• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
चिनियाँको अनलाइन ठगी धन्दा: मासिक १० हजारमा नेपालीको खाता किनेर करोडौं ठगी सप्लायर्सदेखि ग्राहक र प्रहरी समेत बने चिनियाँ
64x64
नारायण अधिकारी बुधबार, चैत १५, २०७९  १७:२५
1140x725
प्रहरीले सार्वजनिक गरेपछि त्यसको विरोधमा प्रहरी कार्यालयमै लडिबुडी गर्दै चिनियाँ।

काठमाडौं- नेपालमा ठगी धन्दा चलाएको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो। 

उपत्यकाका तीन ठाउँमा अफिस नै खडा गरेर अनलाइनमार्फत ठगी हुने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो। ९ चिनियाँलाई सहयोग गरेको आरोपमा १० नेपाली नागरिक पनि पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा दोलखाको शैलुङगेश्वर गाउँपालिका–३ का ४६ वर्षीय बुद्धिराज श्रेष्ठ, नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २९ वर्षीय इन्द्र तामाङ, सोही गाउँपालिका ६ का ३६ वर्षीय राजकुमार लामा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ का २५ वर्षीय प्रयास भण्डारी, दोलखाको बैतेश्वर गाउँपालिका–२ का २६ वर्षीय अर्जुन श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका–४ कि ३४ वर्षीया रविना सुनुवार, लमजुङको दुधपोखरी गाउँपालिका–६ कि ३४ वर्षीया सुनिता गुरुङ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कि २२ वर्षीया कृष्टिना भनिने जमुना गोले, उदयपुरको गाईघाट नगरपालिका–११ कि १९ वर्षीया अनिता मगर र गोरखाको चुमनुब्री गाउँपालिकाकी २० वर्षीया अनु गुरुङ छन्।

त्यसैगरी चिनियाँ नागरिकहरुमा इजे ३४४५२७४ नम्बरको राहदानी वाहक ३३ वर्षीय हाङ हुवानरुङ, इजे ६८४३५५२ नम्बरको राहदानी वाहक ३६ वर्षीय छु फुक्सिङ, इएफ ९६०२९८४ नम्बरको राहदानी वाहक ३४ वर्षीय लान छिङहुई, ४० वर्षीय सि गुओ ई, २९ वर्षीय सि सुहाङ डी, ३१ वर्षीय ग्वो मिङ, ३१ वर्षीय इहो पिङ भिङ, ३० वर्षीय छिन दुर लिन र इसी ०१६७२३६ नम्बरको राहदानी वाहक ३९ वर्षीय लि जिआन हाङ छन्। 

उनीहरुबाट विभिन्न कम्पनीका ल्यापटप १२ थान, मोबाइल ७७ थान, सिमकार्ड ७४ थान, राहदानी ६ थान, ४ लाख १ हजार ८८० नेपाली रुपैयाँ, डेस्कटप २ थान र  राउटर ४ थान बरामद भएको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।

सप्लार्यसदेखि कस्टमर र प्रहरी समेत आफैं बनेर ठगी 
चिनियाँ नागरिकले अनलाइन सपिङ एप बनाउने, ह्वाट् एप ग्रुपमा नेपालीहरुलाई ज्वाइन गर्ने र अनलाइनमै सामान खरिददेखि बिक्रीसम्म गर्न सकिने र त्यसवापतको कमिसन समेत तत्काल प्राप्त हुने भन्दै ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रमुख डाक्टर मनोज केसीले बताए।

एक पक्ष ठूलो होलसेल सप्लायर्स बन्ने, अर्को पक्षले होलसेल सप्लायर्सबाट सामान खरिद गर्ने र तेस्रो पक्ष ग्राहकलाई बिक्री गर्ने र त्यसवापत होलसेलबाट किनेर तेस्रो पक्ष ग्राहकलाई बिक्री गर्नेले राम्रो मुनाफा पाउन सक्ने विश्वासमा पारेर ठगी गर्दै आएको पाइएको छ।

336561213_591432466335811_3499532762668037260_n1680089886.jpg
चिनयाँलाई सघाएको आरोपमा पक्राउ परेका १० नेपाली नागरिक ।

चिनियाँ नागरिक आफैं सामानको होलसेल डिलरवाला भएको बन्ने र आफैं सामान खरिद गर्ने ग्राहक समेत भएको बन्ने गरेका थिए। नेपाली नागरिकलाई भने दोस्रो पक्ष होलसेल सप्लायर्सबाट सामान किन्ने र तेस्रो पक्ष ग्राहकलाई बेच्ने र त्यसवापत कमिसन पाउने भन्दै अनलाइनमा यी सबै चिजहरु देखिने सिस्टम समेत बनाइएको थियो। 

Ncell 2
Ncell 2

नेपाली दोस्रो पक्ष बनेर सामान किन्न अनलाइनमार्फत रकम हाल्ने गरेका थिए। सुरुमा थोरै रकम किनेर बेच्नेहरुको खातामा चिनियाँ नागरिकले कमिसन वापतको रकम भनेर समेत पठाउने गरेका थिए। सुरुमा सामान किनेर बेचेपछि कमिसन आएकाले थप विश्वास हुँदै ठूलो रकमको सामान खरिद गर्न भन्दै रकम हालेपछि भने उनीहरुले ठगी गर्ने गरेको खुलेको छ। 

सामान खरिदका लागि भन्दै ठूलो रकम हालेपछि अनलाइन सिस्टममै चिनियाँ नागरिक आफैं प्रहरी बनेर म्यासेज गर्ने गरेको पाइएको छ। ‘तपाईंहरु अवैध अनलाइन सपिङ गर्दै हुनुहुन्छ। हामी प्रहरी हौं तपाईंहरुको सबै विवरण पाइसकेका छौं’ भन्ने आसयको म्यासेज मोटो रकम आएपछि चिनियाँ नागरिक आफैंले पठाउने गरेका थिए। 

यसरी प्रहरीले थाहा पायो भनेपछि ठगिएका पीडितले प्रहरी समक्ष खबर नगरुन् भन्ने आशय चिनियाँ नागरिकको रहेको देखिएको एसएसपी केसीले बताए। 

यसरी चिनियाँले अनलाइन सपिङ एप बनाएर आफैं नक्कली होलसेल सप्लायर्स बन्ने, आफैं नक्कली ग्राहक बन्ने र आफैं नक्कली प्रहरी बनेर ठगी गर्ने गरेको पाइएको छ। अनलाइन सिस्टममा उनीहरुले सामान खरिद भएको विभिन्न देशहरु हुँदै जहाजमार्फत सामान आएको/गएको देखिने सिस्टम बनाएको, खरिदकर्ताले खरिद गरेको देखिनेसम्मका झुटा सूचनाहरु उनीहरुले उक्त एपमार्फत जानकारी गराउने गरेका थिए। 

एकै व्यक्तिको ४८ लाख झ्वाँम
चिनियाँको जालोमा परेर एकै व्यक्तिले ४८ लाख रुपैयाँसम्म सकेको पाइएको छ। विभिन्न ४ वटा खातामार्फत भएको आदानप्रदानको विवरण अनुसार १ करोड ६४ लाख रुपैयाँ ठगी भएको पाइएको छ। 

प्रहरी थप संकास्पद १० वटा बैंक खाताहरुको विवरण पनि मगाएर अनुसन्धान गर्दैछ। जसअनुसार १० करोड भन्दा बढी ठगी भएको हुनसक्ने आशंका गरिएको छ। यसरी छोटो समयमा उनीहरुले करोडौं रुपैयाँ नेपाली नागरिकहरुबाट ठगी गरेको पाइएको हो। 

मासिक १० हजार नेपालीको खाता खरिद 
ठगिएको रकमहरु जम्मा गर्नका लागि उनीहरुले नेपालीहरु खरिद गरेको पाइएको छ। मासिक १० हजार रुपैयाँ दिएर उनीहरुले नेपालीहरुको बैंक खाता प्रयोग गर्ने गरेको पाइएको छ। 

राजकुमार लामा, बुद्धिराज गुरुङ, इन्द्र तामाङ र प्रयास भण्डारीहरुको एनआईसी एसिया बैंकको खाता प्रयोग गरेर उनीहरुले ठगी गरेको रकम आदानप्रदान गर्ने गरेको पाइएको छ। 

मासिक १० हजार रुपैयाँ दिएपछि यी व्यक्तिहरुको मोबाइल बैंकिङ एपदेखि एटीएम कार्डसम्म चिनियाँ नागरिकले लिने गरेका थिए। 

पछि रकम निकाल्ने भने उनीहरुले बैंक खातावालाहरुलाई नै प्रयोग गरेको पाइएको छ। उनीहरुले एटीएम तथा चेकमार्फत रकम निकालेर चिनियाँलाई बुझाउने गरेका थिए। त्यसवापत चिनियाँ नागरिकले उनीहरुलाई मासिक १० हजार रुपैयाँ दिने गरेको खुलेको हो। 

नेपाली र चिनियाँ नागरिकलाई जोड्ने काम भने हाल पक्राउ परेका अर्जुन श्रेष्ठले गर्ने गरेको खुलेको छ। नेपालीलाई प्रयोग गर्ने र रकम निकालेर सम्बन्धित ठाउँसम्म पुर्‍याउने जिम्मा पाएका श्रेष्ठलाई चिनियाँले स्कुटर समेत किनेर दिएको खुलेको छ। 

पक्राउ परेका नेपाली युवतीहरुले भने चिनियाँको निर्देशन अनुसार अनलाइन एप तथा ह्वाट्स एप ग्रुपमा होलसेलरदेखि ग्राहकसम्म बनेर च्याट गर्ने गरेको खुलेको छ। 

५ चिनियाँको पासपोर्ट नै छैन, ३ महिनादेखि ओभर स्टे 
पक्राउ परेका ९ चिनियाँ नागरिकमध्ये ५ जनाको पासपोर्ट समेत नभेटिएको प्रहरीले जनाएको छ। पासपोर्ट नभएकाहरुले भने विभिन्न बहाना बनाएर हराएको बताउने गरेका छन्। 

अर्कोतफ भने उनीहरुमध्ये २ जना बाहेक ७ जना ओभर स्टेमा रहेको समेत पाइएको छ। एक महिनादेखि ३ महिनासम्म ओभर स्टेमा बसेर उनीहरुले आपराधिक धन्दा चलाएको पाइएको छ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्