• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बालाजु घटनामा ट्विस्ट : दाबी ८ करोडको लुटपाट, प्रमाण ८ वटा मोबाइल, व्यवसायी नै शंकाको घेरामा 
64x64
नारायण अधिकारी सोमबार, फागुन १५, २०७९  १६:१३
1140x725
मोबाइल पसल लुटपाट हुँदाको सीसीटीभी दृश्य।

काठमाडौं– फागुन १ गते बालाजुमा भएको मोबाइल पसल लुटपाट घटनामा नयाँ ट्विस्ट आएको छ। यातायात मजदुरहरूले विभिन्न माग राखेर गरेको आन्दोलन भड्किएपछि तोडफोड र आगजनीका साथै मोबाइल पसल नै लुटपाट भएको थियो।

नयाँ बसपार्कस्थित लोत्से महलमा भएका दुई वटा पसलहरू तोडफोड गर्दै लुटपाट भएको थियो। मोबाइल पसल लुटिएका भिडियो नै सार्वजनिक भएपछि प्रहरीले सोही भिडियोका आधारमा व्यक्ति पहिचान गर्दै पक्राउ गरिरहेको छ।

अहिलेसम्म मोबाइल पसल लुटपाट भएको घटनामा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सिताराम रिजालले बताए। 

उनका अनुसार पक्राउ परेका सबै जनालाई प्रहरी वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान अघि बढाइएको छ। यस घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको हुनसक्ने भन्दै खोजी कार्यसमेत जारी राखिएको एसपी रिजालले बताए।

लुटपाट भएको भोलिपल्ट फागुन २ गते पत्रकार सम्मलेन गर्दै करिब १० करोड रुपैयाँ बराबरको लुटपाट भएको दाबी गरिएको थियो। मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले ८ देखि १० करोड रुपैयाँसम्मको लुटपाट भएको दाबी गर्दै सरकारले ४८ घन्टाभित्र मोबाइल व्यवसायीका माग सम्बोधन गर्नुपर्ने बताएका थिए। मोबाइल व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने समेत भट्टराईले बताएका थिए।

घटनालगत्तै प्रहरीले मुचुल्का उठाएर अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। अनुसन्धानको क्रममा अहिलेसम्म १७ जना पक्राउ परिसकेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।

लुटपाटमा संलग्नहरू पक्राउ परेसँगै प्रहरीमा जाहेरीसमेत दिन मोबाइल व्यवसायीहरू गएका थिए। दुई वटा मोबाइल पसलबाट चार/चार करोड गरी ८ करोड रुपैयाँ बराबरको मोबाइल तथा सरसामानहरू लुटिएको दाबी व्यवसायीले गरेका थिए।

८ करोड लुटिएको दाबी गर्दै उजुरी दिन गए पनि ८ करोड लुटिएको पुष्टि हुने खालको आधार तथा प्रमाणहरू नभएको भन्दै प्रहरीले उक्त जाहेरी दर्ता गरेको छैन। करोडौंको समान लुटिएको दाबी गरे पनि प्रमाणहरू भने जुटाउन नसक्दा अहिले घटनामा नयाँ ट्विस्ट आएको छ।

Ncell 2
Ncell 2

दाबी ८ करोडको, प्रमाण ८ वटा मोबाइलको
दुई वटा पसलबाट ८ करोड रुपैयाँ बराबरका मोबाइल तथा सामानहरू लुटिएको दाबी गरे पनि अहिलेसम्म ८ वटा मोबाइलकोभन्दा बढी प्रमाण व्यवसायीले जुटाउन सकेका छैनन्। लुटिएको भनिएका मोबालहरूले आईएमईआई नम्बर उपलब्ध गराउन प्रहरीले व्यवसायीलाई भनेको थियो।

आईएमईआई नम्बर उपलब्ध भएपछि अनुसन्धान गर्न सहज हुने भन्दै माग गरिएकोमा अहिलेसम्म ८ वटाभन्दा बढी मोबाइलको आईएमईआई नम्बर उपलब्ध नभएको प्रहरी स्रोतले नेपाल लाइभलाई बतायो।

‘उहाँहरूले करोडौंको लुटपाट भएको दाबी गर्नुभएको छ। तर प्रमाण भने ८ वटा मोबाइलकोभन्दा बढी उपलब्ध गराउन सक्नुभएको छैन’ प्रहरी उच्च स्रोतले नेपाल लाइभसँग भन्यो, ‘किन उपलब्ध गराउन सक्नुभएन भन्ने प्रश्नको जवाफ पनि अब प्रहरीले खोज्नुपर्ने भएको छ।’

लुटिएका समानहरूको विवरण तथा प्रमाण उपलब्ध गराउन नसकेपछि ती सामानहरू भन्सार छलि गरेर ल्याएर बेचिएकोसमेत हुनसक्ने आशंका गरिएको छ। लुटिएका समानहरूको प्रमाण व्यवसायीले दिन नसक्नुको पछाडि कर छलेर ल्याएर बेचिएको हुनसक्ने देखिएपछि त्यसतर्फसमेत अनुसन्धान अघि बढाइएको छ।

अर्कोतर्फ बसपार्क क्षेत्र र लुटिएका भनिएका पसलहरूमा समेत महंगा ब्राण्डका मोबाइलहरूको बिक्री शून्य प्रायः हुने गरेकोसमेत अनुसन्धानबाट देखिएकाले व्यवसायीले दाबी गरेको मूल्यको लुटपाट नै नभएको प्रहरीको निष्कर्ष छ।

व्यवसायीले झुटो दाबी गरेपछि कर कार्यालयलाई प्रहरीको पत्र
सीसीटीभी फुटेजमा देखिएको दृश्य, बसपार्क तथा लुटिएका पसलहरूमा बिक्री हुने मोबाइलहरूको ब्राण्ड र अन्य विविधि कोणका आधारमा विश्लेषण गर्दा दाबी गरिएकोभन्दा एकदमै न्यून रकमको मोबाइल तथा समानहरू लुटपाट भएको प्रहरीको निष्कर्ष छ।

तर व्यवसायीले भने ८ करोडको लुटपाट भएको दाबी गरेपछि प्रहरीले कर कार्यालयलाई पत्राचार गरेर मोबाइलको विवरण माग गरेको छ। ८/१० महिनाअघि ल्याइएका मोबाइलहरूकोसमेत विवरण व्यवसायीले प्रहरीमा पेस गरेपछि त्यसको यथार्थ विवरणका लागि कर कार्यालयलाई पत्राचार गरिएको प्रहरी स्रोतले बतायो।

‘उहाँहरूले ८/१० महिना अघिका विवरणहरू पनि पेस गर्नु भएको छ। त्यतिखेर ल्याइएका मोबाइलहरूमध्ये कति बिक्री भए कति बाँकी छन् भन्ने कर कार्यालयसँग विवरण हुन्छ। त्यसका लागि हामीले कर कार्यालयलाई पत्राचार गरेका छौं’, एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने।

तर प्रहरीले पत्राचार गर्दै माग गरेको उक्त विवरण कर कार्यालयले अहिलेसम्म उपलश्ध गराएको छैन। जसकारण यत्ति नै मोबाइल लुटियो भन्ने प्रमाण अहिले नै नखुले पनि प्रहरीले बढीमा ४०/५० थानभन्दा बढी मोबाइल नलुटिएको दाबी गरेको छ। ती मध्ये अहिलेसम्म २५ वटा मोबाइल बरामद भएका छन्। तर व्यवसायीले भने ८ वटाभन्दा मोबाइलको आईएमईआई नम्बर नै उपलब्ध गराउन सकेका छैनन्।

आगजनी गर्ने ३५ जना पक्राउ
आन्दोलन भड्किएपछि एउटा समूहले प्रहरीको गाडी नै जलाएको थियो। माछापोखरीमा रोकिराखेका प्रहरीका प्रहरीका दुईवटा भ्यान पल्टाएर जलाइएको थियो। प्रहरीको भ्यान जलाएको भिडियो पनि बाहिरिएको थियो।

त्यहीको भिडियोको सहयोगमा आगजनीमा संलग्न भएको आरोपमा अहिलेसम्म ३५ जना पक्राउ परेको एसपी रिजालले बताए। उनीहरूमध्ये अधिकांशलाई प्रहरीले आगजनी गर्दाकै हुलियाको अवस्थामा पक्राउ परेको छ। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बालाजुमा राखेर अनुसन्धान अघि बढाइएको छ।

उक्त आगजनी तथा तोडफोडमा ४१ प्रहरीसमेत घाइते भएका थिए। प्रहरी वृत्त बालाजुका डीएसपी रवीन विष्टको कमाण्ड कमजोर भएको भन्दै जिम्मेवारीविहीन बनाइएको थियो।

डीआईजी मसाउद आलम खाँको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन सुरु गरिएको थियो। उक्त समितिले प्रहरी वृत्त बालाजुका डीएसपी विष्ट र सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई कारबाहीका लागि सिफारिससमेत गरेको थियो।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्