• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संशयमा सत्तारुढ दलहरू
64x64
नवीन झा बुधबार, फागुन ३, २०७९  १९:४३
1140x725
सत्ता गठबन्धनका नेता।

काठमाडौं- फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको माहोल नतातिँदै सत्तारुढ दलहरूभित्र संशय उत्पन्न भएको देखिन्छ। जसले गर्दा पुस १० को नाटकीय राजनीतिक परिघटनापश्चात् एक ठाउँमा आएका माओवादी केन्द्र र एमालेबीचको सहकार्य पनि कति लामो होला प्रश्न उब्जिएको छ।

पुस १० को सहमति अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ प्रधानमन्त्री भइसकेका छन्। एमालेले सभामुख पाइसकेको छ। एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन्। सोही सहमति अनुसार आफूहरूले राष्ट्रपति पाउनुपर्ने एमालेको अडान छ। तर, राष्ट्रपति, सभामुख र कालान्तरमा प्रधानमन्त्री बन्ने स्थितिमा एउटा पार्टी-व्यक्तिमा शक्ति केन्द्रित हुने भन्दै विकल्प खोज्नुपर्ने माओवादीभित्र मत बलियो बन्दै गएको छ। उसले सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउन थालेको छ जसले एमालेलाई संशयमा धकेलेको छ। सत्ता साझेदारी पनि परिवर्तन हुने सक्ने आकलन सुरु भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले मंगलबार पार्टीको विद्यार्थी संगठनको महाधिवेशनमा बोल्दै वर्तमान सत्तारुढ गठबन्धन लामो समयसम्म नटिक्ने संकेत गरेका थिए। ओलीले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै वर्तमान गठबन्धन भत्किए पनि निराश नहुन आग्रह गरेका थिए।

सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका उनले वर्तमान सत्ता समीकरण परिर्वतन हुनसक्ने सार्वजनिक अभिव्यक्ति दिनुअघि जसपा अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सार्वजनिक रुपमै वर्तमान सत्ता समीकरण भत्किने अभिव्यक्ति दिएका थिए।

कांग्रेस महामन्त्री थापाले त मिति नै तोकेर आउँदो फागुन १० सम्ममा वर्तमान सत्ता समीकरण नरहने दाबी गरेका छन्। जसपा अध्यक्ष यादवले पनि राष्ट्रपति निर्वाचनसँगै वर्तमान सत्ता समीकरण पनि नरहने सार्वजनिक अभिव्यक्ति दिएका छन्। 

यसरी सत्तारुढ दलहरूदेखि प्रतिपक्षसम्मका शीर्ष तथा प्रभावशाली नेताहरूले सत्ता समीकरण परिर्वतन हुने कुरा गरिरहँदा राजनीति नै तरंगित भएको देखिन्छ। तर, फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कस्तो समीकरण बन्ला  भन्नेचाहिँ निश्चित देखिएको छैन। माओवादी केन्द्रले लिने निर्णयले नै त्यसलाई प्रष्ट पार्ने छ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले यसअघि राष्ट्रपतिमा सर्वमान्य अनुहारको खोजी गर्ने र त्यो सम्भव नभए विचार मिल्ने दलहरूसँग सहकार्य गर्ने निर्णय गरेको थियो। नेता देवन्द्र पौडेलले राष्ट्रपतिको सन्दर्भमा माओवादीले चाँडै औपचारिक निर्णय दिने बताएका छन्। पौडेलले राष्ट्रपति निर्वाचनका लागि १३ गते उम्मेदवारी दर्ता हुने भन्दै त्यसअगावै पार्टीले निर्णय लिने गरी बैठक गर्ने तयारी चलिरहेको बताए। ‘हामी यस बारेमा आन्तरिक छलफलमा छौँ’, पौडेलले भने, ‘एक–दुई दिनमा यस बारेमा निष्कर्षमा पुग्दैछौँ।’

एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्तिसहितको समर्थनमा पुस १० मा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डलाई पुस २६ मा नेपाली कांग्रेस र एकीकृत समाजवादीले समेत विश्वासको मत दिएका थिए। विश्वासको मत दिनुभन्दा अघिल्लो साँझ प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका थिए। त्यहाँ भएको छलफलपछि नै देउवाले पार्टीभित्र विरोध रहँदारहँदै समेत विश्वासको मत दिने निर्णय गराएका थिए। कांग्रेसको यो निर्णयलाई त्यतिबेलैदेखि एमालेले अस्वाभाविक रुपमा हेरेको थियो जसलाई एमाले अध्यक्ष ओलीले ढोक्सा थापेको भन्दै कटाक्ष गरेका थिए।

Ncell 2
Ncell 2

त्यसैमाथि रास्वपाका सभापति रवि लामिछानेको मन्त्री र सांसद दुवै पद खारेज भएपछि नयाँ राजनीतिक समीकरणको चर्चा झनै मूर्त रुपमा मुखरित हुन थालेको छ। संयन्त्रका अध्यक्ष ओलीले रास्वपालाई सरकारमा राखिराख्न र लामिछानेलाई नै पुनः गृहमन्त्री बनाउन प्रचण्डमाथि दबाब बढाएका थिए। तर, प्रचण्डले अस्वीकार गरेसँगै यी दुई नेताबीच चिसो बढेको विश्लेषण हुँदै आएको छ। रास्वपाले पनि सरकार छाडेको छ।

कांग्रेसले भने सुरुदेखि नै आफूहरूको प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्दै आएको छ। कांग्रेस नेता तथा प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले कांग्रेसभन्दा पनि एमाले र माओवादी केन्द्रकै कारण वर्तमान सत्ता समीकरणका बारेमा विभिन्न प्रश्नहरू उठेको दाबी गरे। कांग्रेसले सत्ता समीकरण भत्किने गरी केही नगरेको भन्दै पौडेलले भने, ‘हामीले विगत सात वर्षमा वर्तमान राष्ट्रपतिज्यूले देखाउनुभएको व्यवहारप्रति प्रश्न मात्रै उठाएको हो।’ 

राष्ट्रपति भण्डारीको व्यवहारबाट माओवादी नै सबैभन्दा बढी पीडित रहेको भन्दै सांसद पौडेलले त्यसैकारण पनि उनीहरू सर्वमान्य वा कांग्रेसले भनिरहेको कुरासँग नजिक देखिएको तर्क गरे।

यति मात्र होइन कांग्रेस गत पुस १० मा माओवादीले एमालेसँग नयाँ गठबन्धन गरेर प्रचण्ड प्रधानमन्त्री बने पछि पनि उनीप्रति नरम देखिँदै आएको छ। र, एमालेप्रति भने कडा देखिँदै आएको छ। प्रधानमन्त्रीलाई विश्वासको मतदेखि माओवादीका मुख्यमन्त्रीहरूलाई विश्वासको मत दिने विषयमा कांग्रेसको सहयोगले यसलाई प्रष्ट पार्छ। जबकि, हार्ने निश्चित हुँदाहुँदै पनि प्रतिनिधि सभा र प्रदेश सभाका सभामुखमा एमालेसँग भने प्रतिस्पर्धा गरेको थियो।

राष्ट्रपति निर्वाचनसँगै पुस १० अघिको गठबन्धन ब्युँतिएमा कांग्रेसले संघीय मन्त्रीहरूदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूमा अवसर पाउने छ। एमाले भने प्रतिपक्षी शक्ति बन्ने छ। माओवादीले राष्ट्रपतिका सन्दर्भमा लिने निर्णयले नै धेरै राजनीतिक घटनाक्रम सुरुआत हुनेछ। 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेस... सोमबार, जेठ ५, २०८२
सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। सोमबार, जेठ ५, २०८२
कुनै पनि धर्मलाई राजनीतिक अभीष्ट पूरा गर्न प्रयोग गर्नु हुँदैन : गृहमन्त्री लेखक तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै गृहमन्त्री लेखकले उक्त घटनामा गोली लागी घाइते भएका व... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्