• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
‘मुक्ति’को घोषणापछि पनि भोकभोकै दिन काट्छन् हरवाचरवा
64x64
समर्पण श्री आइतबार, चैत २६, २०७९  १०:३९
1140x725

लहान–नाम : हरि राम

उमेर : ४४

घर....?

‘घर त कहाँ हुनु र हजुर ? लहान–१७ मा बस्छु। त्यो ऐलानी जग्गामा,’ हातमा पम्प्लेट बोकेर जुलुसमा हिँडेका हरिराम भन्छन्। 

हरि राम ‘हरवाचरवा’ हुन्। उनका  हजुरबा र बा पनि ‘हरवाचरवा’ थिए। ऐलानी जग्गामा बाँस र परालले छाएको सानो टहरो थियो। अहिले पनि त्यस्तै टहरो छ। दिनभर हड्डी खियाउने गरी जमिन्दारको घर/खेतमा काम गर्नुपर्थ्यो। त्यसको बदलामा जमिन्दारले धान दिन्थे। 

त्यति धानले कहाँ भरिनु परिवारको पेट?

Haruwa_Charuwa_21681015882.jpg

गत श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘हरवाचरवा मुक्ति’को घोषणा गर्‍यो। हरिले गाउँलेकै मुखबाट सुने, ‘हरवाचरवालाई सरकारले मुक्त गरेछ।’

Ncell 2
Ncell 2

हरि राम ट्वाल्ल परे। उनलाई थाहा छैन, ‘मुक्ति कस्तो हुन्छ?’ त्यसपछि त गिरहत(जमिन्दार)को ढोका पनि उनका लागि बन्द।

एकदिन घरमा एक गेडा अन्न थिएन। परिवार भोकै थियो। हरि रामले भोको पेटमा गएर जमिन्दारसँग याचना गरे, ‘ए हजुर हेर्नु न, नानीहरू भोकै मर्छन्। ५० किलो धान दिनू न। म काम गरिदिन्छु।’ 

‘छैन छैन, तिमीहरू हरवाचरवाबाट मुक्त भयौ। किन दिने?’ गिरहरतले कठोर जवाफ फर्काए। घोषणा भएको सुनेदेखि उनले धेरै थरि सुन्नुपरेको छ। 

अब त न कसैले चामल पत्याउँछन्, न कसैले ऋण!

गत श्रावणयता उनको परिवाले थुप्रै रात भोको बिताएको छ। ‘म त भोको बस्न सकुँला। पोतापोती छन्, उनीहरूलाई भोको राख्दा मन कति दुख्छ?’ हरि राम आफ्नो पीडा बोल्छन्।

गिरहतले खेतबारीमा काम नदिएपछि उनी अर्को गाउँमा पुग्छन्। उसैगरी बिन्ती बिसाउँछन्। अर्को गाउँको जमिन्दारले आडम्बर भरिएको लवजमा भन्छन्, ‘तिमी याँसम्म आइपुग्यौ?’

उनले उसैगरी याचना माग्छन्, ‘भोकै भयौँ हजुर!’

त्यसपछि दया गरिदिएझैं भावमा भन्छन्, ‘चार किलो चामल दिन्छु। तर दिनभर काम गर्नुपर्छ।’

चार किलो चामलका लागि उनी जमिन्दारको खेतमा दिनभर जोतिन्छन्।

हरिले सानेदेखि गिरहतको काम गरे। सानोमा बाख्रा चराउँदा चराउँदै उनको स्कुल जाने उमेर छुट्यो। त्यसपछि त बाँकी जीवनकै खेतबारीमा पसिना बगाउँदै बित्यो। 

बिघौंबिघा जमिन भएको जमिन्दारले पाइला राख्ने जमिनधरि दिएनन्। 

हरिका २ छोरा र एक छोरी छन्। गरिबीकै कारण छोराहरूले पढ्न पाएनन्। छोरी सानैदेखि मामाघर बसिन्। १० कक्षासम्म पढिन्। त्यसपछि छोरीको विवाह गरिदिए।

उनीहरूले बास कटाउने छाप्रोले हुरी आउँदा होस् वा बतास चल्दा। उतिसारो भर दिँदैन। हरि राम भन्छन्, ‘मौका लाग्छ भने हिँड्नुस् घर, हेर्नुस्। कस्तो छ देख्नुहुन्छ हजुरहरूले।’

अहिले हरि रामले आफ्नो अधिकारबारे थाहा पाएका छन्। सरकारले घोषणा गरेर आफ्नो दुःखमा ‘कानमा तेल हालेर बसेको’ छ भन्ने थाहा पाएका छन्।

सदियौँदेखिका दुःख सहेका हरि रामलाई यतिबेला चर्को घामले छोएको छैन। ५ दिनको अधिकार यात्राबाट फर्कँदा उनी न्याय लिएर फर्कन चाहन्छन्।

                         ०००

शनिबार राजविराजबाट हरवाचरवाहरू एकसाथ पैदल हिँडे। ठाउँठाउँमा कोणसभा गर्दै उनीहरू लहान आइपुगे। यो अधिकार यात्रामा उनीहरू सरकारसँग न्यायको याचना गरिरहेका थिए।

‘बाँच्नै गाह्रो छ सर, दिनभरि डुलेर पनि कुनै गिरहतले काम दिँदैन। सरकारले घोषणा गर्‍यो। हामीलाई सीप र जमिन दिएन,’ हरवाचरवा राष्ट्रिय अधिकार मञ्च धनुषाका अध्यक्ष राजदेव विनले भने, ‘आधा महिना त रोजिरोटी हुन्न। अलि अलि गरेर सन्चित गरेकोले पुग्दैन, कति दिन भोको बस्नुपरेको छ।’

राजदेवको परिवारमा ३ छोरा, श्रीमती र बुहारी र ५ नातिनातिना छन्। ३ पुस्तादेखि गिरहत बसेको उनको परिवारसँग आफ्नो जमिन छैन। ऐलानी जग्गामा टहारो छ।  ‘गिरहतले १० केजी धान दिएर दिनभरि काम गर्न लगाउँथ्यो। त्यति धान न खान पुग्थ्यो न बेच्न,’ उनी सुनाउँछन्।

Haruwa_Charuwa_51681015883.jpg

४ वर्षअघि उनकी श्रीमती पेटको बिमार भइन्। उपचारको लागि गाउँभरि उनले १० हजार ऋण खोजे। तर कसैले पत्याएनन्। पछि कुन संस्थाले हो, चन्दा उठाएर श्रीमतीको उपचार गराइदियो। त्यसयता श्रीमती निको छिन्।

राजदेवले छोरालाई बल्ल बल्ल ऋण काढेर साउदी पठाएका थिए। तर, छोरा यतिबेला साउदीको दलदलमा फसिहेका छन्। ‘फोनमा बुबा मलाई फसाइयो भन्छ। काम गरेको कम्पनीले पैसा दिँदैन, ऋण तिर्न पनि पैसा छैन हामीसँग,’ राजदेव दुःखसो पोख्छन्।   

सप्तरी सुरुङ्गा नगरपालिकाकी असलामदेवी सदा ५० वर्ष नाघिन्। हिजो हरवाचरवाको सम्मेलनमा उनी हतारिँदै आइपुगेकी थिइन्। कार्यक्रममा नगरप्रमखु गीताकुमारी चौधरी पनि आइपुगेकी थिइन्। उनी चनाखो भएर प्रमुखका कुरा सुन्दै थिइन्। ‘अहिले त गर्छु भन्छन्, घर गएपछि हाम्रा दुःख बिर्सन्छन्,’ असलामदेवीले खिन्न मन पार्दै भनिन्।

असलामदेवी नेपाली बुझ्छिन्, तर फर्काउन जान्दिनन्। असलामदवीजस्तै धेरै हरवाचरवा नेपाली बोल्दैनन्। उनीहरू मैथली मात्र बोल्छन्। असलामदेवीका कुरा लहानका पत्रकार मणिलाल विश्वकर्माले अनुवाद गरिदिए।

‘मेरो श्रीमान् फागु सदाले ५ वटा मालिककहाँ काम गरिसक्नुभयो। तर पनि दुःख घटेको छैन,’ उनले आफ्नो भाषामा भनिन्, ‘उहाँ ५८ वर्ष पुग्नुभयो। कमजोर हुनुभइसक्यो। उमेर घर्कियो, अब उहाँ जोत्न सक्नुहुन्न। परिवारमा कमाउने मान्छे छैन।’

असलामदेवीहरू बस्दै आएको जग्गा काठमााडौंमा बसोबास गर्दै आएका एक कर्णेल परिवारको रहेछ। कर्णेलले त्यहाँ उद्योग खोल्नका लागि पटक–पटक जमिनबाट हट्न धम्की दिँदै आएका रहेछन्। पहिला पहिला कर्णेलले धान लिएर जाने रहेछन्। पछि त्यो जग्गामा उद्योग खोल्न भन्दै कर्मचारीलाई निकाला गर्न पठाएछन्। ‘तर हामीले प्रतिवाद गर्यौँ। अब थाहा छेन कहिले आउने हुन्,’ असलामदेवीले भनिन्।

कन्चनरुप–१२का २० वर्षीय रुपेश सदा कक्षा ११ मा पढ्छन्। उनका बाले जेनतेन गरेर उनीहरूलाई पढाए। बा लागेन्द्र सदा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव हुन्। ‘बुबा यो आन्दोलनमा लागेपछि अहिले जमिन्दारले दुःख दिन छाडे। नत्र काममा नजाँदा घरमै आएर हप्कीदप्की गर्थे,’ रुपेश भन्छन्।

Haruwa_Charuwa_61681015884.jpg

रुपेश सानो हुँदा जमिन्दारको बस्तु चराउँथे। ९ वर्षको हुँदा पहिलोपटक स्कुल टेके। उनीहरू स्कुल टेकेको जमिन्दारहरूले रुचाउँदैन थिए। तैपनि बुबा लाजेन्द्रको छोराछोरीलाई पढाउने ठूलो सपना थियो। 

उनको गाउँमा हरवाचरवा कसरी शोषित भइरहेका छन्, अहिले बुझेका छन् रुपेशले। ‘खान नपुगेर साहुकोमा गएर ऋण लियो। त्यसको सट्टामा काम लगाउने, नजाँदा कुटपिट गर्ने गर्थे,’ रुपेश भन्छन्।

स्कुल पढ्दा २ दिनसम्म भोको स्कुल जानुपरेका थुप्रै स्मरणहरु छन् रुपेशसँग। यो केही वर्ष अगाडिको कुरा मात्र हो। ‘घरमा खाना पाकेको हुन्थेन। भोकै स्कुल गएँ। फर्केर आउँदा पनि खाना थिएन। धेरैपटक यस्तो भएको थियो,’ रुपेशले सुनाए। 

यस्तै अवस्था गाउँमा अझै पनि धेरै हरवाचरवाको छ। रुपेश यो मुक्तिको लागि अहिले आन्दोलनमा हिँडिरहेका छन्।

०००

२ साउनमा तत्कालीन प्रधानमन्त्री तत्कालीन शेरबहादुर देउवाले नेपालमा बधुवा श्रम प्रथाका रुपमा अझै पनि विद्यामान रहेको हरवाचरवा प्रथा मुक्ति भएको घोषणा गरे। त्यतिबेला दर्जन बढी सांसद, मन्त्री र सरोकारवालाहरू कार्यक्रममा सहभागी थिए।

तर, उनीहरूको मुक्ति घोषणा भएको ९ महिनासम्म पनि कागजमै सीमित छ। न उनीहरूले जमिन पाए, न चामल। न रोजगार पाए न पक्की बास।

Haruwa_Charuwa_41681015883.jpg

‘मुक्त घोषणा भएपछि एकातिर हरवाचरवालाई आम भूमिहीन सुकुम्बासीका रुपमा परिभाषित गर्ने, हरवाचरवा छँदै छैन भन्न, उनीहरू बस्दै आएको जमिनबाट विकासको बहानामा विस्थापित गर्ने कार्य भइरहेका छ,’अधिकार यात्राको विज्ञप्तिमा लेखिएको छ।

हरवाचरवा मुक्तिको घोषणालाई व्यवहारमा लागू गर्न नेपाल सरकारका तर्फबाट कमैया श्रमिकका पुनःस्थापना मस्यौदा कार्यविधि र बाध्यकारी श्रमसम्बन्धी विधेयक, २०७९को मस्यौदा निर्माण भइ समर्थनको लागि अर्थ तथा कानुन मन्त्रालयमा पठाइएको थियो। तर अर्थ मन्त्रालयबाट आर्थिक अभावका कारण देखाउँदै फिर्ता पठाएको राष्ट्रिय हरवाचरवा मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले बताए। 

Haruwa_Charuwa_31681015883.jpg

मधेसका ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतट, बारा र पर्सा) मा करिब १ लाख भन्दा बढी हरवाचरवाहरू छन्। ८ हजारभन्दा बढी हरवाचरवा शनिबारबाट सुरु भएको अधिकार यात्रामा सहभागी छन्। राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मन्डलले गरिरहेका छन्। 

राजविराजदेखि शम्भुनाथ, कदमाह चोक, लहान, बस्तीपुर, सकुवानानकरकट्टी, गोलबजार, बरियारपट्टी, औरही, सिराहा, गणेशमान चारनाथ, शहिदनगरहुँदै यात्रा २८ गते जनकपुरमा पुगिने टुंगिनेछ। त्यस्तै विरगंजबाट हिँड्ने टोली पनि बहुदरमाइ, जीतपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, ब्रहमपुरी, जलेवरहुँदै अन्तिम दिन जनकपुर नै पुग्नेछ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्