• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
वर्ष फिल्म समीक्षा कमेडी फिल्मले करोडौं कमाए, प्रयोगवादीलाई सकस
64x64
समर्पण श्री बिहीबार, चैत ३०, २०७९  १४:४५
1140x725

काठमाडौं–  यो साल  (विसं २०७९) नेपाली चलचित्र उद्योगका लागि कस्तो  रह्यो?

सन्तोषजनक जवाफ न फिल्ममेकरहरूमा छ, न दर्शकमा। एकाध सिनेमा बाहेक अधिकांशले लगानी उठाउन पनि सकेनन्। तर, यो वर्ष बक्स अफिसमा दबदबा भने कमेडी विधाका चलचित्रकै रह्यो।

विसं २०७९ को सुरुआतीदेखिनै नेपाली फिल्म क्षेत्रमा नयाँ प्रयोग भए। तर, प्रयोग आम दर्शकमाझ पुग्नै सकेन। बरु कडा समीक्षा पाएका फिल्महरू भने बक्स अफिसमा सफल ठहरिए। यसपटक बक्स अफिसमा कमेडी बाहेक अन्य विधाका फिल्मले सुखद् व्यापार गर्न सकेनन्।

फिल्म क्षेत्रमा सर्वाधिक चर्चित मानिने अनमोल केसीले पनि यसपटक नमीठो अनुभव बटुले। उनी स्टारर फिल्म ‘छड्के २’ ले बक्स अफिसमा ३० लाखको मात्र व्यापार गर्‍यो। जबकि अनमोलले फिल्ममा पारिश्रमिक नै ५० लाख लिएका थिए।

प्रयोगवादी सिनेमाको निराशाजनक व्यापार
३ असारमा दीपेन्द्र के खनाल निर्देशित फिल्म 'चिसो मान्छे' प्रदर्शनमा आयो।

प्रदर्शनमा आउनुअघि फिल्मको पोस्टर र ट्रेलरले थुप्रै चर्चा बटुलेको थियो। नेपालमा 'फरक धार'का सिनेमाहरू अब क्रमशः बढ्दै जाने आकलन गरिएको थियो। तर, फिल्म प्रदर्शनको पहिलो दिन दर्शकहरूको उपस्थिति कमजोर रह्यो।

फिल्म निर्माण पक्षले भने प्रोमोसन जोड लगाएरै गरेको थियो। निर्देशक खनालले कुनै कसरत बाँकी राखेनन्। तर, फिल्मको व्यापार २ करोडभन्दा उकालो लाग्न सकेन। 

1644335861_Chiso-Manchhe.jpgनिर्देशक तथा निर्माताहरूको बुझाइ थियो कि आर्ट सिनेमाहरू 'वर्ड अफ माउथ'ले चल्छन्। दीपेन्द्र के खनालले नै ६ वर्षअघि निर्देशन गरेको फिल्म 'पशुपति प्रसाद'ले सुरुआती दिनमा निराशाजनक व्यापार गरे पनि पछिल्ला दिनमा दर्शकहरू तान्दै लग्यो।

Ncell 2
Ncell 2

तर, 'चिसो मान्छे' अपेक्षित भएन।

‘चिसो मान्छे'अघि प्रदर्शनमा आएको 'चिसो एस्ट्रे'ले समीक्षाहरू राम्रो पायो। दिनेश पाल्पाली निर्देशित फिल्मलाई समीक्षकहरूले नयाँ प्रयोगको सिनेमाका रुपमा पनि लिए‌। तर,, फिल्मको लगानी यसरी डुब्यो कि, निर्माताहरू पुनः फिल्म बनाउन सक्ने सामर्थ्यमा छैनन्। 

गत २४ असारमा प्रदर्शनमा आएको अनुप बराल निर्देशित फिल्म 'दोख'को पनि पोस्टर र ट्रेलरले निकै आशा बढाएको थियो। तर, प्रदर्शनको पहिलो हप्तामै फिल्म हलबाट उत्रियो।

'दोख' लगत्तै प्रदर्शनमा आएको खगेन्द्र लामिछाने निर्देशित 'पानीफोटो'ले हलमा पानीसम्म भन्न पाएन। एक दशकअघि गुरुकुल थिएटरमा खगेन्द्रकै लेखन तथा निर्देशनमा 'पानीफोटो' नाटक मञ्चन गरिएको थियो। त्यतिबेला लोकप्रिय नाटकमाथि खगेन्द्रले फिल्म बनाए। तर, दर्शकहरू हलसम्म तानिएनन्। 

paniphoto1657645471.jpg

गत भदौमा प्रदर्शनमा आएको सुवर्ण थापा निर्देशित फिल्म फिल्म 'राधा'ले राम्रो समीक्षा त पायो। तर, दर्शकहरूको साथ पाउन सकेन। फिल्मलाई हलवालाले निकै कम शो दिएपछि निर्देशक थापाले प्रदर्शन नै बन्द गरेका थिए। 

त्यसयता निर्देशक थापा 'राधा'को पुनः रिलिजको दौडमा छन्। ‘राधा’सँगै प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म 'प्रकाश'ले पनि लगानी उठाउन हम्मेहम्मे पर्‍यो। जबकि फिल्मले राम्रो समीक्षाहरू बटुलेको थियो। फिल्मको प्रोमोसन र निर्माण पक्षको अपेक्षाअनुरुप भने कमाइ हुन सकेन।

पछिल्लो समय निकै चर्चा कमाएको फिल्म हो 'ऐना झ्यालको पुतली'। सुजित बिडारी निर्देशित उक्त फिल्मले नेपाली फिल्म उद्योगमा आजसम्मकै राम्रो समीक्षा पायो। कतिपयले दुई दशकयताकै उत्कृष्ट सिनेमा भने। सिर्जनशील र ‘बौद्धिक जमात’मा फिल्मले अनपेक्षित प्रशंसा पायो।

aina jhyal1660481583.JPG

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल बुसानको न्यु करेन्ट सेक्सनमा छनोट भयो र ढाकामा भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक बिडारीले उत्कृष्ट फिल्म मेकरको अवार्डसमेत प्राप्त गरे। 

तर, फिल्मको व्यापार अनपेक्षित हुन सकेन। फिल्मलाई 'मुभी लभर्स' फेसबुक ग्रुपले प्रचारमा निकै सहयोग गर्‍यो। राम्रो भनिएर निकै तारिफ बटुले पनि एक करोड भन्दा माथिको व्यापार गर्न सकेन‌। यद्यपि यही फिल्मले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ४ विधामा अवार्ड जित्यो।

गत चैत २४ मा प्रदर्शन भएको फिल्म ‘बहाब’ले पनि समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। प्रमोद कँडेल निर्देशित यो फिल्म युवा मनोविज्ञानमाथि बनेको फिम हो। तर, फिल्मले हलमा दर्शक भने पाइरहेको छैन। 

के मा छन् त दर्शक?
हलमा दर्शक आएनन् भनेर फिल्ममेकरहरू चिन्तित भइरहँदा यसबीचमा प्रदर्शन भएका केही फिल्मले हल खचाखच बनाए। हेमराज बिसी निर्देशित कमेडी फिल्म ‘छक्कापञ्जा ‍४’ पाँच हप्तासम्म प्रदर्शनरत छ। फिल्मले २१ करोडभन्दा माथि कमाइ गरिसकेको छ।

गत वैशाखमा प्रदर्शन भएको रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी-४'ले हालसम्मकै उत्कृष्ट व्यापार गर्‍यो। फिल्मले त्यसअघिका व्यापारको रेकर्ड नै तोड्यो। करिब २५ करोडको व्यापार फिल्मले गर्‍यो। फिल्मका निर्देशक गुरुङ यो कुराबाट यति हौसिए कि फाइनल म्याच भनिदिएका 'कबड्डी-४' लाई तन्क्याएर 'कबड्डी–५' को तयारी गरिरहेका छन्।

कात्तिक ११ गते प्रदर्शमा आएको फिल्म 'महापुरुष'ले करिब ११ करोडको व्यापार गर्‍यो। 

1646295741_Kabaddi-4.png

प्रदीप भट्टराई निर्देशित फिल्म 'महापुरुष'ले हालसम्म १० करोडको व्यापार गर्‍यो। बाको बिहेको विषयमाथि बनाइएको यो सिच्वेसनल कमेडीमा आधारित फिल्म हो।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म झि़ंगेदाउ'ले ५ करोडभन्दा माथिको व्यापार गर्‍यो। कमेडी प्रशस्त भएकाले दर्शकहरूलाई फिल्मले हलमा सजिलै तान्न सक्यो। 

गत कात्तिकमै प्रदर्शनमा आएको फिल्म 'के घर के डेरा'ले पनि मनग्य दर्शक पायो। दीपेन्द्र के खनाललले ‘चिसो मान्छे’को कम व्यापारले मन चिसो बनाएका थिए। तर, यही वर्ष रिजिल भएको उनको फिल्म ‘के घर के डेरा’ले ४ करोडभन्दा माथिको व्यापार गर्‍यो। दर्शक हलदसम्म तान्न अघिल्लो फिल्ममा जुन कसरत गर्नुपरेको थियो। यो फिल्ममा भने गर्नुपरेन। 

premgeet 31658322435.jpgदीपेन्द्र लामा निर्देशित फिल्म '२ नम्बरी' गत असोजमा प्रदर्शनमा आयो। फिल्मले ६ करोडभन्दामाथिको व्यापार गर्‍यो। कमेडी विधाका फिल्मले बजार पाउँदै गर्दा प्रेमको विषयवस्तुमाथि बनेको एक्सन विधाको फिल्म सन्तोष सेन निर्देशित 'प्रेम गीत-३' ले नेपाल र भारतमा सन्तोषजनक व्यापार गर्‍यो। 

सामाजिक विषयवस्तुमाथि बनेको रामबाबु निर्देशित फिल्म ‘फूलबारी’ले पनि ४ करोड माथिको व्यापार गर्‍यो। बक्स अफिसका लागि यो राम्रो कमाइ मानिएता पनि निर्माण टिमले भने फिल्मको लागि ५ करोड लगानी गरेको थियो। निर्माण टिम भने व्यापारबाट निराश भयो।

यो वर्ष चलेका फिल्महरूको मसला भनेकै कमेडी हो। यसकारण धेरै निर्देशकले बजारकेन्द्रित फिल्म बनाउने हो भने भने कमेडी विधाकै बनाउनुपर्ने अनुमान गरेका छन्। 

phulbari1676612001.jpg

दर्शकको मनोविज्ञान के हो?
'फरक धार' भनिने फिल्महरू नचलेपछि निर्देशकहरू निराश देखिएका छन्। आर्ट सिनेमामा काम गरिरहेका एक निर्देशकले निराशा पोख्दै भने, 'अब आर्ट मुभी बनाएर पैसा डुबाइन्न। कमर्सियल फिल्म बनाएर पैसा कमाउने हो।' 

फिल्ममेकरहरू ययार्थवादी फिल्मले दर्शक नतान्ने कुरा स्वीकार गर्छन्। 'हामीलाई हाम्रो कथा भन्नु नि छ। तर, दर्शक तान्नका लागि कमर्सियल र आर्टको फ्युजन नगरी हुन्न। फिल्ममा करोडौंको लगानी हुन्छ। डुब्यो भने त फेरि फिल्म बनाउने आँट कसले गर्छ र ?' फिल्म निर्देशक निश्चल बस्नेतले एक संवादको क्रममा भनेका थिए। 

'महापुरुष' निर्देशक प्रदीप भट्टराई अभाव भएकै कुराको माग बढी हुने बताउँछन्। 'देशको आर्थिक र राजनैतिक अवस्थाले जनता हास्न पाइरहेका छैनन्। उनीहरूलाई हसाएरै समाजको कथा भन्नु हाम्रो दायित्न हो,' प्रदीप भन्छन्।

आर्ट मुभीमा दर्शक नतानिनुमा उनको बुझाइ छ कि नेपालमा सिनेमाहरू प्राविधिक रुपमा उति बलिया छैनन्। आर्ट सिनेमामा त्यस्ता गल्ती प्रशस्त भेटिन्छन्। तर, कमेडी विधामा बनेका सिनेमाका कमजोरी डाइलगले छोपिदिन्छ। 

mahapurus1659885817.jpg

कतिपय राम्रा आर्ट सिनेमा पनि चल्न नपाई हलबाट उत्रेका प्रसङ्ग पनि प्रदीप निकाल्छन्। राम्रो सिनेमाको मेकिङ अनुसार मार्केटिङ भएन भने पनि दर्शकहरू नतानिने उनको बुझाइ छ।

अर्कोचाहिँ आर्ट सिनेमा हेर्ने अडियन्सहरू बन्न बाँकी रहेको पनि उनी बताउँछन्।

'त्यसैले मलाई लाग्छ कि फिल्म बुझ्ने मेकरले कमर्सियल फिल्म नै बनाउनुपर्छ। नबुझेकाले बनाएको भन्दा बुझेकाले बनाउँदा राम्रा कमर्सियल फिल्म बन्छन्,' उनी भन्छन्, 'हामीले महापुरुष अर्कै ढंगले बनाउन पनि सक्थ्यौं। बुझेर पनि बुझ पचाएर गरिरहेका छौं। हामीलाई गाली पनि गर्नुभयो शुभेच्छुकहरूले। तर, बजार पनि त बुझ्नुपर्छ। हामी खाना हाइजेनिक हुनुपर्छ भन्छौं र भोजको खाना हो भनेर पस्किरहेका छौं।' 

'झिंगेदाउ'का निर्देशक ज्ञानेन्द्र देउजा आफू दर्शकले के खोजिरहेछन् भन्ने कुरामा सचेत रहेको बताउँछन्। 'पहिले म एक्सन मुभी बनाउँथे। अब दर्शकले एक्सन मुभीका लागि नेपाली हेर्दैनन्। कमेडी मुभीहरू हेर्छन्। त्यसकारण म आफ्नै कथालाई कमेडी तरिकाले प्रस्तुत गर्छु,' देउजा भन्छन्।

विदेशी सिनेमाको प्रभावले गर्दा पनि नेपाली फिल्ममेकरलाई चुनौती रहेको उनको बुझाइ छ। 'दर्शकहरू मनोरञ्जन लिन हल जान्छन्। हामीले आफ्नो कथा भनेर त्यो कुरा दिन सक्नुपर्छ,' उनी भन्छन्।

1655471533_jhingedau.jpg

निर्देशक दीपेन्द्र के खनालले एकै वर्ष दुई फिल्म रिलिज गर्दा दर्शकको मनोविज्ञान नियालेका छन्। 'सिरियस तरिकाले कथा भनिएको फिल्ममा दर्शक कम देखिए। दर्शकको साइकोलोजी सिरियस फिल्म हेर्ने छैन। आर्थिक क्राइसिस छ। समस्यै समस्यामा मान्छे रमाइलो गर्न खोजेको हो कि,' खनाल गम्छन्, 'समीक्षात्मक रुपमा राम्रो भनिएको फिल्ममा न्यून दर्शक तर, कमजोर भनिएका फिल्ममा धेरै। यसले दर्शकहरू अहिले सिरियस फिल्म हेर्न नचाहेको हो कि देखिन्छ।' 

'प्रकाश'का निर्देशक दिनेश राउत नेपाली दर्शकलाई आर्ट फिल्ममा बानी पार्न नसकिरहेको बताउँछन्। 'दर्शकहरूमा एउटा किसिमको फिल्म हेर्ने बानी छ। आर्ट फिल्म हेर्ने बानी पार्न सकिरहेका छैनौं। त्यसैले पनि अपेक्षाअनुरुपको दर्शक तान्न सकिएन,' उनी भन्छन्।

कुनै विषयवस्तुलाई हल्का रुपमा प्रस्तुत गरिएका सिनेमा नै दर्शकको रोजाइमा पर्नुमा नेपाली दर्शकहरूमा सिनेमा साक्षरता कम भएको एक निर्देशक बताउँछन्। 'मैले जति सिनेमा बनाए पनि समीक्षा राम्रो पाएका छन्। तर, दर्शकहरू चाहिँ कमजोर सिनेमाले पाइरहेका छन्। नेपालमा दर्शकहरूमा सिनेमा साक्षरता बढ्न बाँकी छ,' ती निर्देशक बताउँछन्।

prakash1661081867.png

कमर्सियल फिल्म बनाइरहेका निर्देशकहरू आफूहरूले चाहेको जस्तो फिल्म आफैंले बनाउन नपाइरहेको पनि बताउँछन्। एक निर्देशक भन्छन्, 'मैले आफूले चाहेको जस्तो आर्ट मुभी बनाउनै पाएको छैन। किनकि फिल्म क्षेत्रबाटै बाँच्नुपर्ने अवस्था छ। आर्ट मुभी बनाएर डुब्न त कहाँ मन छ र। भोलिका दिनमा पैसा कमाइयो भने आफूले चाहेजस्तो फिल्म बनाउँला।'

'रियालिटी फेस गर्न चाहँदैनन् दर्शक'
फिल्म समीक्षक अनुप सुवेदी आर्ट सिनेमा संसारभरि नै कम चल्ने बताउँछन्।

बरु फिल्म किन चलेन भन्दा पनि यसको गुणस्तरमाथि बहस गर्नुपर्ने उनको बुझाइ छ। ‘कमेडी फिल्मचाहिँ किन चल्नुका कारण अरु छनोट गर्ने अप्सन नभएर पो हो कि। सस्पेन्स थ्रिलर फिल्महरू हाम्रोमा खासै बनेका छैनन्। र, अन्य विधाका फिल्म पनि,' उनी भन्छन्। 

अनुपका अनुसार आर्ट फिल्म हेर्ने कल्चर भएको र यस्ता फिल्म बुझेका दर्शकले चाहिँ रुचाउने बताउँछन्। 

'आर्ट मुभी' नचल्नुमा त्यसमा पपुलर कुरा नहुने उनको तर्क छ। 'त्यो डेफ्थमा हुन्छ। दर्शकलाई डेफ्थमा जान मन लाग्दैन। सधैं रियालिटी फेस गरिरहेका हुन्छन्। आम मान्छे फिल्ममा पनि त्यही रियालिटी फेरि फेस गर्न चाहँदैन। उनीहरू दैनिक फेस गर्ने रियालिटीबाट भाग्न चाहन्छन्। तर, पपुलर मुभीले भाग्न दिछ,' उनी भन्छन्।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
काठमाडौंमा सुरु भयो ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ कला र वातावरणीय चेतनको संगमका रुपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिए... शनिबार, जेठ २४, २०८२
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक (भिडिओ) भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैल... शुक्रबार, जेठ २३, २०८२
चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्