• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
फिल्म समीक्षा ‘छक्का पञ्जा–४’ : कमजोरीहरूको व्यापार
64x64
समर्पण श्री आइतबार, फागुन २१, २०७९  १२:३७
1140x725

काठमाडौं– ‘छक्का पञ्जा–४’ प्रदर्शन हुनुअघि कलाकार दीपाश्री निरौलाले भनेकी थिइन्, ‘यसपालि फिल्मले आम दर्शकसँगै समीक्षकको पनि माया पाउँछ।’ यसर्थ फिल्मलाई माया गरेरै हलसम्म त पुगियो। तर फिल्मले हलबाट निराश बनाएर फर्कायो।  

‘दीपक–दीपा’ ब्यानरको सातौं फिल्म हो यो। तर, ‘छ एक्कान छ’ देखि ‘छक्का पञ्जा४’सम्म आइपुग्दा गल्तीहरू सातौं पटक नै दोहोरिएका छन्। दोहोरिएका मात्र छैनन्, थपिएका छन्। बरु अघिल्ला फिल्महरूमा त मुद्दा थिए। तर ‘छक्का पञ्जा–४’को अन्त्यसम्म फिल्मको ‘न्यारेटिभ’ के हो प्रष्ट हुँदैन। जब कमजोर पटकथाको जगमा फिल्मको निर्माण हुन्छ, सबै पात्रहरूको उपस्थिति कमजोर भइदिन्छ। 

फिल्मको केन्द्रीय पात्र हुन् द्विग्विजय (दीपकराज गिरी)। उनका बुबा निर्भय सिंह (नीर शाह) निष्पक्ष पार्टीका अध्यक्ष हुन्छन्। छोरा द्धिग्विजयचाहिँ मिटरब्याजी ‘गुण्डा’का रुपमा परिचित। उनलाई राजनीतिसँग दिलचस्पी छैन। 

संघीय संसदको चुनावको नजिक एकदिन निर्भय सिंह अचानक ढल्छन्। उपचारबाट फर्कँदा उनी बोल्न र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छन्। चुनावमा टिकट कसलाई दिने? यसको अधिकार निर्भय सिंहसँग हुन्छ। उनले आफ्नो छोरातर्फ संकेत गर्छन्। त्यसपछि सुरु हुन्छ द्विग्विजयको राजनीतिक यात्रा। 

फिल्मको कथा यहीँबाट अगाडि बढ्नुपर्ने हो। तर दर्शकलाई न सिनले विश्वस्त बनाउँछन्, न घटनाक्रमले आकर्षित। निर्देशकले के भन्न खोजेका हुन्, प्रष्ट हुन्न।

राजनीतिक विषयवस्तुमाथि फिल्म बनाएता पनि कथामा देखाइएको राजनीतिक परिवेश फितलो लाग्छ। समाजकाे वास्तविकतालाई सतही ढंगले प्रस्तुत गरिएको प्रतित हुन्छ।

फिल्ममा हुने चुनाव कुन भूगोलको हो, चित्र प्रष्ट छैन। भूगोलमा समुदाय हुन्छन्, समुदायको पहिचान हुन्छ। त्यो महसुस दर्शकले गर्न पाउँदैनन्। पात्रले चुनाव कहाँ लड्दैछ, निर्देशक प्रष्ट छैनन्।

द्विग्विजय सुदूरपश्चिमेली लवजमा बोल्छन्। तर त्यो लवजकै ठट्टा गरेजस्तो लाग्छ। उनका बालसखाहरूको लवजचाहिँ विल्कुल भिन्न छ। उनीहरू गाउँमा सँगै हुर्किएका हुन् भन्ने कुरा फ्ल्यासब्याकको सिनबाट त भनिन्छ। तर, पात्ररूको पृष्ठभूमिसँग वर्तमान परिस्थितिको सम्बन्ध कतै पनि जोडिएको देखिन्न। 

Ncell 2
Ncell 2

द्विग्विजय सांसदको चुनाव लड्न गाउँ जान्छन्। तर फिल्मले चुनावी माहोलको महसुस नै गराउन्न। प्रतिनिधि सभाको चुनाव हो कि वडाको, माहोलले स्पष्ट पार्दैन।

चुनावका विकृतिहरूलाई पस्कन खोज्दाखोज्दै पनि कला पक्षचाहिँ फितलो लाग्छ।

चुनाव जिताउन द्विग्विजयलाई बालसखा बुद्धि (बुद्धि तामाङ) र सञ्जेल (केदार घिमिरे)लाई ठूलो महत्वका साथ  देखाइएको छ। तर फिल्ममा उनीहरूको महत्व कतै पनि ‘जस्टिफाइ’ हुन्न। चुनावको क्रममा सरकारी स्कूलभन्दा बोर्डिङ राम्रो हो भन्ने भाष्य निर्देशकले स्थापित गर्न खोजेका छन्।

बुद्धिको घरमा द्विग्विजय पुग्दा उनले ‘छोरालाई सरकारी हैन, बोर्डिङ स्कूल पढाउनुपर्छ’ भन्ने संवाद बोल्छन्। त्यसले निजी स्कूललाई प्रसय दिएको भान हुन्छ। 

‘मिटरब्याजी गुण्डा’का रुपमा चिनिएका द्विग्विजय सांसद भएपछि चर्चामा आउँछन्। कर्मचारीतन्त्रको समस्या देखाउन खोज्दाखोज्दै पनि निर्देशकले नेताको अराजक प्रवृत्तिलाई प्रशय दिएको प्रतित हुन्छ। उनले द्विग्विजयलाई अनिल कपुर स्टारर नायक फिल्मको ‘हिरो’को रुपमा प्रस्तुत गर्न खोजेका छन्।

‘भाइरल’ प्रवृत्ति अहिलेको नेपाली समाजको समस्याको रुपमा छ। व्यवस्थाप्रति निराश भइरहेका आम जनता नायकत्वमा विश्वास गरिरहेका छन्। द्विग्विजय भ्रष्ट कर्मचारी र समयमा काम नगर्नेहरूलाई कुटपिट गरेर चर्चामा आउँछन्। ‘स्टन्ट’बाटै उनले लोकप्रियता कमाइरहेका छन्।

सिस्टम सुधार्न व्यक्तिको अराजक प्रवृत्तिलाई निर्देशकले कतै न कतैबाट ठीक हो भन्ने बुझाइ प्रस्तुत गर्न खोजेका छन्। समग्रमा द्विग्विजयका कमजोरी ढाकछोप गरेर उनको महानता नै प्रस्तुत गर्न खोजेका छन्।

दीपकराज गिरीले अघिल्ला शृंखलामा जस्तै सुदूरपश्चिमेली लवजलाई बिगारेका छन्। फिल्म हेरिरहँदा लाग्छ, कुनै सिनहरू जबर्जस्ती राखिएका छन्। जहाँ पात्रको भूमिका वा आवश्यकता नै महसुस हुन्न।

फिल्ममा महिलालाई ‘डोमिनेट’ गर्ने संवाद र दृश्यहरू छन्। जबर्जस्ती कमेडीका रुपमा महिलाद्वेषी संवादहरू प्रयोग गरेर भद्दा जोक बनाइएको छ। रुक्मिणी सिंहलाई (दीपाश्री निरौला) द्विग्विजयको गुणवती पत्नीका रुपमा चित्रण गरिएको छ। उनी श्रीमान्‌को गुण्डागर्दीमा पनि आँखा चिम्लिदिन्छिन्। 

युट्युवर एलिसा (वेनिशा हमाल)को चरित्रलाई गलत रुपमा स्थापित गरिएको छ। द्विग्विजयसँग बदलाका लागि एलिसाले जुन कदम उठाउँछिन्,त्यसले महिलाको चरित्रलाई नै नकरात्मक देखाउन खोजिएको छ। 

जब ‘राजा’ केन्द्रमा हुन्छ, त्यहाँ लैंगिक, जातीय र सामाजिक विभदेजस्ता कुराहरू सतहमा देखा पर्छन्। फिल्मले दीपकराजलाई ‘राजा’ बनाएर नजानिँदो ढंगले समाजका अन्य पक्षलाई कमजोर रुपमा प्रस्तुत गरेको छ।

फिल्ममा कलाकारका अभिनयबाट पनि ‘कन्भिन्स्ड’ हुन सकिन्न। केदार घिमिरेको अभिनयमा कुनै नयाँपन छैन। ‘माग्ने बुढा’ चरित्रकै पुनरावृत्ति छ। बुद्धि तामाङको अभिनयमा विविधता छैन। ‘हैट्’कै पुनरावृत्ति छ।

पात्रको चरित्र विकासमा दीपकराजको मिहिनेत देखिन्न। केवल संवादको भरमा बुझिदिनुपर्ने हुन्छ। तुलनातमक रुपमा दीपाश्रीको अभिनयमा भने केही पृथकता पाउन सकिन्छ।  

नीर शाह फिल्मका अधिकांश दृश्यमा बोल्दैनन्। उनको ‘एक्सप्रेसन’ भने प्रशंसनीय नै छ।  बेनिशाको भने अभिनयमा मिहिनेत देखिन्छ। टेलिशृंखला ‘तीतो सत्य’मा दीपक–दीपाका छोरा पात्र राज आचार्य यसपटक फिल्ममा पनि छोरा छन्। उनको भूमिका पनि उति महत्वका साथ प्रस्तुत हुँदैन।  

फिल्मले समसामयिक विषय उठाउन खोजेझैं त लाग्छ, तर छरपस्ट कथाले गन्तव्यको नै भेउ पाउँदैन।

कुनै पनि पात्र स्थापित छैनन्। यो फिल्म हेरेर फर्कँदा न कुनै पात्रले गहिरो छाप छाड्न सक्छ, न दृश्यले। २ गीतले माहोल तताउने र मान्छे नचाउने भन्दा बढी कुनै उत्साह फिल्मले दिँदैन। त्यसकारण दीपक–दीपाको ‘छक्का पञ्जा–४’ दोहोरिएका कमजोरीहरूको व्यापार मात्र हो। 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:३७
  • #छक्का पञ्जा ४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्