• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
तिब्बतीलाई नेपाली नागरिकता प्रकरण: नासुले मिलाउँथे ‘डकुमेन्टेसन’को काम, दुई शाखा अधिकृत पनि अनुसन्धानको दायरामा
64x64
नारायण अधिकारी सोमबार, चैत २०, २०७९  १६:२२
1140x725
पक्राउ परेका पाँच जना।

काठमाडौं– तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको प्रकरणमा पक्राउ परेका नासु देवराज गौतमबाट नयाँ तत्थ खुलेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत नासु गौतमले तिब्बतीलाई नागरिकता दिलाउने क्रममा मुख्य भूमिका निभाएको देखिएको हो। 

नासु घिमिरेले तिब्बतीलाई नेपाली नागरिकता दिलाउने क्रममा डकुमेन्टेसनको सम्पूर्ण काम गर्ने गरेको पाइएको प्रहरी स्रोतले जानकारी दियो। 

‘तिब्बतीलाई नेपाली नागरिकता बनाउन आवश्यक पर्ने कागजातका विवरणहरू नासु घिमिरेमार्फत् नै संकलन हुने र शाखा अधिकृतसम्म पुग्ने गरेको देखिएको छ’ स्रोतले नेपाल लाइभसँग भन्यो। 

योसँगै नासुले काठमाडौं जिल्ला प्रशासनमा क्यान्टिन चलाएर बसेका ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामासँग निरन्तर सम्पर्क हुने गरेको पनि देखिएको छ। लामाले तिब्बतीलाई नेपाली नागरिकता दिलाउन काम गर्ने गिरोहसँग सम्पर्क गर्ने र त्यसपछि नासुलाई सम्पर्क गरेर नेपाली नागरिकता बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ। ‘फोन कल तथा अन्य विभिन्न प्रमाणहरूको अधारमा लामा र नासु घिमिरेबीच निरन्तर सम्पर्क भएको देखिन्छ। लामाले नै नागरिकता बनाउनका लागि चाहिने डकुमेन्ट नासु घिमिरेलाई दिने, उनले रुजु गरेर सम्बन्धित ठाउँमा पुर्‍याउने गरेको देखिएको छ’ प्रहरी स्रोतले भन्यो। 

पक्राउ परेका घिमिरे लामो समयसम्म काठमाडौंको नागरिकता फाँटमा काम गरेका व्यक्ति हुन्। उनैले तयार पारेर लगेको डकुमेन्टको आधारमा तिब्बतीलाई नागकिरता बनाइदिएको खुलेको छ। नागरिकता फाँटमा नासु घिमिरेको जस्तो काम गर्ने अन्य व्यक्ति भए पनि गिरोहले भने हरेक पटक नासु घिमिरेमार्फत् नै काम गरेको समेत देखिएको छ। 

दुई शाखा अधिकृत पनि निगरानीमा
नासु पक्राउ परेपछि दुई शाखा अधिकृत पनि अनुसन्धानको दायरामा तानिने भएका छन्। तिब्बतीलाई नागरिकता दिलाउने काममा भूमिका देखिएकाले पक्राउ परेका नासुको बयान तथा प्रमाणको आधारमा थप दुई शाखा अधिकृतमाथि पनि अनुसन्धान अघि बढाउनुपर्ने देखिएको प्रहरी स्रोतले जानकारी दियो। 

‘अहिले हामीले प्रमाण जुटाउने काम गरिरहेका छौं। पहिला बिचौलियाहरू पक्राउ गर्‍यौं। उनीहरूमार्फत् नासुसम्म पुगियो। अब नासुमाथिको अनुन्धानबाट पनि हामी माथिसम्म पुग्छौं’ स्रोतले भन्यो।

प्रहरीले निरगानी बढाएका दुई शाखा अधिकृतमध्ये एक जना अहिले काठमाडौं उपत्यकामै रहेको र अर्का एक शाखा अधिकृत भने बाहिर रहेको पाइएको प्रहरी स्रोतले बतायो। 

Ncell 2
Ncell 2

उनीहरूले जानिबुझी थाहा पाएर नै नागरिकता रुजु गर्ने तथा बनाउने काम गरेका हुन् वा अन्जानमा त्यस्तो भएको हो भन्ने पुष्टि गरेर पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा दुई शाखा अधिकृतको समेत मिलेमतो देखिएको खुलेको छ। 

यसको अनुसन्धान प्रक्रिया अन्तिम बिन्दुसम्म पुग्ने गरी काम भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले बताए। 

‘नागरिकताजस्तो गम्भीर विषयको अनुसन्धान अन्तिम बिन्दुसम्म पुगेर गर्छौं। यसमा बिचमै रोकिने भन्ने हुँदैन’, एसएसपी केसीले भने। 

९ वर्ष क्यान्टिन चलाएका लामाले मिलाउँथे सीडीओ अफिसको सबै धन्दा 
तिब्बतीलाई नेपाली नागरिकता दिलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयले झापाको कचनाकवल गाउँपालिका–३ का ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौंको बबरमहल घर भइ भक्तपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङको सुन्दर हरैचा–३ घर भइ ललितपुरको धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, ललितपुरको गोदावरी नगरपालिका– ७ घर भएका ३० वर्षीय विजय लामा र तनहुँको शुक्लागण्डकी–८ दुलेगौँडास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका २५ वर्षीय लोब्साङ ठिल्लेलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। 

उनीहरूले प्रतिव्यक्ति ५ लाखसम्म लिएर तिब्बतीलाई नागरिकता बिक्री गर्ने गरेको खुलेको थियो। यो गिरोहले नक्कली बुवा, नक्कली साक्षी खडा गरेर नागरिकता बनाउने गरेका थिए। 

कटुवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ताबिना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए। पक्राउ परेका अर्का व्यक्ति हिरालाल शिवाकोटी समेतको सहयोगमा कटुवालले विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराइँ, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण कागजात, छाप तथा दस्तखत समेत कीर्ते गर्दै आएका थिए। 

पक्राउ परेका न्युल्केश श्रेष्ठ भने भाडामा नक्कली बाबु बन्ने व्यक्ति हुन्। न्युल्केश श्रेष्ठले हालसम्म गैरनेपाली तिब्बती शरणार्थीहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनि सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यसवापत उनले प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको खुलेको छ। कृष्ण कटुवाल समेतले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाएर प्रतिपटक  १० हजार दिएर भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइ सनाखत गर्ने गराउने गरेका थिए।

पक्राउ परेका कृष्ण कटवालले किर्ते कागजात तयार गरी गैरनेपाली सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति  ३ लाखदेखि ५ लाख रुपैयाँसम्म रकम लिने गरेको खुलेको छ। लोब्साङ ठिन्ले तिब्बेतियन शरणार्थी क्याम्पमा बस्दै आएका व्यक्ति हुन्।

विजय लामा विगत ९ वर्षदेखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएका थिए। उनैले सीडीओ अफिसभित्रको सबै काम गर्ने गरेको खुलेको छ। त्यसवापत १ लाख ५० हजार रुपैयाँ लिएर नासुदेखि विभिन्न व्यक्तिसम्मलाई बाँड्ने गरेका थिए। 

कृष्ण कटुवालले मात्रै विगत ५ देखि ६ वर्षको अवधिमा ५ सय भन्दा बढी व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 


सम्बन्धित समाचार :
प्रतिव्यक्ति ५ लाख रुपैयाँ लिएर तिब्बती शरणार्थीलाई सक्कली नेपाली नागरिकता

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्