दै गइरहेको थियो।

हुर्कँदै गएपछि उनका दुई छोरा पनि हरवाचरवा बसे। तर, उनीहरूको दुःखका दिन सकिएनन्। तीन छोरी र दुई छोराको विवाहका लागि लिएको कर्जा चुकाउन पनि परिवार गिरहतकोमा हरवाचरवा बसिरह्यो। र, यो क्रम अहिलेसम्म पनि जारी छ।

चलितरका बाजेको पालासम्म उनीहरू कहरिया गर्थे। बेहुला बेहुलीलाई डोलीमा बोक्ने पुर्ख्यौली पेसा थियो चलितरको। बाको पालादेखि नै त्यो पेसा लोप भइसक्यो। चलितरका बा भने सानैदेखि ‘हरवाचरवा’ बसे। सिँगो परिवार नै हरवाचरवा बस्न बाध्य भयो। ‘वर्षौं हामीले जमिन्दारको हरवाचरवा बस्यौँ। तर, हाम्रो जमिन कहिल्यै भएन,’ चलितर भन्छन्। 

चलितरको परिवारले गिरहतकोमा काम गर्दा थुप्रै विभेद भोग्नुपरेको छ। ‘हामीलाई आँगनबाट भित्र पस्न दिइन्न।  खाना पतरीमा दिलइन्छ। थाल दिइन्न। खाइएपछि त्यो पखालेर छुट्टै राख्नुपर्छ,’ उनी भन्छन्, ‘अहिले पनि पशुको भन्दा तल्लो स्तरको व्यवहार गरिन्छ।’

उनको परिवारले थुप्रै पटक गर्मी र हिउँद एउटै कपडाले कटाएको छ। उनका लागि जाडो र गर्मी सधैं ज्यानमारा भएर आइदिन्छ। ‘हामी गरिब दलितका लागि कुनै पनि महिना आफ्नो हुँदैन रहेछ,’ उनी भन्छन्।

राजविराजदेखि जनकपुरसम्मको ५ दिने यात्रामा चलितर विभिन्न स्थानीय तहहरू घुमे। घुम्दा थाहा पाए, ‘मजस्तै हजारौं हरवाचरवाको दुःख एउटै रहेछ।’ उनले जस्तै उनका साथीहरू यात्राभर एउटै कपडामा थिए। चप्पल फाटेको थियो। उनीजस्तै सबै चाहन्थे, ‘यो दुःखबाट मुक्ति।’

पहिले पहिले त चलितर बोल्न सक्दैनथिए। अहिले आफ्ना कुरा गिरहतकै अगाडि आक्रोशजन्य भावमा राख्न सक्छन् उनी। राष्ट्रिय हरवाचरवा अधिकार मञ्च विस्तारै संगठित हुँदै गएपछि त्यो बल प्राप्त गर्दै गए उनले। ‘संगठनले बोल्न सिकायो, अधिकार माग्न सिकायो,’ उनी भन्छन्।

 अहिले उनी अधिकार मञ्चका सिरहा जिल्ला उपाध्यक्ष छन्। 

यसपटकको यात्रामा चलितरले भाषण गरे, नारा लगाए। तर, उनी गलेनन्। ‘अब हामीले भोगेको उत्पीडन हाम्रा नातीनातीनाले भोग्न नपरोस्,’ उनी भन्छन्। 

उनका दुई नातीनातिनीले एसईई दिइसके। उनीहरूलाई थप पढाउन चाहन्छन् चलितर। ‘उही जमिन्दारकहाँ हरवाचरवा बस्न पोतापोतीलाई दिने छैनौँ,’ उनी भन्छन्।

गत साउन २ गते हरवाचरवाका लागि उत्सवको दिन थियो। देशका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूको मुक्ति घोषणा गरेका थिए। ‘तर, खै ९ महिना बित्यो। हामीले मुक्ति पाएका छैनौँ,’ उनको प्रश्न छ।

सरकारले न जमिन दियो, न रोजगारी। न शोषणाको अन्त्य नै भयो। चलितर अधिकार यात्रामा सरकारलाई खबर्दारी गर्न निस्केका हुन्।

‘अब काठमाडौंको सिंहदरबार जानुपरे पनि जान्छौँ। तर, हामी अधिकार नपाएसम्म लडिरहन्छौँ,’ चलितर दृढ भएर भन्छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्