• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
जन्म मितिको विवादमा तानिए डीआईजी सिंह, किताबखानासँग मागियो फाइल
64x64
नारायण अधिकारी सोमबार, फागुन ८, २०७९  १६:०९
1140x725

काठमाडौं– प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंह जन्म मितिको विवादमा तानिएका छन्। फरक–फरक जन्म मिति भएको पाइएपछि सिंह विवादमा तानिएका हुन्।

काठमाडौं बागबजारका विश्वप्रकाश भेटवालले डीआईजी सिंहको फरक–फरक जन्म मिति रहेको पाइएको, शैक्षिक प्रमाणपत्रसमेत नक्कली बनाएको लगायतको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। उक्त उजुरीपछि छानबिनको क्रममा डीआईजी सिंहको जन्म मिति नै फरक–फरक रहेको पाइएको छ।

उजुरीपछि छानबिनको क्रममा डीआईजी सिंहको २०४२ जेठ २२ गते कैलालीबाट जारी भएको एउटा नागरिकताको प्रतिलिपिसमेत फेला परेको छ। उक्त नागरिकता प्रमाणपत्रमा नागरिकता जारी भएको बेला सिंह १८ वर्ष उमेर पूरा भएको उल्लेख छ।

नागरिकतालगायतका प्रमाणपत्रमा जन्म मितिको विवरणमा वर्ष मात्रै उल्लेख भएको अवस्थामा जारी भएको मितिलाई नै जन्म भएको मिति तथा महिना र गते कायम हुने भनेर प्रहरी निमायवली २०७१ को दफा १२७ का उपदफाहरुमा प्रष्ट रुपमा उल्लेख गरिएको छ।

जसअनुसार सिंह २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको भन्ने उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते नै हुन्छ। यसरी फरक–फरक जन्म मिति पाइएपछि उनीविरुद्धको छानबिनलाई अघि बढाइएको छ।

उजुरी परेको पुष्टि गरे पनि अहिले छानबिनकै क्रममा रहेको भन्दै अख्तियारले यस विषयमा केही नबताउने जनाएको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपाल लाइभसँग भने, ‘यो अनुसन्धानकै विषय भएकाले अहिले नै आधिकारिक रुपमा केही बोल्न मिल्दैन।’

योसँगै डीआईजी सिंहले पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रसमेत नक्कली रहेका दाबी गर्दै उजुरी हालिएको थियो। सिंह आफूले पढ्दै नपढेको भारतीय कलेजबाट नक्कली सर्टिफिकेट ल्याएर प्रहरी सेवामा प्रवेश गरेको दाबी गरिएको छ।

कसरी भयो सिंहको इन्सपेक्टरमा इन्ट्री ?
डीआईजी सिंहको सेवा प्रवेस नै कसरी भयो भन्ने विषय अहिले पेचिलो बनेको छ। कैलालीको साविक निगाली गाविस वडा नम्बर ९ ठेगाना राखेर जारी भएको नागरिकतको प्रमाणपत्र अनुसार प्रहरी निरीक्षकमा भर्ना खुलेको बेला उनी २६ वर्ष भइसकेका हुन्छन्।

Ncell 2
Ncell 2

तर प्रहरी नियमावली अनुसार २५ वर्ष नाघेको व्यक्तिले आवेदन नै दिन पाँउदैनन्। २०५० मंसिरमा प्रहरी निरीक्षकको आवेदन दिँदा उनी २६ वर्ष ६ महिना भइसकेका हुन्छन्। तर उनको सिटरोल अनुसार सिंहको जन्म मिति भने २०२५ पुस १६ गते उल्लेख छ। उक्त मिति अनुसार भने सिंह इन्सपेक्टरमा आवेदन दिने बेलामा २४ वर्ष ११ महिनाका हुन्छन्। जसअनुसार भने उनी आवेदनका लागि योग्य मानिन्छन्।

dig shingha nagarikta-11676889472.jpg

सिंहको नागरिकताको प्रमाणपत्र

सिटरोलमा एउटा जन्म मिति र नागरिकतामा अर्को फरक जन्म मिति भएपछि भने उनको प्रहरी सेवा प्रवेश नै कसरी भयो भन्ने प्रश्न उठेको छ। यसबारेमा समेत अनुसन्धान गर्न भन्दै उजुरी परेको छ। 

जन्म मितिबारे के भन्छ प्रहरी नियमावली ?
जन्म मितिका बारेमा प्रहरी नियमावली २०७१ मा प्रष्ट रुपमा उल्लेख गरिएको छ। निमायवलीको परिच्छेद ११ मा अवकाश, उपदान र निवृतिभरणको बारेमा उल्लेख गरिएको छ। यही परिच्छेदमा जन्म मितिका बारेमासमेत प्रष्ट पारिएको छ।

सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख गरिएकाले नागरिकता जारी भएको जन्म मिति तथा महिना र गते मान्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ। जसअनुसार उनको जन्म मिति २०२४ जेठ २२ गते हुन्छ।

अर्कोतर्फ सेवामा प्रवेश गर्दा पेस गरिएका कागजातमा फरक–फरक जन्म मिति भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ सोही मितिलाई जन्म मिति मान्नुपर्ने उल्लेख नियमावलीमा छ।

कुनै प्रमाण पत्रमा वर्ष मात्रै उल्लेख भएको तर अर्को प्रमाणपत्रमा पूरा जन्म मिति भएको अवस्थामा कुन मान्य हुने भन्नेबारे पनि नियमावलीमा खुलाइएको छ। यस्तो अवस्थामा जन्म मितिको अन्तर एक वर्षभित्रको भएमा पूरा जन्म मिति उल्लेख भएको प्रमाणपत्रलाई आधिकारिक मानिने उल्लेख गरिएको। तर जन्म मितिको अन्तर एक वर्षभन्दा बढीको देखिएमा वर्षमात्रै उल्लेख भएको प्रमाणपत्र अनुसार उमेर गणना हुने उल्लेख गरिएको छ।

police niyamawali1676881543.png
प्रहरी नियमावलीको व्यवस्था

तर सिंहको वर्षमात्रै उल्लेख भएको र पूरा विवरण उल्लेख भएको प्रमाणपत्रको विवरण पनि एक वर्षभन्दा बढी फरकको देखिन्छ। सिट रोलमा उल्लेख भएको २०५१ चैत ५ गतेको जन्म मिति र नागरिकतामा भएको २०२४ जेठ २२ गतेको जन्म मितिको अन्तर १ वर्ष ६ महिना २४ दिनको हुन्छ। जसअनुसार पनि सिट रोलमा उल्लेख भएअनुसारको जन्म मितिलाई आधिकारिक आधार मान्न सक्ने अवस्था छैन।

नागरिकताको जन्म मिति अनुसार एसएसपीमै रिटायर्ड!
सिंहको २०४२ मा जारी भएको नागरिकताको विवरण अनुसार उनी एसएसपी मै अवकाश जाने देखिन्छ। प्रहरी नियमावली अनुसार एसपी र एसएसपीहरु ५५ वर्ष उमेतर पूरा भएपछि अनिवार्य अवकाशमा जाने उल्लेख गरिएको छ। सिंह गत असारमा मात्रै एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए। 

तर नागरिकताको विवरण अनुसार त्यतिबेला उनी ५५ वर्ष नाघिसकेका थिए। नागरिकताको विवरण अुनसार उनी गत जेठ २२ गते ५५ वर्ष पूरा भइसकेका थिए। उक्त विवरण अनुसार अवकाशमा गइसकेका सिंहलाई बढुवा गरेर डीआईजी बनाएको देखिन्छ।

किताबखानासँग कागजात माग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई बोधार्थ दिँदै अख्तियारमा उजुरी हालेपछि सिंहमाथिको अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनको प्रहरी सेवामा कसरी प्रवेश भयो? कागजातहरु तथा शैक्षिक योग्यताका प्रमाणहरुलगायतको बारेमा अनुसन्धान अघि बढाइएको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार डीआईजी सिंहको सम्पूर्ण कागजाताहरु प्रहरी किताबखानासँगसमेत माग गरिएको छ। प्रहरी कर्मचारीको सम्पूर्ण विवरण तथा रेकर्ड लैनचौरस्थित प्रहरी किताबखानासँग हुन्छ। किताबखानासँग कागजात मगाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

तर यसबारे प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा केही बोलेको छैन। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले भने नेपाल लाइभसँग भने, ‘यस विषयमा हामीलाई कुनै जानकारी छैन।’ डीआईजी सिंहमाथि अनुसन्धान अघि बढेको हो भन्ने प्रश्नमा पनि प्रवक्ता पोखरेलले आफूलाई कुनै जानकारी नै नभएको बताए।

यस प्रकरणमा डीआईजी सिंहको  प्रतिक्रिया लिन उनीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सश... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्