• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
मन्त्रिपरिषद् विस्तारबारे के हुँदैछ कांग्रेसभित्र? सबै क्षेत्रको प्रतिनिधित्व गराउने तयारीमा देउवा
64x64
नवीन झा मंगलबार, फागुन ३०, २०७९  १९:२०
1140x725

काठमाडौं– राष्ट्रपति निर्वाचनका कारण पुन: फेरिएको सत्ता समीकरणसँगै केन्द्रदेखि प्रदेशहरुसम्म सत्तामा कांग्रेसको ‘कमब्याक’ हुने भएको छ। यससँगै कांग्रेसभित्र मन्त्रिपरिषद्‌मा जान चाहनेहरुको दौडधूप पनि बाक्लिएको छ।

पार्टी नेतृत्व भने हिसाबिकताबमा जुटेको छ। २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। उता १० पुसमा माओवादीसँग मिलेर सत्तामा फर्किएको एमाले पनि अहिले सत्ताबाट टाढिइसकेको छ।

गठबन्धनभित्र सहमति नहुँदा १० पुसमा एकाएक एमाले र माओवादी मिलेका थिए। जस अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनायो। तर प्रधानमन्त्री भएलगत्तै प्रचण्ड एमालेसँग लामो सहयात्रा असुरक्षित रहेको भन्दै कांग्रेससँग गुहार माग्न गएका थिए।

जुन राष्ट्रपति निर्वाचनमा आएर मूर्त रुप लिएको छ। त्योसँगै एमाले सत्ताबाट बाहिरियो। यद्यपि, प्रदेशहरुमा भने एमाले सत्तामै छ। उसले पाएका मुख्यमन्त्रीहरु नेतृत्व गरिरहेका छन्। यस्तोमा कांग्रेसले भने केन्द्रबाट सत्तामा प्रवेश गर्ने तयारी गरिरहेको छ।

तत्कालीन अवस्थामा एमाले सत्तामा हुँदा १० वटा मन्त्रालय पाएको थियो। स्रोतका अनुसार अहिले कांग्रेसले एमालेले पाएका ती १० वटै मन्त्रालयमा दाबी गरिरहेको छ।

Ncell 2
Ncell 2

यसका साथै राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएका तीन/तीनवटा मन्त्रालय पनि खाली छन्। नेपाली कांग्रेस स्रोतका अनुसार मन्त्रालय बाँडफाँटमा विगतभन्दा पनि नयाँ शिराबाट अघि बढ्ने तयारी छ। जुन उपराष्ट्रपति निर्वाचनलगत्तै सुरु हुनेछ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटबारे अहिलेसम्म सत्तारुढ दलहरुका बीचमा औपचारिक रुपमा छलफल भएको छैन। ‘प्रधानमन्त्रीजीले नै उपराष्ट्रपति निर्वाचनपछि गर्ने भनेकाले त्यसबारेमा अहिलेसम्म छलफल सुरु भएको छैन’, महतले भने, ‘चैत्र ३ गतेपछि नै हामी यो विषयमा प्रवेश गर्नेछौं।’

तर कांग्रेस सभापति शेरबहादुर देउवा भने मन्त्रीहरुको नाम छनोटमा लागिसकेको कांग्रेसकै केही नेताहरु बताउँछन्। देउवाले सात वटै प्रदेशको प्रतिनिधित्व हुनेगरी मन्त्रीहरुको नाम छनोटको गृहकार्य गरिरहेको स्रोत बताउँछ।

अब हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेस कसको नेतृत्वमा प्रवेश गर्छ भन्ने अहिले आम चासोको विषय बनेको छ। यस पटक पार्टीभित्र सरकारमा सहभागितालाई लिएर विवाद नहोस् भन्ने तरिकाले कांग्रेस सभापति देउवाले शेखर कोइराला वा प्रकाशमान सिंहमध्ये एक जनाको नेतृत्वमा सरकारमा आफ्ना मन्त्रीहरु पठाउने तयारीमा छन्।

मन्त्रालयकै टुंगो लागिनसकेकाले भने अहिले नै कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारेमा भने देउवाले निर्णय गरिसकेका छैनन्। कोइराला वा सिंहमध्ये एक जनालाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउँदा पार्टीभित्र आफूमाथि औंला नउठ्ने देउवाको आकलन छ।

अहिलेसम्मको संवाद र छलफलमा सहभागी कांग्रेसका एक नेताका अनुसार करिब आठ वटा मन्त्रालय कांग्रेसले पाउने निश्चित जस्तै छ। कांग्रेसले पाएका मन्त्रालयमा देउवाले सात वटै प्रदेश र महिला समेतको सहभागितालाई ख्याल गरेर नाम तय गर्ने तयारी गरिरहेका छन्।

यसैबीच सभापति देउवाले पत्नी आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाउने तयारी भइरहेको चर्चा पनि छ। तर यो विषयमा हालसम्म पुष्टि भने भइसकेको छैन। कांग्रेसभित्र मन्त्री बन्ने लाइनमा अहिलेसम्म शेखर कोइराला, प्रकाशमान सिंह, आरजु राणासहित धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेल, मोहन बस्नेत, उदय शमशेर राणा लगायतका सांसदहरु रहेका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्