• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एउटै सभाहलमा नेविसंघका दुईवटा कार्यक्रम, संस्थापन पक्षसँग इतर समूह आक्रामक
64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, माघ २०, २०७९  २०:३८
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा गुटगत राजनीति चुलिँदै गएको छ।

बिहीबार प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसको एउटै सभाहलमा नेविसंघका दुईवटा छुट्टाछुट्टै व्यानरमा कार्यक्रम भए।  ‘राष्ट्रियता, लोकतन्त्र,समाजवाद र विद्यार्थी एकता’ दुईवटै ब्यानरमा लेखिएको एउटै नारा थियो। 

नारा जे भए पनि उनीहरुको कार्यक्रमको उद्देश्य भने फरक थियो। कांग्रेसको संस्थापक पक्ष अर्थात सभापति शेरबहादुर देउवानिकट नेविसंघले खुला अन्तरक्रिया कार्यक्रम राखेको थियो।अर्कोतिर संस्थापन इतर अर्थात डा शेखर कोइराला पक्षले चाहिँ नेविसंघको वैधानिकतामाथि नै खबरदारी गरेको थियो। 

संस्थापक पक्ष भन्छ– मेलमिलाप र एकताको सन्देश दिने हाम्रो उद्देश्य 

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेविसंघ ल क्याम्पसका अध्यक्ष सुरज सेजुवालले दुई उद्देश्य सुनाए। उनले भने, ‘आजको कार्यक्रम मुख्यगरी दुई उद्देश्यसहित गरेका हौं। पहिलो नेविसंघ भित्रको मेलमिलाप कायम गर्ने र दोस्रो एकताको सन्देश दिनका लागि हो।’

संस्थापक पक्षको कार्यक्रममा करिब १२ जना विद्यार्र्थीको उपस्थिति देखिन्थ्यो। तर, संस्थापन इतर पक्षमा भने काठमाडौं उपत्यका भित्रका सम्पूर्ण क्याम्पसका प्रतिनिधिसहित सभाहल भरिभराउ रहेको थियो। 

इतरको आरोप– कार्यक्रम भाड्ने उद्देश्यले संस्थापक पक्षले कार्यक्रम गरेको हो

Ncell 2
Ncell 2

संस्थापक पक्षले आफ्नो पूर्वनिर्धारित कार्यक्रम भाँड्ने उद्देश्यले हतार–हतार कार्यक्रम गरेको संस्थापक इतर पक्षका विद्यार्थी नेता सिद्धराज जोशीले आरोप लगाए। उनले भने, ‘हामीले कार्यक्रम तय गरेसकेका थियौं।  संस्थापन पक्षको कुनै कार्यक्रम नै थिएन। हाम्रो कार्यक्रमलाई भाँड्ने उद्देश्यले उनीहरुले हामीले नै तय गरेको स्थान र सभाहलमा कार्यक्रमको आयोजना गरे। यो प्रष्ट रुपमै भाँड्ने नियत देखिन्छ।’

इतरद्वारा स्ववियु समिति गठन 

संस्थापन इतर समूहका विद्यार्थीको भेलाले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई सफल बनाउनका लागि भन्दै निर्वाचन तयारी समिति गठन गरेको छ। 

नेविसंघ वैधानिक पूर्णताको माग, स्ववियु निर्वाचनको तयारी र नेविसंघ भित्रको एकाधिकारवादका विरुद्ध खवरदारी भेला गर्दै इतर समूहका विद्यार्थी नेताहरुले भेलाबाट स्ववियु निर्वाचन तयारी समितिहरु गठन गरेको हो।

इतर पक्षको भेलाले स्ववियु निर्वाचन लक्षित १३ वटा समिति गठन गरेको ई.भुवन भट्टले जानकारी दिए।  भट्टले भने, ‘चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ। पछिल्लो समय नेविसंघभित्र एकाधिकारवाद हाबी भएको छ।

स्ववियु निर्वाचनमा नेविसंघले अपेक्षित परिणाम ल्याउनका लागि संगठनलाई विधिसम्मत तवरले आम सहमतिका आधारमा अगाडि बढाउन आवश्यक छ। तत्काल नेविसंघको पूर्ण वैधानिक समिति गठन गर्न अपरिहार्य छ।

त्यसकारण हामीले वैधानिक पूर्णताको माग गर्न र स्ववियु निर्वाचनको तयारीका लागि विधार्थी भेला बोलाएर १३ वटा समिति गठन गरेका छौं।’

भेलाले  घोषणापत्र निर्माण समिति संयोजमा धर्मराज शाही, स्ववियु परिचालन समिति संयोजक ई सुवास पौडेल, स्ववियु प्रचार प्रसार समिति संयोजक ई भुवन भट्ट, स्ववियु समन्वय समिति संयोजक विक्रम आदित्य सिंह, स्ववियु जिल्ला समन्वय समिति संयोजक राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजक सुशान्त आचार्य, उपत्यका क्याम्पस इकाई समन्वय समिति संयोजक नवीन केडी र युवा विद्यार्थी परिचालन समिति संयोजक जयराम बडाललाई जिम्मेवारी दिएको छ।

त्यसैगरी, नेविसंंघ सम्पर्क समिति परिचालन समिति संयोजक तीर्थ मिश्र, स्ववियु निर्वाचन प्रशिक्षण समिति संयोजक ताराबहादुर थापा, अन्तर प्रदेश समन्वय समिति तपेन खड्का, अन्तर विश्वविद्यालय समन्वय समित संयोजक मुना कँडेल तथा प्राविधिक विद्यार्थी समन्वय समिति संयोजकमा सुजन सापकोटालाई चयन गरिएको छ। 

संस्थापन इतरका विद्याार्थी नेताहरुले नेविसंघका अध्यक्ष डुजाङ शेर्पामाथि विधानविरीतका काम गरेको आरोप लगाए। उनले अवैधानिक तरिकाले नेविसंघको विधान सातौ संशोधन पार्टीकोे केन्द्रीय कार्यसम्पादन समितिको निर्णय नम्बर २ विपरीत गुटगट काम गरेको इतरको आरोप छ। शेर्पाले स्वार्थका आधारमा देशभर विभिन्न जिल्ला, क्याम्पसमा अवैधानिक निर्णय गरी बाँडेका चिट्ठीहरु आफ्नो समूहलाई मान्य नहुने भन्दै इतर पक्ष्ँका नेताहरुले तत्काल खारेज गर्न सामुहिक रुपमा माग गरेका छन्। 

त्रिवि केन्द्रीय क्याम्पसका नेता गोपाल बमले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेता छान्ने पद्धति टिके हुनु र चिठ्ठीका आधारमा नेता तय गर्ने विषय इतिहासकै दुःखद र गलत रहेको टिप्पणी गरे। त्यसैगरी, नेविसंघकी नेतृ प्रेमिका रानामगरले नेविसंघ अध्यक्ष शेर्पाले गुटगत रुपमा चिट्ठीमार्फत जिम्मेवारी तोक्ने विषयको विरोध गरिन्। उनले इतर पक्षका विद्यार्थीहरुलाई हतोत्साहित नभएर स्ववियुको तयारीमा जुट्न निर्देशन दिँदै स्ववियुको टिकट दिलाउने आश्वस्त पारिन्।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। महाधिवेशन आगामी तीन दिनसम्म जारी र... आइतबार, जेठ २५, २०८२
विपक्षी दलहरूको बैठक नसकिएकाले डेढ घण्टा बित्दासम्म सुरू भएन सदन अवरुद्ध प्रतिनिधिसभा बैठक चल्न दिने/नदिने भन्ने विषयमा छलफल गर्न जारी विपक्षी दलहरूको बैठक नसकिएकाले सदन सुरु हुन ढिलाइ भइरहेको छ। आइतबार, जेठ २५, २०८२
प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने भिजिट भिसा प्रकरणमा संसद्को बजेट अधिवेशन प्रभावित भइरहेको बेला प्रचण्डले आज (आईतबार) पनि छलफलका लागि बैठक बोलाएका हुन् । आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
विपक्षी दलहरूको बैठक नसकिएकाले डेढ घण्टा बित्दासम्म सुरू भएन सदन आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्