• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
आइतबारदेखि सत्तापक्ष बनेको कांग्रेसबाट कसले गर्छ सरकारको नेतृत्व?
64x64
नवीन झा आइतबार, चैत ५, २०७९  २०:५५
1140x725

काठमाडौं- नेपाली कांग्रेस आइतबारदेखि औपचारिक रुपमा सत्तापक्ष भएको छ। प्रतिनिधि सभामा सत्ता पक्षीय बेञ्चमा बसेसँगै कांग्रेसलाई सरकारको हिस्सेदारका रुपमा संसद्ले समेत चिनेको छ।

त्यसअघि बसेको कार्यसम्पादन र संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको थियो।

सरकारमा सहभागी हुन मन्त्रीका लागि कांग्रेसले मापदण्ड तय गरेको छ। प्रवक्ता प्रकाशशरण महतका अनुसार मन्त्रीको नाम सिफारिस गर्दा योग्यता र योगदान हेरिनेछ। समावेशी बनाइनेछ भने प्रादेशिक सन्तुलनसमेत कायम राखिनेछ।

सत्ता साझेदार १० दलमध्ये सबैभन्दा ठूलो कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने आकलन गरिएको छ। यसअघि एमालेले यही संख्यामा प्राप्त गरेकाले एमालेलाई कांग्रेसले ‘रिप्लेस’ गर्नेछ। मन्त्रालय पनि लगभग एमालेले छाडेका नै धेरै कांग्रेसको भागमा पर्ने देखिन्छ।

कांग्रेसले सरकारमा जाने औपचारिक निर्णय आइतबार गरे पनि मन्त्रीका आकांक्षीहरुले शक्ति केन्द्र धाउने क्रम राष्ट्रपतिको निर्वाचनअघि देखि नै सुरु भएको थियो। तर, सभापति शेरबहादुर देउवाले कुनै पनि नेतालाई मन्त्रीका लागि आश्वासन दिइसकेका छैनन्।

कांग्रेसभित्र देउवा पक्षका साथै अन्य समूहले पनि मन्त्री परिषद् विस्तारलाई लिएर आफ्नो समूहको रणनीति भने बनाइरहेका छन्। गत बिहीबार नेता शेखर कोइरालाले आफ्ना पक्षका नेताहरुसँग यसबारेमा छलफल गरेका थिए भने सभापति देउवाले पनि शनिबार आफ्ना पक्षका नेताहरुसँग छलफल गरेका थिए। 

यद्यपि, उक्त छलफलमा पनि देउवाले खासै नबोलेको र अन्य नेताहरुले मात्रै एकतर्फी आ–आफ्नो सुझाव दिएको सहभागी एक नेताले जानकारी दिए। देउवाले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि मात्रै मन्त्रालयहरुको टुंगो लाग्ने र त्यसपछि मात्रै मन्त्री छान्ने विषयमा गृहकार्य गर्न सकिने बताएको ती नेताले उल्लेख गरे। 

देउवाले आफ्नो तर्फबाट दुई नेता उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई निकट राखेर छलफल गरिरहेका छन्। उनीहरुलाई विश्वासमा लिएर केन्द्रदेखि प्रदेशसम्मको साझेदारीका विषयमा गृहकार्य भइरहेको देउवानिकट ती नेताको दाबी छ।

Ncell 2
Ncell 2

उनी भन्छन्, ‘केन्द्र सरकारमा सहभागी हुने क्रममा प्रदेशकोसमेत भागबण्डा भइसक्नुपर्ने हाम्रो धारणा छ। त्यसैले सरकारमा जान नहतारिने सभापतिज्यूको भनाइ छ।’

प्रधानमन्त्रीमा कुरा नमिल्दा १० पुषबाट सत्ताविमुख कांग्रेस अहिले परिपक्व रणनीतिसहित अघि बढ्ने तयारीमा छ। सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। तर, ’कांग्रेस सरकार’ देखिनेगरी मन्त्री परिषद्‌मा सहभागी हुने योजना आफूहरुले बनाइरहेको उनले बताए।

उनले भने, ‘केन्द्रमा कम्तिमा आठ मन्त्रालयसहित प्रदेशमा चार मुख्यमन्त्री हाम्रो हुनेछन्। ती सबै काम देखाउन सक्नेहरु हुनेछन्।’ सुदूरपश्चिम प्रदेशमा कांग्रेसले मुख्यमन्त्री पाइसकेको छ। एमालेले नेतृत्व गरेका बाँकी तीन प्रदेशमा पनि कांग्रेसले नै दाबी गरिरहेको छ। 

अहिलेसम्म शक्ति बाँडफाँटका विषयमा सत्ता साझेदार दलहरुले औपचारिक छलफल गरेका छैनन्। कांग्रेस उपसभापति खड्का सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि प्याकेजमै प्रदेशदेखि केन्द्रसम्मको शक्ति बाँडफाट टुंगिने बताउँछन्।

सभापति देउवाले आइतबार साँझ पनि पार्टीका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरेका छन्। छलफलमा मन्त्रिपरिषद्का विषयमासमेत कुरा उठेको थियो। तर ठोस निर्णय भने भएन। 

मुख्य प्रश्न : कसको नेतृत्व?
कांग्रेसमा अहिले मुख्य प्रश्न कसको नेतृत्वमा सरकारमा जाने भन्ने रहेको छ। माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेकाले ‘सिनियर’ नेताहरु उपप्रधान नपाउने अवस्थामा मन्त्री नबन्ने भनेर तर्किरहेका छन्।

कांग्रेस उपसभापति खड्कादेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासम्मले मन्त्री नबन्ने आशयको अभिव्यक्ति दिइरहेका छन्। तर, उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय पाउँदा खड्का र थापा मन्त्रिपरिषद्‌मा सहभागी हुनसक्ने कांग्रेस नेताहरु बताउँछन्।

गृहमन्त्रालयसहित कांग्रेसका तर्फबाट नेतृत्व गरेर उपसभापति खड्कालाई पठाउने सम्भावना देउवानिकट नेताहरुले देखेका छन्। खड्का आफैं अघि बढ्दा सरकारमा कांग्रेसको नेतृत्व गरेर जान चाहने नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत रोकिनेछन्।

कांग्रेसले यतिबेला पाउने गृहभन्दा पनि अर्थ मन्त्रालय देखिन्छ। अर्थ मन्त्रालय पाउनेगरी सहमति हुँदा भने खड्काबाहेक अरु नै सरकारको नेतृत्व गरेर जानसक्ने बताइएको छ। प्रधानमन्त्री प्रचण्डले कांग्रेस महामन्त्री थापालाई मन्त्रीमण्डलमा देख्न चाहेको आशय प्रकट गरेको चर्चासमेत नेताहरुमा चलेको छ।

महामन्त्री थापाले आफू मन्त्री मात्रै बनेर सरकारमा सहभागी नहुने सार्वजनिक रुपमै बताइसकेका छन्। अर्थमन्त्रालयसहित उपप्रधानमन्त्री प्राप्त गर्ने अवस्थामा भने थापाले आफ्नो अडानमा पुनर्विचार गर्न सक्ने उनीनिकट नेताहरुको बुझाइ छ।

कांग्रेसले गृह र अर्थ दुवै पाउने अवस्थामा भने उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुनसक्ने देखिन्छ। डा शेखर कोइराला आफैंले सरकारमा सहभागी हुनेबारे मुख खोलेका छैनन्। तर, देउवाले रणनीतिक  कदम चाल्न खोज्दा सरकारमा कांग्रेसबा डा कोइरालालाई नेतृत्व गराउनसक्ने पनि कांग्रेसभित्रकै एकथरि नेताहरुको बुझाइ छ।

खड्का वा कोइरालाले नेतृत्व गर्दा उनीहरु अर्थबाहेकको मन्त्रालय सम्हाल्नेछन्। अर्थ मन्त्रालयमा पार्टी प्रवक्ता प्रकाशशरण महतको बलियो दाबी छ। सभापति देउवाले उदय समशेर राणालाई अर्थमा पठाउन सक्ने केही नेताहरुले देखेका छन्। यसअघि अर्थ राज्य मन्त्रीसमेत बनिसकेका राणाले अर्थमन्त्रालय पाउने सम्भवना कायम छ।

कांग्रेसले ८ मन्त्रालय पाउँदा तीनवटा संस्थापन इतरपक्षलाई दिने चर्चा छ। त्यसमा दुईजना डा शेखर कोइराला निकट र एकजना महामन्त्री गगन थापानिकट हुनेगरी सन्तुलन मिलाउने कुरासमेत चलेको बताइएको छ। 

संस्थापन पक्षमा पनि देउवानिकट चार र एकजना यसअघि संसदीय दलमा सघाएका आधारमा राष्ट्रपति रामचन्द्र पौडेल निकट हुने बुझिएको छ। यही भागबण्डाबाट महिला सहभागिता र प्रादेशिक सन्तुलनसमेत मिलाउने कांग्रेस नेताहरु बताउँछन्। 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्